१६ चैत्र २०८० शुक्रबार
विचार

जनजागरण कि?

बद्रीप्रसाद दाहाल 

 नेपालको लोकतान्त्रिक आन्दोलनको माऊ पार्टी नेपाली कांग्रेस यतिखेर पुनर्जीवनका लागि जनजागरण अभियानमा निस्कँदै छ । लोकतन्त्र दिवसका दिनलाई मानक बनाएर यही वैशाख ११ गतेदेखि देशव्यापी अभियान थाल्ने उद्घोष उसले गरेको छ । नेपालमा चलेका ठूला आन्दोलन र तिनबाट प्राप्त परिवर्तनमा नायक, वाहक तथा निर्णायक बनेको कांग्रेसले विगतमा सम्पन्न तीनै तहको निर्वाचनमा नराम्ररी पराजय बेहोर्न पुग्यो । जनतासँगको सुमधुर सम्बन्धबाट टाढिन पुगेको यो दल यतिखेर प्राविधिक रूपले निरीह प्रतिपक्षी बन्न पुगेको छ । बिपीको गतिशील चिन्तन, लौह पुरुष गणेशमानको साहस, किसुनजीको सादगीपन र थुप्रै सहिदको बलिदानको अतुलनीय वैभव बोकेको दल आज किन यो दशामा पुग्यो रु सर्वत्र चर्चाको विषय बनेको छ ।

जननायक बिपी कोइराला भन्थे– ‘चुनाव प्रजातन्त्रको मुख्य ध्यान हो । यसको प्रयोग जनताले राम्ररी गर्नुपर्छ । नत्र भने नेपालको भविष्य धमिलिने डर हुन्छ । प्रत्येकले आफ्नो स्वार्थ छाड्नुपर्छ । देशको उन्नति हाम्रो लक्ष्य हो, कांग्रेस संस्था हाम्रो साधन हो । हामी सेवक हौँ भन्ने भावना सबैको मनमा हुनुपर्छ । चुनावमा स्वार्थी व्यक्तिहरूलाई मौका दिनु हुँदैन । आपूmले टिकट नपाए स्वतन्त्र लड्छु भन्ने अहंकार नराखी गेरुवा रङको लुगा नलगाए पनि हामीले मनमा जोगीको जस्तो निष्काम प्रवृत्ति धारण गर्नुपर्छ ।’

बिपीका गुरुवाणीसँग हालको कांग्रेस कति अभ्यस्त छ रु वर्तमान नायकहरूको चिन्तन धरातल, नैतिक बल, जनतामा पुगेर उनीहरूको सुखदुःखमा घुलमिल हुने व्यावहारिकता कस्तो छ रु राज्यसत्तामा आसीन हुँदा गरेका जनप्रिय र अप्रिय कार्य के–के हुन् रु त्यसको लेखाजोखा गर्ने आत्मसमीक्षाको पाटो कस्तो छ रु कांग्रेसहरूले निर्मम भएर पुनरावलोकन गरेका छन् त रु विगतमा सम्पन्न चुनावमा पराजयको समीक्षा राम्ररी हुन सकेन । दोष र कमजोरी जति सबै अरूका टाउकामा थुपारेर आपूm पानीमाथिको ओभानो बन्ने सुतुर्मुर्ग चरित्रले कांग्रेस झन् कमजोर दल हुन गएको छ ।

‘लोकतन्त्र भनेकै आचरण र व्यवहार हो’ भन्ने गायत्री मन्त्र भुल्दा कांग्रेसले अकल्पनीय क्षति बेहोर्नुप-यो । अब पनि अहंकारमा रमाएर, इतिहासमात्र ठटाएर कांग्रेस उँभो लाग्दैन । दुई ठूला कम्युनिस्ट दल एक भए, पार्टीभित्र अन्तर्घात भयो, हामीले गरेका राम्रा कामको प्रचार गर्न सकेनौँ, टिकट सही व्यक्तिलाई परेन आदि इत्यादि फलाकेर कांग्रेस किमार्थ दरिलो बन्नेवाला छैन । वास्तवमा जनजागरण अभियान हैन, शीर्ष, उपशीर्ष, मझौला नेता तथा सक्रिय भनिएका कार्यकर्तामा पहिला जागरण आउन प-यो । हामी बल्ल ब्युँझियौँ, शुद्धि फि-यो, अब कसरी हाम्रो राजनीतिक यात्रा चलाउने रु जनता जनार्दन हो १ हामीलाई अर्ति बुद्धि र बाटो देखाउनोस्, यहाँहरूको आदेश मान्न सधैँ तयार छौँ भनेर आत्म जागृतिको भिक्षा माग्न पर्छ कांग्रेस नेता तथा कार्यकर्ताले । यतिन्जेल चर्तिकला हेरेर बसेको छ जनताका अन्तरचक्षुले । अब धाक, रबाफ, यसो र उसो गर्छु भनी बतासे गफ गरेर जनता झुक्किनेवाला छैनन् ।

यतिखेर दुईतिहाइको ओली सरकार सुशासन दिन नसकेर असफल बनिरहेको छ । राजधानीको केन्द्रमा रहेको सरकारी जग्गा सत्ताधारी दलकै उच्च ओहदाधारीले अतिक्रमण गरेको गम्भीर आरोप लागिरहेको छ । त्यसैगरी विद्युत् प्रधिकरणमा ८ अर्ब अपचलन भएको, बाइडबडी विमान खरिद काण्डको छानबिनमा ढिलाइ, बूढीगण्डकी आयोजनामा प्रतिस्पर्धा नगराउनु, निजगढ विमानस्थल निर्माणमा विलम्ब, निर्मला हत्याकाण्डको छानबिनमा उदासीन रहनु, संघीय शासनको नीतिअनुरूप प्रदेश र स्थानीय सरकारलाई अधिकार बाँडफाँडमा कन्ज्युस्याइँ गर्नु, प्रदेशहरूको नामकरण गर्न असमर्थ रहनु, राज्य शक्तिलाई प्रधानमन्त्रीमा केन्द्रीकृत गरी सर्वसत्तावाद अभ्यास थाल्नु कम हृदयविदारक कुरो हैन । यस्ता सयौँ कमजोरी र अराजक अहंकार बोकेको सरकारलाई नियन्त्रण गर्ने प्रतिपक्षीको नीति, रणनीति र कार्ययोजना खै रु संवैधानिक परिषद् र न्यायपालिकालाई समेत आफ्नो लाचार छाया बनाउन तम्सने यो सरकारको नांगो  नाच टुलुटुलु हेरेर आ–आफैँ झगडा प्रतियोगितामा सामेल भइरहने दुर्बुद्धिको अन्त्य कसरी गर्ने कांग्रेसले रु जनताको अन्तर्मनले सोधिरहेको छ । त्यसैले जनजागरण होइन, कांग्रेस जागरण अभियान गर्नु आजको आवश्यकता हो ।

कांग्रेसले तीन चरणको जनजागरण अभियानलाई ०७६ वैशाख ११ देखि भदौ २३ सम्म, भदौ २४ देखि पुस १५ सम्म,  पुस १६ देखि उता गरी तीन चरणमा बाँडेको छ । पार्टीलाई  पुनर्जीवन दिन गर्न लागिएको यो अभियान समयको आवाज पछ्याउने जमर्को हो । लोकतन्त्र दिवसबाट दलीय पुनर्जागरण थालनी गर्दै जननायकको जन्मजयन्तीमा पुग्दा उनको राष्ट्रियता, लोकतन्त्र र समाजवादको चुरो विचारको प्राणप्रतिष्ठा कांग्रेस दलभित्र गराएर अनि पुस १६ मा रष्ट्रिय एकता र मेलमिलाप ९आफ्नै दलभित्र र बाहिरी दलसँग पनि० बढाउने उद्देश्य निकै सुन्दर अभियान हो । भत्किएको, बिरामी परेको, आफ्नो दलको संस्कार र मूल्य बिरानो बनाएर लोकतान्त्रिक संस्कृतिसँग उठबस नगर्ने अभ्यासमा फसेको कांग्रेस सच्चिनेमा केही आशा पलाएको छ । अब पनि कांग्रेस ‘मनस्येकं वचस्येकं कार्यस्येकं महात्मनाम्’ अर्थात् मन, वचन र काममा एक भएर खट्ने महात्मा हो भन्ने सूत्र पछ्याएन भने पक्कै सकिने छ । आशा गरौँ, कांग्रेसले भांग्रेस हुनबाट जोगिएर आत्म जागरण, आदर्शको मापन, इतिहासको सिरानी राखेर वर्तमानलाई जीवन्त बनाउँदै पार्टीमा प्राण सञ्चार गर्नेछ । हैन भने लोकतन्त्रमा खतराको घण्टी बजिरहनेछ ।

प्रकाशित: ९ वैशाख २०७६ ०३:०१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App