२४ श्रावण २०७७ शनिबार
विचार

इन्डो–प्यासिफिकको उद्देश्य

नेपालका लागि अमेरिकी राजदूतका रूपमा म साह्रै भाग्यशाली व्यक्तिहरूमध्ये एक हुँ। नेपालप्रति मेरो गहिरो र अगाध स्नेह हुनु एउटा यसको एउटा कारण हो। मेरो पहिलो भ्रमणमै म त्यस सम्मोहनमा परें, जसले दशकौंदेखि यति धेरै अमेरिकीलाई मोहित पारेको छ। र, फर्केर आइरहने बनाएको छ।अर्को कारण के हो भने मलाई थाहा छ– नेपालमा अमेरिकाको ७० वर्ष लामो कथा छ, अमेरिकी–नेपाली जनताबीचको मित्रता अर्थात् पारस्परिक लाभदायक साझेदारीको समृद्ध कथा।

मेरा लागि त्यो साझेदारी दाङ जिल्लाका ती पिसकोर स्वयंसेवक हुन्, जो पोषणमा सुधार ल्याउन र आम्दानी बढाउन कृषकहरूसँग मिलेर माछा पोखरी बनाइरहेका छन्। यो साझेदारी भन्नाले ती अमेरिकी सूचना प्रविधि कम्पनी हुन्, जसले नेपालीका लागि हाइटेक रोजगारी सिर्जना गर्दै छन् र यो हाम्रो मिलेनियम च्यालेन्ज कर्पोरेसन अर्थात् एमसिसी हो, जुन सडक सुधार गर्न र नेपालको जलविद्युत् सम्भावनालाई यथार्थमा रूपान्तरण गर्न नेपालका इन्जिनियरहरूका साथ काम गर्ने तयारी गर्दै छ। यो साझेदारी २०७२ सालको भूकम्पबाट ध्वस्त भएका घरहरूमा युएसएडका इन्जिनियर, डकर्मी र सामुदायिक सम्पर्क व्यक्तिहरूका पुनर्निर्माण सहयोगका कारण ४५ हजारभन्दा बढी नेपाली परिवार पुनःस्थापित भए।

वाचा गर्ने मात्र हैन, परिणाम हासिल गर्ने हाम्रो इतिहासको परिप्रेक्ष्यमा, म इन्डो–प्यासिफिक स्ट्राटजीबारे केही जानकारी प्रदान गर्न चाहन्छु। किनकि यसबारेप्रशस्त गलत बुझाइ भएको देखिन्छ। इन्डो–प्यासिफिक स्ट्राटजी, अमेरिकी नीतिलाई हामीले दिएको नाम हो। यसले स्वतन्त्र, खुला र मजबुत इन्डो–प्यासिफिक क्षेत्रको सुरक्षा गर्न र यसलाई अघि बढाउन हामी अमेरिकीले गर्ने प्रयासलाई बुझाउँछ। यो कुनै संगठन वा गठबन्धन होइन।न नेपाल न त अरू कसैलाई यसमा सामेल हुन आह्वान गरिएको छ।

हामीले नेपाललाई अमेरिका समर्थक बन्न वा कुनै अर्को देशको विरोधी बन्न कहिल्यै आग्रह गरेका छैनौं। हामी नेपाललाई नेपाल समर्थक हुन आग्रह गर्छौं।

इन्डो–प्यासिफिक स्ट्राटजी यस क्षेत्रमा हामीले गर्ने समग्र कामलाई दिइएको नाम मात्र हो। केही मानिस यसको सुरक्षा पाटोमा केन्द्रित हुन्छन्। के साँचो हो भने यो क्षेत्र स्वतन्त्र र खुला रहने सुनिश्चित गर्न सुरक्षा एउटा महत्वपूर्ण अंश हो, जसरी यो दोस्रो विश्वयुद्धको अन्त्यदेखि रहिआएको छ। हामी सबैले उपभोग गरेका स्वतन्त्रताहरूको प्रतिरक्षा तिनको सुरक्षामा निर्भर छन् र अमेरिकी सुरक्षाको उपस्थितिले निश्चितता र सुरक्षा उपलब्ध गराउन सहयोग पु-याएको छ, जसले यस सम्पूर्ण क्षेत्रलाई एक अर्काविरुद्ध युद्ध गर्नुको साटो आर्थिक र राजनीतिक विकासमा केन्द्रित हुन दिएको छ।

‘स्वतन्त्र, खुला, र मजबुत’ को कुनै पनि अंश बहिष्करणकारी छैन।सबै देशलाई आकारप्रति निरपेक्ष रूपमा अरूको सार्वभौमिकता सम्मान गर्न आह्वान गर्नु बहिष्करणकारी होइन। ठूला देशले साना देशमाथि आक्रमण गर्नुहुँदैन र विवादहरूको समाधान दादागिरी वा बलजफ्तीबाट नभएर शान्तिपूर्ण तवरबाट गर्नुपर्छ भन्ने आधारभूत सिद्धान्तका पक्षमा आवाज उठाउन एक सानो देशका रूपमा नेपालको पनि अरूको जत्तिकै चासो छ।

समुद्री र हवाई मार्ग सबैका लागि खुला रहनुपर्छ र सैन्यकरण गरिनु हुँदैन भन्नु बहिष्करणकारी हुँदैन। चीन, भारत, मलेसिया र नेपाललगायत इन्डो–प्यासिफिक क्षेत्रका सबै मुलुकले त्यो खुलापनबाट लाभ लिएका छन्। जहाँसुकै भए तापनि सबै मानिस आधारभूत मानवीय स्वतन्त्रता उपभोगका हकदार हुन्छन् भन्नु बहिष्करणकारी होइन। मानवअधिकार उल्लंघन जहाँसुकै भए पनि हामी सबैको चिन्ताको विषय हो भन्ने सिद्धान्तका लागि आवाज उठाउन आफ्नो लोकतन्त्र र स्वतन्त्रताका लागि लडेका जनताका रूपमा नेपालीको पनि अमेरिकीको जत्तिकै सरोकार छ।

अन्यथा किन नेपालले युनिभर्सल डेक्लरेसन अफ ह्युमन राइट्सको अनुमोदन गरेको, जेनेभामा नेपालको एउटा मिसन रहेको र संयुक्त राष्ट्र संघको मानवअधिकार परिषद्मा नेपालको सिट भएको? स्वतन्त्र, खुला र मजबुत इन्डो–प्यासिफिकको समर्थन गर्नु सबै राष्ट्रको हितमा छ। यो सिद्धान्तहरूका पक्षमा छ, तिनै सिद्धान्त जसले चीनको उदय सम्भव तुल्यायो। हामीले ती सिद्धान्तहरूको संरक्षण गर्नु र तीबाट सबैले फाइदा लिने मौका पाउने कुरा सुनिश्चित गर्नुपर्दैन?

इन्डो–प्यासिफिक स्ट्राटजी यस क्षेत्रमा हामीले गर्ने समग्र कामलाई दिइएको नाम मात्र हो। केही मानिस यसको सुरक्षा पाटोमा केन्द्रित हुन्छन्।

हामीले नेपाललाई अमेरिका समर्थक बन्न वा कुनै अर्को देशको विरोधी बन्न कहिल्यै आग्रह गरेका छैनौं। हामी नेपाललाई नेपालसमर्थक हुन आग्रह गर्छौं। नेपाललाई सुरक्षा दिने सिद्धान्तहरूको रक्षा गर्ने र यस क्षेत्रको समृद्धि सम्भव तुल्याएको स्वतन्त्रता, खुलापन र मजबुतलाई सुदृढ बनाउने लगायतका कार्य गरी नेपाललाई कडाइका साथ आफ्नो सार्वभौमिकताको रक्षा गर्न हामी आग्रह गर्छौं।

अमेरिकासँगको लामो साझेदारीको इतिहास र हाम्रो असल मनसाय दर्शाउने दशकौंको प्रमाणका बाबजुद पनि हाम्रो साझेदारी आशंकाले क्षति गरेर अनि गलत सूचनाले विचलित बनाउनेबारे म चिन्तित छु।  वास्तविक, परिणामजनक निर्णयहरू गर्नुपर्ने छन् र पालना गर्नुपर्ने प्रतिबद्धताहरू छन्, तर गलत सूचनाले तिनलाई हाल जटिल बनाइदिएका छन्।
सबैभन्दा महत्वपूर्ण निर्णय एमसिसी कम्प्याक्ट हो।

एमसिसी कम्प्याक्ट विकास गर्न नेपालले अमेरिकालाई आग्रह गरेको हो। निजी क्षेत्रको शक्तिको सदुपयोगमा सहयोग पु-याउने परियोजना पहिचान गर्न हामीले सरकार, निजी क्षेत्र र नागरिक समाजलगायत नेपालीसँग काम ग-यौं। एउटा सामान्य दुविधा समाधान गर्नुपर्ने भयो  : पैसा तिर्ने बजार नभएसम्म जलविद्युत् विकास गर्न सकिँदैन। त्यसको मतलब, भारत हो भन्ने कुरा भूगोल र अर्थतन्त्रको साधारण तथ्य हो। यदि नेपाल बंलादेशलाई ऊर्जा बेच्न चाहन्छ भने भारतसँग एउटा समझदारी आवश्यक हुन्छ। कोही–कोही हरेक ढोकाका पछाडि षड्यन्त्र लुकेको देख्न रुचाउँछन्। कहिलेकाहीं उत्तर भने सामान्य भूगोल र सामान्य अर्थशास्त्र मात्र हुन्छ।

संसद्ले एमसिसी  कम्प्याक्ट किन अनुमोदन गर्नुपर्छ भनी कसै–कसैले सोधेका छन्। सहज उत्तर के हो भने एमसिसीलाई सबैतिर संसदीय अनुमोदन आवश्यक पर्छ। नेपाली जनता हामीले यो ५० करोड अमेरिकी डलर खर्च गरुन् भन्ने चाहन्छन् भन्ने निश्चिित गर्ने तरिका हो– अनुमोदन। कल्पना गरौं– हामीले अनुमोदन खोजेनौं। सांसदहरूले भन्न सक्छन्– ‘तर हामीले यसको समीक्षागर्ने मौका पाउनु पर्छ!’ र,उहाँहरू सही हुनुहुनेछ।

नेपालका निर्वाचित प्रतिनिधिहरूले अमेरिकी सहयोग अस्वीकार गर्ने निर्णय गरे भने त्यो नेपालको सार्वभौम निर्णय हुनेछ।  यद्यपि यो नेपाल सरकारले गरेका निश्चिित आग्रहहरूको अनपेक्षित उलटफेर हुनेछ र हामीबीचको ७ दशक लामो साझेदारीको भावनाको अनपेक्षित बदलाव हुनेछ।

एमसिसीजस्ता कार्यक्रम बनाउनहामीले धेरै वर्षसम्म परामर्श गर्दै पारदर्शी रूपमा सँगै काम गरेका छौं। हामी यसलाई संरक्षण गर्न चाहन्छौं भने, हामी अगाडि बढिरहन चाहन्छौं भने, नेपालको नेतृत्व र नेपालका जनताले जानीबुझी कदम चाल्नुपर्छ।हामी बहस तथा प्रश्नहरूको स्वागत गछौं। किनकि पारदर्शिता र सरोकारवालासँगको संलग्नतामा लोकतन्त्र फस्टाउँछ। भूत, वर्तमान तथा भविष्यमा नेपालसँग अमेरिकाको  साझेदारीको अभिलेख समीक्षाका लागि खुला छ र अमेरिकासँगको नेपालको ऐतिहासिक साझेदारीले नेपालीहरूलाई अझ समृद्ध र नेपाललाई अझ मजबुत, अझ सार्वभौम र अझ उत्थानशील बनाउने कामलाई निरन्तरता दिने दर्शाउँछ।

म आशावादी छु र विश्वस्त पनि, कि अमेरिका र नेपालबीचको  सम्बन्धको आधारशिला फराकिलो र गहिरो छ। र, यसलाई सुदृढ बनाउन हामी मिलेर निर्णय गर्नेछौं।
नेपालका लागि अमेरिकी राजदूत

प्रकाशित: १६ आश्विन २०७६ ०९:५६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App