६ वैशाख २०८१ बिहीबार
विचार

महामारीमा मानसिक असर

सुरुमा गत डिसेम्बर चीनको उहान प्रान्तमा देखापरेको नोबेल कोरोना भाइसरको संक्रमण अहिले संसारका धेरैजसो देशमा फैलिसकेकोे छ। भाइसरविरूद्ध कुनै औषधि÷खोप बनिनसकेकाले सावधानी र सतर्कता नै संक्रमणबाट बच्ने एक मात्र उपाय हो। समय–समयमा विश्वका विभिन्न भूभागमा यस्ता महामारी फैलिरहेकै हुन्। तर आधुनिक विश्वग्रामको विकाससँगै यातायातको सुलभताले अहिले अहिले त्यस्ता महामारीले छोटो समयमै विश्वव्यापी रूप लिने गरेको छ।  विश्वका धेरैजसो मुलुकले कोरोन फैलिन नदिन लकडाउन तथा आपत्काल घोषणालगायत उपाय अपनाइरहेका छन्।  

अहिले सर्वसाधारणमा त्रास र आतंक व्याप्त छ। यस्तो अवस्थामा इन्टरनेट तथा सामाजिक सञ्जालमा फैलाइएका अफवाहले मानिसमा मानसिक असन्तुलन सिर्जना गर्ने सम्भावना देखिएको छ भने पहिले मानसिक समस्या भएका व्यक्तिलाई त झन् कठिन अवस्थामा पु¥याउने जोखिम बढेको छ। यसैले कोरोना संक्रमणबाट बच्न सावधानी अपनाउनाका साथै मानसिक स्वास्थ्यमा आउन सक्ने समस्यातर्फ पनि ध्यान पु¥याउन आवश्यक हुन्छ।

अन्य समयमा सामान्य मानिएका स्वास्थ्य समस्या तथा समाचारले पनि विपद्का बेला गम्भीर असर पार्न सक्छन्। महामारीको सुरुवाती चरणमा सामाजिक ‘स्टिग्मा’ र ‘जेनोफोबिया’ सिर्जना भई निश्चित जात र पहिचान भएका समूहविरुद्ध सामाजिक अत्याचार हुन सक्छ भने बिस्तारै ‘मेडिकल मिस्ट्रस्ट’को वातावरणले गर्दा व्यक्तिलाई गम्भीर रूपमा ‘पेनिक’ मात्र होइन, त्रासद वातावरणका कारण गम्भीर मनोरोगको लक्षण ‘डिल्युजन’को अवस्थामा समेत पु¥याउन सक्छ।  

कोभिड–२०१९ को संक्रमणको सुरुमा कोरोनालाई चाइनिज भाइरस भएकाले मंगोलियनलाई मात्र संक्रमण हुने भनी प्रचारबाजी भएको थियो। विभिन्न देशमा मंगोलियन अनुहारका मानिसलाई आक्रमण र दुव्र्यवहारसमेत गरिएका घटना सार्वजनिक भएका थिए। आफ्नै देश तथा समुदायमै संक्रमणका कारण मानिस मर्न थाले भने मानिसको आत्मबल कमजोर भई रोग–प्रतिरोधात्मक क्षमतामा समेत ह्रास आउँछ। यति मात्र नभएर फलानाको मृत्यु भयो, फलानो पनि बिरामी प¥यो भन्ने चिन्ताले आकुल पार्दै जाँदा तनावको मात्रा तीव्र बन्न पुगी स्वस्थ र हृष्टपुष्ट व्यक्तिसमेत निरीह एवं मानसिक रूपमा विक्षिप्त बन्न सक्छ। मिडियाको विकाससँगै हरेक घटनाका वृतान्त संसारको एक कुनाबाट अर्को कुनामा हुन धेरैबेर लाग्दैन।

जिम्मेवार मिडियाले यति हजार, उति हजार मानिस मरे भन्ने भन्दा ठूलो संख्यामा संक्रमणबाट निको भएका खबरलाई महत्व दिने हो भने आम नागरिकको आत्मबल उच्च बन्छ।  

यस्तो अवस्थामा सत्य घटनाका अलावा अफवाह तथा अपरिष्कृत र भ्रमपूर्ण समाचार, वीभत्स दृश्य र अनर्गल प्रचारबाजीले समेत स्थान पाउने सम्भावना रहन्छ। फरक सन्दर्भ र प्रसंगका घटनाका तस्बिर र फोटो इडिटिङसमेत गरेर प्रसार गरी भयको वातावरण सिर्जना गर्न खोज्ने मनोरोगीसमेत यस्तो बेला सक्रिय बन्न सक्छन्। सञ्जालमा भाइरल हुने यस्ता घटनाको अवलोकनबाट एसटिएस ९सेकेन्डरी ट्रमाटिक स्ट्रेस० सिर्जना भई सामान्य व्यक्तिले पनि असामान्य व्यवहार देखाउन सक्छ। यसैले महामारीका खबर हेर्ने, सुन्ने अनि आज कहाँ, के भयो भनी आफूलाई घटनासँग अपडेट राख्न खोज्ने व्यक्ति घटनाका प्रत्यक्षदर्शीजत्तिकै तनावपूर्ण परिस्थितिमा पुग्छन्।

महामारीका समाचारबाट आतंकित व्यक्ति आफ्नो तथा प्रियजनको स्वास्थ्यको चिन्ताले छटपटाउने अवस्था सिर्जना भई उसको खाने र सुत्ने तौरतरिकामा समेत असामान्य परिवर्तन आउँछ। धैर्य गरेर केही कुरा सुन्न र कुनै पनि विषयमा ध्यानाकृष्ट गर्न नसक्ने लक्षण देखापरेपछि एक्लै टोलाउने र चिन्तित हुने मात्र होइन, संक्रमणले आफ्नो स्वास्थ्य अवस्था एकदमै खराब बनेको कल्पनाले विक्षिप्त र सर्वथा दुःखी बन्न सक्छन्। यसले मनोसामाजिक गतिविधिमा प्रभाव पारी व्यक्ति मानसिक रूपमा अस्वस्थ बन्ने वा अल्कोहल वा अन्य लागुपदार्थको मात्रा बढाउने वा खान सुरु गर्ने स्थितिमा पुग्छ।  

२०७२ सालको भूकम्पपछि धेरै व्यक्ति पोस्ट ट्रम्याटिक स्ट्रेस डिसअर्डरको अवस्थामा पुगेको र केही धेरै पछिसम्म डिप्रेसनजन्य मनोविकारले ग्रस्त भएका थिए। कोरोना भाइसरको मानसिक असरबारे अहिलेसम्म व्यवस्थित अध्ययन हुन नसकेको भए पनि टिबी र एचआइभीबाट ग्रस्त व्यक्तिमा गरिएको अध्ययनअनुसार संक्रमणमा परेका वा संक्रमणको त्रासमा रहेका व्यक्तिमा एन्जाइटी तथा डिप्रेसन उच्च रूपमा बढ्ने गरेको पाइएको छ। पहिल्यैदेखि साइक््रयाटिक औषधि सेवन गरिरहेका वा निको भएका व्यक्ति तथा बालबालिका र वृद्धवृद्धा मानसिक समस्यामा पर्ने सम्भावना बढी भएकाले उनीहरूको व्यवहार र रेखदेखमा विशेष चनाखो हुनुपर्छ।

विपत्ति सधैंभरि आउँदैन र विपत्तिबाट भागेर जाने सुरक्षित ठाउँ पनि हुन सक्दैन। यसैले पूर्वसावधानीसहित विपत्तिको सामना गर्नुको विकल्प हुँदैन। विपत्ति सामनाका लागि भौतिक वस्तु, औषधि तथा अन्य सुविधाभन्दा आत्मबलको भूमिका बढी रहन्छ। अझ कोरोना भाइरसजस्तो न्यून मृत्युदर भएको संक्रमणमा त स्वस्थ तन र मनको अस्त्र नै रामवाण बन्न सक्छ। यसैले तन र मन स्वस्थ राख्न राज्य तथा स्वास्थ्यकर्मीले दिएका निर्देशनको अक्षरशः पालनाका साथै सेल्फ आइसोलेसनमा रही आफूलाई रमाइलो लाग्ने काम गर्ने, आफ्नो शरीरको सुरक्षा गर्ने, नियमित रूपमा योग तथा व्यायाम गर्ने बानीको विकास गर्नुपर्छ। स्वस्थ र सन्तुलित खानाले शरीरमा स्फूर्ति ल्याउँछ भने पर्याप्त निद्रा, योग र व्यायामले शरीरको प्रतिरक्षा–प्रणाली बलियो बनाउँछ।  

सामान्य रूघाखोकी वा मौसमी ज्वरोलाई नै कोरोना संक्रमण ठानेर वा यसका केही लक्षणसँग आफ्ना लक्षण तुलना गरी हतोत्साही बन्न हुँदैन। संक्रमणको शंका लागे चिकित्सकसँग सल्लाह लिनुपर्छ। शरीरमा ताजगी ल्याउनु नै संक्रमणविरूद्धको पूर्वतयारी भएकाले समय मिलाई आफूलाई मनपर्ने गतिविधिमा सामेल हुँदै साथीभाइ, नातेदार तथा अन्य सम्बन्धित व्यक्तिसँग विभिन्न माध्यमबाट सम्पर्कमा रहनाले आत्मबल वृद्धि भई संक्रमणको जोखिम कम हुन्छ भने अनर्गल र असत्य सूचनाबाट आफूलाई टाढा राखेर मानसिक स्वास्थ्यमा आउन सक्ने क्षति रोक्न सकिन्छ। त्रासपूर्ण वातावरणले कोरोना भाइरस एन्जाइटी बढाउने भएकाले स्वस्थ खानपान, जीवनशैली र आचरणको विकास गरी मनोसामाजिक स्वास्थ्यलाई सबल राख्नुपर्छ।  

राज्यका जिम्मेवार मिडियाले यति हजार, उति हजार मानिस मरे भन्ने भन्दा ठूलो संख्यामा संक्रमणबाट निको भएका खबरलाई महत्व दिने हो भने आम नागरिकको आत्मबल उच्च बन्छ। सकारात्मक कोणबाट प्रसारित समाचार तथा सूचना आतंकित जनमानसलाई शान्त पार्ने रोग–प्रतिरोधात्मक मानसिक शक्तिसमेत बन्न सक्छन्। यसैले जो कोहीले पनि वातावरण त्रसित बनाउने किसिमका गतिविधि नगरी मानिसको मनोबल उच्च राख्न सक्ने सकारात्मक र जीवनप्रति आशावादी गराउने सामग्री पस्कनुपर्छ।मनोपरामर्शदाता

प्रकाशित: ११ जेष्ठ २०७७ ०२:०८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App