१५ चैत्र २०८० बिहीबार
विचार

साना कामको परिणाम

'जीवनमा सधैँ ठूलाठूला काम गर्न सम्भव हु“दैन तर सानासाना कामलाई इमान्दारी र प्रेमपूर्वक गर्न सकिन्छ'– यो भनाइ हो मदर टेरेसाको। उनको विचार अनुशरण गर्ने हो भने हाम्रा देशका मन्त्री, सचिव तथा हरेक नेपालीले पनि आफ्ना कामलाई नै भगवान सम्झेर प्रेमपूर्वक सम्पन्न गर्ने थिए। तर अहिलेको मन्त्रिपरिषद्का सबै नभए पनि दुई ऊर्जा र स्वास्थ्य मन्त्रीले चाहिँ आफ्ना काम नै प्रेमपूर्वक सम्पादन गर्न लागेको देखिन्छ। ऊर्जामन्त्री जनार्दन शर्मा र नेपाल विद्युत् प्राधिकरण प्रमुख कुलमान घिसिङले ठूलाठूला विद्युत् आयोजनाको भाषणवाजीमा नअल्झेर सानासाना तर आफैँ गर्नसक्ने र गर्नुपर्ने कामलाई इमान्दारीपूर्वक निर्वाह गरेका देखिएको छ। जसको परिणाम दशौं वर्षदेखि देशबाट हराएको झिलिमिली फिर्तिएको छ। हो, हामी सबैले र विशेष गरेर मन्त्रिपरिषद्का सदस्य अनि सरकारका सचिवहरुले पनि आफूले गर्नैपर्ने कामलाई मात्र इमान्दारीपूर्वक गरिदिए यो देश चौतर्फीरूपमा झलमल्ल हुन खासै समय लाग्दैन भन्ने प्रमाणितसमेत भएको छ।

यतिखेर मुलुकमा ठूलो कुरा गर्नेहरुको बोलवाला छ। मुलुक उभो नलागेको चाहिँ सानासाना कुरा पूरा नगरेकाले हो भन्ने ऊर्जा र स्वास्थ्यमन्त्रीको कामगराइले पुष्टि गरेको छ।

तर हाम्रा हरेक क्षण ठूलो माछाको पर्खाइमा आफ्नो भागमा आउने साना साना माछा गुमाएर बितिरहेको छ। 'छोरो राम्रो आफ्नो, बाली राम्रो अर्काको', अनि फुत्केको माछो ठूलो– यही प्रवृत्ति र मानवीय स्वभाव हामीमा हावी छ। यही स्वभावले गर्दा नै आफ्नो दैनिकीमा आउने अनगिन्तिसाना साना कामलाई हामी पन्छाउ“दै वा नजरअन्दाज गर्दै जान्छौं। यस्तै सानासाना क्षणका कथाहरुले नै हाम्रो जीवनको ठूलो ग्रन्थ तयार भइरहेको छ। यसलाई बिर्सेर र महत्व नदिएका कारण नै सामान्य मानिसलाई यस्तो लाग्छ कि जीवनमा खुसीका क्षण नै छैनन्। खुसीका क्षण कतै सुदूरमा छ, दुरुह छ। तर सवैले आफ्नो जीवनका हरेक क्षणमा आउने काम/पललाई इमान्दारीपूर्वक सम्पादन गर्ने हो भने त्यसबाट नै सफलता प्राप्त हुन्छ। हामी भुइँको टिप्ने लोभमा हातको पनि गुमाइरहेछौं। तर अब यो बुझ्न ढिलाइ भने गर्नुहुँदैन।

ठूलाको मोहमा सानाको अवहेलनाले व्यक्तिमात्र नभएर राष्ट्र पनि अन्योलग्रस्त छ। यस्तो लाग्छ कि अब यो जीवनमा यहा“ केही हुनै सक्दैन। नेपाली भनेका एकआपसमा झगडा, शंका र खुट्टा तानातान गर्नमात्र जान्दछन् तर निर्माण गर्न जान्दैनन्। राज्यको नीति अन्योलग्रस्त भएकाले नै समाज र व्यक्ति पनि यसरी असामञ्जस्यमा परेका हुन। सानासाना आयोजनालाई सम्पन्न गर्दै आएको भए त्रिसठ्ठीदेखि यतामात्र हामीले सयौं मेगावाट बिजुली उत्पादन गरेर भारतबाट नल्याइकनै लोडसेडिङमुक्त भइसक्थ्यौं। तर राज्य हिजोझैं आज पनि त्यसमा लागेको छैन। ठूला हजारौं मेगावाटका आयोजनाको चर्चा गरेर तत्काल गर्न सकिने सानासाना आयोजनालाई पन्छाएर अझै पनि अलमल्लिएर बसेको छ। किन हिच्किचाउ“छ राज्य आफ्नै लगानीमा सानासाना आयोजना सम्पादन गर्न? खर्च गर्न नसकेर विकास आयोजनका पैसा थन्काएर बस्छ तर यस्ता साना काममा खर्च गर्न अग्रसर बन्दैन। ताजुकको विषय यही छ।

जलविद्युत्को सवालमात्र होइन, हरेक क्षेत्रमा यही अन्योल छ। साना काममा ध्यान दिने फुर्सद कसैलाई छैन। सबै निकायले आफ्नो कार्यलाई सानो देखेर हेला“ र हेयको नजरले पन्छाउने गर्दा तिनै कामको सही सम्पादन नभएर समस्या सिर्जना भएको कुरा बिर्सन्छन्। यो तथ्यलाई गहिरिएर मनन् गर्नैपर्ने बेला भएको छ। तर न राज्य यस्ता कुरामा ध्यान दिन्छ न त जनता नै यस्ता विषयलाई गम्भीरताका साथ लिन चाहन्छन्। जीवनमा आइपर्ने अधिकांश समस्या यस्तै साना साना कामलाई सम्पादन नगर्नाले नै आएका हुन्छन्। तर यो वास्तविकता धेरैले बुझेका हुँदैनन्।

धारोमा पानी आउ“दैन, तारमा बिजुली आउ“दैन, बाटोमा खाल्डाखुल्डी छन्, स्कुल कलेजमा क्लास हु“दैन, सरकारी अ•ाअदालतमा सरासर काम हु“दैन, नेताहरुले वोलेका कुरा पूरा गर्दैनन्, अनि हामी सवै आफुुले गर्छु भनेर वाचा गरेका काम पनि गर्दैनौँ। आज मुलुकले भोगिरहेको समस्या यिनै साना कुराका जगमा जन्मी/हुर्की बढेका हुन्। तर हामी यसलाई बेवास्ता गर्दै ठूलाठूला सपनामा मात्र रमाइरहेका छौँ। जुन हाम्रो दुःखको मुख्य कारण पनि हो। जबसम्म यो वास्तविकता बुझ्न सकिन्न तबसम्म हाम्रो समृद्धिका दिन आउने छैनन्।

सरकार र राजनीतिक दललाई सानातिना नियमकानुनबारे चासो र चिन्ता नै छैन अहिले। सबैको मुखमा संविधान संशोधन र कार्यान्वयन भन्दा तल कुरा नै हु“दैन। भएका नियमकानुनचाहिँ पालना नभएर जनता दिनदिनै दुःखमा पिल्सिन बाध्य छन्। सानालाई ऐन र ठूलालाई चैन छ। ठूला र पहु“चवालालाई संविधान नभए पनि रामराज्य नै छ। सानालाई यो संविधानको संशोधन र कार्यान्वयनले पनि केही लछारपाटो लगाउनेवाला छैन। त्यसैले यतिखेरको आवश्यकता साना ठानिएका कुरा नै गर्ने हो। यी साना कुरा पूरा भएपछि ठूला कुरामा सोचौँला। सबैले यति बुझिदिए पुग्छ अहिलेलाई।

प्रकाशित: १८ माघ २०७३ ०४:४५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App