२३ असार २०७७ मंगलबार
विचार

कम्युनिस्ट, जबज र मदन भण्डारी

डा. प्रेम दंगाल

आज असार १४ गते, तत्कालीन नेकपा (माले) पछि नेकपा (एमाले) का महासचिव, कम्युनिस्ट तथा लोकतान्त्रिक आन्दोलनका नवीन विचारक एवं सिद्धान्तकार जननेता मदन भण्डारीको जन्मदिन हो । जनताको बहुदलीय जनवाद (जबज) उहाँकै अगुवाइमा प्रतिपादित नेपाली क्रान्तिको सिद्धान्त हो । यो विचारको रक्षा, प्रयोग र विकास गर्ने सन्दर्भमा यसबीच थुप्रै समृद्ध अनुभव आर्जन भएका छन् ।  

जबज प्रतिपादित हुँदै गर्दा र नेकपा (माले) पछि एमालेले खुला राजनीतिमा प्रवेश गर्दा यसउपर पुँजीवादी र कम्युनिस्ट दुवै खेमाबाट थुप्रै आलोचना भएका थिए । आफूलाई सच्चा कम्युनिस्ट भन्न रूचाउनेहरूले जबज दक्षीणपन्थी विचार हो, तत्कालीन नेकपा (एमाले) दक्षीणपन्थी दलदलमा पस्यो, कम्युनिस्ट रहेन, कम्युनिस्ट भएर बहुदलीयता स्वीकार्न हुँदैनथ्यो । चुनावमा भाग लिएपछि त झन् उक्त पार्टी संसदीय भासमा पस्यो, अब त्यो पार्टी विघटन हुन्छ आदि इत्यादि ।  

विगतमा जबजप्रति असहमत कम्युनिस्ट आन्दोलनका कतिपय नेता/कार्यकर्ता समयक्रममा यसको सत्यता आत्मसात् गर्न थालेका छन् । सबै कम्युनिस्ट क्रान्तिकारीलाई यो विचारका पक्षमा उभ्याउनु आजको आवश्यकता हो ।

पुँजीपति वर्ग भन्ने गर्थे– नेकपा (एमाले)ले बहुदलीयताको आवरणमा सत्ता हत्याउने रणनीति लिएको छ, कम्युनिस्टले बहुदलीयता कहीं पनि स्वीकार नगरेका हुँदा यहाँ यो पार्टीले जनतामा भ्रम छरिरहेको छ । कम्युनिस्ट एकदलीय हुन्छन्, यसकाण यो पार्टी पनि त्यस्तै हो । संसारबाट कम्युनिस्ट हराइसके, यहाँ यो पार्टी चुनावको उपयोग गरेर अधिनायकवाद लागू गर्न चाहन्छ । चुनावमा सहभागी हुने, सरकार बनाउने र राज्यसत्ता कब्जा गर्ने उसको रणनीति हो । हुन त गएको संसदीय चुनावताका पनि तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी) केन्द्रको एकता हुँदा मूलतः नेपाली कांग्रेसले यस्तै आरोप नलगाएको होइन । तर त्यो बेला यस्तो आवाज आजको भन्दा चर्कै ढंगले उठाइको थियो । नेपाली कांग्रेसका तत्कालीन सभापति तथा पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले नेकपा (एमाले) लाई लक्षित गरी माले, मण्डले र मसाले एकै हुन् समेत भन्न भ्याएका थिए ।  

तत्कालीन सोभियत संघ र पूर्वी युरोपबाट समाजवाद विघटन भएपछि पुँजीवाद पन्थीले स्यालहुइया चलाएका थिए कि समाजवादको अन्त्य भयो, अब कम्युनिस्ट उठ्न सक्दैनन्, नेपालमा पनि बिस्तारै समाप्त हुनेछन् । अब पुँजीवादको एकलौटी साम्राज्य चल्छ । यथार्थमा यो उनीहरूको भ्रम थियो । सोभियत संघ र पूर्वी युरोपमा समाजवादको विघटन हुनुमा यसको प्रयोग ठीक ढंगले वा समाजवाद गतिशील नहुनु थियो ।  

कम्युनिस्टउपर बुर्जुवा वर्गले लगाउने गरेको अर्को आरोप थियो– उनीहरू धर्म मान्दैनन्, उनीहरू सत्तामा आए भने बूढाबूढीलाई गोली हानेर मार्छन्, खानसमे लाइनमा बस्नुपर्छ इत्यादि । तर एकपटक नेकपा (एमाले) ले अल्पमतकै भए पनि सरकार बनाएपछि सबै भ्रम पानीका फोकासरह फुटेर गए ।  

यथार्थमा कम्युनिस्टले नै जनताको इच्छाअनुसार धर्म मान्न पाउने, वृद्धवृद्धालाई सम्मान गरी भत्ता व्यवस्था गर्नेजस्ता लोकप्रिय कार्यक्रम ल्याई जनताका पक्षमा काम गर्दारहेछन् भन्ने विश्वास बढेर गयो । त्यसयता पनि जनतासँग प्रत्यक्ष सरोकार रहेका सामाजिक सुरक्षासमेत राज्यका तर्फबाट प्रदान गरिने सेवा÷सुविधासम्बन्धी कार्यक्रम र विकास निर्माणमा कम्युनिस्टले नै नेतृत्व गरिरहेका छन् ।  

जबजको विचारले निर्देशित नेकपा (एमाले) ले झनझन् लोकप्रियता हासिल गर्दै गयो । आज यो पार्टीसमेत सामेल भई बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले गएको संसदीय निर्वाचनमा झन्डै दुईतिहाइ सिट जित्यो । प्रदेश र स्थानीय तहमा पनि अधिकांश स्थानमा सरकार बनाउन सफल भयो । यतिबेला जनअभिमत र संविधानअनुसार मुलुकलाई समाजवाद–उन्मुख नीतिका आधारमा रूपान्तरणका काम गर्दै छ र समाजवादमा पु¥याउने संकल्पसाथ अघि बढिरहेको छ ।  

मुलुकको कम्युनिस्ट आन्दोलन यहाँसम्म आइपुग्दा यी सबै आरोप झुटा साबित भएका छन् । समयक्रममा जनताको अपार माया र सदभावसँगै जबजको आलोकमा कम्युनिस्ट पार्टीले एकपछि अर्को सफलता हासिल गर्दै यो स्थानमा आइपुगेको छ । नेपाली जनतामा कम्युनिस्ट पार्टीमार्फत नै परिवर्तन र रूपान्तरणका कार्यभार सम्पन्न हुन्छन् भन्ने विश्वास बलियो बन्दै गएको छ ।  

जबज प्रयोग गर्दै यहाँसम्म आइपुग्दा कम्युनिस्ट आन्दोलनले समानता र सामाजिक न्यायमा आधारित लोकतान्त्रिक प्रणालीमा जोड दिएको छ । परम्परागत कम्युनिस्ट पार्टी समानता र सामाजिक न्यायका पक्षमा मात्र केन्द्रित हुन्थे भने पुँजीवाद पक्षधर बुर्जुवा प्रजातन्त्रमा । तर, जबजको प्रयोगमार्फत तत्कालीन नेकपा (एमाले) र हाल नेकपाले यी दुवैलाई आत्मसात् गरी परम्परागत लोकतान्त्रिक मूल्य–मान्यतामा आधारित पूर्ण लोकतन्त्र, सामाजिक न्याय र समानताका नीति अंगीकार गरिरहेको छ । ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षा पूरा गर्न लागिरहेको छ ।  

बोल्न तथा लेख्न पाउने, सभा÷संगठन गर्न÷बनाउन पाउने, राजनीतिक पार्टी खोल्न र त्यसमा सहभागी हुन पाउने, मानव अधिकार उपभोग गर्न पाउनेजस्ता लोकतन्त्रका विषय पँुजीवादका एकलौटी होइनन्÷थिएनन् र हुने छैनन् भनी जननेता मदन भण्डारीले मानव जातिका जन्मसिद्ध यी अधिकारका १४ विशेषतासहित जनताको बहुदलीय जनवादमा समाहित गर्नुभयो ।

जनताका अधिकारको संरक्षण, उपयोग र रक्षा गर्ने काम पुँजीवादीले भन्दा राम्ररी कम्युनिस्टले गर्न सक्छन् भन्ने कुरा अहिले स्थापित भएको छ । जबज–निर्देशित पार्टी कुनै पुँजीवादी पार्टीभन्दा बढी लोकतान्त्रिक हुन्छ भन्ने सन्देश देशभित्र मात्र होइन, विश्वभर पु¥याउने काम भएको छ ।  

यतिबेला राष्ट्रियताको मुद्दा ज्यादै मुखरित भएको छ । यस क्रममा साम्राज्यवाद र विस्तारवादका थिचोमिचो र बलमिचाइविरुद्ध सशक्त प्रतिवाद कसैले गरेको छ भने त्यो कम्युनिस्ट पार्टी, त्यसमा पनि तत्कालीन नेकपा (एमाले) र हाल नेकपाले गरिरहेको छ । जननेता मदन भण्डारीले राष्ट्रियताका पक्षमा खासगरी भारतले हडपेको नेपाली भूमि र टनकपुर सम्झौताका सबन्धमा त्यस क्षेत्रको स्थलगत भ्रमणसमेत गरी कडा अडान राख्नुभयो । जननिर्वाचित कम्युनिस्ट सरकारका प्रधामन्त्री कमरेड मनमोहन अधिकारीले नेपाल–भारतबीच सन् १९५० मा भएको असमान सन्धि नेपालको हितमा पुनरवलोकन हुनुपर्ने आवाज पहिलोपटक उठाउनुभयो । कमरेड पुष्पकमल दाहाल ‘प्रचण्ड’, कमरेड माधव नेपाल र कमरेड झलनाथ खनाल नेतृत्वका तत्कालीन सरकारहरूले राष्ट्रियताका मामिलामा आफ्ना अडान स्पष्ट रूपमा प्रस्तुत गरेका थिए । हाल प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले भारतद्वारा अतिक्रमित कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटेर नेपालको राजनीतिक नक्सामा समावेश गरी सो भूमि फिर्ता ल्याउने कदम चालेर मुलुकको सार्वभौमसत्ता, स्वतन्त्रता, भौगोलिक अखण्डता र स्वाभिमानलाई माथि उठाउने काम गरेको छ । कम्युनिस्ट नेतृत्वमा बनेका सरकारले सधैं राष्ट्रिय हितका पक्षमा काम गरेका छन् । सत्ता बाहिर हुँदा पनि उनीहरूले नै राष्ट्रियता, राष्ट्रिय स्वाभिमान र सार्वभौमसत्ताको पैरवी र रक्षा गरेका थिए र छन् ।  

यी सबै घटनाक्रमले कम्युनिस्ट पार्टीले नै मुलुकको रक्षा गर्न सक्छन् भन्ने कुरा स्पष्ट पारेका छन् । यो काम गर्न सक्ने वातावरण जनताको बहुदलीय जनवादले बनाएको हो । तत्कालीन नेकपा (एमाले) ले जबज विचार अंगीकार नगरेको भए न कम्युनिस्ट पार्टी यो अवस्थामा आउन सक्थ्यो न नेकपा निर्माण सम्भव हुन्थ्यो । परिणामतः राष्ट्रियता, सार्वभौतिकता र भौगोलिक अखण्डताका सवाल पनि यो तहमा उठ्न सक्थेन ।  

कम्युनिस्ट पार्टीले विगतमा र कतिपय देशमा अहिले पनि एकतन्त्रीय गणतन्त्रको अभ्यास गरेका थिए÷गरिरहेका छन् । संसदीय राजनीतिमा सहभागी भएका कम्युनिस्टले परम्परागत बुर्जुवा गणतन्त्रकै सेरोफेरोमा रूप लिएका छन् । नेपालमा अपनाइएको र अवलम्बन गर्न खोजिएको गणतन्त्र परम्परागत लोकतान्त्रिक मूल्य–मान्यतामा आधारित लोकतान्त्रिक गणतन्त्र हो । जनताको बहुदलीय जनवादले जनताको प्रतिस्पर्धात्मक लोकतान्त्रिक शासन प्रणालीमा विश्वास गर्ने भएकाले यसलाई आत्मसात् गर्दै गणतन्त्रको यो प्रणालीमा विश्वास गरेको हो । जबजको प्रादुर्भाव हुँदा मुलुक एकतन्त्रीय निरंकुश राजतन्त्रको छत्रछायामा पञ्चायती व्यवस्था कायम थियो । त्यसयताका करिब ३ दशकमा गणतन्त्र स्थापना र यसको स्वरूप निर्धारणमा जबजले मार्गदर्शन गरेको छ ।  

जबजको प्रयोगमार्फत तत्कालीन नेकपा (एमाले) र हाल नेकपाले यी दुवैलाई आत्मसात् गरी परम्परागत लोकतान्त्रिक मूल्य–मान्यतामा आधारित पूर्ण लोकतन्त्र, सामाजिक न्याय र समानताका नीति अंगीकार गरिरहेको छ । ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षा पूरा गर्न लागिरहेको छ ।  

नेपालको संविधानले राज्यले अवलम्बन गर्ने राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक प्रणाली समाजवाद–उन्मुख हुने भन्ने व्यवस्था गरेसँगै अब समाजवादतर्फको यात्रा स्पष्ट भएको छ । यति मात्र होइन, संविधानमा राज्यका निर्देशक सिद्धान्त र नीति तथा अन्य विभिन्न प्रावधानमार्फत समाजवादतर्फका हाम्रा हरेक कदममा मार्गनिर्देशन गरिएको छ । राज्यले अवलम्बन गर्ने ऐन, कानुन, नीति, रणनीति र कार्यक्रम पनि संविधानले मार्गनिर्देशन गरेअनुसार हुँदै जानेछन् ।  

त्यसैले राज्यले अवलम्बन गर्ने राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक पक्ष र यीमार्फत निर्माण गरिने नीति समाजवाद–उन्मुख हुनुपर्ने कुरा स्पष्ट छ । राज्यलाई समाजवादसम्म पु¥याउन आजैबाट प्रत्येक क्षेत्रमा यसको अभ्यास गर्न जरूरी छ । यसरी अभ्यास गर्दै अनुभवबाट सिक्दै अगाडि बढ्दा मात्र समाजवाद गतिशील बन्न सक्छ । तत्कालीन सोभियत संघको उदाहरण दिँदै जननेता मदन भण्डारी भन्नुहुन्थ्यो– ‘जनसमर्थनसहित समाजवादमा संक्रमण गरिनुपर्छ ।’ वर्तमान संविधानले मुलकलाई समाजवादमा पदार्पण नगर्दासम्म नेतृत्व प्रदान गर्छ । यसरी राज्यलाई समाजवादसम्म पु¥याउने संकल्पको श्रेय जबजलाई जान्छ ।  

जबजको आलोकमा राज्यको आर्थिक प्रणाली कस्तो हुने भन्ने सन्र्दभमा पनि वर्तमान संविधानले व्यवस्था गरेको छ । पुँजीवादी, निजी क्षेत्रलाई मात्र प्राथामिकता दिन्छन् । तर जबजले सार्वजनिक, निजी, सहकारी र सामुदायिक क्षेत्रको सहअस्तित्व समेतमा आधारित आर्थिक नीति अवलम्बन गर्न जोड दिन्छ । वर्तमान संविधानले पनि तीनखम्बे अर्थनीति अवलम्बन गर्नेमा प्रतिबद्धता व्यक्त गरेको छ । यो विचार निर्माणमा जबजको देन छ ।  

विगतमा जबजप्रति असहमत कम्युनिस्ट आन्दोलनका कतिपय नेता/कार्यकर्ता समयक्रममा यसको सत्यता आत्मसात् गर्न थालेका छन् । सबै कम्युनिस्ट क्रान्तिकारीलाई यो विचारका पक्षमा उभ्याउनु आजको आवश्यकता हो । यो विचार र सिद्धान्तले मुलुकको कम्युनिस्ट आन्दोलनलाई यो उचाइमा पु¥याएको छ, अनेक उपलब्धि र सफलता प्राप्त गराएको छ । यो विचारलाई सर्वस्वीकार्य सिद्धान्तका रूपमा लिई अझ उन्नत, विकसित र सुदृढ बनाउनु आजको आवश्यकता हो ।  

जननेता मदन भण्डारीप्रति हार्दिक श्रद्धन्जलि !

प्रकाशित: १४ असार २०७७ १३:४१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App