१ श्रावण २०७७ बिहीबार
विचार

कमजोर थिएन नेपाल

गोर्खाली सेनाले इलामलाई आधार इलाका बनाएर सिक्किम जितेपछि भुटान र सिक्किम राज्यले नेपालसँग विनम्र हुने नीति लिएर दार्जिलिङ नियन्त्रणमा आइसकेको थियो । उता पश्चिममा पञ्जाव नजिक सतलज नदीसम्म र दक्षिणमा अवध राज्यसम्म सिमाना कायम गरेर नेपालले आफ्नो भूभाग कायम गरेको इतिहास छ । यी सबै इतिहास पढेका कवि माधवप्रसाद घिमिरेको गीत सत्तरी वर्षअघिदेखि गुञ्जिरहेको छ– पश्चिम किल्ला काँगडा, पूर्वमा टिस्टा पुगेथ्यौँ । कुन शक्तिका सामुमा कहिले हामी झुकेथ्यौँ ?

हामी हेपिने कुरै थिएन । राष्ट्रको एक इन्च जमिन मिच्छ भने पनि ऊ शत्रु हो भन्ने ठहर गरेर मूला काटेझैँ भकाभक काटिदिन्थे, हाम्रा पुर्खाले । त्यसैले थर्कमान हुन्थे शत्रु । गोर्खाली (नेपाली) फौज आयो भनेपछि भागभाग हुन्थ्यो । ‘कुमाउँ राज्यका इतिहास’ पुस्तकमा उल्लेख छ– सयौँ वर्षसम्म महाकाली नदी पश्चिमका मानिस गोर्खाली शब्दसँग डराउँथे ।

प्रधानमन्त्रीले विदेशी दबाब, प्रभाव र प्रलोभन वा प्रेममा परेर राष्ट्रघात गर्लान् भन्ने भय ऊबेला पनि थियो । एकतीस वर्ष प्रधानमन्त्री र प्रधानसेनापति सम्हालेका भीमसेन थापालाई शपथग्रहण गराउँदा राजा रणबहादुर शाहले कडा सर्त राखेका थिए । थापालाई सम्पूर्ण अधिकार प्रदान गर्दै लालमोहरमा लेखियो– यदि मैले प्रतिज्ञा उल्लंघन गरी पूरा नगरेमा देवदेवीले रिसाएर मेरा एक सय वीस पुर्खालाई नरक भोग गराउन् र यति पूरा गरेमा पुरस्कारस्वरूप मेरा पुर्खालाई स्वर्गमा स्थान दिउन् ।

भारतमा बसेर नेपालविरुद्ध हतियार उठाउनेहरूलाई तालिम, सुरक्षा, पैसा सबैथोक उपलब्ध गराउने भारतले नेपाललाई कमजोर बनाउन २०५२ सालदेखि प्रेतात्मा–पल्टन बनायो ।

निरीह बनेर बनारस (काशी) पुगेका राजा रणबहादुर शाहलाई स्वदेश फर्काइयो तर उनी भाइ शेरबहादुरका हातबाट मारिए । पाँडे र थापा गुटमा विभक्त भारदारहरू कहिले राजालाई, कहिले रानीलाई त कहिले युवराजलाई उकासेर स्वार्थपूर्ति गर्थे । गुट र फुटले एकजुट नहुँदा राष्ट्रको मूलनीति ओझेलमा पथ्र्यो, यदाकदा । घरभित्र कचिंगल भएपछि छिमेकीले खेतबारी मिच्नु स्वाभाविक हुन्छ । जबजब राष्ट्रिय एकता कमजोर हुन्छ तब राष्ट्र पनि शिथिल बन्छ । नौ वर्षपहिले (सन् २०११) सुडान टुक्रिएको घटना होस् वा इन्डोनेसियाबाट ‘इस्ट टिमोर’ नामको नयाँ राष्ट्र उदाएको कथा । जनता फुटे भने राष्ट्र पनि फुट्छ । युगोस्लाभिया टुक्राटुक्रा भयो । सोभियत संघ काँच फुटेझैँ चकनाचुर बन्यो । इथियोपिया फुटेर इरिट्रिया भयो । भारत फुटेर पाकिस्तान भयो । पाकिस्तान फुटेर बंगलादेश भयो । उदाहरण कति छन्, कति ।

२००७ सालमा परिवर्तनपछि बिपी कोइराला गृहमन्त्री भए । उनले राम्रा र सक्षम कर्मचारी छान्ने निधो गरेर राणा शासकसँग काम गरेका अधिकांशलाई जिम्मेवारी दिएछन् । गिरिजाप्रसाद कोइरालाले रिसाउँदै भनेछन्– ‘सान्दाजु, राणाकै मान्छे छानेर काम दिनुहुन्छ भने हामीले क्रान्ति गरेको के फाइदा भयो ?’ झट्ट नरिसाउने बिपी रिसाएछन् । 

राणाकै पालमा सरकारी सेवामा प्रवेश गरेका कालीदास कोइराला अत्यन्त शक्तिशाली थिए । बिपी कोइरालाका पिता कृष्णप्रसादका दाजु थिए उनी । चन्द्रशमशेरको २९ वर्ष लामो शासनकालमा २६ वर्ष सेवा गरे भने जुद्धशमशेरको पालामा पनि उनको मानप्रतिष्ठा कम भएन । मातृकाप्रसाद कोइरालाले आफ्नो पुस्तकमा प्रधानमन्त्री र प्रधानसेनापतिबाहेक अरुले कालीदासको वचन खण्डन गर्ने साहस गर्दैनथे भनेका छन् ।

कालीदास, सरदार भीमबहादुर पाँडे, यदुनाथ खनाल, खड्गमान मल्ल, मीर सुब्बा गोविन्दप्रसाद ढुंगाना (पूर्वपरराष्ट्रमन्त्री चूडाप्रसाद उपाध्यायका पिता), पद्मबहादुर खत्री, चन्द्रबहादुर थापा, नरप्रतापशमशेर थापा, नरेन्द्रविक्रम शाह, ईश्वरीराज मिश्र, विजयशमशेर, शंकरशमशेर, घनविक्रम राणालगायत धेरै राष्ट्रभक्तहरू गहिरो विश्लेषण गरेर सत्य बोल्थे भन्छन्, पुराना मानिस । नमीठो भए पनि राष्ट्रहितमा बोल्ने मानिसको कदर हुन्थ्यो ।

पुराना पत्रकार तथा लेखक लीलासिंह कर्माले गोरखापत्र कार्यालयमा सुनाएको एउटा रोचक प्रसंग याद आयो– २००७ सालमा परिवर्तनपछि बिपी कोइराला गृहमन्त्री भए । उनले राम्रा र सक्षम कर्मचारी छान्ने निधो गरेर राणा शासकसँग काम गरेका अधिकांशलाई जिम्मेवारी दिएछन् । गिरिजाप्रसाद कोइरालाले रिसाउँदै भनेछन्– ‘सान्दाजु, राणाकै मान्छे छानेर काम दिनुहुन्छ भने हामीले क्रान्ति गरेको के फाइदा भयो ?’ झट्ट नरिसाउने बिपी रिसाएछन् । उनले जवाफ दिएछन्– ‘के तैँले फाइदाका लागि क्रान्ति गरेको ? आफन्तलाई जागिर खुवाउन हामीले डेमोक्रेसी ल्याएको हो र ? हाम्रा मान्छे बन्दूक चलाउन जान्दछन् तर कूटनीति, प्रशासन केहीको अनुभव छैन । राणाशासनको कठोर प्रशासनमा बसेर ‘ब्युरोक्रेसी’ चलाउनेहरू योग्य र इमानदार छन् । मलाई मद्दत गर्छु भनेका छन् । त्यसैले म उनीहरूलाई बढी विश्वास गर्छु । एक ठाउँमा इमानदार भएको मान्छे अर्को ठाउँमा बेइमानी गर्दैन । गिरिजा, तँ यस्ता कुरा बुझ्दैनस् । राष्ट्र बलियो बनाउन तेरो, मेरो होइन, सक्षम मानिस चाहिन्छ । धेरै शासक यही नबुझेर फेल भए ।

धेरै दिनको दासत्वले हिन्दुस्तानीहरूको हृदय संकुचित भएको छ । दृष्टिदोष आएको छ । दास प्रवृत्ति ठाउँठाउँमा र समय–समयमा झल्किन्छ । हात माथि पर्दा फुर्फुराउन थाल्छन् । तल पर्दा ङिच्च दाँत देखाउँछन् ।

धेरै युवालाई पुराना मानिस निरक्षर, मूर्ख, तानाशाह र अयोग्य थिए भनेर सिकाए दलहरूले । नेपालका राजनीतिक दलमध्ये धेरैले चोर, डाँका, हत्यारा आदि पालेका छन् । संरक्षण दिएका छन् । राष्ट्रघातको इतिहास हेर्दा दलहरू नमुछिएका घटना विरलै छन् । धर्मशास्त्र मात्र पढेका पृथ्वीनारायण शाह, साउँ अक्षर मात्र चिनेका जंगबहादुर राणा र स्कुल–कलेज नगएका राजा महेन्द्रलाई एउटा तराजुमा राखेर २००७ सालपछि आएका दलका सबै ठूला नेतालाई अर्को तराजुमा राख्ने हो भने नेताहरूको तराजुको पल्ला कहाँ हुन्छ ? जगजाहेर छ ।

यस्तै, मातृकाप्रसाद कोइराला, विश्वेश्वरप्रसाद कोइराला, डा. तुलसी गिरी, कीर्तिनिधि विष्ट, कृष्णप्रसाद भट्टराई, डिल्लीरमण रेग्मी, गुञ्जमान सिंह, खड्गमान सिंह, केवी शाही, शम्भुप्रसाद ज्ञवालीलगायत धेरैले सत्य–असत्यको विश्लेषण गरेर राजालाई सल्लाह दिने गर्थे । राजा महेन्द्रले २०२८ सालको अन्त्यतिर शम्भुप्रसाद ज्ञवालीलाई संवैधानिक राजतन्त्र एवं बहुदलीय व्यवस्थासहितको संविधान मस्यौदा गर्न लगाएको ज्ञावलीका छोरा दीपक ज्ञवालीले बताएका थिए । सूर्यबहादुर थापा र तुलसी गिरीले समेत यसको खुलासा गरे ।

२०२८ साल फागुन ७ गते त्रिभुवन जयन्ती तथा प्रजातन्त्र दिवसमा बहुदलीय व्यवस्था घोषणा गर्न चाहन्थे राजा महेन्द्र । दुर्भाग्यको कुरा, सोही साल माघ १७ गते प्रभातकालमा महेन्द्रको स्वर्गवास भयो । बाउन्न वर्षमै परलोक भए महेन्द्र ।

नेपाली कांग्रेसका महामन्त्री भइसकेका श्रीभद्र शर्माले राजा महेन्द्रलाई राष्ट्रवादी र विकासवादी मानेर सहयोग गरे । राजा महेन्द्रले बिपीलाई लेखेको चिठी बोकेर बनारस (सारनाथ) पुगे शर्मा । ‘बहुदलीय व्यवस्था घोषणा गर्न तयार छु, सहयोग गर्नुपर्छ’ भन्ने पत्रको ‘मजवुन’ थियो । भारतले छिमेकीहरूलाई ऊबेला पनि सताइरहेको थियो । ‘अखण्ड भारत’ भन्ने दुःस्वप्न बोकेका केही व्यक्तिले नेपाल, पाकिस्तान, श्रीलंका, भुटान सबैलाई भारतमा विलय गराउनुपर्छ भनिरहेका थिए । तसर्थ, महेन्द्रले बिपीको सहायता लिएर राष्ट्र बलियो बनाउनुपर्छ भन्ने सोचे । बनारसमा भारतीय गुप्तचरहरूको घेरामा थिए बिपी । बिपीका एक जना भतिजाले पंक्तिकारलाई भनेका थिए– सारनाथमा बिपी बस्ने घरमा ‘अंगरक्षक’ बनाएर केही व्यक्तिलाई तैनाथ गराएकी थिइन् प्रम इन्दिरा गान्धीले । गिरिजाबाबुसँग म दिल्ली जाँदा एउटा व्यक्ति भेट्न आयो । उसले भन्यो कि बिपीको बडीगार्ड छँदा म हवल्दार को बिल्ला लगाउँथे । अहिले गुप्तचर विभाग (रअ) मा डिआइजी छु ।

नेपालमा राजतन्त्र फ्याँकेपछि भारत बलियो बन्छ भन्ने विश्लेषणका आधारमा ‘गणतन्त्र’ ल्याए पनि त्यसको परिणाम घातक भइरहेको स्वीकार गर्दै दिल्लीका विश्लेषकहरूले राजतन्त्रकालमा काठमाडौँमा कूटनीतिक स्थिरता भएको बताइरहेका छन् । चीनका प्राध्यापक वाङ् चुङ्ले भारत र अमेरिकी डिजाइनमा राजा वीरेन्द्रको हत्या गरिएको उल्लेख गरेका छन् भने वीरेन्द्रका माहिला भाइलाई बदनाम गर्न भारत र पश्चिमा शक्तिहरूले कैयन् आरोप लगाएको कतिपय लेखकको तर्क छ । 

बिपी र महेन्द्रलाई मिल्न नदिने भारतीय गुप्तचर विभागका एजेन्टहरू राजदरवारदेखि सिंहदरवारसम्म थिए भन्ने कुरा पुराना मानिस बताउँछन् । बिपीले राजतन्त्रवादी र प्रजातन्त्रवादी एकजुट हुनुपर्छ भनिरहेका बेला धनकुटा जिल्ला पञ्चायतमार्फत ‘बिपीलाई फाँसी दिनुपर्छ’ भन्ने प्रस्ताव पारित गराए सूर्यबहादुर थापाले । दिल्लीमा थापाको देहान्त भएपछि भारतीय सुरक्षाकर्मीले भारतीय सेनाको हेलिकोप्टरमा थापाको शव सिंगारेर काठमाडौँ ल्याइदिए । भूतपूर्व सैनिकहरूलाई औषधि र अन्य सामग्री बाँड्ने प्रयोजनका लागि मात्र इन्डियन आर्मीको रेखदेखमा कल्याणकेन्द्र (वेलफेयर सेन्टर) खोल्न अनुमति दिन सकिन्छ भन्दै राजालाई उल्टो ब्रिफिङ गरेर थापाले मेची–महाकालीका चौबीस ठाउँमा त्यस्ता केन्द्र खोल्न अनुमति दिए । सूचना संग्रह गर्ने यस्ता केन्द्रले के गर्छन् भन्ने विषयमा गृहमन्त्रालय नै बेखबर देखिन्छ ।

षडयन्त्रको सिलसिला अहिले सुरु भएको होइन । भारतमा बसेर नेपालविरुद्ध हतियार उठाउनेहरूलाई तालिम, सुरक्षा, पैसा सबैथोक उपलब्ध गराउने भारतले नेपाललाई कमजोर बनाउन २०५२ सालदेखि प्रेतात्मा–पल्टन बनायो । राष्ट्रिय सेनासँग युद्ध गर्न हँसिया–हथौडा अंकित फेटा गुथेर भारतीय सुरक्षाकर्मीहरू पनि पसेको सेनाका अधिकृतहरू बताउँछन् । माओवादीलाई सहयोग गर्नेमा सैनिक मुख्यालयकै कतिपय अधिकृत पनि थिए भन्ने कुरा खुलासा भयो ।

बिपीले जेल जर्नलमा लेखेका छन्– धेरै दिनको दासत्वले हिन्दुस्तानीहरूको हृदय संकुचित भएको छ । दृष्टिदोष आएको छ । दास प्रवृत्ति ठाउँठाउँमा र समय–समयमा झल्किन्छ । हात माथि पर्दा फुर्फुराउन थाल्छन् । तल पर्दा ङिच्च दाँत देखाउँछन् ।

धेरैले प्रश्न गर्छन्, बितेका पञ्चीस/तीस वर्षमा दल, गुट र आफ्नो मात्र स्वार्थ हेर्ने प्रवृत्ति बढ्दा राष्ट्रको हित ओझेलमा परेको हो ? यथार्थ त्यही हो । राष्ट्रको सम्पत्ति हिनामिना र दुरूपयोग हुँदैन भनेर विश्वास गर्ने आधार छैन । जनताको अवस्था कष्टकर हुँदै जाने तर शासक वर्ग धनाढ्य बन्ने प्रवृत्ति बढ्यो । राष्ट्रलाई बलियो पार्न बलियो अर्थव्यवस्था, आत्मनिर्भर जनता, सुसंगठित सुरक्षा प्रबन्ध, व्यवस्थित सिमाना र स्पष्ट लक्ष्य चाहिन्छ ।

बिपीले जेल जर्नलमा लेखेका छन्– धेरै दिनको दासत्वले हिन्दुस्तानीहरूको हृदय संकुचित भएको छ । दृष्टिदोष आएको छ । दास प्रवृत्ति ठाउँठाउँमा र समय–समयमा झल्किन्छ । हात माथि पर्दा फुर्फुराउन थाल्छन् । तल पर्दा ङिच्च दाँत देखाउँछन् । (पृष्ठ १५०) भूराजनीतिक कारणले आउँदा दिनहरूमा राष्ट्र अरु जर्जर, शिथिल, दिशाहीन बन्नेछ भन्दै १०÷१२ वर्षअघिदेखि यो पंक्तिकारलगायतले लेखेकै हुन् । आजको अवस्थाले ती वाक्य सत्य सावित भइरहेका देखिन्छ । ऊबेला परिवर्तन विरोधी, प्रतिगामी, दरवारपरस्त र मासिक लाखौँ रुपियाँ तलव दिएर ‘कसैले पालेको लेखक’ भन्ने आरोप लगाए । अहिले ती ‘अग्रगामी’ साथीहरू नै भन्दैछन्– ‘राष्ट्र अत्यन्त कमजोर भयो ।’ विगत र अहिले पनि तपाईँहरू जे भनिरहनुभएको छ, त्यो कल्पित होइन । आगत भयाबह बन्दैछ ।  

राष्ट्रलाई कमजोर बनाउने शक्ति निर्मूल गर्न विदेशी शक्तिको स्रोत, साधन र बुद्धि प्रयोग गरियो भने त्यो घातक हुन्छ । जुनियस रिचर्ड जयवद्र्धने राष्ट्रपति छँदा उनले श्रीलंकाका तमिल पृथकतावादी नियन्त्रण गर्न भारतसँग मद्दत मागे । भारतले सेना पठायो । परिणाम उल्टो भयो । श्रीलंकाका विद्वान् प्रा. रोहण गुणारत्नेले ‘इन्डियन इन्टरभेन्सन इन श्रीलंका ः द रोल अफ इन्डियाज इन्टेलिजेन्स एजेन्सिज’ ग्रन्थमा भारतको द्वैध चरित्रको चर्चा गरेका छन् । श्रीलंकामा ‘शान्ति गराउँछु’ भन्ने भारतले तमिलनाडु क्षेत्र (भारत) भित्र तमिल पृथकतावादीलाई तालिम दिन क्याम्पहरू खोलेको र दैनिक पाँच हजार ग्रिनेड बनाएर श्रीलंकाको उत्तरी भागमा पठाउने गरेको उनले सचित्र र सप्रमाण व्याख्या गरेका छन् ।  

नेपालमा राजतन्त्र फ्याँकेपछि भारत बलियो बन्छ भन्ने विश्लेषणका आधारमा ‘गणतन्त्र’ ल्याए पनि त्यसको परिणाम घातक भइरहेको स्वीकार गर्दै दिल्लीका विश्लेषकहरूले राजतन्त्रकालमा काठमाडौँमा कूटनीतिक स्थिरता भएको बताइरहेका छन् । चीनका प्राध्यापक वाङ् चुङ्ले भारत र अमेरिकी डिजाइनमा राजा वीरेन्द्रको हत्या गरिएको उल्लेख गरेका छन् भने वीरेन्द्रका माहिला भाइलाई बदनाम गर्न भारत र पश्चिमा शक्तिहरूले कैयन् आरोप लगाएको कतिपय लेखकको तर्क छ । दिल्लीमा गरिएको बाह्रबुँदे आत्मघाती सम्झौता, महाकाली सन्धि, तीसौँ लाख भारतीयलाई प्रदान गरिएको नेपाली नागरिकता, खुला सिमाना, ठूला दलहरूको ढुलमुले चरित्र, पद पाउन र जोगाउन आत्मसमर्पण गर्ने प्रवृत्ति एवं विदेशी शक्ति खुसी भएमा जनता ‘छु मतलव’ भन्ने दरिद्र सोचले गर्दा जनता र दलबीच दूरी बढ्दैछ । अब तीन वर्षमा नेपालका मिचिएका लाखौँ रोपनी जमिन फिर्ता हुन्छ भन्ने नेता उनै हुन्, जसले महाकाली सन्धि भएमा नेपाललाई हरेक वर्ष खर्ब रुपियाँ फाइदा हुन्छ भन्दै ढाँटेका थिए । हाँस्य÷व्यंग्यकार केशवराज पिँडालीले ‘विमर्श’ साप्ताहिक पत्रिकाको कार्यालयमा हँसाउनुभएको थियो– उनको नाम अब खर्बप्रसाद भन्नुपर्छ ।

भारतीय लेखक केपी जायसवालले ‘क्रोनोलजी एन्ड हिस्ट्री अफ नेपाल’ पुस्तकमा लेखेका छन्– चीन र भारतबीच रहेर नेपालले बुद्धिमत्तापूर्ण अन्तर्राष्ट्रिय नीति सिर्जना गरेको छ । जसलाई पछ्याउँदै उसले कहिले पनि गल्ती गरेन ।

निरन्तरता नै कूटनीतिक जीवनको अक्सिजन हो । विगतलाई तिरस्कार गरेर दलको सानो डोकोमा कूटनीतिलाई बोको बनाउन खोजेका कारण नेपालले विश्वको विश्वास गुमाएको छ । बलियो नायकबेगर विदेशीका हली–खेतालाले अब राष्ट्र सम्हाल्न सक्ने देखिँदैन । कमजोर बनेको नेपाल बचाउन जनताले शक्तिशाली र राष्ट्रवादी राष्ट्रनायकलाई स्थापित गरे मात्र हामी आफ्नो माटोमा सुरक्षित हुनेछौँ । नत्र हामी र हाम्रा सन्तति शरणार्थी बन्ने अवस्था आउन सक्छ ।

प्रकाशित: १६ जेष्ठ २०७७ ०८:०२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App