७ वैशाख २०८१ शुक्रबार
विचार

कवि कुलमणिको सम्झना

गुलाफलाई देखेर राम्रो हे भाइ नछुनू

लोभले हेर्‍यो मोहनी गर्‍यो जङ्गली नहुनू

सिर्जनाभित्र रचना राम्रा नजरका जुहार

ईश्वरको हाँसो पाएका फूल छोएर नमार।

मेरा हातमा डाडुपन्यु भइदिएका भए कात्तिक सत्ताइस गते नेपालभरि बिदाको दिन भनेर उत्साहपूर्वक मनाइने थियो। हर्ष र उल्लासका साथ मेरो पवित्र र प्यारो राष्ट्रका समस्त दिदीबहिनी र दाजुभाइहरु यस महान् दिनको शुभअवसरलाई साहित्य, संस्कृति तथा स्नेहको स्रोतश्विनी मानेर भेला हुन्थे, गाउँथे र नाच्थे। हाम्रो प्यारो मातृभूमि नेपाल बौद्धिक चेतना, सांस्कृतिक संस्कार र साहित्यिक सम्मानको सगरमाथामा पुग्ने थियो। तर डाडुपन्यु हातमा पर्नेहरु अर्कै भइदिए, कुसंस्कारग्रस्त भइदिए, दुष्ट भइदिए।

नेपाली साहित्यिक संस्कारका उच्चतम प्रेरणा, नेपाली कविताका सर्वोच्च शिखर र नेपाली सहिष्णुता, स्नेह र मानवतावादका ज्वलन्त उदाहरण हाम्रा महाकविजस्ता राष्ट्रिय व्यक्तित्वको जन्मदिनलाई बिर्सनु हामी सारा नेपालीहरु मुर्दासमान चिसा, कृतघ्न र हृदयहीन हुनु हो।

राष्ट्रको आत्मा भनेको साहित्य हो र साहित्यको श्रेष्ठतम अभिव्यक्ति कविता हो। जुन समाजमा कविताको सम्मान हुँदैन, जुन मुलुकमा आना कविकुलमणिको मर्यादा हुँदैन, त्यस समाजलाई, त्यस मुलुकलाई र त्यस समुदायलाई सभ्य, सुसंस्कृत र सुशिक्षित भन्न पटक्कै मिल्दैन। म यस्ता सुसम्पन्न समाजहरुमा पुगेको छु, जहाँका जनताले आना साहित्य सर्जकहरुलाई तिनका सम्राटहरुभन्दा माथि राखेका हुन्छन्। म यस्ता मुलुकहरुमा पढ्न र पढाउन पाएर मक्ख परेको छु, जहाँका नागरिकहरुले आना राष्ट्रपति र प्रधानमन्त्रीहरुलाईभन्दा कता हो कता उच्च आसनमा आना सेक्सपियर, मार्क ट्वेनलाई, किट्सलाई र पोलाई विराजमान गराएका छन्। ती राष्ट्रहरुमा जीवित स्रष्टाहरु त झन् जनप्रिय र जनश्रद्धाका पात्र भएर बाँचेका छन्। त्यही अस्ट्रेलियामा सर्जक साहित्यकारहरुलाई देशभित्रका कुनै पनि ठाउँमा गएर घुम्ने, बस्ने र खाने पुग्दो खर्च सम्मानका साथ बिनाशर्त जुटाइदिएको हुन्छ। तर हाम्रो मुलुकमा भने जनक्रान्ति भइसकेर पनि, जनआन्दोलन सफल भइसकेर पनि र संविधानमा जनतालाई सार्वभौम शक्तिसम्पन्न भनेर घोषणा भइसकेर पनि जनताका प्रतिनिधि भनाउँदा शासकहरुले न त असार उनन्तिस गतेको मर्म बु‰ने प्रयत्न गरे, न त तिनले कहिल्यै कात्तिक सत्ताइस गतेको महत्व नै बुझे र बु‰ने कुनै चासो देखाए, न कुनै सशक्त र जनप्रिय जीवित साहित्यकारहरुलाई चिने, चिन्न सिके र सम्मान गर्न नै जाने। सिक्किम र दार्जिलिङतिर त्यहाँका नेपाली भाषीहरुका सत्प्रयासबाट हरेक असार २९ गते भानु जयन्ती जहीँतहीँ भव्यताका साथ जातीय जागरण र एकताको अभिव्यक्तिका रुपमा मनाइन्छ। नेपाल भने सुतेको सुत्यै छ। तिहार हाम्रो सांस्कृतिक चाड हो। औँसीको अँध्यारो हटाई रातभरि झिलिमिली बत्तीहरु बाल्नु भनेको मनभित्र कसिङ्गरहरु छन् भने, तुसहरु छन् भने निकृष्ट र निर्लज्ज अँध्यारो छ भने ती सारालाई बढारेर फाल्नु, सफा गर्नु र उज्यालो भिœयाउनु हो। यसै प्रतीकात्मकतालाई जीवन्तता दिन भनेर नै होला यस हिमाली भूखण्डमा महाकवि देवकोटाको अवतरण ठीक लक्ष्मीपूजाकै तिथिमा भएको थियो। १९६६ सालको लक्ष्मीपूजाको औँसीको रात कात्तिक २७ गते परेको थियो। लक्ष्मीपूजालाई सम्झउन र त्यसबाट प्राप्त हुने ऐश्वर्यबाट सम्पन्न तुल्याउन महाकविका मातापिताले उनलाई लक्ष्मीप्रसाद भन्ने प्रतीकात्मक नाउँ दिएका थिए। मातापिताले आना पुत्रलाई धनधान्यले भरिभराउ र सुखसम्पत्तिसम्पन्न भौतिक जीवनको भविष्य मिलोस् भनी विधतासँग मागेका थिए तर उनी लेख कबने, कवि बने महाकवि बने र सबै देशबासीका प्यारा व्यक्ति बने। सुसांस्कृतिकताले सम्पन्न महाकवि देवकोटाले कविताको कहिल्यै नसुक्ने नदी बगाए र नेपाली साहित्यलाई, नेपाली जीवनलाई र नेपाली इतिहासलाई नै अत्यन्त समृद्ध, सम्पन्न र समर्थ पारे, धनी पारे। हामीभित्र अज्ञानको निविड अन्धकार थियो, उनले मुनामदन र यात्रीका ज्योतिपुञ्ज केन्द्रित गरेर हाम्रा मनभित्रको कालो हटाइदिए र हामीलाई प्रदीप्त चेतना दिए। हामीभित्र आलस्यको माकुरे जालो थियो, उनले शाकुन्तल र पहाडी जीवनको बत्ती बालेर सबै सफा पारिदिए र झलमल्ल बनाइदिए। हामीभित्र अन्धविश्वासको डङ्गुर कसिङ्गर थुप्रिएको थियो, उनले पागल र प्रमिथसका विद्युत्कुचिले त्यो सबै बढारिदिए र हामीलाई सांस्कृतिक रुपले परिष्कृत बनाए, हामीभित्र काव्यात्मक रुचिको प्रवर्द्धन गरेर हाम्रा लागि नै उज्यालो भविष्यका बौद्धिक ढोकाहरु खोले। यसरी देवकोटा नेपाली प्रकाशका प्रतीक भए। लक्ष्मीपूजा र लक्ष्मीप्रसाद देवकोटा पर्यायवाची भए। महाकवि महान् आत्मा थिए, जो कात्तिक २७ गते जन्मेका थिए। सेक्सपियरले आना नाटकहरुद्वारा इङ्ल्यान्डका जनतामा राष्ट्रिय गौरवको भावना जगाएर प्रबुद्ध, देशप्रेमी र सचेत बनाएजस्तै उनले हामीलाई के नेपाल सानो छ भन्दै हाम्रा मानसतन्तुहरुलाई हल्लाए, मस्तिष्कलाई झङ्कृत पारे र मुटुको शल्यचिकित्सा गरे। देवकोटै हुन्, जसले त्रिभुवन विश्वविद्यालयको धारणालाई जन्माए, प्रज्ञा प्रतिष्ठानको आनो कल्पनालाई साकार पार्न दिनरात एक गरे र नेपाली भाषालाई राष्ट्रभरि अनिवार्य बनाउने प्रथम पाइलो सारे।

नेपाली साहित्यिक संस्कारका उच्चतम प्रेरणा, नेपाली कविताका सर्वोच्च शिखर र नेपाली सहिष्णुता, स्नेह र मानवतावादका ज्वलन्त उदाहरण हाम्रा महाकविजस्ता राष्ट्रिय व्यक्तित्वको जन्मदिनलाई बिर्सनु हामी सारा नेपालीहरु मुर्दासमान चिसा, कृतघ्न र हृदयहीन हुनु हो। शिष्टता, सद्भावना र सहानुभूतिका त कुरै हराए, सभ्यता, सहभागिता र स्नेहले त डाँडै काटिसके, साहित्य, सिर्जना र स्वदेशको स्वाभिमान त कता बिलाए कता, बरु उल्टो कति छप्काउँछौ आनै दाजुभाइलाई? कति फुटाइदिन्छौँ चुरा, पुछिदिन्छौँ सिन्दुर र बनाउँछौँ विधवा हाम्रै चेलीहरुलाई? कति भाँच्छौँ करङ, चुँड्छौँ हात र ठुङ्छौँ घुँडा हामी आनै काका, आनै मामा र आनै फुपाजुहरुका, दाजुहरुका? कति रुवाउँछौँ हामी प्यारा, निर्दोष, निमुखा, कल्कलाउँदा आनै लालाबालालाई?

आजका वैमनस्य, दुराचार र हिंसाका घृणित वातावरणमा हामीले हाम्रा निकट पुर्खा महान् देवकोटालाई फेरि सम्झनु परेको छ, उनका मानवतावाद, उनका परमार्थी रचनाहरुबाट र उनका सहनशीलता, स्नेहशीलता र स्वदेशप्रेमले सिक्त निस्स्वार्थ सेवाकार्यहरुले युक्त जीवनबाट प्रेरणा लिनुपरेको छः

मानिसहरुको काँध चढी कुन देवपुरीमा जाने हो?

फर्क फर्क हे जाऊ समाऊ मानिसहरुका पाउ

मलम लगाऊ आर्त्तहरुका चहराइरहेका घाउ

मानिसहरु भई ईश्वरको त्यो दिव्य मुहार हँसाऊ।

प्रकाशित: १४ आश्विन २०७३ ०३:३२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App