७ वैशाख २०८१ शुक्रबार
विचार

बडहरे दुर्घटनाको पाठ

सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकास्थित बडहरेमा शुक्रबार बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १४ पुगेको छ। घटनास्थलमा ७ जनाको मृत्यु भएकामा अरुको उपचारका क्रममा निधन भएको हो। धेरैजना गम्भीर घाइते भएकाले मृतकको संख्या बढ्ने अनुमान उपचारमा संलग्नहरूले नै गरिरहेका छन्। बाँचे पनि केहीचाहिँ अपांगताको स्थितिमा रहने घाइतेको अवस्थाले बताइरहेको छ। अझ यसरी मृत्यु हुनेमा सातजना त साबिकको भोटसिपा गाविसका मात्रै रहनुले उक्त गाउँ शोकविह्वल बन्न पुगेको छ। समग्रमा यो दुर्घटनाले अविरल बगिरहेको इन्द्रावतीको प्रवाहलाई समेत झसंग तुल्याइदिएको छ।दुर्घटना विविध कारणले हुन्छन्। सडकको दूरावस्था, चालकको लापरबाही, थोत्रा सवारी साधन, ट्राफिक प्रहरीको लापरबाही, सवारीचालक अनुमतिपत्र वितरणमा हेलचेक्र्याइँ, जाँडरक्सी सेवन जस्ता कारण दुर्घटना हुँदै आएका छन्। तर पनि यस्ता कारणमा पर्याप्त ध्यान नदिइएकैले दुर्घटनाले निरन्तरता पाइरहेका छन्। खासमा दुर्घटना नहुन यी माथिका सबै कारण चुस्तदुरुस्त अवस्थामा हुनुपर्छ तर एउटा भए अर्को नहुने, अर्को भए झन् अर्को नहुने जस्ता कारण दुर्घटनाबाट धेरै नेपालीले अकालमा ज्यान गुमाइरहनुपरेको छ। जुन विडम्बनाको हदै हो भन्न सकिन्छ।

ट्राफिक प्रहरीलाई राम्रोसँग थाहा छ कि पहाडी सडकहरू राम्रा छैनन्। त्यहाँ चलाइने सवारी साधन थोत्रा छन्। क्षमताभन्दा बढी मानिस हालिरहेका हुन्छन्। तर पनि यस्तो अवस्थालाई कानुनी दायरामा ल्याउन नसक्नु उसको पनि कमजोरी देखिन्छ।

बडहरेको बस दुर्घटना हुनुमा भने सोझै बस पक्षको लापरबाही देखिन्छ। हुन त चालकको पनि मृत्यु भएको छ। तर पनि दुर्घटनाको मुख्य कारण क्षमताभन्दा धेरै यात्रु नै देखिन्छ। जसलाई जिल्लास्थित सुरक्षा निकायले पनि पुष्टि गरिसकेको छ। गाउँको कच्ची, त्यो पनि उकालो÷ओरालोयुक्त सडकमा चल्ने बसमा १२० जनाभन्दा बढी हालिनु लापरबाहीको हद नै थियो। ब्रेक फेल भएको, पट्टा भाँच्चिएको, स्टेरिङ नघुमेको जस्ता जे जे कारण भनिए पनि त्यसको मुख्य कारणचाहिँ क्षमताभन्दा बढी यात्रु हाल्नु हो। यस अर्थमा बस पक्षको लापरबाही यो दुर्घटनाको मुख्य कारण देखिन्छ जसले दसैँको टीका लगाउन जाने र लगाएर फर्कने धेरै यात्रुको ज्यान लियो।वास्तवमा नेपालमा सबैभन्दा धेरै बेथिति भएको क्षेत्रमध्ये पर्छ यातायात पनि। न सरकारी नियम मान्ने, न सवारी साधनलाई चुस्तदुरुस्त राख्ने, न सडकको अवस्थालाई ध्यान दिने न त यात्रुको अधिकारप्रति नै सचेत रहने जस्ता आनिबानी यातायात क्षेत्रमा जरो गाडेर बसेका छन्। कुन बसमा कति यात्रु हाल्नुपर्छ भन्ने कुनै हेक्का नै नराख्ने र ‘आएको बात छैन’ शैलीमा जति आए पनि भेडा÷बाख्रा कोचेझैँ हुल्ने मनोवृत्ति फस्टाएको छ। यसबाट थाहा हुन्छ किन नेपालका यातायात व्यवसायी सवारी साधनलाई मात्र पैसा छाप्ने मेसिन ठान्छन्, चाहे अरु जेसुकै होस् तर पैसा भने उठाइहाल्नुपर्छ। बडहरे दुर्घटनाले पुष्टि गरेको पक्ष पनि यही हो।

ट्राफिक प्रहरीलाई राम्रोसँग थाहा छ कि पहाडी सडकहरू राम्रा छैनन्। त्यहाँ चलाइने सवारी साधन थोत्रा छन्। क्षमताभन्दा बढी मानिस हालिरहेका हुन्छन्। तर पनि यस्तो अवस्थालाई कानुनी दायरामा ल्याउन नसक्नु उसको पनि कमजोरी देखिन्छ। ठीक छ, ट्राफिक प्रहरी कम होलान्, सबै ठाउँमा अनुगमन गर्न नसकिएला, तर ‘छड्के’ गर्न त सकिन्छ नि। २–४ ठाउँमा छड्के गरेर कारबाही गर्ने अनि त्यसरी कारबाही गरेको सन्देश चौतर्फीरूपमा पु¥याइदिने हो भने पनि बसवालाको लापरबाही रोकिने थियो। राज्य संयन्त्रको यही कमजोरीको फाइदा उठाइरहेका यातायात व्यवसायी बडहरेमा फेरि एकपटक धेरै जनताको ज्यान जाने कारण बन्न पुगे।यात्रुमा सचेतना अभाव यस्ता दुर्घटनाको अर्को नजानिँदो कारण हो। यो बसको क्षमता कति हो ? यसमा कतिजना भइसके ? हामी पनि चढ्दा कतै यो दुर्घटनामा पर्ने त होइन जस्ता विषयमा खोजीनीति गर्ने र त्यस्तो जिज्ञासा समाधान गरिदिने कुनै निकाय हुने हो भने पनि दुर्घटनाकै कारण मर्नुपर्ने अवस्था धेरै नेपालीका लागि रहने थिएन। सोझो अर्थमा भन्दा सामान्य केही कुरामा मात्र ध्यान दिँदा पनि ‘मानव सिर्जित प्रकोप’ बाट ज्यान गुमाउनुपर्ने अवस्थाले डाँडो काट्ने थियो। तर बारम्बारका उस्तैखाले दुर्घटना र एउटैखाले कारणले पनि हामीलाई यस्ता पाठ सिकाउन नसक्नु भने ‘हामी सुध्रिन तयार छैनौँ’ भन्ने सन्देश नै हो। कामना गरौँ– बडहरे दुर्घटनाले हाम्रो सन्देश उल्ट्याइदिनेछ।

प्रकाशित: २६ आश्विन २०७६ ०२:४५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App