प्रशान्त लामिछाने

प्रशान्त लामिछाने

चीनसँग विश्वास गुमाउँदै दाहाल

बुधबार, १६ चैत २०७३

बोआओ फोरममा भाग लिएर प्रधानमन्त्री पुष्पकमल दाहाल स्वदेश फर्केका छन्। एजेन्डाका हिसाबले भ्रमणको चर्चा नरहे पनि उनले त्यहाँ गरेका भेट महत्वपूर्ण छन्। चिनियाँ राष्ट्रपति सी जिङपिङ लगायत उच्च नेतृत्वलाई उनले भेटे। यी आफैँमा महत्वपूर्ण विषय हुन्।

माओवादी संसदीय बैठकमा प्रधानमन्त्रीको चर्को विरोध

मङ्गलबार, ०८ चैत २०७३

माओवादी केन्द्र, संसदीय दलको बैठकमा बजेट रकमान्तर गर्दा असन्तुलित भएको भन्दै सांसदहरुले असन्तुष्टि जनाएका छन्। संसदीय दलको कार्यालय सिंहदरवारमा भएको बैठकमा सरकारले पछिल्लोपटक रकमान्तर गरेको बजेट असन्तुलित भएको भन्दै सांसदहरुले विरोध गरेका हुन्।

संविधान संशोधनमा मोर्चाले लियो अड्डी, दल दर्ता पनि नगर्ने

मङ्गलबार, १७ फागुन २०७३

मधेसी मोर्चाले परिमार्जन सहित संविधान संशोधन विना निर्वाचनमा भाग नलिने निर्णय गरेको छ। निर्वाचनबारे आधिकारिक धारणा बनाउनु तमलोपा कार्यालय बिजुली बजारमा बसेको बैठकले संविधान संशोधन विना निर्वाचनमा जानुको औचित्य नभएको ठहर गरेको हो।

निर्वाचनको मिति घोषणा गरे प्रतिवाद गर्ने मोर्चाको चेतावनी

आइतबार, ०८ फागुन २०७३

निर्वाचनको मिति घोषणा गर्ने तयारीमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाललाई मधेसी मोर्चाका नेताहरुले सरकारले जस्तो व्यवहार गर्‍यो त्यस्तै उत्तर दिने चेतावनी दिएका छन्। प्रधानमन्त्री दाहालले नेपाली कांग्रेस सहित मधेसी मोर्चाका शीर्ष नेतासँग आइतबार साँझ निर्वाचनको मिति घोषणाबारे छलफल गरेका थिए।

नारायणकाजी निवासमा ओली-दाहाल भेट

शुक्रबार, २८ माघ २०७३

एमाओवादी नेता नारायणकाजी श्रेष्ठको हरिसिद्धिस्थित निवासमा प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटघाट भएको छ।

चुनाब मिति घोषणा हल्ला मात्रै, आयोगलाई पत्र पठाउने तयारी

बुधबार, १९ माघ २०७३

प्रधानमन्त्री पुष्पकमल दाहालले सोमबार सत्ता साझेदार नेपाली कांग्रेस सहित मधेसी मोर्चाका दलहरुलाई बालुवाटार बोलाए। बैठकको मुख्य एजेण्डा थियो, संविधान संशोधन र निर्वाचनको मिति घोषणा।

लोकसेवाले तीन दिन थप्यो नासुको आवेदन दिने म्याद

मङ्गलबार, १८ माघ २०७३

नायब सुब्बा (नासु) को लागि आवेदन दिने मिति निर्धारित समयभन्दा तीन दिन थपिएको छ। आयोगको वेब साइटमा आएको समस्याका कारण आवेदन दिने म्याद तीन दिन थप गरिएको आयोगका प्रवक्ता लक्ष्मीविलास कोइरालालले नागरिकन्युजलाई बताए।

लोकसेवा आयोगको वेबसाइट डाउन, नासुको फारम भर्ने समय थपिने

सोमबार, १७ माघ २०७३

नायब सुब्बा (नासु) को लागि अावेदन दिने मिति सकिन एक दिन बाँकी रहँदा सोमबार लोक सेवा आयोगको वेब साइट डाउन भएको छ।

यम बुद्धले सार्वजनिक गर्न नभ्याएका र्‍याप कस्ता छन्? (भिडियो)

शुक्रबार, १४ माघ २०७३

चर्चित र्‍यापर यम बुद्धले संसारबाट विदा लिनुअघि केही गीतहरुमा काम गरिरहेका थिए। ती सांगीतिक कोशेली सार्वजनिक गर्न नपाउँदै उनी संसारबाट विदा भए। उनले तीनवटा सांगीतिक 'प्रोजेक्ट'मा काम गरिरहेका थिए।

शीतल निवासमा एउटा दुर्लभ संयोग

सोमबार, ०३ माघ २०७३

पूर्व राजा शाहको शीतल निवाससँग जीवनको महत्वपूर्ण पक्ष पनि जोडिएको छ। त्यो हो उनको विवाह। राणा प्रधानमन्त्री चन्द्र सम्शेरले बेलायती शैलीमा निर्माण गरेको यो दरवारमा २०२७ सालमा ज्ञानेन्द्र शाह र कोमलबीच विवाह भएको थियो।

कुन दिशा उन्मुख छ समाज ?

शनिबार, २३ पुष २०७३

सात दशक वरपर नेपालमा ठूला–ठूला क्रान्ति भए। थोरै–थोरै गरेर राजनीतिक परिर्वतन आयो। २००७, २०४६ र ०६२/०६३ इतिहासमा महत्वपूर्ण छन्। यो बीचमा २०१७ मा पनि परिवर्तन त भयो तर त्यो जनताको स्वतन्त्रताको लागि भन्दा निरंकुशताका लागि थियो। हामी जति राजनीतिक रूपमा अघि बढ्यौँ, सामाजिक–आर्थिक हिसाबले त्यति सफलता प्राप्त गर्न सकेनौँ।

चौध महिनापछि एकै मञ्चमा 'पूरक' नेता

मङ्गलबार, १२ पुष २०७३

प्रधानमन्त्री पुष्पकमल दाहाल र पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले तीन दशक कम्युनिस्ट आन्दोलनमा सँगै बिताए। दुवैले २५ वर्ष त माओवादी आन्दोलनका लागि एउटै कमिटीमा बसेर काम गरे। अघिल्लो असोजदेखि दुवै अलग भए।

छुट्टिएको १४ महिना पछि दाहाल र भट्टराईले एउटै मञ्चबाट भने: हामी अहिले पनि मिल्न चाहन्छौं

सोमबार, ११ पुष २०७३

प्रधानमन्त्री पुष्पकमल दाहाल र पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई जीवनका तीन दशक कम्युनिष्ट आन्दोलमा सँगै विताए। दुवैले २५ बर्ष त माओवादी आन्दोलनका लागि एउटै कमिटीमा बसेर काम गरे। तर गत बर्ष असोज देखि दुवै अलग भएका छन्। २०७२ असोज ९ गते भट्टराईले तत्कालिन एनेकपा माओवादीबाट अलग भएको घोषणा गर्दै नयाँ शक्ति पार्टी गठन गरेका छन्।

‘कन्ट्रोभर्सी त सम्पत्ति हो’

शनिबार, ११ मङि्सर २०७३

१८ भन्दा बढी पुस्तककी ६८ वर्षीया यी लेखिका समाजिक सञ्जालमा अति व्यस्त देखिन्छिन्। उनी आफ्नो लेखनीले मात्र नभएर ‘सोसल मिडिया’मा दिएका अभिव्यक्तिले पनि उत्तिकै विवादमा परिरहन्छिन्। तर, उनी सामाजिक सञ्जालप्रति सकारात्मक छिन्। ‘सामाजिक सञ्जाल आम मानिसको अभिव्यक्ति स्वतन्त्रताको थलो हो,’ डेको मूल्यांकन छ।

शान्तिप्रक्रियाको चुनबाङ साइनो

आइतबार, ०५ मङि्सर २०७३

१० वर्ष पहिले आजकै दिन नेपालको इतिहासमा महत्वपूर्ण निर्णय भएको थियो। तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र नेकपा माओवादीका अध्यक्ष प्रचण्डले युद्ध बिसाउने र नयाँ राजनीतिक दिशामा अघि बढ्ने सम्झौतामा हस्ताक्षर गरेका थिए। आजकै साँझ दुई नेताले हात मिलाउँदै देशमा १० वर्षदेखि जारी युद्ध अन्य गर्न सहमत भएका थिए।

भिषा लागेको पासपोर्ट त्यागेर अल्ट्रा दौडमा

सोमबार, २२ कार्तिक २०७३

संयुक्त राष्ट्रसंघीय मिसन नेपाल (अनमिन)का अधिकारीले ‘नो’ भने पछि उनको जीवनमा नयाँ घुम्ती आयो। मीरा राई तत्कालीन माओवादी ‘जनमुक्ति सेना’ को दोस्रो डिभिजन सिन्धुलीमा छापामारको रुपमा ब्यारेकमा थिइन्। त्यही क्याम्पमा उनका नयाँ सपनाहरु झुल्दै थिए। फक्रिँदै थिए।

चिनियाँ पक्षले गोवामै सम्झौता गर्न चाहेको थियो

आइतबार, १४ कार्तिक २०७३

प्रधानमन्त्री पुष्पकमल दाहालले भारतको गोवामा चिनियाँ पक्षले सम्झौता गर्न खोजेको खुलासा गरेका छन्। 'चिनियाँ पक्षले गोवामा केही सम्झौता गर्न चाहेको थियो तर मैले दीर्घकालीन अर्थ राख्खे सम्झौता बेइजिङ वा काठमाडौंमा गर्नु पर्ने धारणा राखेँ।'

चीनले गोवामै सम्झौता गर्न खोजेको प्रधानमन्त्रीको खुलासा

आइतबार, १४ कार्तिक २०७३

प्रधानमन्त्री पुष्पकमल दाहालले ब्रिक्स सम्मेलनका क्रममा भारतको गोवा पुगेका बेला चिनियाँ पक्षले त्यहीँ सम्झौता गर्न खोजेको खुलासा गरेका छन्। गोवामा दाहालको चिनियाँ राष्ट्रपति सी जिङपिङसँग भेट भएको थियो।

सामाजिक सञ्जालमा विरोध हुँदैमा विदा फिर्ता हुँदैनः दाहाल

आइतबार, १४ कार्तिक २०७३

'दुई मुलुकको सम्बन्धलाई असर पुग्ने गरी नकारात्मक नबनौं', सीमित सञ्चारकर्मीबीच उनले भने, 'नकारात्मक सोचाई धेरै बढ्दा विकासमानै बाधा पुग्छ।' विदा दिने सरकारको निर्णयप्रति उनी दृढ देखिए। 'सामाजिक सञ्जाल र सञ्चारमाध्यमबाट विरोध गर्दैमा विदा फिर्ता हुँदैन', उनले भने।

तीन दलबीचकाे छलफलपछि महाभियोग प्रस्ताव दर्ता गरिएको होः प्रधानमन्त्री दाहाल

शनिबार, १३ कार्तिक २०७३

प्रधानमन्त्री दाहालले महाभियोग दर्ता गराएको विषय सत्ता गठबन्धनसँग नजोडिएकोसमेत बताए। ‘महाभियोग दर्ता गर्नुभन्दा पहिला प्रमुख दलबीच छलफल भएको थियो,’ प्रधानमन्त्रीले भने, ‘ अब पनि हामीहरु सहमतिबाटै अगाडि बढ्ने हो। महाभियोग ल्याउँदा सत्ता गठबन्धनलाई कुनै असर पर्दैन।’ उनले माओवादी र नेपाली कांग्रेसबीच कुनै समस्या नरहेको बताए।

Ncell Footer Ad