३१ असार २०७७ बुधबार
विचार

राजनीतिमा शुद्धीकरण

जगदीश रेग्मी

हाम्रो मुलुक स्रोत, सम्पदा, मौलिक संस्कृति, मानव सभ्यता आदि विशेषताका दृष्टिले समृद्ध छ। नेपाललाई गरिब देख्नु दृष्टिदोष हो भने गरिब सोच्नु मानसिक दरिद्रता। संक्षेपमा– हामी स्रोत, सम्पदाले नभएर मानसिक रूपले गरिब भएका हौं। हामी नेपाली गरिब होइनौं, तर हाम्रो मुलुकलाई गरिबीकोचक्रव्यूहमा फसाइएको हो। राज्यको समृद्धि देश (भूगोल) र नागरिक (समाज) को सभ्यता र संस्कृतिको विकासमा निर्भर हुन्छ। देशको विकास सामाजिक संरचना, सामाजिक वातावरण, नागरिकको क्षमता, अपार सम्पदाको समुचित परिचालन र विकासका सम्भावनाले निर्देशन गरेको हुन्छ।

मुलुक अदृश्य शक्ति–केन्द्रले सञ्चालन गरिरहेको छ भन्नुको तात्पर्य राजनेताको शक्ति–केन्द्रवरिपरि चाहर्ने, आत्मसमर्पण र लम्पसार गर्ने प्रवृत्ति मौलाउँदै गएको र राज्य–व्यवस्था उनीहरूबाटै नियन्त्रित र निर्देशित रहेछ भन्ने सांकेतिक अर्थ हो। त्यसैले होला– राजनेताले मुलुकको ताला÷चाबी अर्कैसँग रहेको अभिव्यक्ति दिने गरेका छन्। त्यसैगरी सरकारका नेतृत्वकर्ता आफ्नै पार्टीका आसेपासे, भरौेटे÷पछ्यौटे (दलाल, तस्कर आदि)को जन्जालमा फसेका छन्। सरकारका मन्त्री तथा दलका नेतृत्व वर्गविरुद्ध जताततैबाट आक्रमण हुनाले सरकार घेराबन्दीमा परेको छ। संघीयता धरापमा पर्दै गएको छ। राजनीतिक नेतृत्व वर्गले चाहेर पनि जनताका अपेक्षाबमोजिम सेवा–प्रवाह गर्न सकेका छैनन् भन्नेजस्ता संकटापन्न अभिव्यक्ति सरकारी तह र सम्बद्ध राजनीतिक दलका नेताबाटै आइरहेका छन्।

सम्पत्तिको स्रोत खुलेन तथा स्रोत खुलेका सम्पत्तिको पारदर्शिता भएन भने त्यहाँ नजानिँदो किसिमले राष्ट्रियसम्पत्तिकोदोहन भइरहेको छ भन्ने अर्थ लाग्छ। यहाँ सरकार र कर्मचारी संयन्त्रभित्रबाटै राष्ट्रिय सम्पत्तिको स्रोत लुकाउने र अदृश्य शक्ति–केन्द्रहरूबाट दोहन गर्ने गतिविधि बढिरहेको छ भन्ने आवाजउठेका छन्। निर्माण–व्यवसायसम्बद्ध ठेकेदारले राष्ट्रिय गौरवका आयोजना (बाटो, हाइड्रोपावर आदि) सञ्चालन गर्दा आयोजना क्षेत्रभित्र तथा वरपरका खानी, वन, नदीजन्य पदार्थ बिनामूल्य, नियम–कानुन र प्रक्रियविपरीत दादागिरी शैलीमा राज्य–शक्तिको दुरुपयोग तथा राज्य–स्रोतको दोहन गरिरहेछन् भन्ने गुनासा आइरहेका छन्। जसको तत्काल नियन्त्रण जरुरी देखिन्छ।

राज्यमा भ्रष्टाचार नहुनु नै राजनीतिमा शुद्धीकरण भएकोे प्रमुख प्रमाण हो। तर भ्रष्टाचार झन् तीव्र गतिमा मौलाएको छ।

मुलुकमा एकातर्फ राष्ट्रिय स्वतन्त्रता, पहिचान, गौरव, सम्पदा आदि बिर्सेर पश्चिमाका संविधान, ऐन–कानुन, संस्कृति र सभ्यताको अन्धानुकरण गर्ने, स्वाधीनता, स्वाभिमान, सार्वभौमिकता, अखण्डताजस्ता राष्ट्रिय अस्मितामा खेलवाड गर्ने,जनताको म्यान्डेट र देश विकासको दायिŒवबाट विचलित हुने गरी पश्चिमा सभ्यता र संस्कृतिले विस्तारै स्थान ओगट्दै गएको अवस्था छ। अर्कातर्फ राज्यले बहुराष्ट्रिय कम्पनीका दबाब तथा प्रभावमा परेर उद्योग÷व्यवसाय फस्टाउने गरी मैत्रीपूर्ण वातावरण बनाउन, लगानी तथा व्यवसायको सुरक्षा एवं प्रवद्र्धनको प्रत्याभूति गराउनेतर्फ र पुँजी तथा श्रम–बजारविकास गर्न सकेन भन्ने उद्यमीको व्यापक असन्तुष्टि छ।

राज्यका साधन÷स्रोतएवं आर्थिक उपलब्धिीको असमान वितरण हुनु, वित्तीय साधनको अपर्याप्तता र वित्तीय असन्तुलन हुनाका साथै अपर्याप्त आय एवं अनिच्छित व्यय नै गरिबीका मुख्य कारण हुन्। यिनै कारण र तिनले निम्त्याएका परिणाम आज राज्य–प्रणाली, सामाजिक संरचना र राष्ट्रिय भावनाको विकासमा समेत प्रतिकूल प्रभाव परिरहेको छ।  सामाजिक पुँजी निर्माणमा प्रभाव पारेको छ। सामाजिक–आर्थिक असमानता बढाएको छ। देशको उत्पादनशील श्रम, सीप (क्षमता) तथा पुँजी उपयोगमा नआई विदेश पलायन भइरहेका छन् र मूलतः मुलुकका सम्भावना÷क्षमताबाहिरिएका छन्।

नेपालका शासक वर्गका कार्यशैली÷चरित्र र दुनियाँका विकसित महाशक्ति राष्ट्रले नेपाललाई गरिरहेका अमानवीय÷अवाञ्छित व्यवहारका कारण अनेक टीकाटिप्पणी,दृष्टिकोण र सरकारविरोधीजनमत बढिरहेका छन्, जसबाट राजनीतिमा मूल्य स्खलन मात्र होइन, राजनीतिक व्यवस्थै अफापसिद्ध भएको हो कि भन्ने भ्रम सिर्जना भएको छ। राजनेताकाअमानवीय, असामाजिक एवं अनैतिक कार्यमा संलग्नता देखिएको भन्ने जनआक्रोश छ। राजनीति सेवा नभई व्यवसाय बनेको छ। राजनीतिकर्मी कुख्यात अपराधीझैं विभिन्न अभियोगमा पक्राउ परिरहेका छन्। परिणामतः राजनीतिकर्मी, अपराधी र व्यवसायीबीच कित्ताकाट गर्न नसकिने स्थिति पैदा भएको छ। राजनेताहरू दातृ मुलुक एवं गुप्तचर एजेन्सीका पोल्टामा पर्नाले धर्मान्तरण, सांस्कृतिक आक्रमण, प्राकृतिक स्रोतहत्याउने, नयाँ आविष्कारको प्रयोग स्थल एवं सामरिक केन्द्र निर्माणजस्तापश्चिमाको रणनीतिक स्वार्थ सिद्धहुँदै गएका छन्।

देश विकासको मुख्य बाधक भ्रष्टाचार हो र राज्यमा व्याप्त विकृतिको मुख्य कारक, जुन मुलुकको संस्कारकारूपमा विकास भएको छ। जबसम्म भ्रष्टाचार समूल रूपमा नष्ट गरिँदैन, तबसम्म मुलुकको समृद्धि सम्भव हुँदैन। राज्यमा भ्रष्टाचार नहुनु नै राजनीतिमा शुद्धीकरण भएकोे प्रमुख प्रमाणहो। तर भ्रष्टाचार झन् तीव्रगतिमा मौलाएको छ। भ्रष्टाचारी दण्डित हुनुको साटो झन् सम्मानित भइरहेका छन्। जबसम्म घुस लिने र दिने दुवैलाई समानदण्डसजाय गरिँदैन र तिनलाई राजनीतिक संरक्षण दिइरहिन्छ तबसम्म भ्रष्टाचार अन्त्य गर्छु भनेर भाषण गर्नु नागरिकका आँखामा छारो हाल्नु हो।

राजनीतिलाई समाज र त्यहाँ रहने नागरिकको सेवा गर्ने माध्यम मानिन्छ। हरेक नागरिकको मनमस्तिष्कमा राजनीतिको अंश रहेकै हुन्छ। राजनीतिको अभावमा कुनै नीतिले काम गर्दैन। राजनीतिको प्रमुख उद्देश्य सत्ता प्राप्ति हो, जबर्जस्त कब्जा गरेर होस् वा जनमत जितेर। राजनीतिको मुख्य काम शासन सञ्चालन गर्नु हो। राजनीतिबाटै राज्य र सरकार दुवै पक्ष सञ्चालन हुन्छन्।

राष्ट्रियता र लोकतन्त्र– सार्वभौम मुलुकका मूलभूत आदर्श हुन्। देशले अँगालेको राजनीतिक प्रणाली र संस्कार लोकतान्त्रिक चरित्रको छ र नागरिक सभ्य, सुसंस्कृत, स्वाधीन र स्वाभिमानी भए भने ती आदर्शले मूर्तरूप पाउँछन्। राजनीति राज्यको समृद्धि र सुशासनका लागि गरिन्छ र त्यसका लागि उच्च मनोबल, स्पष्ट र दूरदर्शी सोच,लागूयोग्य क्षमता, दृढ इच्छा–शक्ति र प्रतिबद्धता भएको साथैनिष्ठा र नैतिकवान् राजनीतिकर्मी चाहिन्छ। राजनीतिकर्मीका क्षमता र इमान्दारिताको परीक्षण पनि यिनै मानकका आधारमा गरिन्छ। समाजको दीर्घकालीन हितहुने काम गर्ने राजनेता नै यथार्थमा असल राजनीतिकर्मी हो, जनसन्तुष्टि नै उसको मुख्य लक्ष्य हुनुपर्छ। राजनीतिक शुद्धीकरणका लागि राजनीतिक प्रणाली, संस्कार, आचरण र व्यवहार शुद्ध हुनुपर्छ। असल नेता, विधिको शासन र प्रचुर साधन÷स्रोत भयो भनेचाँडै विकासमा छलाङ मार्न सकिन्छ।

राजनीतिले राज्यका सबै विधा, अंग, क्षेत्रलाई नेतृत्व प्रदान गर्छ। त्यसैले राजनीतिलाई मूलनीति मानिन्छ।राजनीतिलाईसभ्यता, संस्कृति एवं जनअभिभाराले निर्देशन र मार्गदर्शन गर्छन्।राज्यले जनताप्रति गर्ने व्यवहार राम्रो हुनुपर्छ भनेको जनतामा समृद्धि र सुशासन कायम गर्र्नु हो। कर्मचारीतन्त्र सार्वजनिक प्रशासनको संयन्त्र हो भनिए पनि यसलाई स्वस्फूर्त रूपमा सञ्चालन हुन नदिई दास बनाइएकोछ। देश सप्रिँदा मैले गरेर र बिग्रिँदा कर्मचारीको असहयोगले भन्ने संकुचित मानसिकता त्याग्न जरुरी छ। त्यसैले राजनीतिमा शुद्धीकरण अनिवार्यछ भनिएको होर यहीमान्यता विश्वभरछ।

प्रकाशित: ११ चैत्र २०७६ १०:१९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App