१५ जेष्ठ २०७७ बिहीबार
विचार

सुस्ताभित्रको दलन

रम्भा हरिजन

यहाँहरूले नवलपरासी सुस्ताको खबर त धेरै सुन्नुभएको छ। सिमानाको कुरा आउँदा सुस्ताको नाउँ आइहाल्छ। तर सुस्तामा बस्ने मानिसहरूको हालतको हालखबर सुन्नुभएको छ ? सुस्ता क्षेत्रमा बस्ने मधेसी दलित, त्यसमा पनि हामी महिलामाथि हुने दलनको कुनै सीमा छैन। 

मेरो गाउँको नाम हो– सुस्ता क्षेत्रको सिसनिया। नवलपरासी जिल्ला साविक जमुनियाँ गाविस वडा नं. ७ को एक गाउँ हो– सिसनिया। सिसनिया हाल प्रतापपुर गाउँपालिका वडा नं. १ मा पर्छ। यही सिसनियामा बढी थारू समुदायका मानिस बस्छन्। थारूहरूको बस्तीबीच एउटा दलितको घर छ। त्यही मधेसी दलित परिवारमा मेरो जन्म भएको हो।
म जुन परिवारमा जन्मिएँ, त्यहाँ म एकदमै खुसी थिएँ। किनभने त्यहाँ मैले लेखपढ गर्ने मौका पाएँ। केही सिक्ने अवसर पाएँ। मधेसी दलित, त्यसमा पनि महिला भएर पनि स्कुल जान पाएकाले म दंग थिएँ। 

२०५४ सालमा दीनानाथ हरिजनसँग मेरो विवाह भयो। विवाहपछि म श्रीमान्को घर गएँ। अब मेरो घर भयो– नवलपरासी, ठूलो खैरेटहवा वडा नं ९, बर्दघाट। यो ठाउँ हाल प्रतापपुर गाउँपालिका वडा नं ४ मा पर्छ। श्रीमान्को घरमा गएपछि थाहा भयो– मेरा ससुराले त्यही गाउँको जमिन्दारको खेत अधियामा लगाउनुभएको रहेछ। त्यही खेतको कमाइबाट परिवारको पालनपोषण गर्नुहँुदोरहेछ। हाम्रो जमिन्दार एक जना धनी बाहुन थिए। बाहुन जमिन्दारको खेतमा थारू र दलित समुदायका पुरुष र महिला काम गर्थे।

जमिन्दारकी बाहुनी स्वास्थ्य स्वयंसेविका थिइन्। एकपटक म उनको घर गएकी थिएँ। गाउँका सबै महिलाले बाहुनीलाई खुट्टामा ढोग्ने रहेछन्। त्यो कुरा मलाई त थाहै थिएन। मैले उनलाई ढोग गरिनँ। उल्टै त्यतिखेर म उनको घरमा राखिएको खाटमा पो बसें।

मैले ससुरालाई जवाफ दिएँ, ‘मैले त्यो बाहुनीलाई किन ढोग गर्ने बा ? सबै मान्छे बराबर हो भने मैले किन ढोग्ने ? अब पुरानो पाराले चल्दैन। हाम्रो पालामा सबै मानिसलाई आफ्नो जिन्दगी आफ्नै तरिकाले जिउने अधिकार छ।’

त्यसरी बसेको देखेपछि ती बाहुनी साह्रै रिसाइन्। उनले मेरो बसाइ र व्यवहार देखेर रातो मुख गरिन्। उनले मलाई त केही भनिनन्, पछि मेरा ससुरालाई बोलाएर अनेक गाली गरिन्। उनले भनिन्, ‘ए, तेरी बुहारीको इज्जत छैन कि कसो ?’

मैले नढोगेको र खाटमा बसेकामा उनी निकै आक्रोशित भएकी रहिछन्। उनी त गाउँकै धनीमानी जमिन्दारनी। यति ठूलाबडाको समेत इज्जत नगरेको भन्दै उनले मलाई गालीगलौज गरिन्। यसरी मेरा कारण मेरा ससुराले हप्की खानुप-यो।

जमिन्दारनीको हप्की खाएर मेरा ससुरा घर फर्कनुभयो। घरमा आएर उहाँले मलाई सोध्नुभयो– ‘ए बुहारी, तिमीले जमिन्दार बाहुनीको घरमा गएर खुट्टामा ढोग गरिनौ ?’ मैले ससुरालाई जवाफ दिएँ, ‘मैले त्यो बाहुनीलाई किन ढोग गर्ने बा ? सबै मान्छे बराबर हो भने मैले किन ढोग्ने ? अब पुरानो पाराले चल्दैन। हाम्रो पालामा सबै मानिसलाई आफ्नो जिन्दगी आफ्नै तरिकाले जिउने अधिकार छ।’

मेरा कुरा सुनेर मेरा सासू–ससुरासँगै परिवारका सबै सदस्य छक्क परे। उहाँहरूले भन्नुभयो, ‘मेरो बुहारी पढेलेखेकी छ। प्रतिस्पर्धा गर्न सक्छे। चिन्ता लिनु पर्दैन।’ मैले पढेलेखेको र व्यवहार गरेको देखेर परिवारका सबै खुसी थिए। त्यसपछि जमिन्दारनीलाई मैले नढोगेको कुरा मेरो घरपरिवारले दोहो-याएनन्।

केही दिनपछि तिनै बाहुनीले कताकताबाट मेरो पढाइबारे थाहा पाइछन्। उनले पनि जानकारी पाइन्– दलित बस्तीमा पनि नयाँ–नयाँ बुहारी आएका छन्, शिक्षित छन्। त्यसपछि उनलाई लागेछ– अब कसैले पनि पहिलाजस्तो गर्न पाइँदैन। अब आफूलाई परिवर्तन गर्नुपर्छ, अरूलाई हेप्न र दासी बनाउन पाइँदैन।

अनेक प्रयासपछि केही परिवर्तन हुँदै छ। जहाँ–जहाँ दलित परिवार छ, त्यहाँ बालविवाह, दाइजो प्रथाजस्ता कुरामा पनि परिवर्तन आउँदै छ। तर ठूलाबडाहरूको व्यवहारमा धेरै फेरबदल भएको छैन। त्यस दिनदेखि आजसम्म ती बाहुनी मसँग बोलेकी छैनन्।

म जनताबाट निर्वाचित सदस्य हुँ। म कुनै दलित बुहारी मात्रै होइन। उनीहरूको बोली र व्यवहार भने उस्तै। आफूकहाँ काम गर्ने हरुवाचरुवालाई जस्तै गर्ने, कज्याउन खोज्ने। म २०७४ सालमा भएको स्थानीय चुनावबाट सदस्यमा निर्वाचित भएकी हुँ। सुस्ता गाउँपालिकामा ५ वटा वडा छन्। सबै वडामा गरी ५ जना दलित निर्वाचित सदस्य छन्। ५ जनामध्ये वडा नं. १ की म मात्र पढेलेखेकी हुनाले कामको बोझ धेरै छ। म टोलटोलमा बस्ने बस्तीस्तरीय योजना तर्जुमा बैठकमा सहभागी हुन्छु, योजनाको अनुगमन गर्ने काममा संलग्न हुन्छु।

म माइन्युटमा लेखिएका कुरा पढेर÷बुझेर मात्रै सही गर्छु। तर हाम्रा अधिकतर सदस्य पढ्न÷लेख्न नजान्ने हुनाले आँखाले देख्ने, तर देखेको कुरा, लेखेको कुरा पढ्न नसक्ने। हामीमा आँखाले हेर्ने, कानले सुन्ने, आफू पढेर चित्त बुझेपछि मात्रै ‘सिग्नेचर’ गर्ने शिक्षा छैन। अब अरू दलित प्रतिनिधिहरू मैले सही गरेपछि सही गर्ने गर्छन्। मैले गरेपछि सही नै हुन्छ भन्ने उनीहरूलाई लाग्दोरहेछ। अब त महिला प्रतिनिधिहरूले मात्रै होइन, सबै दलितले पढ्न सिक्नुपर्छ। पढ्न सिकियो भने लड्न सकिन्छ।

हाम्रो दलित बस्तीमा पहिलेदेखि नै जमिन्दारहरूको थिचोमिचो छ। उनीहरूले खाट वा कुर्चीमा बस्न दिँदैनन्। उनीहरू देखेपछि घुँघट(घुम्टो)भित्र बस्नुपर्ने र उनीहरूका खुट्टामा ढोग्नुपर्ने चलन छ। केटीहरूलाई पढाउने प्रचलन थिएन, अर्काको घरमा जान्छन् भन्दै। सानो जातका मानिसले पढ्न हुँदैन भन्ने मान्यता छ। त्यही कारण हाम्रो दलित समुदायमा पढेलेखेका मानिस छैनन्। यस्ता कुराले हाम्रो पढाइ र सिकाइमा झन् असर गरेको छ। यस्ता कुरा दिमागमा बसिरहेको थियो, अब यस्ता कुरा कसरी हटाउने, चिन्ता लागिरहन्छ।

मलाई केही कुराले मनमा नराम्ररी छुन्छ– ‘हामी दलितलाई कति पीडा रहेछ ! गाउँघरमा कोही नियम–कानुनभन्दा माथि छन्। उनीहरू छुवाछूत र भेदभाव उत्तिकै गर्छन्। बरु पशुलाई गर्ने व्यवहार राम्रो छ। हामीलाई त त्योभन्दा पनि अझ तल्लो स्तरको ठानिन्छ/व्यवहार गरिन्छ। यस्तो अवस्था कहिलेसम्म ?’

(लेखक, नवलपरासीको सुस्ता गाउँपालिका वडा नंं. १ की दलित महिला सदस्य हुन्।)  

प्रकाशित: २ आश्विन २०७६ ०९:०३ बिहीबार

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%

नेपाल रिपब्लिक मिडिया (प्रा) लि.ले नेपाली भाषामा नागरिक राष्ट्रिय दैनिक (गुणराज लुइँटेलको सम्पादकत्वमा) काठमाडौँ, विराटनगर, नेपालगञ्ज, पोखरा र बुटवलबाट एक साथ प्रकाशन गर्दै आएको छ।

मुद्रा विनिमय

नेपाल रिपब्लिक मिडिया (प्रा) लि

रजिस्टर्ड नंः १६३/०५४/०५५
जेडिए कम्प्लेक्स
सुन्धारा, काठमाडौं
फोनः ४२६५१००
फ्याक्सः ४२५२२६२
प्रबन्ध निर्देशकः विनोदराज ज्ञवाली
निर्देशकः शोभा ज्ञवाली
प्रधान सम्पादक: गुणराज लुइँटेल