१ श्रावण २०७७ बिहीबार
विचार

सुसंस्कृत बन्न संस्कृत

कोरोना कहरबीच स्वस्थ जीवनका लागि लडाइँ गरिरहँदा अनि देशको राजनीतिक परिस्थितिदेखि लिपुलेकसम्म चर्चा भइरहँदा कतिपय उठान गर्नुपर्ने, खुसी हुनुपर्ने र सम्मान गर्नुपर्ने विषय ओझेलमा परेका छन्। प्रजातन्त्र र अधिकारका नाममा विद्यालय शिक्षाबाट हटाइएको संस्कृत विषय÷भाषालाई फेरि पुनरागमन गराइनु सरकारको ज्यादै प्रशंनीय कदम हो। तर यसको महत्वबारे खुलेर लेख्न र खुसी प्रकट गर्ने अवसर मिलिरहेको थिएन। मिडियामा राजनीतिक चर्चा र बहस मात्र छाइरहँदा प्राथमिकतामा राख्नुपर्ने र दीर्घकालीन खुसी र समृद्धि दिने कुरा छुटिरहेका हुन्छन्। हाम्रा पालामा कक्षा ४ देखि ८ सम्म पढेको संस्कृत भाषा अहिले कक्षा १ देखि नै सुरू गर्ने निर्णय गर्नु निकै सकारात्मक छ।  

न चोरहार्यं न च राजहार्यं
न भ्रातृभाज्यं न च भारकारी  
व्यये कृते वर्धते एव नित्यं
विद्याधनं सर्वधन प्रधानम् !!

हामीले पढ्दा यस्ता कैयौं श्लोक कण्ठस्थ हुन्थे, जसमा गहन भाव हुन्थ्यो, मिठास हुन्थ्यो, अनि सिक्न रहर लाग्थ्यो। हजुरबुबा, हजुरआमासामु संस्कृत श्लोक पाठ गरेर सुनाउन पाउँदा धेरै खुसी लाग्थ्यो। आज हाम्रा नानीबाबु, यो अवसरबाट वञ्चित भइरहेका छन्। विश्वका कैयौं देशमा प्रवद्र्धन गरिएको संस्कृत भाषा हटाएर हामीले हाम्रा नानीबाबुप्रति अन्याय गरिरहेका थियौं। संस्कृत भाषा मात्रै होइन, नैतिक शिक्षालाई पनि पाठ्यक्रमबाट हटाएर हामीबाट अनैतिक काम भएकै हो भन्न हिचकिचाउनु पर्दैन।  

भाषा मानिसका विचार, भावना, बुझाइ अभिव्यक्त र आदानप्रदान गर्ने माध्यम हो। भाषा नभएको भए मानिस बोल्न नसक्ने प्राणी बन्थ्यो। जसरी पृथ्वीको उत्पत्तिसँगै मानिसमा सभ्यताको विकास हुँदै आयो, त्यसरी नै भाषाको विकासबाट  जीवन सरल र सहज बन्दै आयो। संस्कृतको अर्थ नै संस्कारगत र परिष्कृत हो। जसले हाम्रो संस्कार, मिठास र भाषालाई परिष्कृत गर्दै लान ठूलो भूमिका निर्वाह गर्छ।  विश्वमा प्रचलित भाषामध्ये अधिकतरको जननी संस्कृत भाषा नै हो। संस्कृत– विश्वको सबैभन्दा पुरानो पुस्तक वेदको भाषा हो। त्यसैले यसलाई विश्वको प्रथम भाषा मान्न आपत्ति जनाउनु पर्दैन।  

एकाग्रता बढाउन, आनीबानी, बोली, संस्कार, संस्कृति कायम राख्दै नैतिकवान् र आचरणवान् बनाउन संस्कृत भाषाले धेरै सहयोग गर्न सक्छ।

भारोपेली भाषा परिवार संसारको सबैभन्दा ठूलो भाषा परिवार हो। हिन्द (युरोपीय वा भारोपेली भाषा परिवारमा विश्वका सयौं भाषा सम्मिलित छन्। आधुनिक भारोपेली भाषाअन्तर्गत केही भाषा: हिन्दी, उर्दू, अंग्रेजी, फ्रान्सेली, डच, फारसी, बंगाली, पञ्जाबी, रसियन पनि एउटै मूल भाषाबाट उत्पन्न भएका हुन्। जुन संस्कृतसँग धेरै हदसम्म मिल्दो छ। त्यसैले पनि संस्कृत भाषा मूल रूपमा रहेको हो। यसकै आधारमा हुनुपर्छ– उत्तर अमेरिकामा, बेलायतमा, इटली, फ्रान्स, जर्मनी क्यानडा, डेनमार्क, स्विजरल्यान्ड, नेदरल्यान्ड नर्बेलगायत देशका विश्वविद्यालयमा संस्कृत भाषा पढाइ हुने गर्छ। जर्मनीका धेरै विद्यालयमा पनि संस्कृत भाषाको पढाइ हुने गरेको बताइन्छ। अब कम्प्युटरको बोल्ने भाषा नै संस्कृत हुँदै छ। वैज्ञानिक खोज÷अनुसन्धानमा सक्रिय अमेरिकी संस्था नासाले संस्कृत भाषामा कम्प्युटर निर्माण गरिरहेकाले पनि विश्वमा यो भाषाको लोकप्रियता थाहा पाउन सकिन्छ। अन्तरिक्षमा पनि ध्वनि परिवर्तन नभई जाने भाषा संस्कृत मात्र रहेछ भनी नासाले प्रमाणित गरिसकेकाले पनि विश्वमै संस्कृत भाषा पठनपाठनको क्रम बढ्न थालेको हो। प्रविधिका माध्यमबाट कम्प्युटरमा संस्कृतको प्रयोग गरी अन्तरिक्षमा सञ्चार गर्नसमेत संस्कृत भाषा सबैभन्दा उपयोगी छ भनी नासाले बताएको छ। फोब्र्स म्यागेजिनले १९८७ जुलाई अंकमा संस्कृत भाषालाई कम्प्युटर सफ्टवेयरका लागि सबैभन्दा उपयुक्त भाषा ठहर गरेको थियो। त्यसैले प्रविधिमा पोख्त भएर पनि संस्कृत भाषा जानिएन भने काम गर्न नसक्ने दिन आउन सक्ने सम्भावना भएकाले संस्कृत भाषा जान्नु, सिक्नु आवश्यक देखिएको छ। हाम्रो उद्गम भाषालाई हामीले नै नकार्नु अदूरदर्शी  र अबुझ बन्नु हो।  

अध्यात्म, दर्शन, ज्ञान–विज्ञान, र साहित्यले भरिपूर्ण संस्कृत भाषाको इतिहास आफैंमा विशाल र विविधतायुक्त छ, जसले ज्ञान–विज्ञानका प्रगतिलाई अरू टेवा दिन सक्छ। हाम्रो परम्परा र सभ्यताको एक प्रमुख भाषा हो– संस्कृत। विश्वका बहुप्रचलित भाषामा यसको के–कस्तो प्रभाव छ भन्ने कुरा केही उदाहरणमार्फत बुझ्न सकिन्छ।

अध्यात्म, दर्शन, ज्ञान–विज्ञान, र साहित्यले भरिपूर्ण संस्कृत भाषाको इतिहास आफैंमा विशाल र विविधतायुक्त छ, जसले ज्ञान–विज्ञानका प्रगतिलाई अरू टेवा दिन सक्छ। हाम्रो परम्परा र सभ्यताको एक प्रमुख भाषा हो– संस्कृत। विश्वका बहुप्रचलित भाषामा यसको के–कस्तो प्रभाव छ भन्ने कुरा केही उदाहरणमार्फत बुझ्न सकिन्छ। जस्तै: अंग्रेजी भाषा संस्कृतको पितृ शब्दबाट पश्चिममा पिटर र फादर, मातृबाट मदर र मादर, भ्रातृबाट ब्रदरजस्ता शब्द प्रभावित देखिन्छन्। त्यसैगरी संस्कृतको नस् शब्दबाट नोज, दन्तबाट डेन्ट र टुथ, स्थानबाट स्टेसन, मनबाट माइन्ड, कुप्यबाट कप, द्वारबाट डोर, कोटरबाट क्वाटर, हस्तबाट ह्यान्ड, हृदयबाट हार्ट, मत्तबाट म्याड, दिव्यबाट डिवाइन, जननबाट जेनेटक्स, शरणबाट सरेन्डर आदिसँग तुलना गर्दा यी शब्दको सम्बन्ध संस्कृतकै अपभ्रंश मान्न सकिन्छ।

रूसी भाषामा पनि संस्कृतको प्रभाव स्पष्टसँग देखिन्छ। उदाहरणका लागि संस्कृतको अग्नि रूसीमा अगोन, द्वारबाट द्वेर, नभबाट नेका, अस्तिबाट एस्त, कुत्रबाट कुदा, तत्रबाट तुदा, ज्ञानबाट जिनानिय, नवोढाबाट निवेस्ता, प्लावनबाट प्लावनिये आदि। चिनियाँ भाषा अति प्राचीन भाषा हो, तर त्यसमा पनि संस्कृतको छाप परेको पाइन्छ। जस्तै: संस्कृतको पौषबाट चिनियाँबाट पौहुआ, माघबाट माकुआ, फागुनबाट फगुना आदि अनेक शब्द भेटिन्छन्। एसियाको मंगोल भाषामा बारका नाम संस्कृतमा आधारित छन्। जस्तै: संस्कृतको सोम मंगोलमा सोमिया, आदित्य मंगोलमा आदिया, बुद्ध बधिया, शुक्र सुकर, र शनिको संचिव। इन्डोनेसिया र काम्बोज देशमा रामायण र महाभारतका कथा राष्ट्रिय कथाका रूपमा स्वीकृत छन्।

अमेरिकन हिन्दू युनिभर्सिटीले त खुलासा पनि गरिदिएको छ कि संस्कृत भाषामा कुराकानी गर्ने मानिसलाइ उच्च रक्तचाप, मधुमेह, कोलेस्ट्रोलजस्ता रोगबाट मुक्ति मिल्छ भने शरीरका तन्तु सक्रिय भई सकारात्मक ऊर्जा प्रवाहमा मद्दत पु-याउँछ। 

इन्डोनेसिया– इन्डस् र नेसस् मिलेर बनेको हो। त्यसैगरी इन्डोनेसियाका टापुका नाम पनि संस्कृतमा आधारित देखिन्छन्। जस्तै: त्यहाँ सुमात्रा भन्ने स्थान छ, जुन शुद्ध संस्कृत शब्द हो। यसैगरी अर्काे स्थानको नाम जोगजकार्ता छ, त्यो पनि संस्कृतको योग्यकर्ताको तद्भव स्वरूप हो। जोगजकार्ताको सुलतानको उपाधि हो– भुवनो सेनापति, जुन संस्कृत शब्द हो। यहाँको एक प्रसिद्ध बन्दरगाहको नाम प्रोबोलिंगो हो। जुन पूर्व र कलिंग शब्दबाट बनेको छ। यसैगरी कम्बोडिया (हाल काम्पुची) शब्द काम्बोजको तद्भव रूप हो। यहाँ पनि संस्कृत भाषा एवं साहित्यको प्रभाव भेटिन्छ। त्यसैगरी पस्तो अफगानिस्तानको भाषा हो। त्यहाँका जनता र सरकारले पस्तो र संस्कृतको सम्बन्ध महसुस गरेर संस्कृत अध्ययनमा विशेष जोड दिने गरेको बुझिन्छ। काबुल विश्वविद्यालयको पाठ्यक्रममा सन् १९८० सम्म संस्कृत महत्वपूर्ण र अनिवार्य विषयका रूपमा रहेको पाइन्छ। उनीहरू संस्कृतको व्याकरणका आधारमा पस्तोलाई वैज्ञानिक भाषा बनाउन लागिपरेका थिए भन्ने तथ्य भेटिन्छ।  

कोरोना कहरले हामीलाई प्रकृतितिर फर्कन सिकायो। भौतिक विकाससँगै मानसिक विकास र शान्ति पनि आवश्यक रहेछन्, जसका लागि ध्यान, योग र प्रकृतिप्रेममा डुब्ने अनि एकान्तमा रमाउने अभ्यास चाहिने रहेछ भन्ने बोध गरायो। कोरोना कहरमै छौं अझै पनि। संस्कृत भाषाको महत्व बुझ्दै अभ्यास ग¥यौं  भने थाहा हुन्छ– अन्य भाषाको तुलनामा यसमा सबभन्दा कम शब्दमा वाक्य पूरा हुन्छन्। त्यसैले सिक्न र बोल्न सजिलो छ। संस्कृत मात्रै एउटा यस्तो भाषा हो, जसलाई उच्चारण गर्दा जिब्राका सबै मांसपेशी उपयोग हुन्छ। त्यसैले यसलाई ‘स्पिच थेरापी’को भाषा पनि भनिन्छ।  

अमेरिकन हिन्दू युनिभर्सिटीले त खुलासा पनि गरिदिएको छ कि संस्कृत भाषामा कुराकानी गर्ने मानिसलाइ उच्च रक्तचाप, मधुमेह, कोलेस्ट्रोलजस्ता रोगबाट मुक्ति मिल्छ भने शरीरका तन्तु सक्रिय भई सकारात्मक ऊर्जा प्रवाहमा मद्दत पु-याउँछ। एकाग्रता बढाउन, आनीबानी, बोली, संस्कार, संस्कृति कायम राख्दै नैतिकवान् र आचरणवान् बनाउन संस्कृत भाषाले धेरै सहयोग गर्न सक्छ। अब विद्यालय शिक्षादेखि नै यसले निरन्तरता पाइरहनु पर्छ।

प्रकाशित: १७ जेष्ठ २०७७ ०८:५६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App