१६ चैत्र २०८० शुक्रबार
विचार

के हो ए-लेभल

विश्वव्यापीकरणमा धेरै कुराले असर पारिरहेका हुन्छन्। तीमध्ये शिक्षा पनि एक हो। नेपालको शिक्षा प्रणालीलाई दुई वर्गमा विभाजित गरिएको छ। कक्षा १० सम्मको शिक्षालाई माध्यमिक तहको शिक्षा र १२ सम्मलाई उच्चमाध्यमिक शिक्षा भनिन्छ। विद्यार्थी कक्षा दश उत्तीर्ण भएपछि केही नयाँनयाँ कुराको खोजीमा हुन्छन् अर्को शब्दमा भन्नुपर्दा विद्यार्थीलाई नयाँ कुरामा ज्ाोश र जाँगर बढी हुन्छ। फलस्वरूप उनीहरू कोही नेपाल सरकारअन्तर्गतको एचएसइबीमा विज्ञान, व्यवस्थापन, मानविकी आदि विषयमा अध्ययन गर्छन् भने कोही अन्तर्राष्ट्रिय मापदण्डअन्तर्गतका ए लेभल, आइवि वा प्राविधिक शिक्षा जस्ता विकल्प ख्ाोज्न थाल्छन्।

अहिलेको समयमा ए लेभल बढ्दो आकर्षणका रूपमा पाइएको छ। अन्तर्राष्ट्रिय स्तरको यो क्याम्ब्रिज अन्तर्राष्ट्रिय परीक्षा क्याम्ब्रिज जिसिइ ए–लेभल हो। सरलरूपमा भन्नुपर्दा प्लस २ स्वदेशको कोर्स हो भने ए लेभल अन्तर्राष्ट्रिय कोर्स हो।

ए लेभल सन् १९५१ मा सुरु भएको क्याम्ब्रिज युनिभर्सिटीको कोर्स हो। प्लस २ जस्तै यो कोर्स पनि दुई वर्षकै हुन्छ। पहिलो वर्षलाई ए एस र दोस्रो वर्षलाई ए टु भनिन्छ। ए लेभलमा ७० वटा विषय हुन्छन्। विद्यार्थीले ती विषय आफ्नो इच्छाअनुसार छान्न पाउँछन्। त्यसमा पनि ए लेभल पूरा गर्नका लागि विद्यार्थीले ४ विषयमा परीक्षा उत्तीर्ण गर्नुपर्ने हुन्छ तर विद्यार्थीले चाहेको अवस्थामा थप विषयमा परीक्षा दिन सक्छन्। ए लेभलको अर्को महत्वपूर्ण विशेषता भनेको विद्यार्थीले आफ्नो रुचिअनुसार अलगअलग कार्यक्रमको विषय जस्तो कि विज्ञान संकायका विद्यार्थीले व्यवस्थापनको एकाउन्ट पढ्छु भन्दा उसलाई रोकावट हँुदैन। विद्यार्थीलाई ७० वटा विषयमध्ये जुनसुकै पनि छानेर पढ्ने स्वतन्त्रता क्याम्ब्रिज विश्वविद्यालयले दिएको छ।

एड्भान्स लेभल कोर्सलाई नेपालको सबै विश्वविद्यालयका साथसाथै विश्वका धेरै शैक्षिक संस्थाबाट मान्यता प्राप्त छ। यो कोर्समा किताबी ज्ञानमात्र नभएर बाहिरी ज्ञान पनि दिइन्छ अथवा सैद्धान्तिकमात्र नभएर प्राविधिक शिक्षा पनि दिइन्छ। ए लेभल नेपालमा सन् १९८६ को मध्यतिरबाट बूढानीलकण्ठ स्कुलमा सुरु भएको हो। ए लेभलको जाँच दिएपछि पहिला नतिजा डिस्टिङ्सन, पास, फेल गरी आउँथ्यो। अहिले अन्तर्राटि्रय मान्यता भएको ग्रेडिङ ए प्लस, ए, बि, सि गरी मूल्याङ्कन गरिन्छ। नेपालमा अहिले १५ भन्दा बढी कलेजमा ए लेभल कार्यक्रम सञ्चालनमा आएको छ। यसका शिक्षकहरूलाई समय समयमा क्याम्ब्रिजले तालिम दिने व्यवस्था मिलाउँछ। साथै क्याम्ब्रिजले अनलाइन कार्यक्रम, नमुना प्रश्नपत्र जस्ता माध्यमबाट विद्यार्थी, अभिभावक र अन्यमा ए लेभलको रुचि बढाएको देखिन्छ।

ए–लेभल कक्षा सञ्चालन गर्ने प्राविधिक साधन, प्रयोगशाला, पुस्तकालय, सभाकक्ष इत्यादिको सदुपयोग गरी सिर्जनात्मक सोचाई तथा अन्य सिप बढाउन सक्छन्। हरेक वर्ष सिआइइले विद्यार्थीलाई प्रोत्साहन गर्न अवार्ड सेरमोनी आयोजना गर्छ। यस वर्ष गत ७ अप्रिलमा आयोजना भएको यस्तै कार्यक्रममा उत्कृष्ट नतिजा ल्याउन सफल शैक्षिक संस्था र विद्यार्थीलाई पुरस्कृत गरिएको थियो। जसअनुसार रातो बंगला–१३, चेल्सी इन्टरनेसनल एकेडेमी –८, सेन्टजेभियर स्कुल–७ र बूढानीलकण्ठ स्कुल–४ अवार्ड ल्याउँदै सम्मानित भएका थिए।

प्रकाशित: २२ जेष्ठ २०७४ ०२:२० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App