२८ असार २०७७ आइतबार
विचार

अव्यवस्थित सहर

धुवाँ, धुलो, हिलो र खाल्डाखुल्डीको परिचयबन्दै गएको काठमाडौं सहर पछिल्लो समय झनै अव्यवस्थितबन्दै गएको छ। पानीपर्दाहिलो, घाम लाग्दाधुलो रअलि बढी पानी परे डुबान नै हुने समस्याले आक्रान्तबनेको छ यो सहर। मापदण्ड मिचेर खोलाछेउछाउ बनेका संरचना, ज्यानै लाने एम्बुस सडक, भद्रगोल फुटपाथदेखि लथालिंगलत्रिएका तारले काठमाडौंको अव्यवस्थितरूपलाई देखाउँछ। ठाउँठाउँमा थुप्रिएको फोहोरको डंगुर, दुर्गन्धित सार्वजनिकशौचालय, नदेखिने जेब्राक्रसिङ र असुरक्षित अकासे पुलले अव्यवस्थित देखाएको छ नै, साथैजथाभावीसवारी पार्किङ, यत्रतत्र टाँगिएका होर्डिङ बोर्ड र ट्राफिक जामले त काठमाडौंलाई अस्तव्यस्त नै बनाइदिएको छ। त्यसो त कुनै पनिविकास निर्माण गर्दा योजनाबद्ध हिसाबले कामगरिएको छैन,जसले पनि सहरलाई दिनप्रतिदिन अस्तव्यस्त र कुरूपबनाइरहेको छ। विकास निर्माणका कामगर्दा खानेपानी, ढल, सडक, विद्युत प्राधिकरणलगायत निकायबीच समन्वयन हुनु एउटा मुख्य समस्या रहँदै आएको हो। यसले गर्दा विकासका संरचनाले दिगो रूप त लिन सकेनन् नै, सहर पनिभद्रगोल बन्दै गयो। विभिन्न ठाउँमा विभिन्ननिकायले गरिरहेका यस्ता निर्माणकार्य उपत्यका सहरी विकास प्राधिकरणले समन्वयगर्नेतर्फ ध्यान दिए मात्र पनि केही हदसम्म समस्याको समाधान हुने थियो।

समय क्रमसँगै मानिसको जीवनशैलीमा सुविधाथपिँदै जानुपर्नेमाअहिले काठमाडौंमा कष्ट थपिँदै गएको देखिन्छ। पहिले बस्ती बसाल्ने त्यसपछि मात्र बाटो, ढल र खानेपानीको विषयमा सोचविचार गर्ने हाम्रो जुन शैली छ, त्यसले पनि यो सहरलाई भद्रगोल र अस्तव्यस्त बनाउँदै लगेको हो।

दुई दशकअघिको काठमाडौंको कुरा अहिले मिथक जस्तो लाग्ने भइसकेको छ। उतिबेलाकाठमाडौं उपत्यकामाजुनहिसाबले हरियाली र फराकिलासडक देखिन्थे। अहिले जनसंख्या र सवारीसाधनको चापले ती सडक अत्यन्तै साँघुरा देखिन्छन्। हरियाली र ढुंगेधाराको पानी त एकादेशको कथाजस्तो लाग्छ।उतिबेला सफाखोलाबग्थ्यो भने अहिले तीखोला ढलमा परिणत भएकाछन्। एक हिसाबले भन्ने हो भने समयक्रमसँगै मानिसको जीवनशैलीमा सुविधाथपिँदै जानुपर्नेमाअहिले काठमाडौंमा कष्ट थपिँदै गएको देखिन्छ। पहिले बस्ती बसाल्ने त्यसपछि मात्रै बाटो, ढल र खानेपानीको विषयमा सोचविचार गर्ने हाम्रो जुन शैली छ, त्यसले पनि यो सहरलाई भद्रगोल र अस्तव्यस्त बनाउँदै लगेको हो। उपत्यकामा पहिला प्रशस्त खुला ठाउँ थियो,जसले गर्दा पानी जमिनमा सजिलैसँग सोसिन्थ्यो। तर अहिले खाली ठाउँ नहुँदा पानी जमिनमा सोसिन सकेको छैन। त्यसैले त अलि ठूलो पानी पर्नेबित्तिकै काठमाडौंमा डुबानको समस्या देखिन्छ। अहिले वर्षाको पानी सोसिने स्थाननभएकाले ढलको पानीभन्दा वर्षाको पानी धेरै हुन्छर ढलको पाइपले त्यो पानीथेग्न सक्दैन। यसले पनि काठमाडौंमा डुबानको समस्या देखिने गरेको हो। यो अवस्थामा ढल र वर्षाको भेल बगाउन छुट्टाछुट्टै पाइप राख्नुपर्ने अवस्थाआइसकेको छ।

सहर त्यो हो, जहाँवातावरण सुन्दर होस् र बस्दापनि आनन्द अनुभवहोस्।प्रशस्तखुला ठाउँ, पार्क, बगैंचा,रहनसहन,कला, संस्कृति र मान्छेलाई आवश्यक पर्ने सबै सुविधाभयो भनेमात्रै त्यो स्थानव्यवस्थित सहर हुनसक्छ। त्यसमाथिशिक्षा, स्वास्थ्य र रोजगारको अवसर उत्तिकै हुनुपर्छ। सहरलाई व्यवस्थित र सभ्यबनाउनपर्याप्तपूर्वाधार, व्यवस्थित सडक, ढल निकास, पर्याप्तखानेपानी, फोहोर मैलाव्यवस्थापन, व्यवस्थित फुटपाथ, साइकल ट्र्याक, सडकका पेटीमा बस्ने ठाउँ, छहारीजस्ता कुरा छुट्न हुँदैन। त्यसैले पनिप्राकृतिक स्रोत र साधनको संरक्षण गर्दै आधुनिक बस्ती निर्माणमा ध्यान दिनुपर्छ। काठमाडौं सहरलाई आधुनिकता र ऐतिहासिकतादुवै चाहिएको छ। यो अवस्थामा ऐतिहासिकताको संरक्षण गर्दै आधुनिकतामाजानुपर्ने हो। तर हामीले सहर निर्माण गर्दा ऐतिहासिकतालाई भुलेका छौं भने आधुनिकताको नाममा सहरलाई भद्दा र कुरूपबनाइरहेका छौं।सहर व्यवस्थापनमासरकारले मात्रहोइन, हरेक नागरिकले आफ्नो कर्तव्य सम्झिन जरुरी छ। आफूमात्र राम्रो नभई टोल, समाज, सहर र देश पनि राम्रो बनाउनेतर्फ ध्यानदिनआवश्यक छ। सहर व्यवस्थापनकालागि मापदण्ड बनाउने मात्रै होइन, त्यसको कार्यान्वयनपनि महŒवपूर्ण विषयहो। सहरी व्यवस्थापनकालागि सरकारले बनाएको मापदण्ड राम्रो भएपनिकार्यान्वयनफितलो छ। त्यसैले पनिकानुनपालना गराउने संयन्त्रबलियो बनाउन जरुरी छ। त्यसतर्फ स्थानीयदेखि संघीयसरकारसम्मले ध्यानदिनैपर्छ। त्यसका साथै सरकारले ती मापदण्डको पालनागर्न नागरिकलाई पनिसचेत गराउनुपर्छ।

प्रकाशित: ५ श्रावण २०७६ ०९:१२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App