१६ चैत्र २०८० शुक्रबार
विचार

शिल्पा र छविमा को ठीक ?

यतिखेर नेपाली चलचित्र जगतमा नायिका शिल्पा पोखरेल र निर्माता छविराज ओझा निकै छाएका छन्।  उनीहरू दुवैको नकारात्मक र सकारात्मक दुवै ढंगले विश्लेषण भइरहेको छ।  दुवैजना सेलिब्रेटी भएको हुँदा चर्चा परिचर्चा हुनु स्वभाविकै हो।  तथापि दुवैजना सही वा दुवैजना गलत हुन् भनेर मूल्यांकन गरिनु न्यायोचित हुँदैन।  कुनै एक त गलत होला नै।  यस परिवेशमा अर्की चर्चित नायिका रेखा थापाको मौनताले दोषी÷निर्दोषी छुट्याउन गाह्रो भइरहेको छ।  रेखाले आफू ८ वर्षअघि नै छविसँग अलग भइसकेको हुँदा कुनै कमेन्ट नगर्ने भनेर पन्छिएकी छिन।  जुन गलत हो। 

यस्तै प्रवृत्तिले गर्दा नै को गलत को सही भनेर पहिचान हुन सक्दैन।  गु र गोबर बराबर ठान्नु गलत प्रवृृत्ति हो।  रेखा किन छविसंँग अलग भइन्? के कारण थियो ? के रेखा पनि शिल्पाझैँ घरेलु हिंसाको कारण नै छविसँग अलग भएकी हुन त ?होइन छवि मायालु पति हो भने किन छविसँगै जिन्दगी बिताइनन् त ? होइन छवि परपीडक र हिंसक स्वभावका हुन् भने त्यो कुरा बताउन रेखा किन डराइरहेकी छिन् त ? सिने जगतमा बोल्ड नायिका भनेर चिनिने रेखाको मौनताले उनी कायर र न्यायका लागि सहयोगी नभएको ठहर्छ।  छवि कस्ता स्वभावका मानिस हुन् भन्ने कुरा हेमा, गीताञ्जली, रेखा र शिल्पा जति अरुलाई थाहा हुने कुरा होइन। 

शिल्पाको आरोप ठीक हो कि होइन भन्ने कुरा हेमा र रेखाले स्पष्ट बताउन सक्छन्।  किनकि उनीहरूले छविको व्यवहार भोगिसकेका छन्।  तर उनीहरूको मौनताले ठीक/बेठीक छुट्याउन गाह्रो परिरहेको छ।  छविले सुरुमा हेमासँग विवाह गरे।  जसबाट २ सन्तान जन्मिए।  तर पनि हेमासँग बस्न सकेनन्।  अनि गीताञ्जली सुनारसँग विवाह गरे।  जसबाट अर्को एक सन्तान जन्मिए।  गीताञ्जलीले आत्महत्या गरिन् रे।  त्यो स्वाभाविक हो कि यातनाले गर्दा बाध्यताबस गरेकी हुन् ? अनुसन्धानको थप विषय भएको छ।  त्यसपछि रेखासँग विवाह भो।  त्यो पनि अन्त भो।  फेरि शिल्पासँग विवाह भयो र त्यो

पनि विच्छेदको अवस्थामा पुग्यो।  किन कोही पनि छविसँग टिकिरहेका छैनन् ? कहीँ उनको स्वभाव नै परपीडकको जस्तो भएर पो हो कि ?कसै कसैको स्वभाव नै अरुलाई दुःख दिने र मजा लुट्नेखालको हुन्छ। यदि छविको स्वभाव त्यही किसिमको हो र रेखा र हेमाले न्यायका लागि आफ्नो मुख खोल्दैनन् भने भोलि पुनः अर्की महिला छविको स्वभावबाट प्रताडित हुन पुग्छिन्।
गोपाल देवकोटा
गोकर्णेश्वर ८ काठमाण्डौँ

प्रकाशित: २७ श्रावण २०७६ ०३:०५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App