२३ श्रावण २०७७ शुक्रबार
विचार

विद्यार्थी राजनीति कता?

विद्यार्थी संगठनका अधिवेशनताका सधैँभरी एउटा आमसवालले बजार तताउँछ– विद्यार्थी राजनीति किन? पछिल्ला वर्षमा त्यो सवालमा प्रवेश गर्नुभन्दा सिधै जवाफ दिने हतारो देखिन्छ। भन्छन्– 'अब विद्यार्थी राजनीतिको औचित्य सकियो।' यी दुवै सन्दर्भ विद्यार्थी राजनीतिप्रतिको चासो र त्यसप्रति विकास भइरहेका धारणाका प्रतिबिम्ब हुन्। तर विद्यार्थी राजनीतिको वास्तविक अर्थ भने ठूलो दायरामा खोजिनुपर्छ, हतारो नगरिकनै। विद्यार्थी एउटा गतिशील जमात हो। त्यही गतिशीलतालाई नजरअन्दाज गरेर विद्याथी राजनीतिको एकलकाटे व्याख्या नै अहिलेको समस्या हो।

कस्तो गतिशीलता?

विद्यार्थी आन्दोलन यतिखेर दोसा“धमा छ। प्रजातन्त्र र गणतन्त्रका लागि इतिहासमा लडेका विद्यार्थी संगठनसामु आफूलाई नया“ परिवेशमा पुष्टि गर्नुपर्ने चुनौती छ। पञ्चायतमा नेताहरु भूमिगत हु“दा जब अग्रमोर्चामा विद्यार्थी थिए उनीहरु देशभर संगठन विस्तारमा जुटे। तत्कालीन परिवेशमा उनीहरुले पाएको त्यो स्वतन्त्रता देश बुझ्ने अवसर थियो। जसले विद्यार्थीलाई भोलिका लागि नेतृत्वका लागि योग्य बनायो। सार अहिले पनि त्यही नै हो तर यथार्थ के पनि हो भने संगठन मात्रैले अबको विद्यार्थी राजनीति चल्दैन। देशमात्र बुझेर पनि अबको राजनीति चल्दैन। नेतृत्वको परिभाषा नै व्यापक बनेको छ। मूल राजनीतिको शिशु मानिने विद्यार्थी संगठनले आफूलाई त्यही बदलिएको परिवेश अनुकूल बनाउन सक्नुपर्छ।

विद्यार्थी एउटा गतिशील जमात हो। त्यही गतिशीलतालाई नजरअन्दाज गरेर विद्याथी राजनीतिको एकलकाटे व्याख्या नै अहिलेको समस्या हो।

बलियो र दूरदर्शी नेता अभावमा देशले अपेक्षित अग्रगति लिन सकिरहेको छैन। नेताहरु कसरी जन्मन्छन्/हुर्कन्छन् भन्नेस“ग देशले अन्त्यमा पाउने राम्रा वा नराम्रा नतिजा जोडिएको हुन्छ। जो विद्यार्थी नेता कहिल्यै आफू कक्षाकोठामा लेक्चर सुन्दैन बरु अरुका भर्नाका फारम झोलामा बोकेर हिँड्दैमा आफूले जनमत बनाइरहेको भ्रममा हुर्किन्छ, उसले कालान्तरमा देशको लागि ठूलो सपना देख्नै सक्दैन।

विद्यार्थी राजनीतिमा चाहिएको मुख्य बदलाव नै यही मानसिकता र शैलीको राजनीतिबाट माथि उठ्नु हो। विद्यार्थी संगठन सधैँ पार्टीभित्रको प्रतिपक्ष हो। त्यस्तो प्रतिपक्ष जसले पुरानो समयमा हुर्केको हालको नेतृत्वलाई नया“ समयस“ग जोड्न सेतुको काम गरोस्। संगठनहरुले क्याम्पसभित्र लोकतान्त्रिक अभ्यासका उत्कृष्ठ नमुना गरुन्, आफ्ना विषयगत दक्षताका मुद्दालाई मुख्यरूपमा राजनीतिक अस्त्र बनाउन्।

अहिले युवाका नाममा खुलेका गैरसरकारी संस्थाहरुले युवाका मुद्दाको नेतृत्व र वकालत गरिरहेकाजस्ता पाइन्छन्। अरुले थोपरिदिएको मुद्दामा लाग्ने त्यो शैली दिगो अभ्यास किन पनि हुन सक्दैन भने उनीहरुसामु ठूलो दायराका मुद्दालाई स्थापित गर्ने मनोवल र हैसियत नै हु“दैन। युवाको खास जमात विश्वविद्यालय, कलेज र खेलकुद क्षेत्रमा हुन्छ। जबसम्म त्यहा“को नेतृत्व विकासको शैली परिवर्तन हुँदैन देशको राजनीतिमा अग्रगामी परिवर्तन हासिल गर्न सकिँदैन।

समस्याको जड

विश्वविद्यालय तथा क्याम्पसहरु आफँैमा एउटा संसार हुन्। जसका आफ्नै केही नियम र चक्र हुन्छन्। जब ती बिथोलिन्छन् समस्या जेलिन्छन्। परम्परा कस्तो चलेको थियो भने क्याम्पसका राजनीतिक नेतृत्व स्वतन्त्र विद्यार्थी युनियनले गर्ने भने प्राज्ञिक नेतृत्व विश्वविद्यालय पदाधिकारीहरुले गर्ने गर्थे। त्यसले आमविद्यार्थीका सवाल र विश्वविद्यालयका योजनामा सेतुको काम गर्थ्यो। २०६५ सालयता स्ववियुको निर्वाचन रोकिएको छ जसले यो चक्रलाई बिथोलेको छ। शैक्षिक स्वार्थ समूहहरुले शिक्षामा लोककल्याणकारी राज्यले लिनुपर्ने नीतिविरुद्धको माहोल बनाइरहेका छन्।

विश्वविद्यालयका शैक्षिक क्यालेन्डर, पाठ्यक्रम पुनरावलोकन र समायोजन, र परीक्षा प्रणाली बिग्रनुमा विद्यार्थी संगठनलाई दोषारोपण गर्ने गरेको पाइन्छ। विद्यार्थी संगठन सायद बलियो हुन सकेको भए सायद परिवेश यति लामो समय संक्रमणमा नरहन सक्थ्यो। कलेजहरुमा स्वभाविक नेतृत्वलाई प्रोत्साहन गर्नुभन्दा एउटै व्यक्तिलाई वर्षौंसम्म भर्नामाथि भर्ना गराएर नेतृत्वमा राख्दा नेतृत्व विकास गतिशील शैक्षिक सुधार त रोकियो नै, स्वाभाविक नेतृत्व विकासक्रम पनि रोकियो।

क्याम्पसमा स्नातकोत्तर भर्ना हुन लाग्दासमेत एउटा निवेदन लेख्न नजान्ने विद्यार्थी भेटिन्छन्। नहुन् पनि किन, चर्चित हुने नाममा विद्यार्थी नेताहरु स्वयं त्यसमा लाग्थे। यसले नेताहरुकै गरिमा घटाएको छ। समस्या परेपछि मात्र नेताकहाँ पुग्ने संस्कार अहिले यति नराम्ररी बिग्रियो कि नेताहरु नै विद्यार्थीसामु गएर दिने ससाना आश्वासनमा रमाए। विकसित विश्वमा शिक्षा वा नेतृत्व विकासको अभ्यास कसरी भइरहेको छ र यहाँ के गर्नुपर्छ भन्नेतर्फ सोच्नै भ्याएनन्।

अबको बाटो

पछिल्ला वर्षमा हरेक विद्यार्थी नेताले क्याम्पस राजनीति सुरु गर्दा र छाड्दाबीच आफैँलाई तुलना गर्दा पुग्छ, उसले आफ्नै नेतृत्व क्षमता, शैक्षिक योग्यता र व्यावसायिक/सामाजिक नेटवर्किङ कति विकास गरियो भनेर। बाहिर देखाउनु वा नदेखाउनु बेग्लै कुरा हो तर सत्यले थुप्रै विद्यार्थी नेतालाई पिरोलिरहेको हुन्छ। आमअभिभावक वा सरोकारवाला जोकोहीलाई विद्यार्थी राजनीति सतहमा देखिएको एउटा समस्या लाग्न सक्छ। तर त्यो त ठूलो समस्याको एउटा प्रतिबिम्बमात्र हो। यदि विद्यार्थी राजनीतिलाई हामीले त्यसरी मात्र बुझ्यौं भने हामीले देशको शैक्षिक मुद्दा, नेतृत्व विकास र जुनकुनै क्षेत्रलाई छुने समग्र राजनीतिलाई नै नजरअन्दाज गरिरहेका हुन्छौं। हामी सबैले बुझ्नुपर्छ जसरी एउटा व्यक्तिको महत्वपूर्ण शारीरिक, मानसिक र संवेगात्मक विकास उसको शिशु अवस्थामा भएको हुन्छ, त्यसरी नै देशको राजनीति आदर्शवान र मजबुत पार्न विद्यार्थी राजनीतिलाई नै हरहालतमा मूल्यवान बनाउनुपर्छ। हामीस“ग दोस्रो विकल्प छैन।

सहमहामन्त्री, नेपाल विद्यार्थी संघ

प्रकाशित: ९ आश्विन २०७३ ०८:४१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App