२९ श्रावण २०७७ बिहीबार
विचार

अमेरिकामा बन्दुकको बिगबिगी

नीरज लवजू
अगस्ट महिनाको अन्तिम दिन गत शनिबार अमेरिकाको टेक्सासमा भएको गोलीकाण्डमा कम्तीमा ५ मानिस मारिए । २१ जना घाइते भए । अगस्ट महिनामा मात्र अमेरिकामा भएको यो तेस्रो भयानक गोलीकाण्ड हो । अगस्ट ३ मा टेक्सासकै इल पासोमा भएको अर्को गोलीकाण्डमा २२ जना मारिएका थिए । २० भन्दा बढी मानिस घाइते भएका थिए । अगस्ट ४ मा अर्को त्यस्तै कारुणिक घटना भयो । २४ वर्षका कोन्नोर बेट्स नामका युवकले बजारमा हिँड्दै गरेका सर्वसाधारणमाथि अन्धाधुन्ध गोलीको वर्षा गर्दा कम्तीमा ९ मानिसको इहलीला समाप्त भयो । २७ जना घाइते भए । सन् २०१७ अक्टोबर १ मा लस भेगासमा आयोजित सांगीतिक कार्यक्रममा भएको गोलीकाण्डमा ६० जना मारिए । संयुक्त राज्य अमेरिकाका विभिन्न कलेज र विद्यालयमा समेत त्यस्ता घातक गोलीकाण्ड हुने गरेका छन् । सन् २०१८ मा मात्र अमेरिकाका २५ वटा कलेजमा गोलीकाण्ड भएका थिए । कलेजहरूमा भएका गोलीकाण्डमा परी त्यो साल ३३ जनाको ज्यान गएको थियो भने ६१ मानिस घाइते भएका थिए ।

किन हुन्छ यस्तो ?
संसारमा सबभन्दा बढी बन्दुक प्रयोग हुने देश अमेरिका हो । बन्दुक वा कुनै साना हतियार बोकेर हिँड्नु त्यहा“ कुनै अनौठो विषय नै होइन । सन् २००० को एक तथ्यांकअनुसार  अमेरिकामा २५ करोड ९० लाख मानिसस“ग बन्दुक छन् । सन् २०११ मा गरिएको एउटा सर्वेक्षणले ४७ प्रतिशत अमेरिकी बासिन्दास“ग बन्दुक भएको देखाएको छ । अझ दक्षिणी भेगमा त ५४ प्रतिशत वयस्क मानिसस“ग हतियार भएको सर्वेक्षणबाट देखिएको छ ।

अमेरिकामा विद्यार्थी तथा शिक्षक–शिक्षिकाहरू बन्दुक बोकेरै विद्यालय र कलेज जाने गर्छन् । सन् २०१४ मा गरिएको एक सर्वेक्षणअनुसार त्यहा“ झन्डै २ लाखदेखि २ लाख ५० हजारसम्मको संख्यामा स्कुले विद्यार्थी हतियार बोकेरै विद्यालय जाने गर्छन् । अमेरिकी कानुनले व्यक्तिगत सुरक्षाका लागि नागरिकलाई यसरी बन्दुक राख्न र बोकेर हिँड्न छुट दिएको छ । टेक्सासलगायत राज्यमा विद्यालयहरूमा नियमितजसो गोलीकाण्ड भएपछि सरकारले नै शिक्षकले बन्दुक बोक्नैपर्ने नियमसमेत बनाउनुप¥यो । बन्दुक र साना हतियार बोक्ने यस्तो सहजता र कानुनी बन्दोबस्त नै अमेरिकामा गोलीकाण्ड भइरहनुको मूल कारण हो । व्यक्तिगत सुरक्षाका लागि बन्दुक बोक्न पाउने कानुनी प्रावधानका कारण मानसिक रोगी, सन्काहा र रिसाहा मानिसको हातमा बन्दुक र हतियार पर्दा बेलाबेला यस्ता वियोगपूर्ण घटना हुने गरेका छन् ।

बन्दुक र साना हतियार बोक्न पाउने कानुनी बन्दोबस्त नै अमेरिकामा गोलीकाण्ड भइरहनुको मूल कारण हो ।

असुरक्षा र आप्रवासी
अमेरिकी राजनीतिको मूल विषय आज आप्रवासन बनिरहेको छ । अनुदारवादी राजनीतिक खेमाले आप्रवासनमा कडाइ गर्ने विचार अघि सार्दै आएको छ भने उदार खेमा अनुदारवादीहरूको नीतिका विपक्षमा उभिँदै आएको छ । अहिले सत्तासीन अनुदारवादी खेमाले अमेरिकी जनताले दैनिक जीवनमा भोग्नुपरिरहेको असुरक्षालाई प्रमुख आधार बनाएर आप्रवासीहरूलाई अमेरिका पस्न रोक्नुपर्ने तर्क अघि सार्दै आएको छ ।

अधिकतर गोलीकाण्ड आप्रवासीहरूबाट भएको भन्दै उनीहरू थप आप्रवासी भिœयाउन नहुने तर्क गर्छन् । तर, उदारवादी खेमा भने आप्रवासीहरू मात्रै असुरक्षाका कारण नभएको बरु संसारका विभिन्न भागबाट आएका आप्रवासी अमेरिकाले आज हासिल गरेको उचाइको आधार भएको बताउ“छ । बढ्दो आप्रवासनले नै अमेरिकामा यस्ता घटना बढेको भन्ने अनुदारवादी खेमाको तर्कपछाडि त्यति बलियो आधार छैन । यस्ता काण्डपछाडि अमेरिकी नागरिक र पुस्तौंपुस्तादेखि त्यहा“ बस्दै आएका परिवारका सदस्य पनि दोषी भएका उदाहरण छन् ।

अनुदारवादीहरूको तर्क अमेरिकामा थप आप्रवासीको प्रवेश निषेध गर्ने बहाना मात्र बनिरहेको छ । केही घटनामा आप्रवासीहरू नै दोषी भएको देखाएर अमेरिकी प्रवेशद्वार सबैका लागि बन्द गर्ने काम अहिलेको ट्रम्प सरकारले गरेको छ ।

बन्दुकको व्यापार
अमेरिकाका कुनै पनि घटना वा प्रक्रियापछाडि व्यापारको सबभन्दा ठूलो भूमिका हुने गर्छ । पु“जीवादको केन्द्र भएकाले त्यहा“का सबै पद्धतिमा व्यापार र आर्थिक कारोबार नै आधार हुने गरेका छन् । अमेरिकी समाजमा बन्दुकको यति व्यापक प्रयोग हुनाका पछाडि पनि व्यापारको ठूलो भूमिका छ । अमेरिका संसारकै सबभन्दा ठूलो बन्दुक व्यापारीहरूको देश हो । संसारभर बन्दुक निर्यातमा अमेरिका नै सबैभन्दा अगाडि छ । अमेरिकामा मात्र बन्दुकका पसल १ लाखवटा भएको तथ्यांकले देखाएको छ ।

अमेरिका संसारकै सबभन्दा ठूलो बन्दुक व्यापारीहरूको देश हो । विश्वमा  बन्दुक निर्यातमा अमेरिका नै सबैभन्दा अगाडि छ ।

बन्दुकको अत्यधिक प्रयोगका कारण अमेरिकी समाजले भोग्नुपरेको हिंसा रोकथाम गर्न बन्दुकमा व्यक्तिगत स्वामित्व र खुकुलो नीति अन्त्य गर्ने विषयमा त्यहा“को राजनीतिमा बारम्बार बहस हुने गरेका छन् । विशेषतः सरकार चलाउने दुईवटा दल–रिपब्लिकन र डेमोक्रेटिक पार्टीमध्ये रिपब्लिकन पार्टीले बन्दुक नियन्त्रणको नीति अस्वीकार गर्दै आएका छन् । डेमोक्रेटिक पार्टीले बन्दुक नियन्त्रणको वकालत गर्दै आएको छ । तर, अमेरिकाको राजनीतिक चुनावमा बन्दुक व्यापारीहरूको बलियो प्रभाव हु“दा हतियार नियन्त्रणका पक्षमा उठेका मुद्दा कमजोर साबित हुने गरेको छ । राजनीतिक दललाई चुनावका बेला आर्थिक सहयोग गरेर बन्दुक व्यापारीहरूले आफ्ना पक्षमा लबिङ बलियो बनाउने गरेका छन् ।

अमेरिकी राजनीतिक दललाई सबभन्दा बढी चन्दा दिने व्यापारिक क्षेत्रमध्ये बन्दुक व्यापारी पनि पर्छन् । सन् २०१० देखि २०१८ सम्ममा बन्दुक व्यापारीहरूले राजनीतिक दलहरूलाई १३ करोड अमेरिकी डलर चन्दा दिएका थिए । बन्दुक व्यापारीहरूको सबभन्दा ठूलो संगठन नेसनल राइफल एसोसिएन अफ अमेरिकामार्फत यस्ता आर्थिक सहयोग र सम्बन्ध बनाउने गरिन्छ । सो संगठनमा मात्र ५० लाख सदस्य रहेको बताइन्छ । ओबामा नेतृत्वको अघिल्लो अमेरिकी सरकारका पालामा शैक्षिक क्षेत्रमा बारम्बार गोलीकाण्ड भएपछि सरकार दबाबमा प¥यो । सत्तारूढ डेमोक्रेटिक दलले संसद्मा बन्दुक नियन्त्रण कानुनमा संशोधन प्रस्ताव ग¥यो । उक्त संशोधनमा बन्दुक किन्दा बिक्रेताले क्रेताको पृष्ठभूमि थाहा पाउनुपर्ने, मानसिक रोगीलाई बन्दुक बेच्न नपाइने आदि प्रस्ताव गरियो । सो संशोधन प्रस्तावका पक्षमा जनताले समर्थन पनि जनाए । विडम्बना, अमेरिकी संसद्मा उक्त प्रस्ताव अस्वीकृत भयो । व्यापक जनसमर्थन प्राप्त सो प्रस्तावसमेत पारित हुन नसक्नाको मूल कारण बन्दुक व्यापारीहरूको बलियो लबिङ थियो ।

संसद्बाट संशोधन प्रस्ताव पारित गर्न नसकेपछि सन् २०१६ मा ओबामा सरकारले संसद् छलेर राष्ट्रपति आदेश जारी ग¥यो । उक्त आदेशमा पनि मानसिक रोगीलाई बन्दुक चलाउन नदिने, बन्दुक व्यापारीस“ग अनुमति प्रमाणपत्र हुनुपर्ने र बन्दुक खरिदकर्ताको पृष्ठभूमि थाहा पाएर मात्र बन्दुक बिक्री गर्नुपर्ने आदि प्रावधान समावेश गरियो । तर, त्यसपछिको सरकारले भने सो आदेश उल्टायो ।
चुनावका बेला बन्दुक व्यापारीको बलियो प्रभाव रहने कारण पनि आज डेमोक्रेटिक पार्टीका नेताहरू यो मुद्दा चर्को स्वरमा उठाउन डराउने गरेका छन् । बन्दुक व्यापारीलाई चिढ्याए चुनाव हार्ने पो हो कि भन्ने भयले उनीहरूले यो विषयलाई उपेक्षा गर्दा बन्दुकले निम्त्याउने हिंसा उकालो लागिरहेको छ ।

युद्धको ट्रमा
अन्त्यहीन अन्तर्राष्ट्रिय युद्धका कारण पनि अमेरिकी समाजमा हिंसाको मनोविज्ञान बलियो बन्दै गएको देखिन्छ । सन् २००१  सेप्टेम्बर ११ को घटनायता मात्र अमेरिकाले कम्तीमा आधा दर्जन ठूलठूला लडाइँ गरिसकेको छ । इराक, अफगानिस्तान, सिरिया, लिबिया आदि देशमा अमेरिकी सेनाले युद्ध गरिसकेका छन् । आज पनि संसारका विभिन्न देशमा लाखौं अमेरिकी सेना तैनाथ छन् । लाखौंको संख्यामा अमेरिकी युवा लामो समयसम्म आफ्ना घरपरिवार, आफन्तबाट टाढा विदेशी भूमिमा २४सै घण्टा हमलाको भयमा बा“च्नुपरिरहेको छ । कतिले आफ्नैअघि सहकर्मी ढलेको देखे । कति रगतको आहालबाट मुस्किलले ज्यान जोगाएर फर्के । कतिका घरपरिवार विखण्डन भयो । भियतनाम युद्धले अमेरिकी सेनामा पारेको गहिरो मनोवैज्ञानिक आघात अहिले पनि चर्चाको विषय बन्ने गरेको छ । त्यसबारे अमेरिकी फिल्म कम्पनीहरूले समेत केही चलचित्र बनाएका छन् ।  
त्यति मात्र होइन, कतिपय आप्रवासी पनि अमेरिकाले आफ्नो देशमा मच्चाएको हिंसाको बदला लिन त्यहा“ घटना गराउने गरेको अध्ययनले देखाएको छ । गोलीकाण्डका लागि दोषी कतिपय अपराधीको सम्बन्ध कुनै न कुनै रूपमा युद्धस“ग पनि भएको पाइनुले पनि यो वास्तविकता स्वीकार्नुपर्ने अवस्था छ ।

प्रहरीको बन्दुक प्रेम
संसारका सुरक्षाकर्मीमध्ये सबभन्दा बढी हतियार प्रयोग गर्ने प्रहरी अमेरिकाकै मानिन्छन् । यसरी हतियार प्रयोगका क्रममा कोही निर्दोषको हत्या भए पनि त्यहाँका प्रहरीलाई कारबाही गरिएको घटना निकै कम मात्र छन् । जसले गर्दा पनि त्यहा“का प्रहरी हतियार प्रयोग गर्न डराउँदैनन् । सन् २०१७ को एक तथ्यांकअनुसार प्रहरीको गोली लागेर मात्र ९८७ सर्वसाधारण मारिएका थिए । अमेरिकामा प्रहरीलाई दिइएको यस्तो अधिकार र त्यसको दुरुपयोगका कारण पनि सर्वसाधारणले आफ्नो व्यक्तिगत सुरक्षाका लागि बन्दुक बोक्ने चलन बढेको हो । विशेषतः दक्षिणी प्रान्तमा गोरा प्रहरीले   त्यहा“का काला जातिलाई विभेद र कुटपिट गर्ने क्रम बढेस“गै त्यहा“का सर्वसाधारणले समेत ‘सुरक्षाकर्मीबाट सुरक्षित हुन’ बन्दुक बोक्ने गरेको प्रतिवेदनहरूमा उल्लेख छन् ।

डरलाग्दो कुरा त के हो भने यस्ता घटना अहिले अमेरिकामा मात्र सीमित छैन, न्युजिल्यान्ड र युरोपेली देशहरूमा समेत यस्ता घटना हुन थालेका छन् । जसको रोकथाम विकसित देशका लागि चिन्ताको विषय बनेको छ ।

अमेरिकी समाजको व्यक्तिवादी चरित्रका कारण पनि हिंसाका घटना बढेको अध्येताहरूको भनाइ छ । समाजप्रति जिम्मेवारी बोध र सामाजिक भावना कमीले गर्दा अधिकतर मानिस आफूलाई मात्र केन्द्रमा राखी बजारको प्रतिस्पर्धामा दौडिने गरेका छन् । व्यक्तिवादी मनोविज्ञानले स्वभावतः मानिसलाई आत्मकेन्द्रित बनाउँछ । जुन बानीले आफूले चाहेको कुनै पनि उपलब्धि हासिल नहु“दा मानिसमा हतास मनोविज्ञान विकास गराउँछ । आज अमेरिकी समाजले भोगिरहेको अर्को समस्या यो पनि हो । सानै उमेरदेखि विकास हुने आत्मकेन्द्रित मनोविज्ञानले समाजलाई हिंसाको बाटोमा डो¥याउनु कुनै आश्चर्य होइन ।

अमेरिकाको यो समस्या आज त्यहा“को मात्र पक्कै होइन, त्यो क्रमशः संसारभर फैलिने खतरालाई नकार्न सकिन्न । राज्य, राजनीति र राजनीतिक दलले समाज र जनतालाई केन्द्रमा नराख्दा यस्तो समस्या जुनसुकै राज्यमा सहजै उत्पन्न हुन सक्छ । कलकलाउ“दा उमेरका आफ्ना छोराछोरीको बीभत्स हत्याको शोकमा बग्ने आ“सु संसारका जुनसुकै देशका मानिसका लागि पनि पीडादायी नै हुन्छ । खुला सिमाना भएको, लामो समय सशस्त्र द्वन्द्व भोगिसकेको, राजनीतिप्रति गहिरो जनअसन्तोष भएको नेपालजस्तो देशमा पनि यस्ता समस्या आउन सक्नेप्रति सजग हुुनुपर्नेमा दुईमत नहोला ।

प्रकाशित: ३१ भाद्र २०७६ १०:२३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App