१६ चैत्र २०८० शुक्रबार
विचार

पत्रु परिकार

श्रद्धा भट्टराई
के सहर के गाउँ। घरघरमा पाइन्छन् अहिले प्याकेटका खानेकुरा। पकाउन सजिलो, खान मीठो। बच्चादेखि बूढासम्म सबैले रुचाउने। खाँदा स्वादिलो भए तापनि ज्ञाताहरूले यस्ता प्याकेटको खानालाई ‘जंक फुड’ अर्थात ‘पत्रु  खाना’ भन्छन्। पत्रु  शब्दले नै अथ्र्याउँछ कि काम नलाग्ने भनेर। सबैले रुचाएको, खानलाई मीठो वस्तुलाई किन पत्रु  खानाको नाम दिइएको होला त?

‘खाना’, जसले हाम्रो शारीरिकदेखि मानसिक विकासमा टेवा पु¥याएको हुन्छ। हामी जे खान्छौँ त्यही बन्छौँ भन्दा फरक नपर्ला। छिटो तयार पारेर खुवाउन सकिने, फटाफट खाएर हिँड्न सकिने, तैलीय तŒव, नून, चिनी, क्याफिनको मात्रा बढी भएको र मैदाको प्रयोग गरिएको खाना ‘पत्रु खाना’ मानिन्छ। खानेबित्तिकै तागत स्फूर्ति बढेको महसुस गराउने र बढी क्यालोरी (ऊर्जा)युक्त हुन सक्छ। र, खाँदा स्वादिलो पनि लाग्न सक्छ पत्रु खाना। तर यस्ता खानाले शरीरलाई आवश्यक पर्ने कतिपय पोषक तŒव पूर्ति गर्दैनन् जसले गर्दा शरीरलाई आवश्यक पर्ने कतिपय विधि हुन पाउँदैन।

बाल÷वृध्द सबैलाई रुचि लाग्ने चकलेट, विभिन्न प्रकारका चिप्स, कुकिज, केक पेस्ट्री, पफ, बिस्कुट, चाउचाउ, फ्रेन्चफ्राइ, आइसक्रिम, सोडा, कोल्डड्रिङ्क, मिठाइ आदि यथासम्भव नखानु र खाए पनि कहिलेकाहीँ थोरै परिणाममा खानु स्वस्थका लागि हितकर हुन्छ। मैदाबाट बनेका धेरै चिनी, नून मिसाइएका कमसल तेलयुक्त र अखाद्य पदार्थ प्रयोग भएका तयारी खानाहरू नियमित खानाको सूचीबाट हटाउनैपर्छ। त्यस्ता खाना परहेज गर्न नसक्दा अनावश्यक मोटोपन, मुटुको रोग, उच्च रक्तचाप, अनेक प्रकारका क्यान्सर, दांत सड्ने रोग आदिबाट पीडित हुनुपर्ने सम्भावना रहन्छ। गर्भवती वा स्तनपान गरिरहेका महिलाले पत्रु खाना खाँदा बच्चाको मोटोपना अत्यधिक बढ्ने वा त्यसको विपरीत बच्चा ज्यादै लुरे र ख्याउटे बन्ने सम्भावना पनि रहन्छ। अत्यधिक पत्रु खाना रुचाउने बच्चाहरू पछि गएर हिंसाप्रेमी बन्ने विभिन्न अनुसन्धानले पनि देखाएका छन्।

जंक फुडमा अत्यधिक मात्रामा चिनी, नून (सोडियम), ट्रान्स फ्याटको प्रयोग हुने भएकाले यसले हाम्रो स्वास्थ्यमा नकारात्मक असर पारेको  हुन्छ। यस्ता पत्रु खानाको सेवनले हाम्रो शरीरलाई चाहिने भिटामिन, फलाम, क्याल्सियम, म्याग्नेसियम जस्ता अत्यावश्यक पोषक तŒवहरू कमी हुने विज्ञहरूको दावी छ। चिनी ‘खोक्रो क्यालोरी’ का नामले पनि बुझिन्छ। यसमा पौष्टिक तŒव नभएर मात्र क्यालोरी हुने हुनाले यसलाई यो नाम दिइएको हो। यसले मोटोपन बढाउने र टाइप २ चिनी रोग लाग्ने सम्भावना बढाउँछ। ट्रान्स्पÞm्याटले हाम्रो शरीरमा नराम्रो कोलेस्टेरोलको मात्रा बढाएर राम्रो कोलेस्टेरोलको मात्रा कम गर्छ। र, मुटुको रोग लाग्ने सम्भावना बढाउँछ। कृतिम प्रिजभेटिब्स र रंग जस्ता रसायनले अनेक नकारात्मक असर पु¥याइरहेका हुन्छन्।

चिनी, फ्याट र नून भएका पत्रु  खाना खाने बच्चाहरूले आधा क्यालोरी मात्र पाउने हुँदा उनीहरू यस्ता खाना नखाने बच्चाभन्दा होचा रहेको अध्ययनको निष्कर्ष छ। त्यतिमात्र हैन, उनीहरू पढाइमा कमजोर, कम फुर्तिला, अनिन्द्रासम्बन्धी समस्याले ग्रस्त, अति उत्तेजनशील भएका पनि पाइएको छ। भर्खरै आएको एउटा समाचारअनुसार बेलायतको एक १७ वर्षीय किशोरले आफ्नो सुन्ने र हेर्ने क्षमता गुमाएका छन्। यसको कारण पौष्टिक खानाको कमी र जंक फुडको सेवन हो भनेर डक्टरले पुष्टि पनि गरेका छन्। नेपालमा पनि बढ्दो पत्रु खानाको रुचि र आकर्षण हेर्दा भोलि यस्तै समचार हाम्रो देशमा पनि बाहिर नआउला भन्न सकिन्न।

 

प्रकाशित: २ मंसिर २०७६ ०६:२२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App