२४ श्रावण २०७७ शनिबार
विचार

उम्मेदवार चयनमा ध्यान दिनुपर्ने पक्ष

प्रतिनिधिसभा र प्रदेशसभाको आगामी निर्वाचनमा उम्मेदवार बन्न प्रमुख  दलमा आकांक्षीको जुन लर्को लागेको छ, त्यसमा अधिकांश स्थानबाट पुरानै अनुहार दोहोरिनु विडम्बनापूर्ण हो । सांसदमा पुरानै अनुहार आउनुहुँदैन भन्ने होइन तर कुनै योगदानबिना एउटै व्यक्ति पटकपटक दोहोरिनुको अर्थ पनि छैन । विगतमा उनीहरूले गरेको योगदानका आधारमा मूल्याङ्कन हुनुपर्नेमा एकपटक सांसद भएपछि सधैं हुनुपर्ने जुन योग्यता र मापदण्ड निर्धारण गर्ने प्रयास भएको छ, त्यो कुनै पनि हिसाबले जायज छैन । तर प्रमुख दल नेपाली कांग्रेस, एमाले, माओवादी केन्द्रदेखि अन्य साना राजनीतिक दलमा समेत उम्मेदवार सिफारिस हुँदा नयाँले भन्दा पुरानैले प्राथमिकता पाएका छन् । त्यतिमात्र होइन, स्थानीय समिति÷कमिटीले निश्चित संख्यामा उम्मेदवार सिफारिस गर्नुभन्दा पनि पुराना अनुहारसँगै नयाँ आकांक्षीको नाम थपेर भीड जम्मा गरिदिएका छन् । नयाँ अनुहारलाई यसरी सूचीमा समावेश गर्नु देखावटी क्रियाकलापमा मात्रै सीमित भएको छ । एउटै क्षेत्रमा ५६ जनासम्म आकांक्षीको नाम पठाउनुले पनि सिफारिसका लागि कुनै मापदण्ड तय नभएको प्रस्टै देखिन्छ ।

राजनीतिक दलले पुरानै अनुहारका नेतालाई फेरि पनि सांसदको उम्मेदवारका रुपमा दोहो¥याउन खोज्नु नयाँ नेतृत्वको विकासक्रमलाई रोक्नु हो । सधैं एउटै व्यक्तिलाई दोहो¥याइरहने वा अवसरको केन्द्रीकरणमात्रै गरिरहने हो भने राजनीतिमा नयाँ नेतृत्व विकास हुन सक्दैन । त्यसैले पनि यो पक्षमा ध्यान दिँदै राजनीतिक दलले उम्मेदवारी चयन गर्न आवश्यक छ ।


राजनीतिक दलले एक क्षेत्रबाट तीनजनाको मात्रै नाम पठाउन निर्देशन दिए पनि जिल्ला समितिले त्यसअनुसार काम गर्न सकेका छैनन् । एकातिर आकांक्षी धेरै छन् भने अर्काेतिर अहिले गठबन्धन र तालमेल गर्ने क्रममा अधिकांश पार्टीको उम्मेदवारी संख्या अझै घट्ने देखिन्छ किनकि तालमेल गरेपछि एकले अर्काेलाई स्थान छाड्नुपर्ने हुन्छ । त्यसमाथि राजनीतिक दलको चुनावी तालमेलका कारण पुराना अनुहार चुनाव जितिने भन्दै हौसिएका मात्रै छैनन्, यो अवस्थामा उनीहरू आफ्नो ‘स्पेस’ छाड्न पनि तयार छैनन् । यसरी राजनीतिक दलले पुरानै अनुहारका नेतालाई फेरि पनि सांसदको उम्मेदवारका रुपमा दोहो¥याउन खोज्नु नयाँ नेतृत्वको विकासक्रमलाई रोक्नु हो । सधैं एउटै व्यक्तिलाई दोहो¥याइरहने वा अवसरको केन्द्रीकरणमात्रै गरिरहने हो भने राजनीतिमा नयाँ नेतृत्व विकास हुन सक्दैन । त्यसैले पनि यो पक्षमा ध्यान दिँदै राजनीतिक दलले उम्मेदवारी चयन गर्न आवश्यक छ ।
प्रतिनिधिसभा र प्रदेश सभामा आकांक्षी सबैको नाम सिफारिस गर्दा उम्मेदवार चयनमा अप्ठ्यारो हुने भएको छ । एकातिर स्थानीय तहमा बसेर काम गरेका स्थानीय नेता आकांक्षी छन् भने अर्काेतिर विगतमा चुनाव जितेका वा प्रतिस्पर्धा गरेका केन्द्रीय तथा उच्च नेता नै फेरि पनि सांसद बन्न लालायित छन् । स्थानीय नेता मतदातामाझ लोकप्रिय छन् भने केन्द्रीय नेता पार्टीका शीर्ष नेतासँग निकट छन् । यस अवस्थामा उम्मेदवार छनोट गर्दा स्थानीय स्तरमा पकड भएका अनुहार रोज्ने वा पुरानै अनुहारलाई दोहो¥याउने भन्ने सबालमा दलहरू आफैं पनि अप्ठ्यारोमा छन् । त्यतिमात्र होइन, राजनीतिक दलले व्यापारिक तथा व्यावसायिक पृष्ठभूमिका व्यक्तिलाई समेत सांसद पदको उम्मेदवारमा सिफारिस गरेका छन् । यस्ता व्यक्ति दलहरूलाई आर्थिक हिसाबले भरथेग गर्नेमा पर्छन् । त्यसैले पार्टीका इमानदार नेता तथा कार्यकर्ता छान्ने वा नेता तथा पार्टीलाई आर्थिक हिसाबले सहयोग गर्ने व्यापारी÷व्यवसायी रोज्ने भन्ने अप्ठ्यारो पनि दलहरूका लागि उत्तिकै छ । यस अवस्थामा राजनीतिक दलबाट इमानदार नेता तथा कार्यकर्तालाई पन्छाएर व्यापारी÷व्यवसायीलाई काखी च्याप्ने काम भयो भने त्यसले राजनीतिप्रति नै वितृष्णा बढाउनेछ ।
आगामी प्रतिनिधिसभामा समेत पुरानै अनुहारले आँखा लगाएपछि स्थानीय नेताको व्यवस्थापनमा समस्या देखिएको छ । अहिले प्रदेश तहमा धेरै आकांक्षी देखिनुको एउटा प्रमुख कारण यो पनि हो । संघीय संसद्मा विगतमा सांसद र मन्त्री भइसकेका पुराना नेताले दाबी गरेपछि अन्य नेता प्रादेशिक संसद्मा चुनिन खोजेका हुन् । त्यसले गर्दा पनि प्रदेश सभाका आकांक्षी प्रायः सबै पार्टीमा ठूलो संख्यामा देखिएका छन् । र, प्रादेशिक सांसद हुन खोज्ने यो भीडलाई व्यवस्थापन गर्नु दलका लागि मुख्य चुनौतीको विषय हो । जस्तो कि झापामा एमाले, कांग्रेस, माओवादीलगायतका दलले प्रतिनिधिसभाको अधिकांश क्षेत्रमा एकएकजनाको नाम सिफारिस गरे पनि प्रदेशका लागि भने ठूलो संख्यामा सिफारिस भएका छन् जसको व्यवस्थापन यतिखेरको मुख्य चुनौती हो ।
जे होस्, दलहरूले २०४८ सालको आमनिर्वाचन, २०५१ सालको मध्यावधि र २०५६ सालको संसदीय निर्वाचनदेखि २०६४ सालको पहिलो संविधानसभा निर्वाचन र २०७० को दोस्रो संविधानसभा निर्वाचनमा प्रतिस्पर्धी बनेका नेतालाई नै पुनः उम्मेदवार बनाउने विषयले राजनीतिक नेतृत्वको विकास हुन सक्दैन । स्थानीय तहदेखि केन्द्रीय राजनीतिमा योगदान गरेका कतिपय नेता दोहोरिए पनि विगतमा निर्वाचन जितेका वा प्रतिस्पर्धा गरेका अधिकांश नेतालाई फेरि पनि जेजसरी दोहो¥याउन खोजिएको छ, त्यो कुनै हिसाबले पनि जायज हुन सक्दैन । त्यसैले दलहरूले आगामी निर्वाचनमा स्थानीय स्तरमा जनताबीच लोकप्रिय र विकास गर्न लालायित अनि इमानदार नेतालाई उम्मेदवार बनाउनुपर्छ । भ्रष्टाचारको आरोप लागेका वा विगतमा विभिन्न पदमा रहँदा अलोकप्रिय निर्णय लिएका, जनताबीच अलोकप्रिय भएका नेतालाई जुन दलले उम्मेदवार बनाउनेछ, त्यो स्वयं त्यही दलका लागि महँगो साबित हुनेछ । त्यसैले पनि दलहरूले यो पक्षमा ध्यान दिनैपर्छ ।

प्रकाशित: २३ आश्विन २०७४ ०९:५७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App