प्रशान्त लामिछाने

प्रशान्त लामिछाने

'मालिका अर्थात उत्पीडन विरुद्धको कथा' (भिडियो अन्तर्वार्ता )

बुधबार, १४ कार्तिक २०७५

चलचित्र मालिकामा रेखा थापाले जाजरकोटकी कमला वलीलाई 'हिरो' बनाइन्। कार्तिक १६ गतेदेखि रिलिज हुने चलचित्रमा भेरी नगरपालिका १ कालेगाउँकी  १५ वर्षिया कमला वलीको मुख्य भूमिका छ। पछिल्लो समय नारी प्रधान चलचित्र निर्माण गर्दै आएकी थापाले मालिका उत्पीडन विरुद्धको कथा भएको बताइन्।

यस्तो छ नेपालको संवैधानिक विकासक्रम (भिडियो)

बुधबार, ०३ असोज २०७५

नेपालको संवैधानिक इतिहास २००४ बाट सुरु भएको थियो। नेपाल सरकार वैधानिक कानून, २००४ त्यति बेला बने पनि जारी हुन भने सकेन। यो नेपालको संवैधानिक इतिहासमा पहिलो लिखित संविधान हो। राणा प्रधानमन्त्री पद्यम शमशेरले मस्यौदा तयार पारे पनि जारी हुन भने सकेन।

‘ड्रग लर्ड’ पाब्लो इस्कोबारका छोरा भन्छन् : मेरा बुबा एक खराब विम्ब थिए

शनिबार, ३० भदौ २०७५

पाब्लो इमिलिओ इस्कोबार ग्राभिरिया कोलम्बीयाका कुख्यात लागूपदार्थ कारोबारी हुन् । ‘कोकिन किङ’ भनेर चिनिने स्कोबार लागूपदार्थ कारोबारमा अहिलेसम्मकै वादशाह मानिन्छन् । उनी २ डिसेम्बर १९९३ मा सुरक्षाकर्मीसँगको मुठभेडमा मारिएका थिए । सिआइएसँगको सहकार्यमा कोलम्बीया सरकारले उनका विरुद्ध कारबाही गरेको थियो ।

दाहालको दिल्ली दौड (भिडियो)

सोमबार, २५ भदौ २०७५

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल भारतको चार दिने भ्रमण पुरा गर्दै आइतबार काठमाडौं उत्रिए। दिल्ली बसाईको क्रममा उनले त्यहाँ राजनीतिक भेटघाट मात्र गरेनन्, बौद्विक कार्यक्रममा पनि सहभागि भए। सुरुकै दिन भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसँग डिनर मिटिङ गरेका दाहालले प्रधानमन्त्री नरेन्द्र मोदीसँग समेत भेटे। डोभाल छिमेक नीति र सुरक्षाको विषयमा निर्णायक मानिन्छन्।

मनमैजुमा पहिरो जाँदा दुई घरमा क्षति, दुई घाइते (फोटो फिचर)

सोमबार, १८ भदौ २०७५

काठमाडौंको तारकेश्वर नगरपालिका ९ मनमैजुमा गएराति पहिरो जाँदा दुई घरमा क्षति पुगेको छ। इश्वरी प्रसाद खतिवडा र जानकी घलानको पक्की घरभित्र राति १ बजे पहिरो पसेको थियो।

बिमस्टेकबाट फर्कंदै गर्दा सिरीसेनाले भने : सार्कको भूमिका महत्वपूर्ण

आइतबार, १७ भदौ २०७५

चौथो बहुपक्षीय आर्थिक तथा प्राविधिक सहयोगका लागि बंगालका खाडीका राष्ट्रको प्रयास (बिमस्टेक) शिखर सम्मेलनमा भाग लिन नेपाल आएका श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरीसेनाले सार्क सचिवालयको भ्रमण गरे। बिमस्टेकमा सार्कमा प्रतिनिधित्व गर्ने देशहरु समेत भए पनि सचिवालय पुग्ने सिरीसेना मात्र हुन्।

गाडी नपाएपछि सर्वसाधारण अलपत्र, झ्यालढोकामै झुण्डिएर यात्रा (फोटो फिचर)

शुक्रबार, १५ भदौ २०७५

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक)को चौथो शिखर सम्मेलनका कारण काठमाडौं उपत्यकामा सर्वसाधारणले दुःख पाएका छन्। सम्मेलनको दोस्रो दिन विशिष्ट अतिथि फर्किने क्रममा सवारी आगमनमा भएको अवरोधले सर्वसाधारण बाटोमै अलपत्र परेका हुन्। साथै जोर विजोर प्रणालीले गाडी नपाउँदा झुण्डिएर जोखिमपूर्ण यात्रा गर्नुपरेको छ। जोर विजोरका कारण तुलनात्मक रुपमा गाडी कम चलेका थिए।

एसियाडमा रजत जिताउने योगेश भन्छन् : यो सबै नेपालीको जीत हो

बुधबार, १३ भदौ २०७५

१८ औं एसियाडमा खाली हात फर्कन लागेको नेपाललाई साहसिक खेल प्याराग्लाइडिङले त्यसो हुनबाट बचाएको छ। प्याराग्लाइडिङमा क्रस कन्ट्री तर्फको पुरुष टोलीले रजत पदक जीतेसँगै नेपालको गौरव कायम रहेको छ। सन् १९९८ मा सविता राजभण्डारीले बैकक एसियाडमा तेकवान्दो तर्फ नेपालको नाममा रजत पदक सुरक्षित गरेकी थिइन्।

फेवाताल मुद्दाको पेसी स्थगित सूचीमा, अर्को पेसी डेढ महिनापछि

बिहिबार, ३१ साउन २०७५

फेवातालको जग्गामा विवादित पर्यटन व्यवसायी कर्ण शाक्यले निर्माण गरेको होटल वाटर फ्रन्टको मुद्दाको पेसी अदालतबाट स्थगित भएको छ।

कर्ण शाक्यको होटलबाट निस्कने पानी छुनै नहुने

मङ्गलबार, २९ साउन २०७५

पर्यटन व्यवसायी कर्ण शाक्यले फेवाताल किनारमा निर्माण गरेको होटल वाटर फ्रन्टबाट निस्कने पानी दुषित पाइएको छ। सर्वोच्च अदालतको आदेशमा सरकारले प्रमुख नापी अधिकृत नारायण रेग्मीको संयोजकत्वमा गठन गरेको पार्क भिलेज वाटर फ्रन्ट रिसोर्ट प्रालि सम्बन्धी जाँचबुझ समितिले सर्वोच्चमा बुझाएको प्रतिवेदनमा होटलबाट निस्कने पानी दुषित भएको उल्लेख गरिएको छ।

भरत शमशेर, बीपीका आलोचक हुँदै समर्थक

शनिबार, २६ साउन २०७५

तत्कालिन गोरखा परिषदका महामन्त्री भरत शमशेर राणाको निधन भएको छ । ९० वर्षको उमेरमा भारतको कलकत्तामा राणाको शनिबार विहान निधन भएको उनका भतिज तथा पूर्व प्रधानसेनापती गौरव शमशेर राणाले बताए । २०१५ सालको आम निर्वाचन पछि नेपाली कांग्रेस पहिलो पार्टी बनेको थियो भने गोरखा परिषद सदनमा प्रतिपक्षी दलको रुपमा थियो । राणा प्रमुख प्रतिपक्षी दलको नेताको रुपमा पहिलो संसदमा थिए । राणा क्यान्सरबाट पीडित थिए ।

कुरै ठूला, काम छैन

मङ्गलबार, २२ साउन २०७५

प्रजातन्त्रको उदयपछि नेपाली कांग्रेस सत्ताको वरपर रह्यो। २०१५ सालको आम निर्वाचनमा नेपाली जनताले कांग्रेसलाई ठूलो पार्टी बनाए।

शाक्यको पोखराको रिसोर्टका कित्ता सरकारी जग्गा भित्र पनि

मङ्गलबार, १५ साउन २०७५

फेवाताल किनारमा विवादित पर्यटन व्यवसायी कर्ण शाक्यले निर्माण गरेको होटल वाटर फ्रन्टका केही कित्ता सार्वजनिक जमिनमा समेत देखिएका छन्।

बानेश्वरको दृश्य : वारी डा. केसीको समर्थनमा कोण सभा, पारी तरुण दल र प्रहरी झडप

शनिबार, ०५ साउन २०७५

चिकित्सा शिक्षामा सुधारको माग गर्दै अनशनरत प्राडा. गोविन्द केसीको समर्थनमा शनिबार राजधानीमा प्रदर्शन भयो। केसीका स्वतन्त्र समर्थकहरुको बाहुल्यता रहेको प्रदर्शनमा विवेकशील साझा, नयाँ शक्ति पार्टी र नेपाली कांग्रेस निकट तरुण दल पनि मिसिएका थिए। तरुण दलले एक बजे माइतीघरमा भेला भएर बानेश्वर जाने कार्यक्रम तय गरेको थियो।

बिपी, चाउ एनलाई र केपी ओली

बिहिबार, १४ असार २०७५

तत्कालिन प्रधानमन्त्री विश्वेश्वर प्रसाद कोइराला २०१७ सालमा प्रधानमन्त्री चाउ एनलाईको निमन्त्रणामा चीन भ्रमणमा गए। उनलाई त्यहाँ कम्यूनहरु देखाइयो र चीनले भर्खरै सानो स्केलमा सुरु गरेका घरेलु उद्योग देखाइयो। चाउ एन लाईले कोइरालालाई सुझाव दिए, 'ठूला भन्दा साना काम गरेर अघि बढ।'

अप्ठ्यारो सडक निर्माणको कथा (भिडियो)

शुक्रबार, २५ जेठ २०७५

चट्टान फोरेर सडक विस्तार गर्ने काम पक्कै पनि कठिन हुन्छ। यस्तै चट्टान फोरेर नारायणगढ–मुग्लिन सडक विस्तारको काम तीन वर्षदेखि गरिँदैछ। अहिले यो सडकखण्डमा अन्तिम चरणको निर्माणको काम भइरहेको छ। नारायणगढ–मुग्लिन सडक आयोजनाका अनुसार अब ४ सय ५० मिटर सडकमात्र कालोपत्रे गर्न बाँकी छ।

कर्ण शाक्यको होटल वाटर फ्रन्टबारे प्राविधिक अध्ययन सुरु

सोमबार, २१ जेठ २०७५

फेवाताल किनारमा विवादित पर्यटन व्यवसायी कर्ण शाक्यले निर्माण गरेको होटल वाटर फ्रन्टबारे सरकारले गठन गरेको छानविन समितिले नापजाँच सुरु गरेको छ।

कर्ण शाक्यले फेवा किनारमा बनाएको होटलबारे छानविन गर्न सरकारद्वारा समिति गठन

आइतबार, २० जेठ २०७५

सरकारले फेवाताल किनारामा विवादित पर्यटन व्यवसायी कर्ण शाक्यले निर्माण गरेको होटल वाटर फ्रन्टबारे छानविन गर्न समिति गठन गरेको छ। कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका प्रमुख नापी अधिकृत नारायण रेग्मीको संयोजकत्वमा समिति गठन भएको हो।

मणि विक्रम शाह : नेपालका म्याराडोना

सोमबार, ३१ बैशाख २०७५

दक्षिण अमेरिकी खेलाडी म्याराडोना सन् १९८० को दशकमा विश्व फुटवलमा ‘वादशाह' उन्मुख नाम थियो। ठिक त्यहि समयमा मणि विक्रम शाहले नेपाली दर्शक दिर्घाबाट ‘म्याराडोना' को उपाधि पाइरहेका थिए।

यसरी अतिक्रमण भइरहेको छ फेवाताल (भिडियो सहित)

सोमबार, ३१ बैशाख २०७५

मानवीय र प्राकृतिक अतिक्रमणका कारण फेवातालको अस्तित्व संकटमा पर्दै गइरहेको छ। एकतर्फ फेवा किनारमा बन्दै गएका संरचना, तालमा मिसिने ढल र फोहोरले तालको सुन्दरतामात्र होइन जीवनमै खतरा पारिरहेका छन्।