८ वैशाख २०८१ शनिबार
विचार

गुट सभापति

गुटपरस्त चिन्तन, यथास्थितिवादी दृष्टिकोण र सुस्त कार्यशैलीका कारण पार्टी पंक्तिभित्र गम्भीर आलोचना खेप्दै आएका प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको विधानअनुसार आफूले मनोनयन गर्न पाउने पार्टीका एक÷एकजना उपसभापति, महामन्त्री र सहमहामन्त्रीको पदमा क्रमशः विमलेन्द्र निधी, पूर्णबहादुर खड्का र प्रकाशशरण महतलाई मनोनीत गरेका छन् । उनले विधानतःपार्टीका ३ उच्च पदााधिकारीको यो मनोनयन सभापतिको पदमा निर्वाचित भएको २ महिनाभित्र गरिसक्नुपर्ने थियो ।प्रतिद्वन्द्वी रामचन्द्र पौडेललाई ५ सयभन्दा बढी मतले पराजित गरेर पार्टी सभापति पदमा निर्वाचित देउवालाई यो सानो काम पूरा गर्न पूरै २६ महिना लाग्यो । यसले उनको कमजोर नेतृत्वक्षमता र इच्छाशक्तिको पोल राम्रैसँग खोलिदिएको छ । साथै, देउवाविगत २६ महिनाको अवधिमा कांग्रेस सभापतिका रूपमा जसरी प्रस्तुत भएका छन् त्यसले,कांग्रेसीहरूलाई, दैव दाहिना भएभने कुनै टट्टुले पनिठूलोभन्दा ठूलो पद पाउन सक्छतर कालान्तरमा उसले त्यस पदको गरिमा धान्न सक्छ भन्ने कुराको ग्यारेन्टीचाहिँ कसैले पनि गर्न सक्दैन भन्ने तŒवबोध गराइदिएको छ ।

एकपटक नेपाली कांग्रेसको सभापति भइछाड्ने महŒवाकांक्षाको हुट्हुटी बोकेर पार्टीमा आफ्नो स्थिति बलियो बनाउने उद्यम गर्दै आएका देउवा आफ्नो क्षमताले भन्दा पनि अन्य कारणले सभापति र ५ पटक देशको प्रधानमन्त्री बन्न पुगेको देखिन्छ ।

एकपटक नेपाली कांग्रेसको सभापति भइछाड्ने महŒवाकांक्षाको हुट्हुटी बोकेर पार्टीमा आफ्नो स्थिति बलियो बनाउने उद्यम गर्दै आएका देउवा आफ्नो क्षमताले भन्दा पनि अन्य कारणले सभापति र ५ पटक देशको प्रधानमन्त्री बन्न पुगेको देखिन्छ । पार्टी सभापतिको पदका लागि७२ फागुनमा भएको चुनावमा उनकाप्रतिद्वन्द्वीको कमजोर अवस्थाका कारण उनले जितेका थिए । तर नेतृत्व हातमालिएका क्षणदेखि नै उनका नैसर्गिक कमजोरी र अयोग्यता ढाकछोप नै नहुने गरी छताछुल्ल हुन थाले । पहिलो कुरो त उनले नेपाली कांग्रेसको सभापति हुनुको महŒव नै बुझ्न सकेनन् । पार्टीको ऐतिहासिक विरासत र राष्ट्रिय राजनीतिमा त्यसले दिनुपर्ने योगदानलाईआत्मसात् गर्ने चेष्टा पनि उनले कहिल्यै गरेनन् । पार्टीविधान र परम्पराले अत्यन्तै शक्तिशाली बनाएको नेपाली कांग्रेसका सभापतिले आफ्नो महान् जिम्मेवारी सुहाउने ढंगमा हाँकेर लगी त्यसको ऐतिहासिक गौरवको पुनस्र्थापना गर्न कुनै अभिरुचि देखाएका छैनन् । उनले त पार्टी विधान एकातिर थन्क्याएर आफ्नी पत्नीको वरिपरि जम्मा भएको परजीवी प्रवृत्तिका चाप्लुसहरूको सानो समूहको स्वार्थअनुरूप पार्टी हाँक्दै आएका छन् । सभापतिका हैसियतले उनले गर्नुपर्ने कतिपय निर्णय समयमा गर्न नसक्नुको मुख्य कारण त्यही समूहको दबाब हो भन्ने बुझ्न गाह्रो पर्दैन ।  
नेपाली कांग्रेसको सभापतिका रूपमा गर्नुपर्ने अरु पनि केही महŒवपूर्ण काम छन् जसलाई देउवाले अझै असरल्ल छाडिदिएका छन् । पार्टीको नीति र कार्यक्रमअघि बढाएर लैजान गठन गर्नुपर्ने भनी पार्टी विधानले किटान गरिदिएका ४२ वटा विषयगत विभागहरू बनाउन उनले कुनै पहल गरेका छैनन् । सभापतिले मनोनीत गर्न पाउने केन्द्रीय सदस्यमध्ये अधिकांश पूर्ति गरे पनि ४ स्थान किन हो अझै रिक्त नै राखेका छन् । पार्टी सभापतिका हैसियतले गर्नुपर्ने यस्ता नियुक्तिका लागि देउवाले अरु कति महिना लगाउने हुन् अथवा पूर्ववर्ती सभापति सुशील कोइरालाका पालामा जस्तै यिनको कार्यकाल पनि पार्टीका विषयगत विभाग गठन नै नभई बित्ने हो, भन्न सकिँदैन । गिरिजाप्रसाद कोइरालाका पालादेखि बसेको सभापति पार्टीको विधानभन्दा माथि सर्वेसर्वा हुने परिपाटीलाई वर्तमान सभापति देउवाले थप सुदृढ बनाइदिएकामात्र हुन् । अधिनायकवादी सोच र शैली भएका गिरिजाप्रसादले पार्टीलाई कोइराला परिवारको नियन्त्रणमा रहने प्राइभेट लिमिटेड कम्पनीका रूपमा चलाउने प्रयास गरेर देउवालाई जुन नेतृत्व शैलीमा दीक्षित गराइदिएका थिए आजको नेपाली कांग्रेसको सञ्चालन विधिमा सोही दीक्षा प्रतिविम्बित छ भन्दा अत्युक्ति हुँदैन । 
सभापति देउवाले पार्टीका ३ शीर्ष पदमा मनोनीत गरेका तीनैजना नेता पार्टीको आन्तरिक शक्ति संघर्षमा सधैंँ उनलाई साथ दिएका निकटतम् सहयोगी हुन् । उपसभापतिको पदमा मनोनीत विमलेन्द्र निधी र महामन्त्रीमा मनोनीत पूर्णबहादुर खड्का दुवैको राजनीतिक संघर्षको लामो र प्रभावशाली इतिहास छ । कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघको कार्यकर्ताका रूपमा राजनीतिमा प्रवेश गरेका निधी र खड्का कालान्तरमा सोही छात्र संगठनको सभापति र उपसभापति पनि भए । नेपाल विद्यार्थी संघबाट बढुवा भई कांग्रेसको मूल संगठनमा प्रवेश गरेपछि पनि यी दुई नेता पार्टीको केन्द्रविन्दुमै रहँदै आएका छन् । देशमा लोकतन्त्र पुनस्र्थापनाका लागि कांग्रेसलेसञ्चालन गरेका हरेक आन्दोलनमा यी दुवैको सक्रिय सहभागिता छ । विमलेन्द्रसँग नेपाली कांग्रेसका पूर्वमहामन्त्री, विख्यात गान्धीवादी नेता महेन्द्रनारायण निधीको गौरवशाली उत्तराधिकार पनि छ । पूर्णबहादुर खड्का कुनै महŒवपूर्ण राजनीतिक विरासत भएको पारिवारिक पृष्ठभूमिबाट आएका त होइनन् तर उनले लोकतन्त्रप्रतिको अप्रतिम निष्ठा, लगन, सकारात्मक सोच, स्वच्छ आचरण र आवश्यक परेका खण्डमा त्याग पनि गर्नसक्ने नैतिक साहसका बलमा नेपाली कांग्रेस वृत्तमा मात्र होइन, राष्ट्रिय राजनीतिक परिदृष्यमा समेत आफ्नो व्यक्तित्वको राम्रो छाप छाडेका छन् । 
सहमहामन्त्रीको पदमा मनोनीत गरेका प्रकाशशरण महतको महत्ता, योग्यता, क्षमता र लोकतान्त्रिक आन्दोलनमा यिनले गरेको योगदानबारेभने अहिलेसम्म खासै धेरै कुरा थाहा हुन सकेको छैन । कुनै बेला यिनी पनि नेपाल विद्यार्थी संघका कार्यकर्ता थिए तर नेपाली कांग्रेसले तत्कालीन निरंकुश पञ्चायत व्यवस्थाविरुद्ध छेडेको आन्दोलनका समयमा अमेरिकाको कुनै विश्वविद्यालयमा पिएचडी गर्दै थिए भन्नेसम्म थाहा छ सबैलाई । पछिल्लो समयमा कांग्रेसको दशा र दिशाका बारेमा चासो राखेर हेर्नेहरूले भन्ने गरेका छन्– त्यस पार्टीमा शेरबहादुर देउवा अथवा प्रकारान्तरमा आरजु राणा देउवाको वर्चस्व कायम भएपछि अधिकतम् फाइदा लिन भ्याएका मुठ्ठीभर मान्छेमा पनि अन्यतम् हुन् यी प्रकाशशरण । अमेरिकाबाट फर्किए लगत्तैदेखि अहिलेसम्म पनि यिनीमाथि देउवा दम्पतीको कृपादृष्टि अटुटरूपमा परिरहेकै छ । त्यसो हुनु के थियो, धन र मान यिनको पछि लागेको लाग्यै छन् । यिनी समानुपातिक प्रणालीबाट २ पटक सांसद भए । ऊर्जा र परराष्ट्र जस्ता महŒवपूर्ण विभागका मन्त्री भए । देउवा दम्पतीका लागि अपरिहार्य जस्ता देखिएका छन् यिनी ।
नेपाली कांग्रेसको छवि निकै नै धुमिल भएको अवस्था छ अहिले ।जन्मकालदेखि नै आमनेपाली जनताको भावना र चेतनाको सच्चा प्रतिनिधि रहँदै आएको त्यो ऐतिहासिक दल अहिले जनताबाट अचानक टाढिएको जस्तो देखिएको छ । सर्वसाधारण नेपाली जनताको पार्टीप्रतिको विश्वास र भरोसामा व्यापक स्खलन आएर नै हुनुपर्छ, कांग्रेसले गत वर्षस्थानीय तह, प्रादेशिक र केन्द्रीय संसद् गरी३ वटै निकायका लागि भएका चुनावहरूमा ठूलो हार बेहोरेको छ । देशको विधि र नीति निर्माणका साथै शासकीय प्रणाली सञ्चालनको अभिभारा लिने ती तीनै तहका संवैधानिक संस्थामा नेपाली कांग्रेसका प्रतिनिधिहरूको उपस्थिति यति सानो संख्यामा खुम्चिएको छ कि ती संस्थाले गर्ने नीति निर्माण र कार्यव्यापारमा सार्थक हस्तक्षेप गर्न सक्ने अवस्थामा छैन कांग्रेस अहिले । यस्तो अप्ठ्यारो अवस्थामा पुगेको नेपाली कांग्रेसले आफ्ना हरेक कदम आफ्नो स्थिति र सामथ्र्यको सही आकलन गर्दै संवैधानिक निकायहरूमा आफ्ना कुरा सुनिने अवस्था छैन भनेजनसरोकारका मुद्दालाई लिएर सोझै जनतामा जाने रणनीति बनाउनु उपयुक्त देखिन्छ । त्यसका लागि अत्यावश्यक र अन्यतम् सर्त हो– पार्टीभित्र सुदृढ एकताको प्रत्याभूति । विडम्बनाको कुरो, आजको घडीमा नेपाली कांग्रेस नामक त्यस विख्यात संगठनमा केही कुराको अभाव छ भने एकता नै हो ।
नेपाली कांग्रेस अहिले विभाजित मनस्थितिमा छ । चुनावमा भएको हारको जिम्मेवारी कसले लिने भन्ने विषयदेखि पार्टी प्रमुख र प्रधानमन्त्री दुवै हैसियतमा देउवाबाट भएका आलोच्य कामले त्यस दलमा रहेका वैचारिक मतभिन्नता थप फराकिलो भएका छन् । यस्तो खराब स्थितिमा पार्टीभित्र एकताको भावना सुदृढ बनाउन सजिलो छैन । तर त्यसलाई असजिलो मानेर पन्छाउन पनि मिल्दैन । एकताको सूत्रधारका रूपमा काम गर्नुपर्ने पार्टी सभापतिले नै हो । तर सभापति आफैँं एकता चाहन्छन् कि चाहँदैनन् त्यो नै अस्पष्ट छ । विडम्बना त के भएको छ भने आजको कांग्रेसको सबैभन्दा ठूलो समस्या वा दायित्व सभापति शेरबहादुर स्वयम् भएका छन् । देउवा त्यो विशाल लोकतान्त्रिकपार्टीको नेतृत्व लिन योग्य र सक्षम छैनन् भन्ने कुरा उनी सभापति भएयता भएका अनेक घटनाले प्रमाणित गरिसकेका छन् । तर उनी सत्यको यो तीतो प्याला पिउन तयार छैनन् । उनले पार्टीभित्रको प्रतिपक्षलाई दबाएरै अघि बढ्ने मनस्थिति बनाएको कुराको जनाउ दिन पार्टीका ३ शीर्ष पदाधिकारीको मनोनयन गर्दा रामचन्द्र पौडेलहरूलाई हाँक दिएझैं तीनैजना आफ्नै गुटबाट मात्र गरेका छन् । सभापतिको यो कदम अरु जेसुकै भए पनि पार्टी एकताका लागि गरिएको उदार चेष्टा त हुनै सक्दैन । लाग्छ, देउवा ‘म त डुब्छु डुब्छु, मितज्यूलाई पनि सँगै लिएर डुब्छु’ भनेर कांग्रेसलाई ध्वस्त पार्न लागिपरेका छन् । 

प्रकाशित: २७ वैशाख २०७५ ०३:२६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App