१६ जेष्ठ २०७७ शुक्रबार
विचार

झूठा समाचारको खेती

केनान मलिक

सन् १९२० मा उद्योगपति हेनरी फोर्डको स्वामित्वमा रहेको पत्रिका द डियरबर्न इन्डिपेन्डेन्ट पत्रिकाले शृंखलाबद्ध समाचार छाप्यो। समाचारमा यहुदी षडयन्त्रका कुरा थिए र त्यसको आधार चाहिँ जारवादी रुसको बनाइएको झूठा डकुमेन्ट ‘प्रोटोकल्स अफ द लर्न्ड एल्डर्स अफ जियोन’ बन्न पुग्यो। अन्य दर्जन पत्रिकाले यही झूठा डकुमेन्टलाई आधार बनाएर समाचार छापे।

सन् १९२४ को बेलायती आम चुनावको चार दिनअघि 'डेली मेल' पत्रिकाले एउटा झूठा विज्ञप्ति छाप्यो, जुन मस्कोबाट बेलायती कम्युनिस्टलाई परिचालन गर्न आग्रह गरिएको थियो। यो विज्ञप्तिका कारण लेबर पार्टीले नराम्रोसँग पराजय बेहोर्नु पर्‍यो।

सन् १९६० को दशकमा जे. एडगर हुभरको नेतृत्वको फेडरल ब्युरो अफ इन्भेस्टिगेसन (एफबिआई)ले डा. मार्टिन लुथर किङ जुनियरविरुद्ध एउटा अभियानै सुरु गर्‍यो। जसको उद्देश्य अमेरिकामा काला जातिमाथिको अत्याचार अन्त्य गराउने डा. किङको अभियानलाई जरैबाट मेटाउनु थियो। यस अभियानलाई सफल पार्न डा. किङको आत्महत्याजस्ता झूठा समाचार पनि छपाएको थियो।

सन् १९८७ मा लिभरपुल फुटबल क्लबका ९६ समर्थकको निधनबारेको समाचारको मूल कारण अन्य नै भए पनि प्रहरीले दिएको गलत सूचनालाई आधार बनाई छापिएको थियो।

सन् २००३ मा इराक युद्ध सुरु गर्नका लागि सद्दाम हुसेनले रासायनिक हतियार राखेको हौवायुक्त समाचार संसारभरकै प्रमुख पत्रिकाहरुले प्रमुखताका साथ छापे। पछि त्यो गलत भएको प्रमाणित हुन पुग्यो।

समाचार छापिने क्रमसँगै ‘झूठा समाचार’ छापिने वा छाप्ने क्रम सुरु भएको छ र यो निकै पुरानो छ। हिजोआज मात्र ‘फेक न्युज’ बढी चर्चामा आएको हो। खासगरी अमेरिकी राष्ट्रपति चुनावमा डोनाल्ड जे. ट्रम्पको विजययता उनको विजयमा यस्ता झूठा समाचारको योगदान देख्नेहरुले झूठा समाचारको लामो इतिहास भने नदेखेझैँ गरिरहेका छन्।

विगतमा सरकार, मुख्य संस्था तथा अखबारहरुले समाचार र सूचनालाई बंग्याउने गरेकै थिए। हिजोआज यो काम फेसबुकले गर्न थालेको छ। हिजोका दिनमा झूठा समाचार सचेत रुपमा संगठनात्मक तरिकाले बनाइन्थ्यो भने हिजोआज त्यो अराजक रुपमा बाढी नै ल्याइन थालेको छ। अहिले के मात्र परिवर्तन भयो भने पुरानो किसिमको ‘गेटकिपिङ’ शक्तिहीन बन्न पुगेको छ। कुलीन वर्गका संस्थाहरुको निर्वाचक मण्डल (इलेक्टोरेट) सँगको पकड गुमेसँगै के समाचार हो र के होइन भन्ने कुराको परिभाषासमेत क्षीण हुँदै जान थालेको छ।

त्यसैले हिजोआज ‘पोस्ट टु्रथ’ युगको हौवा बढी नै मच्चाइएको छ। द अक्सफोर्ड इङ्लिस डिक्सनरीले त ‘पोस्ट टु्रथ’ शब्दलाई ‘वर्ष शब्द’ नै घोषित गर्‍यो। यो शब्दको अर्थ शब्दकोशले सत्य कम प्रभावशाली हुनु तथा त्यसइतरका जनमत तथा भावना प्रवल हुनुलाई मानेको छ।

त्यसो त राजनीति जहिले पनि तथ्यभन्दा बाहिरै भर पर्ने गर्छ। तथ्यलाई तोडमरोड गरी राजनीतिले आफ्नो फ्रेमवर्कभित्र घुसाउने गर्छ। ट्रम्पले सुरुवाती दिनमा घोषणा गरेका ठूला प्रश्नमाथि विचार गर्नु त! उनले मुस्लिमबारे जे धारणा राखे, त्यसलाई उनी के गर्छन्? मुस्लिमहरुलाई दर्ता गराउँछन्? डकुमेन्टबिना अमेरिका आइपुगेका कामदारलाई फिर्ता पठाइने हो? के प्रहरीले सत्य बकाउन दिइने यातनालाई स्वीकार गर्न लागिएको हो? गर्भपतनलाई गैरकानुनी घोषणा गर्नुपर्ने धारणा हो?

मुस्लिमहरुले आफ्नो नाउँ टिपाउनुपर्ने, यातना दिने, ठूलो संख्यामा अवैधानिक बसाइँ सरेकालाई फिर्ता पठाउने र गर्भपतनलाई गैरकानुनी घोषणा गर्नुपर्ने कुराको म घोर विरोधी हुँ। किनभने यस्ता कुराप्रति मेरा केही निश्चित सिद्धान्त, राजनीतिक धारणाले गहिरो गरी घर गरेका छन्। म अधिकारका बारेमा सचेत छु। मानव हुनुको मूल्य र मान्यताप्रति मेरो गहिरो प्रेम छ। तिनले यस्ता कुराको विरोधका लागि मलाई उक्साउँछ। यातनाले काम गर्छ भने पनि म त्यसको विरोधमा छु। यसको अर्थ म तथ्यभन्दा बढी भावनामा बग्छु। बरु राजनीति चाहिँ तथ्य र वैचारिक संरचना (आइडियोलजिकल फ्रेमवर्क) भित्र अटाए राम्रो हुन्छ भन्ने मान्छु।

विगतमा यस्ता संरचना राजनीतिक विभाजनबिनै निर्माण गरिएका थिए। तथ्यलाई वाम र दक्षिण दुई वादले आफ्ना तरिकाले पेस गर्थे। तिनको दृष्टिकोणले ती समस्यालाई केलाउँथे। यसरी उनीहरुले बनाउने निष्कर्ष र नीतिमा त्यो कुरा प्रष्फुटित हुन्थ्यो।

यतिबेला भने त्यो राजनीतिक संरचना खण्डित भएको छ। विचारपद्धतिले भन्दा पहिचानले त्यस संरचनालाई आकार दिन थालेको छ। वाम वा दक्षिणमा दोष छैन, दोष त भूमण्डलीकृत, टेक्नोक्र्याट विश्व र परित्यक्त अनुभूत गरेका, बेदखल भएका र आवजविहीनबीचको खाडलमा छ।

ट्रम्पका समर्थक र उनका उदार आलोचकहरु नयाँ किसिमको खाडलमा परेका छन्। ट्रम्पका समर्थकहरु आर्थिक पराधीनता र राजनीतिक आवाजविहीनताको मूल कारण भूमण्डलीकरण र आप्रवासलाई ठानिरहेका छन्। उनका विरोधीहरु चाहिँ त्यस्ता मतदाताहरुलाई ‘खेदजनक’ मानिरहेका छन्। दुवै पक्षले तथ्य र समाचारलाई तिनीहरुको निश्चित राजनीतिक र सांस्कृतिक संरचनामा राखेर हेरिरहेका छन्।

यी सबै कुराले दुवै पक्ष एउटा 'इको च्याम्बर' (आफू र आफ्ना आसेपासेले भनेको मात्र सुन्ने) मा उभिएर, एकअर्काका कुरा, आशंका र डर नबुझी आफ्नै मात्र डम्फु बजाउन उद्दत छन्। यही कुरा सोसल मिडियाले पनि गरिरहेका छन्। आफ्नै समर्थकमाझ आफ्ना कुरा मात्र राख्ने र त्यसैमा रमाउने काम भइरहेको छ। अध्ययनहरुले के देखाएको छ भने डरहरुलाई अतिरञ्जित गरिएको छ।

महत्वको कुरा त सोसल मिडियाले खण्डित संसार निर्माण गरेका छैनन्। तिनले भएकै कुरा देखाएका हुन्। जसलाई सरकारका पारम्परिक संस्थापनहरु धस्केका छन्। राजनीतिक परिवर्तनका पुराना पैँयाहरु परिवर्तन भएका छन् र जनताको रोष पारम्परिक राजनीतिक बजारबाट आइरहेको छैन, त्यो अन्तैबाट मुखरित भइरहेको छ।

झूठा समाचारको समस्या बताइएजस्तो सरल छैन। यो सोचेभन्दा क्लिष्ट छ। यसको समाधानको जुन कुरा सुझाइँदैछ, ती त झनै वाहियात छन् र आफैँमा समस्या हुन्। फेसबुकले झूठा समाचारमा रोक लगाउनुपर्ने जुन कुरा उठ्दैछ, झूठा समाचारको हौवा खडा गर्नेहरुलाई कठघरामा उभ्याउने आवाज बुलन्द पारिँदैछ, यसले झन् समस्या थपिदिन्छ। कुन समाचारलाई कसले गलत प्रमाणित गर्ने अधिकार पाउला?

मार्क जुकरबर्गले गलत समाचार प्रमाणित गर्ने हो कि संयुक्त राज्य अमेरिकाको सरकारले त्यसलाई गलत/सही प्रमाणित गनर्ेे हो? गलत/सही छुट्याउने प्राधिकार कसमा रहने हो? उसो भए अब हामी त्यही पुराना दिनमा फर्कने हौं, जहाँ जुन समाचारलाई ‘आधिकारिक गलत समाचार’ प्रमाणित गर्नुपरोस्!

गलत समाचार समस्या हो। गलत समाचारको नयाँपनलाई हामीले ठूलो बनाउनुपर्ने आवश्यकता छैन। यसको कारणलाई गलत तरिकाले बु‰नु अथवा यस्ता समाचार फैलाउने तत्वलाई उपचार गर्न खोज्नु भनेको आफैँ भएकोभन्दा बढ्ता रोगको बढाइचढाइ गर्नु हो।

न्युयोर्क टाइम्सबाट साभार। ‘द क्वेस्ट फर अ मोर कम्पासः अ ग्लोबल हिस्ट्री अफ इथिक्स’का लेखक

प्रकाशित: २३ मंसिर २०७३ ११:०५ बिहीबार

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%

नेपाल रिपब्लिक मिडिया (प्रा) लि.ले नेपाली भाषामा नागरिक राष्ट्रिय दैनिक (गुणराज लुइँटेलको सम्पादकत्वमा) काठमाडौँ, विराटनगर, नेपालगञ्ज, पोखरा र बुटवलबाट एक साथ प्रकाशन गर्दै आएको छ।

मुद्रा विनिमय

नेपाल रिपब्लिक मिडिया (प्रा) लि

रजिस्टर्ड नंः १६३/०५४/०५५
जेडिए कम्प्लेक्स
सुन्धारा, काठमाडौं
फोनः ४२६५१००
फ्याक्सः ४२५२२६२
प्रबन्ध निर्देशकः विनोदराज ज्ञवाली
निर्देशकः शोभा ज्ञवाली
प्रधान सम्पादक: गुणराज लुइँटेल