२३ फाल्गुन २०७७ आइतबार
विचार

प्रकृतिमाथिको प्रहार

सृष्टिकर्ताले प्रकृति र पुरुष अर्थात महिला र पुरुषको सुन्दरतम संयोग सिर्जना गरेको छ । महिलाबिनाको संसार या त पुरुषबिनाको संसारको कल्पना गरौँ त ? असम्भव । हामीले चाहेर कहाँ हाम्रो जन्म भएको छ र ? अस्तित्वको कृपाबिना त पात पनि हल्लिन्न । महिला र पुरुषबीचको स्वाभाविक र प्रकृतिगत भिन्नता, रात र दिन, सूर्य र चन्द्र जस्तै महिलाको प्रेमल र पुरुषको महŒवाकांक्षाको स्वभावगत भिन्नताले त यो सुन्दरता, मिठास, रस, स्वाद, शान्ति, भक्ति, प्रेम, ध्यान, हाँसो, खुसी जीवनका सबै आयामलाई प्रकृति र पुरुषले रंगीन बनाएका छन् ।
मनुष्य अस्तित्वको सबैभन्दा श्रेष्ठतम प्राणी किनकि मनुष्य हाँस्न, रुन, बोल्न, खुसी हुन र विवेक प्रयोग गर्न सक्छ जुन गुण अरु सबै प्राणीले पाएका छैनन् तर विडम्बना, त्यही विवेकशील मानिसद्वारा आज प्रकृतिमाथि हिंसा गर्ने प्रवृत्ति बढ्दो छ । सक्नेसम्म महिलाको अस्तित्व र आत्मसम्मानलाई खण्डित गर्न लागिपरेको हुन्छ । महिलालाई शारीरिक, मानसिक, सामाजिक, यौनिक वा अन्य कुनै प्रकारले हानि÷नोक्सानी पु¥यांएर आफू सन्तुष्ट हुन चाहन्छ  डर, धम्की, त्रास देखाएर आफ्नो प्रभुत्व जमाउन चाहन्छ । यही प्रवृत्ति नै हिंसाको रूप हो जसले महिलाको मानव अधिकार हनन गर्न पुगेको छ ।
१६ दिने महिला हिंसाविरुद्धको अन्तर्राष्ट्रिय अभियान विश्वभर मनाउँदै आएको २६ वर्ष भइसकेको र नेपालमा पनि यसले निरन्तरता पाउन थालेको धेरै वर्ष भइसकेको छ । यस वर्ष पनि ‘महिलामाथि हुने हिंसा अन्त्य गरौँ ः कोही महिला पछाडि नपरुन्’ भन्ने नाराका साथ यो अभियानलाई निरन्तरता दिइँदैछ । सभ्यताको आधार प्रकृति हो । प्रकृतिबिनाको सभ्यता पानीबिनाको माछाझैँं सुक्खा मृतप्रायः हुन्छ । पौराणिक कालदेखि दुर्गा शक्ति, लक्ष्मी, सम्पन्नता जस्ता विशेषले सम्बोधित र सम्मानित महिला अस्तित्वलाई आजको आधुनिक मनस्थितिले हिंस्रक र संहारको संघारमा धकेलेको छ । मानिसको मनस्थितिमा सकारात्मकभन्दा नकारात्मक प्रवृत्तिले स्थान लिएको छ । अन्यथा बर्सेनि बढ्दै गएका हिंसाका अनेक रूप र समाचार छापामा आउँदैनथे होला ।
मानिसमा प्रेमको खडेरी परेपछि हिंसारूपी धुलो उड्न थाल्छ । हृदयबाट निस्कने प्रेम चाहिने मानिसलाई कानुनको सहायता र धम्कीले सुधार्न कदापि सकिँदैन । मानव हृदयबाट निस्कनुपर्ने संवेदना र करुणा प्रष्फुटन हुन नपाएपछि कागजको पानामा उल्लेख गरिने कानुनले कसरी हृदयमा प्रेम जगाउन सकोस् ? त्यसो नहुँदो हो त १९९५ को बेइिजङ सम्मेलन, १९९४ को जनसंख्या तथा विकाससम्बन्धी सम्मेलन, महिलामाथि हुने सबै प्रकारका भेदभाव उन्मूलन महासन्धिको जिआर १९ जस्ता अन्तर्राष्ट्रिय सम्मेलनबाट पारित दस्तावेजमा महिला हिंसा अन्त्य नै गरिने प्रतिबद्दता जनाउँदासमेत हिंसा घट्नुको सट्टा रूप फेरिएर समाजमा प्रष्फुटन हुँदैनथे होला । परिवर्तन कानुनबाट होइन, व्यवहारबाट हुनुपर्छ । मानिसमा जबसम्म व्यावहारिक शिक्षाको ज्ञान हँुदैन तबसम्म बाहिरको आन्दोलनले, बाहिरको प्रयासले हिंसा  र अराजकता निर्मूल हुने छैन ।
मानिसमा भित्रबाट ज्ञान नखुल्दासम्म, उसको आचरण, बानी, व्यवहारमा परिवर्तन आउँदैन । त्यसैले प्रेमपूर्ण घर, प्रेमपूर्ण समाज निर्माण हुनसके मात्र राष्ट्रले शान्ति पाउँछ । मानिस स्वयं शान्त प्राणी हो । शान्ति उसको स्वभाव हो । शान्ति मानिसभित्रै छ । मानिस बाहिर भड्किरहेको छ, बाहिर खोजिरहेको छ, शान्ति कसैमा खोज्दैछ, प्रेम, प्रतिष्ठा कसैबाट पाउन चाहन्छ । त्यसैको परिणाम आज समाज र राष्ट्रले भोग्दैछ । यो कुराको ज्ञान व्यक्ति÷व्यक्तिमा,  हाम्रो घर÷घरमा नआउँदासम्म हिंसा कायम नै रहनेछ । आज हाम्री घरकी आमामात्र हिंसामा परेकी छैनन्, हाम्री जननी जन्मभूमिमाथि पनि यही हिंसा भइरहेको छ । महिलाका लागि एक हिंसामुक्त संसार सिर्जना गरिदेऊ भन्ने आवाजमात्र होइन, हाम्री जननी जन्मभूमिलाई पनि हिंसामुक्त गरिदेऊ भन्ने आवाज उठाउनुपरेको छ किनकि प्रकृतिलाई जोगाउनुपरेको छ ।

प्रकाशित: १० मंसिर २०७४ ११:५३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App