७ आश्विन २०७७ बुधबार
विचार

खुला क्षेत्रको संरक्षण

एकातिर गरिब जनताको ढाडै सेक्नेगरी विभिन्न किसिमका कर थोपरिँदैछ भने अर्कोतर्फ बिनापूर्वाधार जथाभावी डोजर मार्ग निर्माण गरेर प्रकृतिमाथि अतिक्रमण गर्ने कार्य भइरहेको छ। जसले प्राकृतिक असन्तुलनको क्रम बढ्दो छ। फलतः बाढी, पहिरो, भूक्षय आदिको प्रकोप पनि बढेर जलवायु परिवर्तनको चपेटामा मुलुक फसिसकेको छ।जहाँसम्म सार्वजनिक सम्पत्तिका रूपमा रहेकोजग्गाको सवाल छ, हालैको टुँडिखेल अतिक्रमणको प्रसंग पनि कम दर्दनाक होइन। राणकालदेखि पञ्चायतकालसम्म पनि कसैले मास्न र नास्न नसकेको अभिव्यक्तिस्वतन्त्रताको थलो केही नाफाखोरले कब्जा गरेर लाभ लिइरहेकामा व्यापक दबाबपछि स्थानीय सरकारले अतिक्रमण हटाउन गरेको प्रयास प्रशंसनीय छ।

केही समययता सार्वजनिक, सरकारी तथा गुठी अधीनस्थ जमिन कब्जा गरी व्यक्तिगत वा गुटगत फाइदा लिनेहरूको जमात ह्वात्तै बढेको छ।यहाँसम्म कि हिजोआज त परम्परादेखि चल्दै आएकाघाट, तगारो, चौतारी, सन्धिसर्पण आदिमाथि नै अतिक्रमणको प्रक्रिया नराम्रोसँग बढ्दो छ। सार्वजनिक हितका लागि प्रयोगमा ल्याइने यसखाले सार्वजनिक जमिनको महŒव नबुझेर हो वा बुझ पचाएर हो मुलुकका धेरै ठाँउका जनप्रतिधि नै सार्वजनिक खाली ठाउँमाथि आफ्नो गिद्धेनजर लगाउन पछि परेका छैनन्।गाउँ, टोलबीचको सार्वजनिक जग्गामारुख,बिरूवा, घाँसपात आदि रोपेर वातावरणलाई हरियाली बनाउनुका अतिरिक्त प्राणी जगतका निम्ति अत्यावश्यक प्राण वायु अक्सिजनको समेत जोहो गर्ने कार्यमा हाम्रा पूर्वज चुकेका थिएनन्। हामी घरको दैलोबाट बाहिर निस्कनासाथ समाजका अन्य व्यक्तिहरूसँग घुलमिल हुनका लागि खुला स्थानको खोजीमा हुन्छौँ। यो कुराको परिपूर्ति खुला क्षेत्रबाट मात्र संभव हुन्छ।

केही समययता हामी नयाँ खुला क्षेत्रको विकास गर्नुको सट्टा भएकालाईमास्ने काममा लागिपरेका छौँ। यस कुराको दृष्टान्त हेर्नुपर्दा कतै टाढा नगएर काठमाडौँकै गोकर्णेश्वर नगरपालिकाको वडा नं। ५ मा गए पुग्छ। बाबुबाजेका पालादेखि जोगिँदै आएको सार्वजनिक जग्गा मासेर सीमित व्यक्तिहरूका लागि खेल खेल्ने स्वार्थ पूर्ति गरेको देख्दा उदेक लाग्छ।मानिसको चाप दिन/परदिन काठमाडौँकेन्द्रित हुँदैछ तर जमिन जो थियो पहिले अहिले पनि उही छ।

वातावरण र मानिसबीचको अन्तरसम्बन्ध सुमधुर राख्नका लागि मानव बस्तीको माझमा केही खुला ठाउँको जरुरत पर्छ। मानिसले सास फेर्दा फ्याँक्ने कार्बनडाइअक्साइड बोट बिरुवाले लिने र त्यसको साटो उनीहरूले अक्सिजन फ्याक्ने गर्छन्। जुन प्राणीमात्रका लागि बाँच्ने एकमात्र आधार हो। अतःवनस्पति जगत र मानिसका लागि हुर्कन, बढ्न र बाँच्नका निम्ति खुला क्षेत्र नितान्तआवश्यक पर्छ। प्रतिनिधिउदाहरणका रूपमागोकर्णेश्वर नगरपालिकास्थित वडा पाँचकै मात्र कुरा गर्ने हो भने पनि झसङ्ग हुनुपर्ने स्थिति देखिन्छ।

भइरहेको खुलाक्षेत्र मासेर कंक्रिटको जंगल निर्माण गरी वातावरणमाथि ठाडो हस्तक्षेप गरी स्थानीय जनमानसमा ध्वनि प्रदूषणका साथै प्राकृतिक सौन्दर्यसमेत नष्ट पारेर जनस्वास्थ्यमा गम्भीर चुनौती थप्ने काममा केही स्थानीय व्यक्ति लागिपरेका छन्। राजधानीकै सेरोफेरोमा मधुमेह, उच्च रक्तचाप जस्ता वातावरणजन्य रोगहरूले मुन्टो उठाइरहेको परिप्रेक्ष्यमा आवश्यक व्यायाम, खुला हावा, हरियाली क्षेत्रको उपभोग गर्न पाउने जनताको नैसर्गिक अधिकारमाथि खेलबाड भएको छ। स्थानीय जनप्रतिनिधिकै संलग्नतामा अर्घौतेश्वर मन्दिर परिसरको करिब ३ रोपनी सार्वजनिक जग्गा पूरै ढाकेर देख्दै उदेकलाग्दो अजङ्गको झण्डै सय फिट अग्लो टहरो निर्माण गरिएको छ। जसबाट टोल छिमेकका मानिसको घाम,पानी, हावाको उपभोग गर्न पाउने वातावरणीय अधिकारमाथिनै धावा बोलिएको छ।

प्रकाशित: १ जेष्ठ २०७६ १०:४८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App