१६ चैत्र २०८० शुक्रबार
विचार

नेपाल आएर बुझें बुबा र जीवन

सदाझैं त्यो दिन पनि एउटा नियमित शुक्रबार मात्रै थियो, फरक यत्ति थियो– त्यसै दिन मेरो जन्मदिन परेको थियो । शुक्रबार मध्यपूर्वी देशमा सार्वजनिक बिदा हुने गर्छ ।  

म ओमान आएको पनि २ वर्ष पूरा भइसकेको छ । यहाँ आइसकेपछि मेरो घर भारत फर्किन सधैंजस्तो आनाकानी गरिरहें । पुरानो पुस्ता र मैले प्रतिनिधित्व गर्ने नयाँ पुस्ताबीच विचार र सोचाइमा एउटा जुनखालको भिन्नता छ, त्यसैले गर्दा किन हो किन, मलाई घर फर्किन उत्साहै जागेन ।  

म आफूलाई एक आधुनिक विचारसहितको प्रखर नारीवादी महिला ठान्छु । म स्वतन्त्र जीवन जिउन तथा आफ्नाबारे निर्णय आफैं गर्नचाहन्छु । यो मेरो परिवार र नातेदारका लागि पूर्णतया अस्वीकार्य विचार हो । मानसिक शान्ति कायम राख्ने सबैभन्दा राम्रो उपाय भनेकै आफन्तबाट टाढै रहेर व्यक्तिगत द्वन्द्वबाट जोगिनु नै हो ।  

त्यस दिन मेरा स्कुल÷कलेजका केही साथी, आमा र केही नातेदारले मलाई जन्मदिनको शुभकामना दिन फोन गरे । मलाई थाहा थियो– मेरा बाबा सधैं काममै तल्लीन रहने हुँदा उहाँलाई पारिवारिक मामिला थाहै हँुदैनथ्यो । त्यसैले मलाई उहाँले फोन गर्नुहुन्न भन्ने थाहा थियो । र, यो पनि थाहा थियो– सदाभैंm यसपटक पनि मेरी आमाले नै उहाँलाई मेरो जन्मदिनबारे सम्झाउनुपर्नेछ ।  

निश्चित योजनाअनुसारै त्यो शुक्रबार साँझ मेरो जन्मोत्सव मनाउने क्रममा मैले केही घनिष्ठ मित्रलाई एउटा रेस्टुराँमा निम्त्याएँ र भेटघाट गरें । जन्मोत्सव मनाउने क्रममै हामी हाम्रा भविष्यका योजना र लक्ष्यबारे पनि छलफल गर्दै थियौं । सबै योजना, लक्ष्यहामीलाई अत्यन्त महत्वपूर्ण र महान् लाग्थे । आफ्ना योजना आपूmले चाहेकै गतिमा दौडिरहेका पाउँदा जीवन उत्साहित, सुन्दर र चहकिलो बन्दैछ भन्ने लाग्थ्यो । साँझ अलि ढिला मैले आफ्नो फोन हेरें  । मेरी आमाले गरेका केही ‘मिस्ड कल’ मोबाइल फोनको स्क्रिनमा देखिए । मैले तुरुन्तै आमालाई फोन गरें, तर रेस्टुराँमा बजिरहेको संगीतको चर्को धुनले गर्दा मैले उहाँको कुरै राम्ररी बुझिनँ । म रेस्टुराँबाट बाहिर निस्कें र पुनः फोन गरें । फोन सम्पर्क हुँनासाथ मेरी आमाले मलाई जुन शब्द भन्नुभयो, त्यो सुनेर म एक्कासि छाँगाबाट खसेभैंm भएँ । त्यस्तो शब्द, जुन अकल्पनीयथियो । त्यस्तो शब्द, जसले तत्कालै एउटी चुलबुले महिलालाई एक जिम्मेवार छोरीमा परिणत गरिदियो । उहाँले भन्नुभयो– ‘तिम्रो बाबालाई मस्तिष्क श्राव भएको छ ।’ उहाँ फोनमै रोइरहनुभएको थियो । र, कम्पित आवाजमा भन्नुभयो– ‘बेटा तुरुन्तै दिल्ली फर्क, हामी नेपाल जानुपर्छ ।’

यस घटनाले मलाई एक अल्लारेबाट जिम्मेवार र कुशल व्यक्तिमा रूपान्तरण गराएको छ, प्रियजनको महत्व बोध गराएको छ । समस्या छ त समाधान पनि छ भन्ने पाठ पनि पढाएको छ ।

मेरा बाबा केवल २ दिनअघि अर्थात् फागुन ४ गते नेपाल जानुभएको रहेछ, नेपालको दुर्गमस्थानमा रहेको एक नयाँ कारखानाको बिलिङ प्रमुखका रूपमा । तर जागिर प्रवेश गर्ने औपचारिकता पूरा गर्न अझै केही समय लाग्ने भएकै कारण उहाँ काठमाडौंमै अड्किनुभएको रहेछ ।

फागुन ६ गते शुक्रबार तीव्र मस्तिष्क श्राव भएपछि उहाँलाई काठमाडौंको नर्भिक इन्टरनेसनल हस्पिटल पु-याइएछ । तर तत्काल त्यस अवस्थामा उहाँको स्वास्थ्य अवस्था ठ्याक्कै के कस्तो थियो भनेर हामीलाई कुनै जानकारी थिएन । उहाँ प्रवेश गर्न लागेको कम्पनीका तर्फबाट कोही व्यक्तिले मेरी आमालाई फोन गरेर उहाँलाई नर्भिकमा भर्ना गरिएको, उहाँ सिकिस्त र बेहोस अवस्थामा भएको खबर गर्नुभएछ । उहाँले मेरी आमालाई जतिसक्यो चाँडो नेपाल आउन पनि भन्नुभएछ । मैले मेरी आमा भोलि बिहानै दिल्लीबाट काठमाडौं पुग्न सक्ने गरीउहाँका नाममा हवाई टिकट बुक गरिहालें ।  

फोनमा मेरी आमा आत्तिएर रोएको आवाजले म विचलित भएकी थिएँ । मैले जीवनमा कहिले पनि आफ्नो जिम्मेवारी र कर्तव्यबाट चुकेको अनुभव गरेकी थिइनँ । पहिलोपटक अनुभव गरें ।  

म रेस्टुराँभित्र गएँ । तर केही मिनेट पहिले साथीहरूसँगै तय गरिएका भविष्यका महत्वाकांक्षी योजना अनायासै हावामा हराउन पुगे । म क्यानाडामा रहेको मेरो सानो भाइबारेसोच्न थालें– अब उसलाई यो घटना कसरीसुनाऊँ ! उसले यो थाम्न सक्ला ?उसले कसरी प्रतिक्रिया देला आदिइत्यादि प्रश्न मनमा ज्वारभाटा भएर ओहोरदोहोर गरिरहे । ऊ२महिनाअघि मात्रै क्यानाडा गएको थियो र विद्यार्थीका रूपमा स्थायित्व प्राप्त गर्ने संघर्षमैथियो ।  

यी र यस्तै विचार र उदासीपनकैबीच मैले आफ्ना साथीहरूलाई घटनाबारे बताएँ र तत्कालै नेपाल जाने तयारीका लागि आफ्नो अपार्टमेन्टतर्फ लागें । मेरा घनिष्ठ मित्रमध्ये एकले मलाई मेरो अपार्टमेन्टसम्म साथ दिए । बाटोमा मैले ओमानबाट भोलिपल्ट नेपाल उड्ने पहिलो जहाजको टिकट बुक पनि गरें । अपार्टमेन्ट पुग्दा ‘अकिरा’ नामकी मेरी प्यारी बिराली ढोकैमा मलाई कुरेर बसेकी थिई । म चाँडै घर आएको देखेर ऊ खुसी थिई र सामान प्याकिङ गर्ने ब्याग बाहिर निकाल्दा ऊ झनै रोमाञ्चित बनेकी थिई । बजार घुम्न जाँदा मैले साथै लानेछु भन्ने उसलाई लागेको हुँदो हो । तर जब उसले म धेरै टाढा, ऊ जान नसक्ने ठाउँमा जान लागेको चाल पाई, तब ऊ मबाट केही टाढा बसी र आँखा झिमिक्क पनि नगरी मलाई हेरिरही। मैले भनें,‘अकिरा बेबी, मेरा बाबालाई सञ्चो छैन, मैले जानैपर्छ, तर म छिट्टै फर्किन्छु ।’ उसले मलाई वास्तै गरिन, हेरी मात्र रही । मैले अपार्टमेन्टको ढोका बन्द गरें र आफ्नो मित्रलाई साँचो हस्तान्तरण गरें,किनकि म नहुँदा मेरा मित्रले अकिराको रेखदेख गर्न सकुन् ।  

मैले नेपाल जाने ओमानको पहिलो अर्थात् फागुन २४ गते शनिबार बिहान सबेरैको फ्लाइट समातें र म दिउँसै काठमाडौं पुगें । नेटवर्क नभएका कारण उडानको पूरै समयमेरो मोबाइल बन्द रह्यो । तर म मेरा बाबाको स्वास्थ्य अवस्था थाहा पाउन आत्तुर थिएँ । मेरो मन–मस्तिष्क हजारौं अनुत्तरित प्रश्नको चक्रव्यूहमा रुमलिइरहेको थियो ।  

कोरोना महामारीका बेला दिल्लीमा नभई काठमाडौंमा रहनु पाउनु पनि मेरा लागि भाग्यकै कुरा हो । किनभने हालसम्म यो ठाउँ सबैभन्दा सुरक्षित मानिएको छ । त्यसैले त म भगवान्प्रति ज्यादै आभारी छु ।

नेपालको सिमाना पार गर्नै लाग्दा हवाईजहाजको झ्यालबाट नेपालका असंख्य सुन्दर र रमणीय पहाडी भूभाग तथा हिमाली शृंखला देखिन थाले, तर उजाड र अशान्त मन–मस्तिष्कका कारण मेरा आँखाले तिनको रसास्वादन गर्न सकेनन् ।  

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएलगत्तै ट्याक्सी लिएर म सीधै नर्भिक इन्टरनेसनल हस्पिटलतर्पm लागें, जुन विमानस्थलबाट त्यति टाढा पनि थिएन । जब म हस्पिटल पुगें तबमेरा पाइला अनायासै गह्रुँगा हुँदै गए । बाबाबारेकुनै जानकारी नभएका कारण मैले हस्पिटलको सोधपुछ कक्षमा सम्पर्क गरें । बाबा सर्जिकल आइसियुमा भएको जानकारी पाएपछि म हतारहतार त्यसको रिसेप्सनमा पुगें, जहाँ मेरी आमा अति व्यग्रतापूर्वकबसिरहनुभएको रहेछ । ज्यादै त्रस्त र कमजोर देखिनुहुन्थ्यो । मैले उहाँलाई नभेटेको २ वर्षभन्दा बढी भइसकेको थियो ।  

मैले उहाँलाई सान्त्वना दिँदै भनें, ‘सबै कुरा समय आएपछि ठीक हुन्छ । आपूmलाई वास्तविकता थाहा नहुँदै पनि सान्त्वना दिनुबाहेक मसँग विकल्प पनि त थिएन । हामी हस्पिटल पुग्नुपूर्व नै अर्थात् फागुन २४ गते शनिबार बिहान ६ बजे मेरा बाबाको मस्तिष्कको शल्यक्रिया भइसकेको रहेछ । आइसियुभित्र गएर मैले उहाँलाई हेरें । जुन दुःस्वप्न मात्र भइदिए हुन्थ्योजस्तो लाग्यो, निद्राबाटब्युझिँदा सबै चिज पहिलेजस्तै सामान्य देखिएजस्तै । तर त्यो वास्तविकता थियो । मेरा बाबा भेन्टिलेटरमा मृत्युसँग संघर्ष गर्दै हुनुहुन्थ्यो । उहाँको शरीर धेरै तार र पाइपले घेरिएको थियो ।उहाँ इन्तु न चिन्तु शय्यामा लडिरहनुभएको थियो ।  

म स्वयं दन्तरोग विशेषज्ञ, चिकित्सा शब्दावली र शरीर सञ्चालनका मापदण्डबुझ्ने भएकीले बाबाको स्वास्थ्यमा सुधार आउन कुनै चमत्कार होला भन्ने लागिरहेको थिएन ।नर्भिकको सर्जिकल आइसियुमा कार्यरत चिकित्सकले बताएअनुसार मेरा बाबाले प्रवेश गर्न खोज्नुभएको कम्पनीका कोही सहकर्मीले उहाँलाई अचेत अवस्थामा अघिल्लो राति त्यहाँ भर्ना गरेका थिए । जसको भोलिपल्ट बिहानै बाबाको मस्तिष्कको जटिल शल्यक्रिया गरिएको रहेछ । मस्तिष्कभित्र जमेर रहेको रगत हटाइएको भए तापनि उहाँको अवस्था भने अत्यन्तै जटिल थियो । आइसियु कक्षबाट निस्कनासाथ आमा मतर्पm हतारिँदै आउनुभयो र बाबाको स्वास्थ्य अवस्थाबारे सोध्नुभयो । म अवाक् थिएँ, मसँग उहाँलाई सान्त्वना दिने कुनै शब्दै थिएन ।  

त्यसै दिन अर्थात् फागुन २४ गते अपराह्न सर्जिकल गाउन लगाएका एक चिकित्सक सर्जिकल आइसियुभित्र छिरे । केही मिनेटपश्चात् ती डाक्टरले हामीलाई भेट्न चाहेको भन्दै एक नर्स हामीलाई बोलाउन आइपुगिन् । नीलो सर्जिकल गाउन लगाएका ती चिकित्सक रहेछन्– वरिष्ठ स्नायु शल्य–चिकित्सक प्रा.डा. राजीव झा, जसले मेरा बाबाको मस्तिष्कको शल्यक्रिया गरेका रहेछन् । प्रा.डा.झाले मेरा बाबाको स्वास्थ्य अवस्थाबारे हामीलाई अत्यन्त शान्त र सकारात्मक तवरलेसम्झाउनुभयो, बुझाउनुभयो ।  

पछि अर्थात् त्यही दिन साँझ इन्डिया र ओमानका मेरा सम्पर्कमा रहेका धेरै स्नायु शल्य–चिकित्सकसँग मैले मेरा बाबाको अवस्था थाहा पाउन सम्पर्क गरें । सबैले भगवान्सँग प्रार्थना गर्नुबाहेक अर्काे उपाय नरहेको बताए। धेरैले चाहिँ तुलनात्मकरूपमा भारतमा चिकित्सा सुविधा राम्रो भएकाले उतै लैजान सल्लाह पनि दिए । दुर्भाग्य, नेपाल र भारत दुवै देशमा कडा बन्दाबन्दी लागू भइसकेको थियो,हवाई उडानमा पूर्णतः प्रतिबन्ध लागिसकेको थियो ।

आशाको एक मात्र दियो भन्नु नै डा.राजीव हुनुहुन्थ्यो, जसले बिरामीको स्वास्थ्यमा जतिसुकै गिरावट आए पनि उपचार छाड्नुभएन, सकारात्मक सोचका साथ प्रयास गरिरहनुभयो ।उहाँले हामीलाई आशाको सानो किरण देखाउनुभयो, जसले हाम्रो अशान्त मन बुझाउन ठूलो काम ग¥यो ।  

पूरा एक सप्ताहसम्म मेरा बाबा भेन्टिलेटरमा हुनुहुन्थ्यो । हामी पनि त्यस अवधिभर भोकै र अनिँदो रह्यौं ।आइसियुभित्रको मेसिनबाट आइरहने टुँ टुँ आवाजले हामीलाई हरपल तर्साइरह्यो । दिनभर आइसियु कक्षभन्दा बाहिरपट्टि बस्नु र आमाले निरन्तर भगवानसँग प्रार्थना गरिरहेको देख्नु मेरो दिनचर्या नै भइसकेका थियो । राति हस्पिटलबाट फर्किंदा पनि के हुने हो,कस्तो खबर आउने हो भनेर हामी तनावै तनावमा हुन्थ्यौं । कोरोना महामारीको चपेटा त छँदै थियो, परिवारमा सबै कुराको जिम्मेवारी वहन गर्ने मूलीकै जीवनको कुनै ठेगान थिएन । अब सारा जिम्मेवारीजबर्जस्ती मेरा काँधमा थोपरिएको महसुस गर्दै थिएँ म । तर सँगसँगै के पनि लागिरहेको थियो भने वास्तवमामानिसलाई यस्तै अवस्था केही सिक्ने र जीवन बुझ्ने उत्कृष्ट अवसर बन्दो रहेछ ।

कोरोना महामारीका कारण सिर्जित बन्दाबन्दी (लकडाउन) का कारण हामी न बिरामी लिएर घर फर्किने अवस्थामा थियौं न कतै हिँड्डुल गर्ने अवस्थामै थियौं । काठमाडौं हाम्रा लागि सर्वथा नौलो त छँदै थियो, दुई छाक खान र टाउको लुकाउने छत पाउन पनि मुस्किल भइरहेको थियो ।  

हरेक दिन हाम्रा लागि १ वर्षझैं लाग्थे–अत्यासलाग्दो, उराठलाग्दो र कहिल्यै नसकिने । अनि हरेकदिन कुनै न कुनै नयाँ चुनौती आइरहन्थे, भावनात्मक होस् वा मानसिक अथवाशारीरिक वा आर्थिक नै किन नहोस्। हामीलाई परिवारका सदस्य, नातेदार वा आफन्त आई सहयोग, सान्त्वना दिने अवस्थाको कल्पना गर्ने ठाउँसम्म थिएन । हाम्रा सहारा भने पनि, सान्त्वना भने पनि केवल हस्पिटलका तिनै चिकित्सक, नर्स र बिरामी कुरुवा थिए । तिनैसँग सामान्य कुराकानी गरेर समय व्यतीत गरिन्थ्यो ।  

करिब एक महिना बित्यो । अन्तिममा डा. राजीव झाले बाबालाई आइसियुबाट जनरल वार्डमा सार्ने योजनासुनाउनुभयो । नभन्दै चैत ११ गते उहाँलाई सारियो । यो हाम्रो जीवनकै सबैभन्दा सुखद क्षण थियो र त्यो नै हामीले त्यत्तिका दिनदेखि कल्पना गरिरहेकोठूलो सपना पनि । जनरलवार्डमा सारिएपछि हामीले धेरै समय बाबासँगै बिताउन पायौं । तर अझै उहाँ ठीकसँग कुराकानी गर्ने अवस्थामा हुनुहुन्थेन, उहाँका इसारा बुझेर हामी काम गथ्र्यौं ।  

यसअघि मलाई बाबासँग कुरा गर्न नपरेहुन्थ्यो जस्तो लाग्थ्यो । उहाँको फोन उठाउन पनि झर्को मान्थें, कति सुन्नु अर्ति÷उपदेश ! तर आज मसबैभन्दा बढी उहाँकै शब्दसुन्नलालायित छु, उहाँका खप्की र उपदेश सुन्ने व्यग्र प्रतीक्षामा छु । ठीक यस्तै भएको छ– मेरो साना भाइलाई पनि । जब उसले एक सातासम्म फोनमा बाबाको स्वर सुन्न पाएन, आत्तिन थाल्यो र आमालाई सोध्न थाल्यो– किन बाबाको फोन आएन !

जब बाबालाई भेन्टिलेटरमा राखियो, तब नचाहँदानचाहँदै पनि यो खबर उसलाई सुनाउन हामी बाध्य भयौं । ऊ तड्पियो, आत्तियो, निसास्सियो, तर नेपालसम्म आउने कुनै उपाय थिएन । किनकि कोरोनाको लकडाउन थियो ।  

जनरल वार्डमा सारिए पनि बाबाको उपचारमा फेरि अर्को चुनौती थपियो । उहाँलाई ज्वरो आयो । कोरोना भाइरसको महामारीमा ज्वरो ! हाम्रो मन–मस्तिष्कमा कस्तो ज्वारभाटा आयो होला त्यसबेला ! लामो समयसम्म ज्वरोको कारण पत्ता नलाग्दा हामी पुनः पागलभैmं बन्यौं ।केही पछि डा. राजीव झाले नर्भिकका विभिन्न चिकित्सकसँग सामूहिक परामर्श गर्नुभयो । टोलीमा वरिष्ठ श्वासप्रश्वास रोग विशेषज्ञ प्रा.डा. रमेश चोखानी, वरिष्ठ चिकित्सक तथा मुटुरोग विशेषज्ञ डा. जे.पी. जयसवाल र चिकित्सक तथा पेटरोग विशेषज्ञ डा. मनु बस्नेत हुनुहुन्थ्यो । नभन्दै एक सातामै ज्वरोलाई जित्न सफल हुनुभयो बाबा ! झन्डै २ महिनाको कठिन संघर्ष र चिकित्सकको अहोरात्र खटाइपछि वैशाख १५ गते बाबालाई डिस्चार्ज गरियो । हाल उहाँ पूर्णतः स्वस्थ भइनसके पनि, ह्विलचेयरमै किन नहोस्,हिँडडुल गर्नुहुन्छ, खाना खानुहुन्छ र डा. लाई भेट्दा ‘हेलो डाक्टर’ भन्नुहुन्छ । पुनस्र्थापना र फिजियोथेरापी चलिरहेकै छ । निभिसकेको आशाको दियो फेरि तेल भरिएजसरी चम्किलो भएर बल्दै छ ।  

मैले यसबीच एक दिन भगवान्सँग सोधें– भगवान्, किन त मप्रति यत्रो अन्याय ? त्यसपछि ममा एक प्रकारको सकारात्मकता आयो । मैले गीताका उक्ति सम्झें– जे हुन्छ, राम्रैका लागि हुन्छ । यस घटनाले मलाई एक अल्लारेबाट जिम्मेवार र कुशल व्यक्तिमा रूपान्तरण गराएको छ, प्रियजनको महŒव बोध गराएको छ ।समस्या छ त समाधान पनि छ भन्ने पाठ पनि पढाएको छ । यो जीवनका लागिपक्कै चानचुने शिक्षा होइन ।

नेपाल र नेपालीबारे राम्ररी सुनेकी अवश्य थिएँ, तर आफैंले अनुभव गर्न पाएको थिइनँ ।तर यसपटक नेपालमा करिब २ महिना बस्न पाएँ ।जहाँ मैले धेरै सहयोगी मन भेटें । ती चिकित्सक, जो मेरा बाबाको उपचारमा खटिए, तिनले हामीसँग आफ्नालाई भैंm व्यवहार गरे । मैले धेरै नयाँ मित्र पाएँ, जो अहिले परिवारका सदस्यझैं लाग्छन् । लाग्छ–हामीले एउटा परिवार, देशबाहिर बनायौं, जसले विपत्तिमा हामीलाई साथ दियो । भगवान् पनि हामीप्रति साह्रै दयालु हुनुभयो । बन्दाबन्दी सुरु हुनुअघि नै हामी काठमाडौंआइपुग्न पायौं । अन्यथा हामीले कस्तो मानसिक आघात सहनुपथ्र्यो, मेरा बाबाको हालत के हुन्थ्यो, कल्पनाभन्दा बाहिर थियो ।  

कोरोना महामारीका बेला दिल्लीमा नभई काठमाडौंमा रहनु पाउनु पनि मेरा लागि भाग्यकै कुरा हो । किनभने हालसम्म यो ठाउँ सबैभन्दा सुरक्षित मानिएको छ । त्यसैले त म भगवान्प्रति ज्यादै आभारी छु ।

आयानगर, नयाँ दिल्ली निवासी ५४ वर्षीय मेरो बाबा जयप्रकाश पाण्डे ३३ वर्ष अनुभव प्राप्त सिभिल इन्जिनियर हुनुहुन्छ, जसको विशेष विशेषज्ञता जलविद्युत् परियोजनामाछ ।  

उहाँगत फागुन २१ गतेदेखि काठमाडौंको नक्सालस्थित एक गेस्ट हाउसमा बस्नुभएको हो ।तर फागुन २३गते साँझबृहत् मस्तिष्क श्राव भएपछि उहाँलाई राति ९बजे नर्भिक अस्पतालको आकस्मिक कक्षमा पु¥याइएको रहेछ । फागुन २४ गते बिहान ६ बजे उहाँको मस्तिष्कको जटिल शल्यक्रिया गरी गिदीभित्र जमेर रहेको रगत हटाइएको रहेछ ।  

अन्त्यमा, मैले नर्भिक हस्पिटल र त्यहाँ कार्यरत चिकित्सक÷स्वास्थ्यकर्मीबारे केही नभनी यो लेख टुंग्गाए भने अन्याय हुन्छ । त्यहाँ मेरा बाबालाईसम्पूर्ण चिकित्सक÷स्वास्थ्यकर्मीले जस्तो प्रेमपूर्ण व्यवहार गर्नुभयो, त्यो आफैंमा ठूलो उपचार थियो । जुन म जीवनभर भुल्न सक्दिनँ । अर्काे कुरा, नर्भिककासेवा÷सुविधा विश्वका कुनै आधुनिक हस्पिटलभन्दा कम छैन भनेर पनि निर्धक्क भन्न सक्छु ।  

अहिले काठमाडौंमा रही आफ्ना अनुभव कोर्दै गर्दा यो महामारी पनि छिट्टै भाग्नेछ, बाढीपछि सङ्लिएको पानीभैंm जनजीवन सामान्य बन्नेछ र हाम्रा मानसपटलमा नवीनतम विचार र सोच भरिनेछन् भन्ने विश्वास छ ।किनभने कहिलेकाहींहामीबाट केही राम्रा चिज टाढिँदा त्यसभन्दा अझ राम्रा चिज पनि प्राप्त हुने गर्छन् ।  
(भारतीय दन्त चिकित्सक डा. पाण्डे हाल ओमानमा कार्यरत छन् ।)
प्रस्तुति: आर.पी.मैनाली

प्रकाशित: ५ जेष्ठ २०७७ ०५:३६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App