२२ असार २०७७ सोमबार
विचार

कालापानी मार्चको सम्झना

नेपाल सरकारले काली नदी पूर्वका लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटेर नेपालको नयाँ नक्सा सार्वजनिक गर्दैछ भन्ने खबर आउनेबित्तिकै म निक्कै उत्साहित भएँ। भारतले कब्जा गरेका ती भूभाग नेपालका हुन् भन्ने जागरण सिर्जना गर्न अनेरास्ववियुको नेतृृत्वमा २२ वर्षअगाडि (२०५५ साल जेठ २२ देखि असार ५ गतेसम्म) नेपालको झण्डा बोकेर कालापानीसम्म पुगेका ती दिन एकाएक मानसपटलमा आए। त्योबेला हामीले उठाएको विषय आज सिङ्गो राष्ट्रको एकसूत्रीय मुद्दा बन्दा मसँगै कालापानी मार्चमा सहभागी सबैलाई गौरव अुनुभूति भइरहेको हुनुपर्छ। संयोग पनि कस्तो जु¥यो भने २२ वर्षपछिको असार लाग्दा लिम्पियाधुरासहित कालापानी नेपालको हो भन्ने संवैधानिक व्यवस्था भइसकेको छ।

भारतले नेपालको पश्चिमी सिमाना लिम्पियाधुरा, लिपुलेक र कालापानी अतिक्रमण गरेर वि.सं. २०१८ सालदेखि आफ्ना सेनाको क्याम्प राखेको छ। त्यो नेपाली भूभाग हो र त्यस ठाँउबाट भारतीय सेना फिर्ता हुनुपर्छ भनेर अनेरास्ववियुले राष्ट्रिय जागरण सिर्जना गर्न कालापानी मार्च आयोजना गरेको थियो। म पनि राष्ट्रप्रेम, स्वाभिमान र सार्वभौमिकता हृदयमा राख्दै एक जोडी गोल्डस्टार जुत्ता, एक झोला लुगा बोकेर कालापानीको यात्रामा सामेल भएकी थिएँ। जतिबेला हामीले कालापानी यात्रा गरेका थियौँ सिङ्गो देश यस मुद्दामा एक ठाउँमा उभिएको थिएन। फरक कोणबाट विभिन्नखालका टिप्पणी भएका थिए। तर हामीलाई विश्वास थियो एक दिन सिङ्गो देश एक ठाउँमा उभिनेछ। हामीले उठाएको मुद्दा स्थापित हुनेछ।  

कालापानी हाम्रो हो छोड हाम्रो ठाउँ।
भारतीय सेना हो आफ्नै देशमा जाऊ।।

राष्ट्रप्रेमले ओतप्रोत गीत र नारा घन्काउँदै हामी कालापानी गएका थियौँ।

यात्रा असाध्यै कठोर थियो। जोखिमपूर्ण र अत्यासलाग्दो थियो। लगातारको पैदल यात्रामा कहाँ खाने र कहाँ बास बस्ने भन्ने कुराको कुनै टुङ्गो हुँदैनथ्यो। उकालो हिँड्नुपर्ने हुँदा खानेकुरा बोक्दा झोला गरुङ्गो हुन्थ्यो। त्यसैले अलिकति चिउरा र चिनीको मात्र भर थियो। भिर, पहरा र खोलाको किनारको साँघुरो जोखिमपूर्ण बाटोमा एक/एक जनामात्र हिँड्न मिल्थ्यो। यस्तो लाग्थ्यो कि मृत्यु पनि हामीसँगसँगै यात्रा गरिरहेको छ। हिउँ पहिरोमा पुरिने वा चिप्लिएर नदीमा खस्ने जोखिम मोल्दै हिँड्नुपथ्र्याे। कतिपय ठाउँमा बाटै थिएन। जति जति माथि गयो बाटाका डोबहरू हराउँदै जान्थे। बाटो नभएको ठाउँमा झाडी र बुट्यान पन्छाउँदै पाइला मात्र बनाएर पनि हिँडेका थियौँ। कतिपय ठाउँमा एक जनाले अर्को यात्रीको हात समातेर तान्नुपथ्र्यो। बिहान ४ बजेदेखि बेलुका ११ बजेसम्म लगातार हिँड्थ्यौँ। भेडी गोठहरूमा सुत्थ्यौँ।  

भारतीय प्रहरी र सैनिकहरू जमिनबाट मात्र होइन, आकाशबाट पनि हामीलाई पछ्याइरहेका थिए।

यो नेपालको राष्ट्रियताको इतिहासमा एकदिन स्वर्णिम अक्षरले लेखिनेछ भन्ने विश्वासले मृत्यु जस्तै कठोर यात्राका लागि ऊर्जा प्राप्त भइरहेको हुन्थ्यो। एक दिन अवश्य मिचिएका भूभाग फिर्ता गर्नेछौँ भन्ने दृढ सङ्कल्प थियो। हामी राष्ट्रवादी आन्दोलनका संवाहक हौँ भन्ने भावना थियो। भारतीय प्रहरी र सैनिकहरू जमिनबाट मात्र होइन, आकाशबाट पनि हामीलाई पछ्याइरहेका थिए। पारिपट्टिको महाकाली किनारमा भारतीय पुलिस, सेनाका सयौँ जवान हामीतिरै अत्याधुनिक हतियारका निसाना ताकेर हिँडिरहेका थिए। हाम्रा हरेक गतिविधि दुरविनले नियालिरहेका थिए। हामी बस्दा तिनीहरू पनि बस्थे हामी हिँड्दा तिनीहरू पनि हिँड्थे।  

मार्चका सहभागीमा राष्ट्रियता र स्वाभिमान जगेर्ना गर्ने दृढ विश्वास र प्रण थियो। हामीले यात्रामा पटकपटक मृत्युलाई जितिरहेका थियौँं। युवा जोस र चेतनाको शक्तिले त्यहाँसम्म पु¥यायो भन्ने लाग्छ मलाई।  

हामी नेपालको सीमा अतिक्रमणको विरोध जनाउन र राष्ट्रिय जागरण सिर्जना गर्न कालापानी मार्चमा गएका थियौँ। त्यहाँ पुगेपछि टोली नेता योगेश भट्टराई र उपनेता रूपनारायण श्रेष्ठले विरोधपत्र बुझाउन खोज्दै हुनुहुन्थ्यो। भारतीय सेनाले अगाडि बढ्न दिएनन्। हजारौँको संख्यामा तैनाथ भारतीय सेनाले अगाडि बढे गोली चलाउने धम्की दिइरहे। टोली उपनेता रूपनाराण श्रेष्ठ आक्रोशित हुँदै अगाडि बढ्दै हुनुहुन्थ्यो। अनेरास्ववियुका अध्यक्ष तथा टोली नेता योगश भट्टराईले उहाँलाई संयमता अपनाउन आग्रह गर्दै फर्काउनुभयो।  

पञ्चायतकालीन सहायक मन्त्री बहादुरसिंह ऐतवालले पहिलोपटक कालापानी क्षेत्रको सीमा अतिक्रमणको मुद्दा उठाएका रहेछन्। त्यस्तैगरी नेपालको प्रतिनिधि सभामा पहिलोपटक प्रेमसिंह धामीले यस अतिक्रमणको जानकारी गराएका थिए। 

हामी ब्यग्र थियौँ लिम्पियाधुरा, लिपुलेक र कालापानीमा नेपालको झण्डा गाड्न। हामीले त्यहाँ निकैबेर नारा लगायौँ। कोणसभा आयोजना गरियो। भारतीय सेनको व्यवहारले आक्रोशित थियौँ। मातृभूमिको मायाले भावविह्वल थियौँ। भारतीयको अपमान र मातृभूमिको मायाले केहीबेर रोयौँ पनि। नालापानीको इतिहास सम्झँदै कालापानीमा बलिदानी दिन तयार थियौँं हामी। टोली नेताको जिम्मेवारीबोध र संयमताका कारण हामीले जोसमा होस गुमाएनौंँ। र, आज पुनः देश कालापानीमय भइरहेका बेला राष्ट्रिय खुसीमा हामी पनि सामेल हुन पाएका छौंँ।  

असार ३० गते बिहानको साढे एघार बजे हामी कालापानी पुगेका थियौँ। कार्यक्रम सकिएपछि छाङरु, गागाबाट ल्याएको एक÷एक वटा फापरका रोटी र दुई÷दुई वटा उसिनेका आलु खायाँै। अन्तिममा सबैले मातृभूमिको माटोलाई ढोग्यौं र एक÷एक मुठी माटो उठाएर गोजीमा राख्यौँ। कालापानी नगएको भए देशको माया यति गहिरो हुन्छ भन्ने अनुभूति हुँदैनथ्यो होला मलाई। ५७ जनाको टोलीमा महिला पनि सहभागी थियौँ। नालापानीको सम्झाना गर्दै कालापानी क्षेत्र अतिक्रमणको विरोधमा हामीले खुकुरी उचाल्यौँ।

‘सिक्किम भारतमा विलय हुँदा आन्दोलन गर्छ काठमाडौँ। भियतनाममा अमेरिकी सेना जाँदा आन्दोलन गर्छ काठमाडौँ तर कालापानीमा किल्ला जमाएर भारतीय सेना बस्दा किन मौन छ काठमाडौँ ? खै असन र इन्द्रचोक, लगनखेल र जाउलाखेलमा राष्ट्रवादीहरूले जुलुस निकालेका ? के कालापानीको आगोले दार्चुलालाई मात्र पोल्नुपर्छ ? कालापानी काठमाडौँलाई किन दुख्दैन ?’

पञ्चायतकालीन सहायक मन्त्री बहादुरसिंह ऐतवालले पहिलोपटक कालापानी क्षेत्रको सीमा अतिक्रमणको मुद्दा उठाएका रहेछन्। त्यस्तैगरी नेपालको प्रतिनिधि सभामा पहिलोपटक प्रेमसिंह धामीले यस अतिक्रमणको जानकारी गराएका थिए। लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपाली भूमि हो, त्यहाँबाट भारतीय सेना फिर्ता पठाउनुपर्छ। कालापानी किन दुख्दैन काठमाडौँलाई भन्ने प्रश्न गर्दै देशको सीमा मिचिँदा दार्चुलालाई मात्र हैन, सिङ्गै मुलुकलाई नै दुख्नुपर्छ भनेर लेख लेखेका थिए।

‘सिक्किम भारतमा विलय हुँदा आन्दोलन गर्छ काठमाडौँ। भियतनाममा अमेरिकी सेना जाँदा आन्दोलन गर्छ काठमाडौँ तर कालापानीमा किल्ला जमाएर भारतीय सेना बस्दा किन मौन छ काठमाडौँ ? खै असन र इन्द्रचोक, लगनखेल र जाउलाखेलमा राष्ट्रवादीहरूले जुलुस निकालेका ? के कालापानीको आगोले दार्चुलालाई मात्र पोल्नुपर्छ ? कालापानी काठमाडौँलाई किन दुख्दैन ?’

२०५४ को भदौ २५ गते प्रकाशित बुधबारको जनआस्था साप्ताहिकमार्फत यस्ता गम्भीर प्रश्न उठाएका प्रेमसिंह धामीको यो लेख छापिएको दुई दिनपछि २७ गते नुवाकोटमा ‘सवारी दुर्घटना’ मा मृत्यु भएको थियो।

सन् १८१६ को इस्ट इन्डिया कम्पनी र नेपाल सहकारबीच भएको सुगौली सन्धिले काली नदी पूर्वको भूभाग नेपालको हो भन्ने प्रस्ट देखाउँछ। सन् १८५६ मा भारतले जारी गरिदिएको नेपालको नक्सामा लिम्पियाधुरा क्षेत्र नेपालको भूभागमा समेटिएको छ। सन् १९९५ सालमा लिम्पियाधुरा क्षेत्रका गुन्जी, नाभी, कुटी गाउँका बासिन्दाले तत्कालीन नेपाल सरकारलाई बाली बुझाएको प्रमाण नेपाल सरकारसँग छ। २०१५ सालको आमनिर्वाचनको मतादाता नामावली, २०१८ सालको जनगणना तथ्याँकसहित त्यो भूभाग नेपालको हो भनेर प्रमाणित गर्ने यथेष्ठ प्रमाण नेपालसँग छन्। वि.सं. २०१८ सालदेखि भारत–चीन युद्धका बेला भारतीय सेना कालापानीमा बस्न थाल्यो। त्यहीँ नै नक्कली कालीको मन्दिर बनायो। चीन–भारत युद्धताका बङ्करहरू बनाउँदा निस्किएको पानीको मूललाई काली नदीको मुहान भन्ने गरेको छ भारतले। त्यही मुहानबाट बगेको सानो कुलोलाई महाकाली भन्ने गरेको छ।  

तर गत कात्तिकमा भारतले नेपालको लिम्पियाधुरादेखि कालापानीसम्मको भूभाग आफ्नोतिर पर्ने गरी नक्सा सार्वजनिक ग¥र्यो। त्यसपछि कोभिडको संक्रमणका कारण लकडाउन भएको अवस्थामा त्यस ठाउँमा बाटो उद्घाटन गरेपछि नेपालमा चौतर्फी विरोध सुरु भयो। अहिले नेपाल सरकारले भारतले कब्जा गरेको भूमि समेटेर नयाँ नक्सा सार्वजनिक गर्नुका साथै संविधान संशोधन गरेको छ।

हिजो हामीले उठाएको मुद्दा आज देशको मुद्दा बनेको छ। सबै राजनीतिक दल, संघ÷संगठन, सीमाविद्, सञ्चार क्षेत्र, देश र विदेशमा रहेका सम्पूर्ण नेपाली नागरिक राष्ट्रियताको यो मुद्दामा एकताबद्ध भएका छन्। त्यसैले यो मुद्दाको श्रेय सबैलाई जान्छ। आज हाम्रो त्यो कठोर मार्चको औचित्य पुष्टि भएको छ। हाम्रो यात्रा नेपालको महान् राष्ट्रवादी आन्दोलनको एउटा अभिन्न अङ्ग बनेको छ।  

सरकारले नक्सा अतिक्रमित भूभाग समेटेर नक्सा सार्वजनिक र संविधान संशोधन ग¥यो। यो स्वागतयोग्य काम हो। अब कूटनीतिक वार्ता गरी भारतीय सेनालाई त्यहाँबाट फिर्ता पठाउनुपर्छ। भारत वार्ताको पक्षमा देखिँदैन। राजनीतिक र कूटनीतिक पहल गरी भारतलाई वार्तामा आउने बनाउँ। नेपाली दलहरूले सीमाका मुद्दा मौसमीरूपमा उठाउने गरेका छन् भन्ने आरोप लाग्दै आएको छ। त्यसैले यो मुद्दाप्रति हामी गम्भीर छौँं भन्ने अनुभूति गराउन पनि आवश्यक छ। अब सीमा विवादको दीर्घकालीन समाधान हुने गरी गम्भीरपूर्वक वार्ता होस्। यथाशीघ्र कूटनीतिक पहल गरियोस्। औपचारिक र अनौपचारिक पहल सुरु गरियोस्।  

भारत हाम्रो छिमेकी हो। भनिन्छ– साथी फेर्न सकिन्छ, छिमेकी फेर्न सकिँदैन। असल छिमेकी बन्नका लागि दुवै पक्षमा मित्रताको समान दृष्टिकोण हुनुपर्छ। दुवै पक्षका गतिविधि, व्यवहार र अभिव्यक्तिमा जिम्मेवारीपन र सचेतनता जरुरी हुन्छ। दुवै देशका सरकार यो विषयमा गम्भीर हुन जरुरी छ।

२२ वर्ष कालापानी मार्चका बारेमा लेख्न बस्दा मनमा अनगिन्ती भावनाहरू छचल्किएका छन्। मलाई ती अतिक्रमित भूभागमा नेपालको झण्डा फर्फराएको हेर्ने मन छ। फेरि एकपटक कालापानीमा पुगेर हर्षको आँसु खसाउन मन छ।

प्रकाशित: १६ असार २०७७ १०:१३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App