५ आश्विन २०७७ सोमबार
विचार

सल्लाहकारबारे सल्लाह

प्रधानमन्त्री केपी ओलीले आफ्नो सल्लाहकार समूहका सम्पूर्ण सदस्यलाई राजीनामा गर्न निर्देश गरेसँगै यस्तो व्यवस्थाबारे बहस सुरु भएको छ। आखिर सल्लाहकार को हुन् ? सल्लाहकारमा नियुक्ति भएपछि यथार्थमै तिनको सल्लाह लिइन्छ वा लिइँदैन ? यस्ता विषयमा पनि बहस सुरु भएको छ। सल्लाहकारको भूमिकाबारे बेलाबेला चर्चा हुने गर्छ। यथार्थमा सल्लाहकारको भूमिकाका विषयमा भरपर्दो अध्ययन भएकै छैन। तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको सल्लाहकारबाट प्राध्यापक कृष्ण खनालले राजीनामा गरेपछि उनले भनेका थिए– सल्लाह लिने प्रणाली नै रहेनछ। त्रिभुवन विश्वविद्यालयका प्राध्यापक खनाललाई प्रधानमन्त्रीले त्यो बेलामा सल्लाहकार नियुक्ति गरेपछि पक्कै पनि आफ्नो काममा उनीसँग परामर्श गरिन्छ भन्ने आम विश्वासविपरीतको खुलासा थियो, त्यो। त्यतिबेला खनालले जे भनेर राजीनामा गरेका थिए, त्यही स्थितिबाट सल्लाह लिने परिपाटी विकास भएको छ त ? अवश्य छैन। वास्तवमा कुनै पदाधिकारीले आफ्नो सल्लाहकारमा नियुक्ति दिनुको अर्थ ‘तिमीलाई अनुकम्पा गरें, अब यसलाई तिमी उपयोग गर’ भन्ने बाहेक केही छैन। खासमा सल्लाहकारको भूमिका जसका निम्ति नियुक्ति भएको हो, ती पदाधिकारीको कामलाई सहज तुल्याउने हो। सल्लाहकार हुने आफैंले त्यो पद उपयोग गरी व्यक्तिगत लाभ लिने होइन। तर, यस्ता पदलाई बिचौलियाहरूले उच्च पदाधिकारीनिकट पुग्न वा तिनलाई प्रभावमा पार्न उपयोग गर्ने गरेको देखिन्छ। यसले यथार्थमा नियुक्ति दिने पदाधिकारीको मात्र अहित हुँदैन, सँगै सम्बन्धित व्यक्ति पनि तोकिएको सल्लाहकारको भूमिकाबाट च्यूत भई बिचौलियाको मतियार बन्न पुग्छ।

हामीकहाँ कुन पदले कति सल्लाहकार राख्ने भन्ने पनि प्रस्ट छैन। कसैले दर्जनौं सल्लाहकार राख्छन् त कसैले सीमित। त्यसमा पनि कुनै बेला प्रधानमन्त्रीले मात्र सल्लाहकार समूह खडा गर्ने चलन रहेकामा अहिले सबैजसो मन्त्री र अन्य पदाधिकारीले समेत सल्लाहकारको ताँती राख्ने गरेको देखिन्छ। यसरी सल्लाहकार राख्नुको अर्थ आफ्ना निकट व्यक्तिलाई राज्यको सुविधामा पु¥याउनु मात्र हो। वास्तवमा निर्वाचनका माध्यमबाट राज्यको उपल्लो स्थानमा पुग्ने राजनीतिक पदाधिकारीको सल्लाहकार राज्य संयन्त्र नै हुनुपर्ने हो। मन्त्रालयमा मन्त्रीको सल्लाहकार त्यहींको सचिव हुनुपर्छ। यसले गर्दा बाहिरबाट आउने सल्लाहकारका स्वार्थमा समेत त्यसले रोक लगाउन मद्दत पुग्छ। मन्त्रालयभित्रबाट आफ्नो काममा सहयोग पु¥याउने व्यक्तिको अभाव भएमा मात्र बाहिरबाट सल्लाहकारका रूपमा भिœयाउने हो। र, यसरी ल्याइएका सल्लाहकारले वास्तवमै सम्बन्धित पदाधिकारीको लक्ष्य हासिलमा मद्दत गर्ने गरी काम गर्ने हो। तर, हामीकहाँ सल्लाहकारको भूमिका तदनुकूल हुन सकेको छैन। खाली नियुक्ति गर्ने पदाधिकारीको दृष्टि आफूमा परोस् भनेर अनावश्यक गतिविधिमा सक्रिय हुनुपर्ने अवस्था तिनको हुन्छ। यदाकदा बिपी कोइरालाको कथा ‘दोषी चस्मा’कै नियतिमा सल्लाहकार पात्र रहन्छन्। तिनले नियुक्तिकर्ताको सुदृष्टि आफूमा परेको अनुभव गर्न नसक्दा तनावकै अवस्थामा आफूलाई पाउँछन्।

सल्लाहकार समूह सही भएन भने त्यसले चाकडी, चुक्ली र चाप्लुसीमै आफूलाई लगाउनुपर्ने हुन्छ। यस्तो स्थितिले गर्दा नियुक्तिकर्ता सधैं अँध्यारोमा रहनुपर्ने अवस्था आउँछ। सल्लाहकारका कारण उत्पन्न नकारात्मक परिस्थिति तिनले सामना गर्नुपर्ने हुन्छ। अतः सल्लाहकार नियुक्ति गर्दा आफन्त वा कुनै चाकडी पु¥याएकालाई भन्दा पनि योग्य व्यक्तिलाई राख्ने परिपाटी थालनी आवश्यक छ। यसले नियुक्तिकर्ता पदाधिकारीलाई साझा व्यक्तित्वका रूपमा विकास गर्नसमेत सहयोग पुग्छ। अन्यथा पार्टीदेखि सार्वजनिक जीवनसम्म त्यस्ता उच्च पदाधिकारीप्रति सल्लाहकार समूहकै कारण नकारात्मक धारणा जान सक्छ। सल्लाहकार नियुक्ति गरेपछि विषय विशेषज्ञताका आधारमा तिनलाई सुन्ने परिपाटीको विकास त्यत्तिकै आवश्यक छ। त्यति मात्र होइन, यस्ता सल्लाहकारले सार्वजनिक रूपमा कस्तो व्यवहार गरिरहेका छन् भन्ने जानकारी राख्नु पनि उत्तिकै जरुरी छ। आफूलाई नियुक्ति गर्ने व्यक्तिको बढ्ता चाकडी गर्ने नाममा ‘मूर्ख बाँदर’ कथामा जस्तो अनुहारमा बसेको झिँगो धपाउन तरबारले प्रहार गरेको घटना पनि दोहोरिन सक्छ। यसकारण पनि योग्य व्यक्तिलाई यस्ता पदमा राख्नुपर्छ। जसले सबैप्रति समभाव पैदा गराउन र नियुक्तिकर्ताको मिसनमा  मद्दत पु¥याउन सक्छ। सल्लाहकार भन्ने पदकै बदनामी भएको छ भने यस्ता सल्लाहकार केवल सार्वजनिक प्रभावका निम्ति ‘मानका खातिर मान’ मात्र हुन् भन्ने परिसकेको छ। त्यसकारण पनि राज्यको स्रोत–साधनबाट सेवा–सुविधा ग्रहण गर्ने यस्ता व्यक्तिको भूमिका सार्वजनिक रूपमा मान्य किसिमकै हुन जरुरी छ। नियुक्ति यस्ता व्यक्तिलाई पदमा पु¥याउन मात्र होइन, देश र सम्बन्धित पदाधिकारीलाई फाइदा पुग्ने खालको पनि हुनुपर्छ। यसका साथै दोष सल्लाहकारको मात्र पनि हुँदैन। यस्ता सल्लाहकारलाई कसरी उपयोग गरिएको छ भन्ने पक्ष पनि उत्तिकै महŒवपूर्ण हुन्छ। सम्बन्धित पदाधिकारीले त्यसतर्फ पनि ध्यान पु¥याउनु उचित हुन्छ।

प्रकाशित: २७ कार्तिक २०७६ ११:५६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App