coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
विचार

बुद्ध, बामियान र रेशम–मार्ग

अफगानिस्तानका लागि संयुक्त राष्ट्रसंघीय मिसनअन्तर्गत मलाई निर्वाचन तालिम अधिकृतका रूपमाबामियान प्रान्तमा खटाइयो,सन् २००४ मा। करिब आठ हजार तीन सयफिट उचाइमा रहेको यस ठाउँमा बुद्धकामूर्तिहरू छन्।काबुलबाट प्लेनमा बामियान पुगेको दोस्रोदिन म बुद्धमूर्ति हेर्न गएँ। बामियान एयरपोर्टबाट बजारतिर झर्दा सडकबाट सोझै देखिने गरी पहाडी भित्तामा पहिलो ठूलो मूर्ति देखापर्छ। बामियान बजारबाट करिब डेढ किलोमिटरको दूरीमा यो बुद्धहिल रहेको छ।करिब एक हजार पाँच सयवर्षअघियहाँ पहराखोपेर खाल्टोको फ्रेम बनाई फ्रेमभित्रको चट्टानी माटोलाई कुँदेर बुद्धमूर्ति बनाइएको हो। पहराभित्रको एक सय८० फिटजति अग्लो यस मूर्तिमाबुद्धको शरीरको धेरैजसो भाग देखिन्छ, टाउको भने देख्न पाइँदैन। सुने अनुसार, यसै मूर्तिको गोडामुनि धर्मसभा गर्न मिल्ने ठूलो हल छ। तर,त्यतातर्फ जान प्रतिबन्ध थियो। 

बुद्धमूर्तिको अगाडि युनेस्कोको साइनबोर्ड छ, जसमा मूर्तिको आकृति, नाप, क्षेत्रफल लगायत जानकारीसँगै मूर्ति र यसको परिसर विश्वसम्पदा सूचीमा रहेको उल्लेख छ। बामियान हिलको फेदमा पुग्नासाथ मलाई संसारको एउटा हेर्नैपर्ने ठाउँमा आइपुगेको अनुभव भयो।मूर्ति दर्शनका लागि हालै टिकट लिनुपर्ने व्यवस्था गरिएको रहेछ, एक सय ७० अफगानी। यसै पहरामा यस एक सय८० फिटको बुद्धमूर्तिदेखि २० मिनेट पैदल दूरीको अन्तरमा अर्को एक सय २५ फिट अग्लो मूर्ति पनि छ। त्यस्तै, अर्कोसानो बुद्ध बामियान नजिकै रहेको काकराक उपत्यकामा छ।यहाँका मान्छेले दुई ठूला बुद्धका मूर्तिलाई श्रीमान्–श्रीमती र अर्को सानो बुद्धलाई छोरा भनेर बुझ्दा रहेछन्।

मुस्ताङको आभास 
यहाँ पहराभरि गुफा र गुफासम्म पुग्ने सुरुङ छन्। तर,हामी सबैतिर गएनौँ।भनिन्छ, बामियान उपत्यकामा ६ हजार गुफाछन्। त्यस्तै, यहाँ करिब २०फिट अग्लो गोलाकार सिलिङ भएको कन्दरा पनि छ। त्यो साइज र आकृति यस्तो पूर्ण इन्जिनियरिङ क्षमताले बनाइएको छ कि यो आधुनिक युगमा पनि त्यसको नाप ठीक छैन भनेर सानोमात्र खोट लगाउन गाह्रो पर्छ। त्यसै छाडिएको र पहिले पुरातात्विक सम्पदाको रूपमा नसम्हालिएको त्यस गुफामा कुनै वेला भिक्षु, सन्त–महन्त बस्ने गर्दथे भन्ने भित्तामा कोरिएका बुद्धका जीवनचरित्र, शिष्यहरूलाई उपदेश दिएको आदि रंगीन चित्रबाट थाहा हुन्छ। तल आगो बालेका कारण ध्वाँसोले सिलिङ भरिएको छ। जतिजति पश्चिमबाट पूर्वतिर गइन्छ, बुद्धहिलभरि नेपालको मुस्ताङ, लोमान्थाङ, छोसेर इलाकाका पहरामा देखिने खालका खोपेर बनाइएका कैयौँ प्वालजस्तै यहाँ पनि थुप्रै गुफा देखिन्छन्। नेपालको मुस्ताङ क्षेत्रको धरातल र चट्टान जस्तो छ,बामियान, नाउर प्रदेशहरू पनि त्यस्तै किसिमका छन्। चैलेबाट माथि लाग्दा देखिने वरिपरिका डाँडा, भित्ताजस्तै पहाड र चट्टानले बामियान इलाका बनेको छ। 

तालिबान आतंक
सन् १९९९ मा तालिबानले यी मूर्ति ध्वस्त पारेको टिभीमा देखिएको थियो।आज आएर साँच्चै ती मूर्तिको क्षतविक्षत स्वरूप भएपनि हेर्न पाइयो।तालिबानले विस्फोटक पदार्थले प्रहार गर्दायहाँका मूर्ति त ध्वस्त भए भए, पहरो पनि ठाउँठाउँमा चिरिएको छ। जाइका, युनिसेफले ठाउँठाउँमा ड्रिल गरी पाइप घुसारेर नटबोल्टले कस्ने काम गरिरहेको छ। फोदमस्ती खोलाबाट पानी तानेर काम गरिएको छ।निर्ममसँग मूर्तिहरूलाई ध्वस्त बनाइएको त्यस ठाउँमा मूर्ति नै पुनर्निर्माण गर्न लागिएको भने छैन। हाल वातावरणलाई पूर्ववतल्याउने र साइट क्लियर गर्ने काम भइरहेको छ। पछि थाहा भयो कि चीनको लगानीमा त्यहाँ बुद्धको पुरानो मूर्ति जस्तोथियो, त्यस्तैमूर्तिसोही ठाउँमा लेजर प्रकाशद्वारा प्रक्षेपण गरी साँझपख देखाउने गरिएको छ।

करिब एक हजार पाँच सय वर्षअघि यहाँ पहरा खोपेर खाल्टोको फ्रेम बनाई फ्रेमभित्रको चट्टानी माटोलाई कुँदेर बुद्धमूर्ति बनाइएको हो। सुने अनुसार, यसै मूर्तिको गोडामुनि धर्मसभा गर्न मिल्ने ठूलो हल छ। तर, त्यतातर्फ जान प्रतिबन्ध थियो।

रेशम–मार्ग (सिल्करोड)
आजभन्दा करिब २००० वर्ष अघिदेखि युरोपसम्म रेशमको व्यापार गर्ने उद्देश्यले अन्तर्देशीय व्यापारी तथा यात्रीहरूबाटो पत्ता लगाई हिँड्दाहिँड्दै विश्वमै चर्चित करिब ७००० किलोमिटर लम्बाइको रेशममार्ग (सिल्करोड) तयार भयो। हानवंशी शासनकालमाचीनको पूर्वी छेउबाट निस्केर यो अभियान पूर्वीएसिया,दक्षिणएसिया, पर्सिया, अरब हुँदै पूर्वीअफ्रिका र दक्षिण युरोपसम्म पुग्यो। उत्तर दक्षिणतिरबाट पनि रेशममार्गकै नाममा अन्य सहायक मार्ग यससँग जोडिन आइपुगे। यसले एसिया, अरब, अफ्रिका र युरोपका देशहरू आर्थिक, राजनीतिक, सांस्कृतिक र धार्मिक हिसाबले अन्तरनिर्भर हुन सहयोग पुर्‍यायो। यो सम्बन्ध कालान्तरमा विश्वव्यापी व्यापार र बजार विस्तार गर्न सहयोगी भयो। रेशममार्गको कुल लम्बाइको बीचतिर पर्ने फराकिलो र उर्वर बामियान उपत्यका पूर्वतिरबाट आउँदा हिन्दकुश हिमशृंखला पारगरेपछि तल बेँसीमा पर्छ।यसैले व्यापारी, यात्रीका लागि यो आकर्षक थलो बन्यो।

लामो बाटो हिँड्नुपर्ने र सामान ओसारपसार गर्नुपर्ने हुँदा घोडा–खच्चड पनि साथमा हुन्थे। यिनका लागि चरिचरनको सुविधार उब्जाउशील जमिन पनि चाहियो। नजिकै सजिलै खोप्नसकिने माटेचट्टान (सोयल रक) ले बनेको प्राकृतिक डाँडोलाई राम्रो उपयोग गरी भिक्षु, व्यापारी, यात्रीले बसोवासका लागि गुफा र प्रार्थना शान्तिका लागि बुद्धमूर्तिहरू निर्माण गरेको हुनुपर्छ, जसबाट पथिकको मार्गिकजीवन सरल र सहज हुँदै आयो। करिब १५०० वर्षअघि बनेका यी मूर्तिको निर्माण अवधि ६ वर्ष रहेको अनुमान गरिएको छ। स्मरणीय के छ भने त्यतिबेला त्यस इलाकामा इस्लाम धर्म आइसकेको अवस्था थियोभने त्यहाँ कुनै हालतमा बुद्धमूर्ति बन्ने सम्भावना हुँदैनथ्यो। चीनदेखि उत्तरीभेग हुँदै रेशममार्ग भएर आउने व्यापारीहरू स्वभावैले बौद्धधर्मावलम्बी हुने भएका र बामियानका बासिन्दाकोपनि बुद्धधर्मतर्फ झुकाव भएकै कारणबुद्धमूर्ति बन्न सकेको कुरा सहज अनुमान गर्न सकिन्छ।

विध्वंश र पश्चाताप
अफगानिस्तान आउने सबै व्यक्ति सायद बामियान आउँदैनन्। काम विशेषले नै यस क्षेत्रमा जान पाउँदा मैले आफूलाई धन्य ठान्नुपर्छ। हिन्दकुशपर्वत हुँदै ४० मिनेटसम्म प्लेनबाट उड्दा डर र उन्माद दुवै लागेको थियो। प्लेनबाटै बुद्धलाई देखेपछि एकपल्ट म भावविह्वल र आत्मविभोर भएँ। यति ठूलो तीर्थगर्न पाएकामा पुनः बुद्धात्मासँग अन्तर्भावले निकटस्थ भएको महसुस गरेँ। आततायीलाई ती निर्दोष बुद्धप्रति केको रिस रहेछ कुन्नि ! संसारभरि शान्तिको सन्देश दिने लुम्बिनीको काखबाट बामेसर्दै भूगोलको पूर्व–पश्चिम र उत्तर–दक्षिण यात्रा गर्ने एउटा देवभिक्षुप्रति केको डाह चलेको होला ? सम्झँदा अचम्म लाग्छ। बिबिसी संवाददाता दाउद कारीजादाले ९मार्च २०१५मा उल्लेख गरेअनुसार बुद्धमूर्तिमाथि ट्यांकद्वारा रकेट लन्चर हान्न तालिबानले २६ वर्षीय मिर्जा हुसेन नामका एक स्थानीय युवकलाई प्रयोग गरेको थियो। हजारा जातिका ती व्यक्तिसिया समूहका हुन्, जब कि तालिबानहरू सुन्नी समूहका। सिया र सुन्नीबीच आपसी मनमुटाव अद्यापि छँदैछ।

दुई महिना अघिदेखि नै तालिबानले त्यस पहाडी क्षेत्रलाई कब्जामा लिन थालेपछि गाउँलेहरू भागेर त्यो ठाउँ छाडी गएका थिए। हुसेनसहित अन्य २५/३० स्थानीय युवकलाई तालिबानले कब्जामा लिई विध्वंशकारी काम गर्न बाध्य बनाए। कारीजादाका अनुसार हुसेनले अहिले निकै पश्चाताप गरेका छन्,तर त्यतिबेला तालिबानले भनेको नमानेको भए आफैँमारिने सक्ने पनि ती युवकले बताएका छन्।
(लेखकलेसन् २००४ देखि २००६ सम्म अफगानिस्तानमा काम गरेका थिए)

प्रकाशित: २५ वैशाख २०७७ ०४:१३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App