प्रशान्त लामिछाने

प्रशान्त लामिछाने

प्रधानमन्त्रीलाई अवहेलना मुद्दा, फैसलाको फाइल साथै राख्न आदेश

आइतबार, २६ साउन २०७६

फेवाताल अतिक्रमणको मुद्दा फैसला भएको एक वर्षभन्दा बढी बितिसक्दा पनि कार्यान्वयन नभएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध सर्वोच्च अदालतमा अवहेलना मुद्दा परेको छ। अधिवक्ता खगेन्द्र सुवेदीले प्रधानमन्त्री ओली, भूमि, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्याल, वनमन्त्री शक्ति बस्नेत, मुख्यसचिव लोकदर्शन रेग्मी, प्रधानमन्त्री कार्यालयका सचिव डिल्लिराम घिमिरे, भूमि मन्त्रालयका सचिव सचिव गोपीनाथ मैनाली, गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्वा गुरुङ र प्रदेशमन्त्री विकास लम्सालसिहत ९ जनालाई विपक्षी बनाएर अवहेलना मुद्दा दायर गरेका हुन्।

प्रधानमन्त्रीलाई अवहेलना मुद्दा, फैसलाको फाइल साथै राख्न आदेश

शुक्रबार, २४ साउन २०७६

फेवाताल अतिक्रमणको मुद्दा फैसला भएको एक वर्ष भन्दा बढी वितिसक्दा पनि कार्यान्वयन नभएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओली, सम्बन्धित मन्त्री र विभागीय प्रमुखहरुविरुद्ध सर्वोच्च अदालतमा अवहेलना मुद्दा परेको छ।

धोबीखोलाको जग्गा पनि व्यक्तिका नाममा

शुक्रबार, २० बैशाख २०७६

धोबीखोलावरपरको सरकारी जग्गा व्यक्तिका नाममा दर्ता भएको पाइएको छ। नक्सा संशोधनका नाममा मालपोत कार्यालयका कर्मचारीसँगको मिलेमतोमा खोलावरिपरिको जग्गा व्यक्तिका नाममा दर्ता गरिएको हो। नक्सा सुधारका नाममा करिब चार रोपनी सरकारी जग्गा विभिन्न व्यक्तिका नाममा दर्ता भएको हो।

सीके राउतको राजनीतिक ‘छलाङ’

शुक्रबार, २४ फागुन २०७५

वर्ष दिनअघि राजधानीमा एउटा गोष्ठी आयोजना भएको थियो। विषय यस्तै संघीयता र अधिकारसँग केन्द्रित थियो। विभिन्न क्षेत्रका युवा सहभागी थिए। मधेस आन्दोलनमा मानिसहरूले ज्यान गुमाएका समाचार ताजै थिए।

संसदका एक वर्ष : कानून निर्माणमा जोड, जनताका मुद्दा उस्तै

मङ्गलबार, २१ फागुन २०७५

संघीय संसदले आफ्नो एक वर्षे कार्यकाल पुरा गरेको छ। गत वर्ष मंसिरमा प्रतिनिधिसभाको निर्वाचन सम्पन्न भए पनि संसदको पहिलो अधिवेशन २०७४ फागुन २१ गते बसेको थियो।

यस्ताे रह्याे मन्त्री अधिकारीकाे अन्त्येष्टि (फाेटाे फिचर)

शुक्रबार, १७ फागुन २०७५

पर्यटनमन्त्री रवीन्द्र अधिकारीको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ। बुधबार ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा परी निधन भएको मन्त्री अधिकारीको गृहनगरस्थित रामघाटमा अन्त्यष्टि गरिएको थियो।

मन्त्री अधिकारीको राजकीय सम्मानका साथ अन्त्येष्टि

शुक्रबार, १७ फागुन २०७५

पर्यटनमन्त्री रवीन्द्र अधिकारीको राजकीय सम्मानका साथ अन्त्यष्टि गरिएको छ। बुधबार ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा परी निधन भएको मन्त्री अधिकारीको गृहनगरस्थित रामघाटमा अन्त्यष्टि गरिएको थियो।

शोक धुनसँगै अविरल बगेका आँसुहरु...

शुक्रबार, १७ फागुन २०७५

यही माटोका सबै हामी यही माटो मुनी मिल्नु छ मृत भष्म नहुँदैमा झिल्को भइकन बल्नु छ

मन्त्री अधिकारीलाई राष्ट्रिय र पार्टीको झण्डा ओढाइयो

शुक्रबार, १७ फागुन २०७५

पर्यटनमन्त्री रवीन्द्र अधिकारीलाई पोखरामा उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेलले राष्ट्रिय झण्डा उढाएका छन्।

श्रद्धाञ्जलीका लागि मन्त्री अधिकारीको शव प्रदर्शनी केन्द्रमा (भिडियाे/फाेटाे)

शुक्रबार, १७ फागुन २०७५

पर्यटनमन्त्री रवीन्द्र अधिकारीको पार्थिव शरीर गृहनगर पोखरास्थित प्रर्दशनी केन्द्रमा श्रद्धाञ्जलीका लागि राखिएको छ। केहीबेरअघि उनको पार्थिव शरीरलाई पोखरा पुर्याइएको हो।

पोखरा पुर्‍याइयो मन्त्री अधिकारीको शव

शुक्रबार, १७ फागुन २०७५

संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्र अधिकारीको पार्थिव शरीर पोखर पुर्‍याइएको छ। उनको पार्थिव शरीरलाई दाहसंस्कारका लागि पोखरा लगिएको हो। मन्त्री अधिकारीको पार्थिव शरीर भर्खरै पोखरा विमानस्थल पुर्‍याइएको हो।

राजनीतिक यात्राका तीन घटना, जसले रवीन्द्र अधिकारीलाई चिनायो

बुधबार, १५ फागुन २०७५

पीएन क्याम्पस पोखराको स्ववियू सभापति बनेपछि  विद्यार्थि राजनीतिमा दरीलो उपस्थिति देखाएका थिए, रवीन्द्र अधिकारीले। मोफसलको त्यो परिचयले उनलाई महत्वकांक्षी बनायो राजनीतिमा। राष्ट्रिय राजनीतिमा केहि गर्नु पर्छ भन्ने भावना जगायो। केहि गरौं भन्ने सोचका साथ उनी काठमाडौं आए ।

फागुन १ का चार 'एक्सन'

बुधबार, ०१ फागुन २०७५

२०५२ फागुन १ गते तत्कालिन नेकपा माओवादीले जनताका नाममा अपिल जारी गर्दै 'जनयुद्ध'को घोषणा गर्यो। त्यो दिन माओवादीले अपिल मात्रै जारी गरेन त्यसै राति केही फौजी 'कारबाही' समेत गरेर केही हुँदैछ भन्ने संकेत पनि दियो।

'फेवाताल जोगाउने यो अन्तिम अवसर'

आइतबार, १३ माघ २०७५

मानवीय र प्राकृतिक अतिक्रमणका कारण फेवातालको अस्तित्व संकटमा छ। सर्वोच्च अदालतले फेवातालको संरक्षणका लागी गरेको पछिल्लो फैसला जीवनबुटी बनेको बुझाई छ गण्डकी प्रदेश सभा सदस्य राजिब पहारीको को। पहारी फेवाताल रहेकै क्षेत्र कास्की ३ (ख) का सांसद हुन्।

'पिँढीमा बसेर मेरै बाटो हेरेर…' गीतमा सुनिएको समाज

शनिबार, १४ पुष २०७५

बुद्धिकृष्ण लामिछानेले एउटा गीत गाए। पिँढीमा बसेर मेरै बाटो हेरेर…। रेडियो नेपालबाट गीत गुन्जियो। उनले यो गीत गाउँदा रेडियोको सुविधा अहिलेको जस्तो थिएन। गाउँ वा सहरमा सिमितरुपमा रेडियो थिए। अब लामिछानेको रेकर्डेड स्वर मात्र गुन्जने छ।

कर्ण शाक्यविरुद्धको पेसी तेस्रो पटक सर्‍यो

बिहिबार, ०५ पुष २०७५

फेवातालको जग्गामा विवादित पर्यटन व्यवसायी कर्ण शाक्यले निर्माण गरेको होटल वाटर फ्रन्टमाथी अदालतमा परेको मुद्दाको पेसी आज पनि सरेको छ। यो सँगै उक्त मुदामा तेस्रो पटक पेसी सरेको हो।

फेवाताल मुद्दाको सुनुवाई आज हुँदै

बिहिबार, ०५ पुष २०७५

फेवातालको जग्गामा विवादित पर्यटन व्यवसायी कर्ण शाक्यले निर्माण गरेको होटल वाटर फ्रन्टको मुद्दाको निरन्तर सुनुवाइ आजलाई तोकिएको छ। अधिवक्ता खगेन्द्र सुवेदीले २०६८ असार २३ मा दायर गरेको फेवाताल संरक्षण सम्वन्धि उक्त मुद्दा साप्ताहिक पेसीको ७ नम्वरमा रहेको छ।

देश चिनाउने फिल्म खोई ? (भिडियो)

मङ्गलबार, १८ मङि्सर २०७५

शुक्रबार रिलिज हुने चलचित्र प्रसादमा निश्चल बस्नेत छोटो भूमिकामा छैनन्। छोटो मिठो भूमिकामा देखा पर्दै आएका उनी प्रसादमा 'नेगेटिभ क्यारेक्टर' मा देखिने छन्। 'यो फिल्मको भिलेन हो भन्दा पनि फरक पर्दैन', सोमबार नागरिक नेटवर्कको स्टुडियोमा उनले भने, 'यस्तो भूमिकामा यस अघि काम गरेको थिइन।'

पोखरामा पक्राउ भारतीय ठग 'पोन्जी' प्रकरणका मास्टरमाइन्ड

मङ्गलबार, ११ मङि्सर २०७५

जिल्ला प्रहरी कार्यालय कास्कीले बिहीबार विदेशी मुद्रा सहित एक भारतीय र एक एक नेपाली महिलालाई पक्राउ गर्यो। पक्राउ पर्नेमा भारतीय विनायककुमार बाबुलाल साह र काठमाडौं महानगरपालिका–३५ की चन्दा थापा थिए।

फेवातालको सुन्दरताबारे सर्वोच्च अदालतले यसरी गर्‍यो व्याख्या

आइतबार, ०९ मङि्सर २०७५

सर्वोच्च अदालतले सार्वजनिक गरेको फेवाताल मुद्दाको पूर्ण पैसलामा तालको सौन्दर्यबारे समेत व्याख्या गरिएको छ। प्रधानन्यायाधीश ओम प्रकाश मिश्र र सपना प्रधान मल्लले फैसला गरेको मुद्दाको पूर्णपाठमा भनिएको छ, 'फेवातालको प्राकृतिक सौन्दर्य, यसको वातावरणीय भूमिका, यससँग सम्बन्धित धार्मिक गन्तव्य स्थलहरूका कारणबाट नै पोखरा उपत्यकाको ख्याति नेपालमा मात्र नभई विश्‍वस्तरमा नै उल्लेख्‍य बनेको कुरामा विवाद छैन।'

Ncell Footer Ad