यो कोरोना भाइरस उपियाँ जस्तै एउटा मान्छेबाट उफ्रिएर अर्को मान्छेमा सर्ने रहेछ भन्नेएकथरीको मत छ। यो भाइरस खुट्टाले हिँडेर एउटाबाट अर्कोमा सर्ने होइन रे। त्यसैले एउटा मान्छे र अर्को मान्छेबीच कम्तीमा एक मिटर टाढा बसेको छ भने सर्ने सम्भावना हुने रहेनछ र नै एउटा मान्छे र अर्को मान्छेको बीचमा कम्तीमा एक मिटरको अन्तर हुनुपर्छ भनिने रहेछ। एउटाबाट अर्कोमा सर्ने तरिका फरक फरक हुने हुँदा यो कोरोना भाइरस उफ्रिएर सर्ने विशेषता हुँदा त्यसैअनुसार धेरै जना एकै ठाउँमा जम्मा नहुने भनिएको रहेछ। क्वारेन्टाइन,आइसोलेसन यसको उपचार भनिएको रहेछ।
आज सरकार र अन्य सचेत पक्षले क्वारेन्टाइन र आइसोलेसनमा जोड दिने अर्को पक्ष यी दुवैलाई उपेक्षा गर्न खोज्ने र तिरस्कार गर्न खोज्ने। यस रोगको खास ओखती पत्ता लाग्न सकेको छैन। अध्ययन, अनुसन्धान र खोजी तीव्ररूपमा भइरहेको छ। तर परिणाम आएको छैन। अमेरिकी राष्ट्रपतिको मस्तिष्कमा असन्तुलन ल्याउला भन्ने जस्ता उल्का देखा पर्दैछन्। राष्ट्रपति कहिले विश्व स्वास्थ्य संगठनको विपक्षमा के के भन्छन् भने कहिले चीनविरुद्ध विष वमन गर्छन्। हुँदाहुँदा विश्व स्वास्थ्य संगठन संयुक्त राज्य अमेरिकाको विपक्षमा उभिएको आरोप लगाउँछन्। केही निहुँ बनाएर डब्लुएचओलाई आफ्नो राष्ट्रले दिने गरेको आर्थिक सहयोग दिन बन्द गर्छन्। यस्तो बेलामा राखिने पूर्वाग्रह बडो खराब हुन्छ, अवाञ्छित हुन्छ।
प्रकृति र प्राणीबीच संघर्ष
यो विश्वका प्रकृति र प्राणीबीच सृष्टिदेखिनै संघर्ष नचलेको होइन। मान्छे तत्कालको लागि चतुर ! प्रकृति दीर्घकालको निम्ति। मान्छे देखिने उपाय गर्ने। पानी र मान्छेले लाखौँ वर्ष संघर्ष गरे। मान्छेले पानीको प्रकृति, स्वभाव, गुण/अवगुण पढ्यो। पानी हलुका वस्तु वा पदार्थसँग हार्दोरहेछ। मान्छेले पानीमा सुकेका पात नडुबेको देख्यो, विश्लेषण गर्यो। हलुका वस्तु डुब्दो रहेनछ। सुकेका हलुका जातको काठ फाल्यो,डुबेन। गह्रौँजातको नसुकेको काठ फाल्यो,डुब्यो। तब सुकेको काठमाथि बसेर प्रयोग गर्यो, डुबेन। तब डुङ्गा बनायो। अमेरिका पत्ता लगायो, भारत पत्ता लगायो। लाग्छ– सुकेको पात वा हलुका वस्तु वा पदार्थ पानीको गुरुत्वाकर्षणले पानीमा डुबेको भए वा डुब्ने भए यो विश्व आजको रूपमा हुन सक्तैनथ्यो। न अमेरिका पत्ता लाग्थ्यो न भारत।
प्रकृति मान्छेसँग परास्त हुन तयारै छैन। त्यसैले मान्छेलाई परास्त गर्न ब्याक्टेरिया, भाइरस, हैजा, डेङ्गु, फ्लु जस्ता अनेक सजीव एवं निर्जीव विषाक्त तत्व भएर तर्साइरहने गरिरहेछ।
डुङ्गाबाट विकसित हुँदै जहाज बने। पानीमाथि यति विशाल जलयान बनायो मान्छेले जहाँ विशाल हवाईजहाजहरू उत्रने र उड्ने भए।चङ्गाबाटहवाईजहाज बनायो। मान्छे बाठोछ, प्रयोग गर्छ। प्रकृति नियन्त्रण गर्न खोज्छ। मान्छे मुक्त हुने उपाय गर्छ। यो संघर्ष सृष्टिदेखि नै हो। मान्छेको मृत्यु जन्म सँगसँगै अनुबन्धित छ। तर मान्छे मात्र होइन प्राणी पनि बढी बाँच्न संघर्ष गर्छ। कतिपल्ट मान्छेले जित्छ, कहिले प्रकृतिले जित्छ। त्यस्तै आगो, हुरी, आँधीबेहरी, चट्याङ। यसपालि कोरोना भाइरस अलि चर्कैरूपमा आएको छ। यसले कति मान्छे लान्छ,थाहा छैन। मान्छे अनेक उपाय गर्न पछि पर्दैन, रोगविरुद्ध लड्न। तर यसपल्ट सफल भइरहेको छैन। उपाय पत्ता लगाउला तर कहिले र कति मरेपछि ? मान्छेका अगाडि यो चुनौती भएर आयो।
कोभिड–१९ को योगदान ?
अहिले फुर्सद छ।नाति/नातिनासँग खेल्न पाएका छन्।यसरी खेल्दा/खेलाउँदाबच्चा फकाउनेसिप आफैँ विकास हुने रहेछ। यो बन्दाबन्दीले अरु जे/जति नकारात्मक प्रभाव पारे पनि परिवारका सदस्यबीच सौहाद्र्ध, सामीप्य, स्नेह र वात्सल्य स्थापित वा पुनःस्थापित गराएको छ। केहीसँग कुरा गर्दा पूजा गरेर समय बिताउने थोरै मान्छे पाएँ। डराएका पनि कम पाएँ। कतिजना आफ्नो विद्या तिखार्दै रे। यस्तो फुर्सदको समय अब दुर्लभ होला। त्यसैले थपिएको बन्दाबन्दी परिवारलाई, आ–आफ्नो विधाको साधनालाई समर्पण गर्नेतिर लागौँ।खुलेपछि त व्यस्त भइहालिन्छ नि।
कति धेरै भाइरस?
कोभिड–१९ आउनु धेरैअघि विभिन्न नाममा अनेक हण्डरी आएका छन् यो पृथ्वी ग्रहमा। इबोला, इन्फ्लुन्जा जस्ता भाइरस खेपिसकेको छ। ४३ वर्ष अघिमात्र इबोला भाइरसले लाखौँ मान्छेको ज्यान लियो। यसले संक्रमण गरेपछि आधा त मर्थे। लक्षण थिए– ज्वरो, पखाला, रक्तस्राव, पेट दुखाइ। एक सय वर्षअघि संसारभर स्पेनिस फ्लुको महामारीले करिव ५ करोड मान्छे खाएथ्यो। ५० करोड मान्छेलाई त्यसैले झम्टेछ। यस रोगका लक्षण भने शरीरमा नील डाम देखिने, फोक्सोमा तरल पदार्थ जम्ने, नाकबाट रगत आउने त्यसपछि विरामीको प्राणान्त। अर्को हान्ता भाइरस। यो मुसोबाट सर्ने रोग। यो भाइरस अमेरिकामा रहेछ। तसर्थ यसको नाम न्यु वल्र्ड पनि भनिएछ। यो भाइरस प्रवेश गरेपछि थकाई बढी लाग्ने, ज्वरो आउने, मांसपेसी दुख्ने र श्वास÷प्रश्वासमा समस्या, त्यसपछि मृत्यु। यस्को अर्को नाम पनि रहेछ ‘ओल्ड वल्र्ड’ !
अर्को खपेको महामारी हो– सार्स कोभिड। यो सन् २००२ मा चीनबाट सुरु भएछ। यो बिरालोबाट मान्छेमा सर्ने रोग हो।
मान्छेको एकल प्राणीको अस्तित्ववाला बेठीक चिन्तन वा बहुअस्तित्व विरोधी चेतका कारण आज असन्तुलन प्रकृति, प्राणी र मान्छेमा अन्तरसंघर्ष भइरहेको छ। यो कोरोना भाइरसको एउटा अर्को स्वरूप हो।
सार्स कोभिड र कोभिड १९ उस्तै उस्तै स्वभावका हुन रे। सार्स संक्रमितमध्ये ५० प्रतिशत मान्छे बाँच्दा रहेनछन्। श्वास/प्रश्वास, पखाला यसका लक्षण रहेछन्। रेविज त रेविजै भो। रेविज भाइरस जङ्गली जनावर र कुकुरको टोकाइबाट सर्ने रोग हो। यसले केन्द्रीय स्नायु प्रणालीमा हान्दोरहेछ। अर्को कोकोलिज्टलाई पनि खतरनाक भाइरस भनिँदो रहेछ। सोह्रौँ शताब्दीमा मेक्सिकोमा यो महामारी देखापरेको रहेछ। यो पनि मुसाबाट मान्छेमासर्ने भाइरस रहेछ। जसबाट १ करोड मान्छेको ज्यान गएछ। यसर्थ रोगबाट भाग्ने होइन, लड्ने क्षमताबढाउनेतर्फ लाग्नु नै बुद्धिमानी होला।
किस्ताबन्दीमा महामारी ?
मान्छे एउटा यस्तो आरिसे भएर निस्क्यो यो पृथ्वीमा कि ऊभन्दा माथि कोही नहोस्। आफूभन्दा शक्तिशाली केही नहोस्।एक लाख वर्षअघिको हाराहारीदेखि मान्छेले स्थुल शरीरवाला प्राणीहरूको सके वंशै विनाश गरेर नभए पनि आफ्नो नियन्त्रणमा लिएर आफ्नो मात्र सर्वोच्चता स्थापित गर्नेतर्फ हौसी हौसी सहजीवन एवं सहअस्तित्वको सिद्धान्त उल्लंघन गर्नेतिर लाग्दै आउने क्रममा मान्छेले,पृथ्वीले पालेका, हुर्काएका समग्र सजीव एवं निर्जीव वस्तु, पदार्थ र भाइरसबीच अन्तर्निर्भरता तथा अन्योन्याश्रितता जीवनको धर्म हो, स्वभाव हो भन्ने गाँठी कुरा हेक्का राखेन। मान्छे आफूमात्र भए पुग्छ भन्ने घेराभित्र आफ्नो चेत सीमित गरायो। यो मान्छेले गरेको सबभन्दा ठूलो भूल हो भन्ने लाग्छ।
मान्छेको अहंले पहिलो रदोस्रो विश्वयुद्ध भयो। ती दुई विश्वयुद्धमा मान्छेले अरु सूक्ष्म र स्थुलकाय प्राणीमात्रको विरुद्ध प्रहार गरेन, आफ्नै जाति मान्छे नै विरुद्ध परमाणु बम नै प्रहार गरेर लाखौँ मान्छेको एउटै चिहान बनायो। प्रकृति मान्छेसँग परास्त हुन तयारै छैन। त्यसैले मान्छेलाई परास्त गर्न ब्याक्टेरिया, भाइरस, हैजा, डेङ्गु, फ्लु जस्ता अनेक सजीव एवं निर्जीव विषाक्त तत्व भएर तर्साइरहने गरिरहेछ। ब्याक्टेरियामा परिवर्तित भो प्रकृतिको आक्रोश र क्रोध। मान्छेले त्यसविरुद्ध एन्टी ब्याक्टोरस पत्ता लगायो। अब फेरि प्रकृतिले त्यो भन्दा कडाखाले ब्याक्टेरिया पैदा गर्यो। प्रकृतिले अब भाइरस खोज्यो जसको विरुद्ध कुनै उपचार नै छैन। मान्छेले प्रकृति र पृथ्वीलाई अति अति दोहन गर्न लाग्यो। अब विश्व उष्णीकरण र अति शीतकरण हुन लाग्यो। विश्व जलवायु परिवर्तन हुन लाग्यो। पृथ्वी प्रकृति, प्राणी वर्ग र मान्छे जातिमा अन्तर्निभरता र पारस्परिक आश्रियताको सिद्धान्तको लक्ष्मणरेखा उपेक्षित हुन लाग्यो। तब प्रकृतिले ब्याक्टेरिया उत्पादन गर्न लाग्यो। यसको विरुद्ध मान्छेले एन्टिबायोटिक प्रयोग गर्न लाग्यो। मान्छे यसरी जीव, जीवाणु र अझ सूक्ष्म जीवाणु र मान्छेबीचको युद्धका क्रममा यसपाला कोरोना भाइरसको जन्म भएको हो भन्ने पनि छन्।
अब चेत आउँछ कि ?
मान्छेको एकल प्राणीको अस्तित्ववाला बेठीक चिन्तन वा बहुअस्तित्व विरोधी चेतका कारण आज असन्तुलन प्रकृति, प्राणी र मान्छेमा अन्तरसंघर्ष भइरहेको छ। यो कोरोना भाइरसको एउटा अर्को स्वरूप हो। सहअस्तित्वका निम्ति सप्रने अवसरका रूपमा उपस्थित भएको छ आज कोभिड १९। यो अभूतपूर्व अवसर हो। मान्छे मात्रलाई भन्ने चेत भएका मान्छे पनि छन् यही ग्रहमा। यदि मान्छेले कोरोनाले उपलब्ध गराएको यो अवसरलाई उपयोग गरेन र खेर पठायो भने उसको मूर्खताको पनि पराकाष्टा हुनेछ। डा. सरोज धितालको निष्कर्ष छ– मानिसले विषाणु र शत्रु ठान्ने गरेको भाइरस नाम दिइएको यो सूक्ष्म चिजलाई लामै समयसम्म ‘जड’ र जीवनको सीमामा रहेको जीवनको कुनै आदिमरूपमा लिन थालिएको छ।
प्रकाशित: ७ वैशाख २०७७ ०३:१४ आइतबार