७ वैशाख २०८१ शुक्रबार
विचार

नेपाल महात्म्य

अतीतको वर्णन, विश्लेषण र मूल्यांकन गर्छ इतिहासले । राष्ट्र, समाज, जाति, संघ÷संस्था सबैको हुन्छ इतिहास । व्यक्तिको पनि छुट्टै इतिहास वा गाथा हुन्छ । गोपाल, महिषपाल, किराँती, लिच्छवि, मल्ल आदि राजाहरूपछि द्रव्यशाहका पालादेखि (वि.सं. १६१६) शाहवंश शासन सुरु भयो नेपालमा । मौलिक, संस्कृति र सभ्यता बचाएर विदेशी हस्तक्षेपबाट मुक्त राख्ने काम सजिलो थिएन । त्यसैले, हामीले पुर्खाको कदर गर्दै इतिहासको सम्मान गर्नैपर्छ । राष्ट्र निर्माण गर्नेहरूप्रति कृतज्ञ हुनैपर्छ । असभ्यहरू मात्र इतिहासप्रति बेइमानी गर्छन् । 

हामीलाई पराधीन, विभाजित, शिथिल र परावलम्बी बनाउन विदेशीले पटकपटक आक्रमण गरे तर नेपालीको देशप्रेम, निष्ठा, एकता, साहस, विवेक र पराक्रमले शत्रु परास्त भए । सुल्तान, समसुद्दिन, तुगलकले वि.सं. १४०६ मा काठमाडौँमा हमला गरे । तर धेरै दिन टिक्न सकेनन् । प्राचीन यात्रीहरूका यात्रावृत्तान्त, शीलालेख, ताम्रपत्र, पुराण, प्राचीन ग्रन्थहरू, साहित्य, चिठीपत्र आदि इतिहासका स्रोत मानिन्छन् । वि.सं. ५२१ म तीन पुस्ताको वर्णन गरेर लिच्छवि राजा मानदेवले चाँगुनारायण (भक्तपुर) क्षेत्रमा राखेको शीलालेख यसको उदाहरण हो । 

एक मधेस छुट्टै देश’ भन्नेहरू कहाँबाट दाना खान्छन् भन्ने कुरा स्पष्ट नै छ ।

स्कन्द पुराणमा नेपाललाई एक लाख गाउँको देश भनिएको छ । बौद्ध धर्मको प्राचीन ग्रन्थ ‘मूल सर्वास्तिविनय’ भन्छ– ‘भारत क्षेत्रबाट हजारौँ बौद्ध तीर्थयात्री नेपाल आए ।’ चीनका विद्वान् अन्वेषक र प्रसिद्ध यात्री हुयेन साङले कर्तृपुर (हाल कुमाउ, भारत) तथा कामरूप (आसाम) सम्म नेपाल फैलिएको उल्लेख गरेका छन् । कल्हणकृत राजतरंगिणी ग्रन्थमा काश्मीर (खशनीर) देशका राजा जयापीड (जयापीड विनयादित्य) नेपाल हमला गर्न आउँदा युद्धबन्दी भएको उल्लेख छ । कालीगण्डकी क्षेत्र (हालको पर्वत, बाग्लुङ र म्याग्दीलगायतको क्षेत्र) बलियो भएकाले त्यहाँका राजा अरिमुडीले काश्मीरका राजालाई कैदी बनाएको र शत्रु पक्षका हजारौँ सैनिकलाई कालीगण्डकीमा हातखुट्टा बाँधेर बगाइदिएको इतिहास छ । काश्मीरका प्रसिद्ध विद्वान् कल्हणले आफ्नो ग्रन्थमा आफ्ना राजा बन्दी भएपछि उनका मन्त्री देवशर्माले ‘मेरो प्राण लिएर राजालाई मुक्त गरिदिनुहोस्’ भनी विन्ती गरेको र रिमुडीले काश्मीरी मन्त्रीलाई मारेर राजालाई रिहा गरिदिए भनेका छन् ।

इतिहासविद् रामजीप्रसाद उपाध्यायले राजा वीरेन्द्रको समयमा नेपाली सेनाको ‘सिपाही’ पत्रिकामा लेखेको लेखमा १९२ जना राजाले नेपालमा राज्य गरेको र नेपालको निर्माण राजा, सेना र जनताको अथक योगदानबाट भएको उल्लेख गरेका छन् । सत्ययुगमा सत्यवती क्षेत्र, त्रेतायुग (भगवान श्रीरामको युग) छँदा तपोभूमि र द्वापरयुग (भवान श्रीकृष्णको युग) मा मुक्तिसोपानका नामले नेपाल प्रसिद्ध भएको उपाध्यायको तर्क छ ।

हाम्रा पुर्खा मूर्ख थिएनन् । उनीहरूले वातावरण, आरोग्य, धन÷सम्पत्ति र चराचर जगत्को संरक्षण, सम्वद्र्धन र सम्पोषण गर्ने ज्ञान बाँडे । हामीले सही ढंगले ग्रहण गरेनौँ । उदाहरणका लागि आयुर्वेदकै कुरा गरौँ । शरीरको रक्षा गर्न आहारविहार शुद्ध हुुनुपर्छ भन्ने कुरा हजारौँ वर्षअघि पुर्खाले सिकाए । नेपालमा पाइलापाइलामा ओखती पाइन्छन् । क्यान्सर भनिने ‘आतंक’ पहिले पनि हुँदो हो, सुषुप्त । त्यसलाई कर्कट रोग भनिएको छ र उपचार पद्धति पनि बताइएको छ । वायु स्वच्छ नराखे रोगी बन्छौँ भनेकै थिए पुर्खाले । लाखौँ विदेशीलाई ‘नेपाली’ बनाएर धन कमाउनेहरूले राष्ट्र नै प्रदूषित बनाए । शुद्ध जल अशुद्ध मात्र भएन, विष नै भयो ।

लाखौँ जनता आफ्नो राष्ट्र पराधीन भएपछि शरणार्थी बनेका छन् । भावी पुस्तालाई नेपाल महात्म्य बुझाएर देशभक्तिको मार्गमा हिँडाउन सकिएन भने हाम्रो हालत त्यस्तै हुन सक्छ ।

फोक्सोमा सात करोड तीस लाख सूक्ष्म (जाली जस्ता) प्वाल हुन्छन् । प्राणवायु लिनका लागि दुई करोडभन्दा धेरै प्वाल खुला रहनुपर्छ भनिएको छ । चुरोट, रक्सी, सुर्तीजन्य पदार्थ, धुवाँ, धुलो, दुर्गन्धजस्ता प्राणघातक विष फैलाउने हामी नै हौँ । नेपालका प्रसिद्ध ऋषि–मनिषीका उपदेश पाठ्यपुस्तकमा समावेश गरिएन । युरोप र अमेरिकाका ताइ न तुइका कथा, कविता सिकाइयो । महँगा स्कुलमा अवोध केटाकेटीलाई ‘जोनी जोनी यस पापा, इटिङ् सुगर...’ जस्ता अंग्रेजी गीत सुनाइन्छ । मह खाऊ (इट् हनी) पो सिकाउनुपथ्र्यो । चाउचाउ र धुलो दूध खाएर हुर्केका केटाकेटीलाई अत्याधुनिक हतियार बोक्ने आधुनिक सैनिक अधिकृत बनाए पनि खुट्टा लगलग काम्छ । मन, वचन र कर्मले युद्ध गर्न साहस, अठोट र हिम्मत चाहिन्छ । चाउचाउ खानेको के हिम्मत हुन्छ । नेपालीहरूले आधुनिक हुने रहरमा विदेशी रोग भित्र्याइरहेका छन् । रोग प्रतिरोध गर्ने क्षमता गुमाइरहेका छन् । आज पनि सहर÷बजारका अल्छी ‘ममी’ आफ्ना सन्तानलाई चाउचाउ र बिस्कुटका भरमा अल्मल्याइरहेका छन् । गाउँका अझ स्पष्ट भनौँ कमजोर आर्थिक अवस्था भएका घरमा दैनिक पन्ध्र घन्टासम्म व्यस्त रहने आमाहरूले फापर, कोदो, गहुँ–जौ, मकै, दूध, घ्यु, मह आदि खुवाएर सन्तानलाई हृष्टपुष्ट राखेका छन् । 

सहर÷बजारका तीन÷चार जना ठिटालाई गाउँको एउटै केटाले पछार्छ । हलो, कोदालो, उकालो–ओरालो, दुःख र सुख सबै भोगेका छन् उनीहरूले । पुतलीसडकबाट हिँडेर दरवारमार्ग पुग्दा दश पन्ध्र मिनेटमा स्वाँ स्वाँ गरेर थाक्ने सहरका अधिकांश सुविधाभोगीहरू ठान्दा हुन्– ‘हामी धेरै भाग्यमानी छौँ ।’ त्यो भ्रम हो । चालीस वर्ष नपुग्दै रोगाउन थाल्छन् उनीहरू । पुर्खाले सिकाएको कुरा बिर्सिँदै जाँदा नेपालको महत्व बुझ्न नसक्दा र आफ्नो जति खुर्केर अरुको टाँस्दा मान्छेले दुःख पाउँछ । त्यसैले घूस खाएर, तस्करी गरेर, मान्छे मारेर अर्बपति हुनेहरू पनि रुँदैछन् ।

हामीसँग अथाह सम्पत्ति छ । अनन्त सम्भावना छन् । राष्ट्रलाई एक सय वर्षसम्म पाल्ने धन छ नेपालमा । दुर्भाग्यको कुरा, ती सबै कुराको उचित व्यवस्थापन गर्ने गतिलो, इमानदार, देशभक्त, दूरदर्शी र विवेकी महाप्रबन्धक देखिएन । नेपाल र नेपालीको भविष्यबारे धेरैले चिन्ता गर्ने कारण यही हो ।

ठोसे (रामेछाप) फलाम खानीबाट दैनिक नौ वटा बन्दूक बनाएर सेनाले मुख्यालयमा पठाउँथ्यो राणाकालमा । तम्घास (गुल्मी) र भोजपुरलगायतका ठाउँमा टक (मुद्रा) छाप्ने घर (तकछेँ) थिए । काठमाडौँका नेवारलाई विज्ञका रूपमा लगियो त्यहाँ । राजा रामशाहका पालादेखि हरेक जातको पैत्रिक पेशा सम्वद्र्धन गर्ने प्रयत्न हुँदै आयो । पुर्खाले जानेको र धानेको पेसा आधुनिक बनाउँदै संसारमा धेरैले बिँडो थामेका उदाहरण छन् । लन्डनमा बाक्लो ऊनको कोट बनाएर ‘ह्यारिस’ कम्पनीले धेरै देशमा पु¥याइरहेको छ । ह्यारिसको कोट एउटा राम्रो ब्रान्ड मानिन्छ । सन् १८४० देखि नै यो पुख्र्यौली पेसा हो । त्यसो हुन सक्छ भने भक्तपुरको माटाका भाँडालाई आकर्षक रूप दिएर कम्तीमा काठमाडौँका घर–घरमा पु¥याउन किन सकिँदैन ? मेची–महाकालीबीच फिँजिएको नेपालका सबै जिल्ला ऊर्वर छन् । त्यहाँका उत्पादन किन सबैतिर फैलाउन सकिँदैन ? अर्बौँ रुपियाँको चामल भारतबाट ल्याएर खाने कृषिप्रधान देशमा किसानलाई नै किन हेँला गरिन्छ ? किन पसिनाजीवीलाई ‘सानो मान्छे’ र घूस ज्युनार गर्नेलाई भिआइपी भन्छौँ हामी ? राजतन्त्रकालदेखि गणतन्त्रसम्म पात्रहरू मात्र बदलिए प्रवृत्ति बदलिएन । पशुपतिनाथलाई छेकेर गजधम्म बसेको साँढेझैँ जहिले पनि नन्दी–भृृंगी मात्र देखिए । 

स्पेनका दार्शनिक साहित्यकार जर्ज सान्नायले भनेका छन्–  ‘इतिहासबाट नसिक्नेहरू आफैँ समाप्त हुन्छन् ।’ स्कुल–कलेज मात्र पढेका तर समाज र राष्ट्र नपढेकाहरू निरक्षर हुन् भनेका छन् उनले । नैतिक दर्शन, ईश्वर र धर्म नमान्नेहरूले शासन गरे भने राष्ट्रको पतन हुन्छ भन्ने उनको तर्क अकाट्य छ । करोडौँ जनता धर्म र ईश्वरमा आस्था राख्छन् तर प्रधानमन्त्री हुने व्यक्तिले ‘म ईश्वर मान्दिनँ’ भन्ने गरेका छन् नेपालमा । नेपाल महात्म्य नै नबुझेकाहरू, जनताको भावनासँग खेलवाड गर्नेहरू अनि मबाहेक सबै मूर्ख छन् भनेर ‘हेपुवाटाइटिस’ रोगले ग्रस्त बनेकाहरू राजनीतिमा धेरै छन् । जनतालाई जन्तु ठान्छन् उनीहरू ।

नेपाल जस्तै जापान, ग्रिस, सान मारिनो, इरान, चीन, इजिप्ट, पोर्चुगल, फ्रान्सलगायतका धेरै राष्ट्र ‘प्राचीन’ भनेर चिनिन्छन् । साउथ सुडान (जन्म सन् २०११), कोसोभो, इस्ट टिमोर आदि नयाँ राष्ट्रले छुट्टै झण्डा त पाए तर इतिहास गुमाए । उत्तर प्रदेश र बिहार जस्ता करोडौँ जनता भएका भारतीय प्रान्तसँग जोडिएको नेपालको तराई छुट्टै ‘देश’ हुनुपर्छ भन्दै केही सीमित व्यक्तिले परचक्रीको भाषा बोलेको पनि सुनियो । 

भारतीय गुप्तचर संस्थाका पुराना कर्मचारी एके यादवले पाकिस्तान टुक्र्याएर बंगलादेश बनाए जस्तै नेपाल टुक्र्याउने ‘भारतको योजना’ भएको कुरा ‘मिसन रअ’ पुस्तकमा खुलासा गरेका छन् । तसर्थ, ‘एक मधेस छुट्टै देश’ भन्नेहरू कहाँबाट दाना खान्छन् भन्ने कुरा स्पष्ट नै छ । इन्दिरा गान्धी प्रधानमन्त्री छँदा नेपालका मगर, गुरुङ, राई, लिम्बू (एमजी आरएल) लाई उकासेर विद्रोह गराउन खोजेको खगेन्द्रजंग गुरुङले लेखेका छन् । नेपालको देशभक्त समुदाय प्रवल भएकाले उनीहरू बहकिएनन् । भनिन्छ– वनको चरो वनमै रमाउँछ, सुनको पिँजरामा बस्न मान्दैन ।

नेपाल छ । त्यसैले हाम्रो शिर उँचो छ । माधव घिमिरेले लेखेका छन्– ‘नेपाली हामी रहँुला कहाँ, नेपालै नरहे ।’ हुन पनि हो, लाखौँ जनता आफ्नो राष्ट्र पराधीन भएपछि शरणार्थी बनेका छन् । भावी पुस्तालाई नेपाल महात्म्य बुझाएर देशभक्तिको मार्गमा हिँडाउन सकिएन भने हाम्रो हालत त्यस्तै हुन सक्छ ।

प्रकाशित: २० वैशाख २०७७ ०४:२३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App