७ वैशाख २०८१ शुक्रबार
विचार

तुष मेटिएको सन्देश

नेपाली कांग्रेसको महासमिति बैठक शंका र निराशाको संवेग पार गर्दै विश्वास र एकताको सन्देशकासाथ सम्पन्न भएको छ। पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी सभापति र आफूबीच अब कुनै पनि तुष नरहेको मन्तव्य सार्वजनिक गरेपछि एकताको सन्देश पार्टीका निम्ति ऊर्जा हुने आशा कांग्रेसहरूमा पलाएको छ। सभापति शेरबहादुर देउवाले समेत पार्टी एक भएको घोषणाका साथ अबका दिनमा तमाम सदस्य गोलबद्ध भएर संगठन निर्माणमा जुट्न र सर्वसत्तावादतर्फ उन्मुख वर्तमान सरकारका गलत कामविरुद्ध डटेर लाग्न आह्वान गर्नुभएको छ। पाँच दिनसम्म निर्धारित महासमिति बैठक विवादका कारण थप तीन दिन लम्बिँदा नेपाली कांग्रेसका सदस्यहरूमात्र नभएर लोकतन्त्रप्रति निष्ठा प्रकट गर्ने सबैमा एकप्रकारको संशय उत्पन्न भएको थियो।

यो संशयले उत्पन्न गरेको धमिलो पानीमा माछा मार्नेहरू कोही उपदेशात्मकरूपमा त कोही निर्देशनात्मकशैलीमा कांग्रेसजनहरूलाई प्रभावमा लिन निकै उत्सुक भइसकेका थिए। उनीहरूका ती उपदेशबाट कुनै तरंग पैदा नभएपनि उनीहरूको नियत स्पष्ट हुन पुगेको छ।

नेपाली कांग्रेसले न धर्मका विषयमा कुनै पुनरवलोकन ग-यो न कुनै विवादको भारी बोकाएर सदस्यहरूलाई घर फिर्ता ग-यो। गत साल सम्पन्न तीन तहको निर्वाचनमा भोग्नुपरेको पराजयलाई मुद्दा बनाएर सभापतिलगायत केन्द्रीय समितिलाई ताछ्ने छ भनी अपेक्षागर्नेहरू पनि निराश हुने स्थिति सिर्जना भयो। दुई वर्षपहिले जारी नेपालको संविधानका आधारमा आफ्नो विधानलाई थप समावेशी बनाउने निष्कर्षकासाथ पार्टीलाई चलायमान गराउने प्रतिबद्धता बोकेर सदस्यहरू घर फर्केका छन्। पाँचवटा प्रस्ताव सामयिक परिमार्जन गर्ने सुझाव र सहमतिसाथ सर्वसम्मतले पारित भएको जानकारी नेपाली कांग्रेसले दिएको छ।

नेपाली कांग्रेसको विधान सर्वाधिक प्रगतिशील बनेको देखिन्छ। कार्यसमितिको माथिल्लो तहमा विभिन्न जातीय र सामाजिक क्लस्टरबाट समेत निर्वाचनमार्फत पदाधिकारी चयन गर्ने, महिलाको संख्या प्रत्येक तहमा ३३ प्रतिशत हुनैपर्ने प्रत्याभूति विधानमा देखिन्छ। दलित, आदिवासी जनजाति, मुस्लिम, खस÷आर्य सबैको प्रतिनिधित्व सुनिश्चित गरिएको छ। धर्मनिरपेक्षातालाई सम्मान गर्दै धार्मिक स्वतन्त्रतालाई प्रत्याभूत गर्दा नेपाली कांग्रेसले धर्मान्तरण अर्थात् धर्म परिवर्तन अस्वीकार गरेको छ। धर्म परिवर्तनलाई संविधानले नै अपराधका रूपमा किटान गरेको छ। त्यसको कार्यान्वयन सरकारले कठोरतापूर्वक गर्नुपर्ने हुन्छ। धर्मको विषय नेपाली कांग्रेसमा उठ्नुको मूल कारण केही दिनपहिले नेपालको सरकार र प्रधानमन्त्री केपी ओलीले देखाउनुभएको अराजक व्यवहार नै हो।  सरकार र  प्रधानमन्त्रीले राष्ट्रको स्वाभिमानलाई समेत धरौटीमा राख्दै अत्यन्त विवादास्पद विदेशी संस्थालाई नेपालमा स्वागत गर्ने, पुरस्कार थाप्ने, आर्थिक सहयोग गर्ने, संसद् र सरकारको लोगोसमेत प्रयोग गरी स्थानीय सरकारका प्रमुख÷उपप्रमुखहरूलाई ज्याकेट दिने, हवाई यातायात सुविधा दिने, पत्नीसहित उपस्थित भएर आशीर्वाद ग्रहण गर्ने भनी जसरी एकप्रकारको ह्विप जारी गरियो त्यसबाट तीव्ररूपमा उत्पन्न प्रतिक्रिया हो धर्मको विषय।

सही अर्थमा हिजोका दिनमा कांग्रेसका अधिकांश नेता र सदस्य सत्ताको चास्नीमा नै डुबुल्की मारिरहेका थिए। अध्ययन गर्ने चासो उनीहरूमा भएन।

अहिले धर्मनिरपेक्षताको विषयका कारण विस्तारै नयाँ ध्रुवीकरणको प्रयास भइरहेको छ। तर नेपाली कांग्रेसले धर्मनिरपेक्षताको अर्थ धर्म परिवर्तन होइन र परम्परादेखि चलिआएको सनातन धर्म, संस्कृतिको संरक्षण गर्ने धार्मिक स्वतन्त्रता हो भनी स्पष्ट गर्दै यसैमा प्रतिबद्धता प्रकट गरेको छ। नेपालको सन्दर्भमा सनातनदेखि चलिआएका धर्म संस्कृति भन्नाले हिन्दु, किरांत, बौद्ध र ओमकार परिवार नै हुन्। ओमकार परिवारमाथि अहिले अतिक्रमण तीव्र भएको र खुलेआम धर्मपरिवर्तन गराउने काम भइरहेको हुनाले असन्तुष्टि पनि तीव्र हँुदैछ। लोकतन्त्रमा सबै धर्मलाई सम्मान गरिन्छ। सर्वधर्म समभाव भनिन्छ। तर एकाबिहानै साना नानीहरू सानासाना पर्चा बोकेर परमेश्वरले उपचार गर्छन्, रक्षा गर्छन् प्रार्थनामा आउनुहोस् भन्दै निमन्त्रणा गर्न लागेपछि मानिस विस्तारै क्रुद्ध हुन लागेका छन्। यो क्रोधले नेपाली समाजलाई फरक बनाउन लागिरहेको छ। राज्य र सरकार प्रमुख नै संविधानविरुद्ध धार्मिक, सांस्कृतिक अतिक्रमण गर्ने बाटोमा संलग्न भएको हुनाले यसले आगोमा घिउ थप्ने काम गरेको छ। आगो लाग्न नदिनु बुद्धिमानी काम हो।

नेकपाका अध्यक्ष पुष्पकमल दाहालले नेपालीकांग्रेसका सदस्यले उठाएको प्रश्नलाई लिएर भन्नुभएछ– स्वर्गमा पुगेका गिरिजाप्रसाद कोइराला र सुशील कोइरालालाई कांग्रेसीहरूले नर्कमा पु-याउने भए। उहाँले कांग्रेसलाई बिपीका विचार अध्ययन गर्ने सल्लाह पनि दिनुभएछ। गिरिजाप्रसाद र सुशील स्वर्गमैबसिरहून् भन्ने उहाँको कामनालाई सम्मान गर्नुपर्छ।  घोर माक्र्सवादी, भौतिकवादी दाहालको आध्यात्मिक रूपान्तरण हुनु नराम्रोहोइन। कुनै दिन उहाँले साम्राज्यविस्तार गर्न शत्रु राज्यका लाखौँ नागरिकको सर्वनाश गर्ने सम्राट अशोकसँगआफूलाई तुलना गर्नुभएको थियो। त्यति ठूलो नरसंहार गर्ने अशोक बौद्धमार्गमा लागेर महान् हुनपुगे। अहिंसा परमोधर्मलाई उनले अंगीकार गरे। आफ्नो सम्पूर्ण महŒवाकांक्षालाई अशोकले विसर्जन गरे र रगतले मुछिएको हातलाई ज्ञानको सागरमा लगेर पखाल्ने काम गरे। पुष्पकमल दाहालले पनि त्यसरी नै रक्ताम्य भएको आफ्नो हात पखाल्ने प्रतिज्ञा गरेका हुन्। यो अत्यन्त सम्मानजनक हो। तर स्वर्ग र नर्कमा समेत उहाँको विश्वास जाग्न थालेछ।

स्वर्ग र नर्कको वर्णन  पौराणिक किंवन्दतीमा पाइन्छ। पुराणहरूमा स्वर्ग र नर्कको अनेक वर्णन छ। धर्म गर्नेहरू स्वर्गमा र पाप गर्नेहरू नर्कमा पुग्ने कथा छ। गिरिजाप्रसादले देशलाई धर्म निरपेक्ष घोषणा गराएकामा र सुशीललाई त्यस घोषणको संस्थागत गर्ने काम गरेकामा स्वर्गका महाराजा इन्द्रले सोझै स्वर्गमा विराजमान गराएको विश्वास पुष्पकमलमा पलाउनु निकै रोचक भएको छ। कोइरालाद्वयमाथि धर्महरण गरेको महाभियोग सनातनीहरू लगाइरहेका छन् जसले स्वर्ग र नर्कको आविष्कार गरिरहेका छन्। यसका विपरित दाहाल भौतिकवादका अनुयायी भएको देखिएको थियो। तर अब उहाँ यिनै पुराणवाचकहरूका कथाहरूमा भर पर्न थाल्नुभएछ। नेपालका साम्यवादी, भौतिकवादीहरू सिद्धान्तमा जे भए पनि व्यवहारमा सबैभन्दा बढी धर्मभिरु देखिएका छन्। कुनै दिन नेपालका नेल्सन मन्डेला भनी ख्यातिप्राप्त मोहनचन्द्र अधिकारी आजभोलि नित्य कर्म र पाञ्चायन पूजा गरेर बस्न लागेको सुनिन्छ।

रत्नाकर डाकु वाल्मीकि ऋषिमा रूपान्तरित भएको कथा हाम्रै युगमा प्रमाणित भएको छ। दाहालले नेपाली कांग्रेसका सदस्यहरूलाई बिपी कोइरालाका विचार अध्ययन गर्न सुझाव दिनु राम्रो हो। जसलाई कांग्रेसले सकारात्मकरूपमा लिनु उपयुक्त हुनेछ। यसका लागि दाहाललाई धन्यवाद छ।अधिकांश कांग्रेसजनले राष्ट्रियता,लोकतन्त्र, समाजवाद, संघीयता र गणतन्त्रको विषयमा जानकारी नै लिएको देखिँदैन। इतिहासका विषय वा विचारकहरूका विचार अध्ययन गर्नु त निकै टाढाको कुरा हो। कांग्रेसको जगका इतिहास पुरुषहरू को हुन् भन्ने सामान्य ज्ञानका विषयमा पनि कांग्रेसको ठूलो पंक्ति अनभिज्ञ छ।

नेपाली कांग्रेसको सम्पन्न बैठकले कांग्रेसमा एकताको सन्देश प्रवाह गरेको छ र विपक्षीहरूमा निराशा सञ्चार गरिदिएको छ। आफूजस्तै होस् भनेर कामना गरिबसेका कमल थापाहरू र विवादको महाजालोमा अड्कियोस् भनेर कामना गरिरहेको नेकपानेतृत्वको सत्ता दुवैलाई महासमिति बैठकले जवाफ दिएको छ।

केही महिनापहिले काठमाडौँको वसन्तपुरमा लोकतान्त्रिक मेला आयोजना भएको थियो। त्यसमा नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी, राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी फोरम सहभागी थिए। नेपाली कांग्रेसको स्टलमा बिपीका, गणेशमानका, सुवर्णका, महेन्द्रनारायण निधी, किसुनजी, गिरिजाप्रसादसहित दिव्या कोइराला, मंगलादेवी सिंहसहित अनेक इतिहास पुरुष÷महिलाका तस्बिर राखिएका थिए। प्रदर्शनी हेर्न आएका २०४६ पछि नेपाली कांग्रेसको केन्द्रीय नेतृत्वमा बसेका, मन्त्री पटकपटक भएका र सबैले हात जोड्नुपर्ने केही नेताहरूले बिपीको तस्बिर नचिनेर भारतीय सिनेमाको कुनै हिरो हुनुपर्ने वा दिव्या कोइरालाको तस्बिर हेर्दै मीना कुमारीको पनि योगदान कांग्रेसमा रहेछ भनेर टिप्पणी गरेको खुद यस पंक्तिकारले नै सुनेको थियो। सही अर्थमा हिजोका दिनमा कांग्रेसका अधिकांश नेता र सदस्य सत्ताको चास्नीमा नै डुबुल्की मारिरहेका थिए। अध्ययन गर्ने चासो उनीहरूमा भएन। अहिले कमसेकम पाँच वर्षका लागि सत्ताबाहिर बस्ने अवस्थामा अध्ययन गरे भने निश्चय पनि सुखद हुनेछ। त्यसैले पनि यस सुझावकालागि दाहाललाई धन्यवाद छ।

नेपाली कांग्रेसको सम्पन्न बैठकले कांग्रेसमा एकताको सन्देश प्रवाह गरेको छ र विपक्षीहरूमा निराशा सञ्चार गरिदिएको छ। आफूजस्तै होस् भनेर कामना गरिबसेका कमल थापाहरू र विवादको महाजालोमा अड्कियोस् भनेर कामना गरिरहेको नेकपानेतृत्वको सत्ता दुवैलाई महासमिति बैठकले जवाफ दिएको छ। अब कांग्रेस संगठनका लागि योजनाबद्धरूपमा जनतासमक्ष पुग्नुपर्ने देखिन्छ। संसदीय पद्धतिको सूत्र हो– बहुमत आए सरकार चलाउने अल्पमतमा परे संगठन बिस्तार गर्ने। नेपाली कांग्रेसलाई नागरिकले सरकार चलाउने मत दिएनन् तर उनीहरूको आदेश छ, कांग्रेसजन गाउँमा पुगेर संगठन बिस्तार गर। महासमितिको मूल मर्म र सन्देश पनि यही नै हो।

प्रकाशित: ११ पुस २०७५ ०३:०१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App