सम्पादकीय

सम्पादकीय

उल्फाको धन फुपुको श्राद्ध

आइतबार, ०२ साउन २०७३

सरकारी लेखा राख्ने महालेखा नियन्त्रक कार्यालयको पछिल्लो तथ्यांकले आर्थिक वर्षको अन्तिम समयमा आएर अन्धाधुन्ध खर्च गर्ने तरिकाको तस्बिर देखाएको छ। तथ्यांकअनुसार चालु आवको ३५७ दिनमा केवल ७५ अर्ब ३९ करोड रुपैयाँ खर्च गरेको सरकारले बाँकी ८ दिनमा भने ३४ अर्ब ४६ करोड सिध्याएको छ।

भारतमा भानुको भक्ति

शुक्रबार, ३१ असार २०७३

'भानुभक्तका कविता क्षणिक नभएर सधैँ जीवित रहन्छन्। उनका कवितामा मानवता र यथार्थ चित्रण गरिएको छ। त्यस्ता कविको जन्मजयन्तीमा सहभागी हुन पाउँदा गौरवान्वित छु।' यो भनाइ कुनै नेपाली भाषाविद् वा साहित्यकारको होइन, भारतीय राष्ट्रपति प्रणव मुखर्जीको हो।

अन्त्यहीन अस्थिरता

बिहिबार, ३० असार २०७३

नौ महिनाअघि बनेको केपी शर्मा ओली नेतृत्वको सरकार ढल्ने निश्चितप्रायः भएको छ । सत्ता गठबन्धनमै रहेको नेकपा माओवादी केन्द्रले ओली सरकारको साथ छाडेर प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको सहयोगमा नयाँ सरकार बनाउने निर्णय गरेपछि वर्तमान सत्ता अल्पमतमा पर्ने अवस्था आएको हो ।

विकृतिविरुद्धको विरासत

बुधबार, २९ असार २०७३

चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा मौलाएको विकृतिविरुद्ध डा. गोविन्द केसीले आठौँ आमरण अनसन थालेको हेर्दाहेर्दै तेस्रो दिन बितिसकेको छ । प्रत्येक नयाँ सरकारका पालामा उनले यस क्षेत्रको सुधार निम्ति यसरी अनसनमा बस्नु ‘नियमित आकस्मिकता’जस्तो हुन थालेको छ ।

बेखुसी जागिरे

सोमबार, २७ असार २०७३

विश्व बैंकको एक अध्ययनले जागिरे नेपालीमध्ये अत्यन्तै न्यून संख्यामात्रै आफ्नो कामप्रति सन्तुष्ट रहेको देखाएको छ। यसबाट स्वदेशमा उपलब्ध रोजगारीको स्तर, त्यसबाट प्राप्त हुने आम्दानी तथा समाजमा त्यसले दिलाएको प्रतिष्ठासमेत कमजोर रहेको बुझ्न सकिन्छ।

नक्कलीदेखि सावधान

शुक्रबार, २४ असार २०७३

यसपटक नक्कली चिकित्सक प्रकरणले पुरानो नेपाली उखान सम्झाएको छ– कच्चा वैद्यको मात्रा, यमपुरीको यात्रा। चिकित्सासम्बन्धी ज्ञान नलिई उपचार गर्न तम्सिनेले बिरामीलाई सिधै मृत्युको मुखमा हालिदिन्छन्। जनस्वास्थ्यसँग सरोकार राख्ने यस्तो पेसाको माथिल्लो स्थानमा पुगेका व्यक्तिले राम्ररी आफ्नो पढाइ र तालिम पूरा नगरेको थाहा पाउनेका शरीरमा अहिले काँडा उमि्रएका छन्।

आफ्नो हात जगन्नाथ

बिहिबार, २३ असार २०७३

नेपालको राजनीति र प्रशासनमा यो 'शीर्षउखान' चरितार्थ हुनु नौलो होइन। हाम्रा राजनीतिकर्मी र प्रशासकहरू यसो गर्न पाउँदा पुरुषार्थै गरेको महसुस गर्छन्। चर्चित यो उखानलाई पछिल्लो पटक पृष्ठपोषण गरेका छन् सिँचाइ मन्त्री उमेश यादवले।

संस्कृत जोगाऊँ

बुधबार, २२ असार २०७३

केही वर्षयता संस्कृत भाषामाथिको प्रहार तीव्र बन्दै गएको छ। यसलाई ब्राह्मण तथा हिन्दु धर्म मान्नेको मात्रै र कर्मकाण्डी भाषाका रूपमा संकुचित गर्ने प्रयास व्यापक ढंगमा हुँदै आएको छ।

सत्ताको साँचो

मङ्गलबार, २१ असार २०७३

केही दिन यता सरकार परिवर्तनका चर्चा सुरु भएका छन्। पछिल्लो पटक माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहालले सरकार परिवर्तन निम्ति नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाको सहयोग लिन खोजेका थिए। झण्डै परिवर्तन भइसकेको सरकार रातारात जोगिएको थियो।

असारे विकासको चटारो

सोमबार, २० असार २०७३

असार लागेपछि देशका विभिन्न भागमा भइरहेका विकासका काम हेर्दा अब मुलुकको अनुहार चाँडै नै उज्यालो हुने अनुमान जो कोहीले गर्छ।

पहिरो प्रकोप

आइतबार, १९ असार २०७३

गत वर्ष भुइँचालोले तर्साएका अधिकांश गाउँमा अहिले वर्षा सुरु भएसँगै पहिरोको प्रकोप देखापरेको छ।

आततायी आक्रमण

शुक्रबार, १७ असार २०७३

सन् २०१६ मा आतंककारी हमला थप तीव्र बनेको छ । अनेक नामका आतंककारी समूहले हरेक दिनजसो सर्वसाधारण तथा निहत्था नागरिकको ज्यान लिइरहेका छन् । हालै अफगानिस्तानको काबुलमा १२ नेपालीको आतंककारीले हत्या गरे । आतंककारीले कुनै समुदाय, राजनीतिक दल वा देशमा मात्रै धावा बोलिरहेका छैनन्, कुनै पनि समय र स्थानमा अन्धाधुन्ध आक्रमण गरी निर्दोष सर्वधारणको ज्यानसमेत लिइरहेका छन् ।

सिक्टामा शंका

बिहिबार, १६ असार २०७३

सरकारले 'राष्ट्रिय गौरव' भनी उच्च महत्व दिएका कतिपय आयोजनाको काम सुरु नै हुन सकेको छैन भने कतिपय अलपत्र अवस्थामा छन्। बाँके जिल्लाको ४२ हजार हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुर्‍याउन भनी उच्च महत्वका साथ सुरु गरिएको सिक्टा सिँचाइ आयोजनाको मूल नहर नै भत्कनाले अर्बौं रुपैयाँ खेर जाने अवस्था उत्पन्न भएको छ।

उत्ताउलो सेयर बजार

मङ्गलबार, १४ असार २०७३

सेयर बजारको मापक नेप्से सोमबार १,७०० अंक सजिलै पार गर्दै १७२१.७७ अंकमा पुगेको छ। बजारमा एकै दिन ३६.६० अंकको वृद्धि भएर बजारले ऐतिहासिक उचाइ प्राप्त गरेको हो। साताको पहिलो दिन आइतबार पनि नेप्से परिसूचक १८.८८ अंकले बढेको थियो। दुई दिनमै परिसूचक ५५.४८ बिन्दुले बढ्दा लगानीकर्ता उत्साहित हुनु  स्वाभाविक हो।

इतिहासको अवसान

सोमबार, १३ असार २०७३

भनिन्छ, कुनै मुलुकलाई ध्वस्त पार्नु पर्‍यो भने त्यसको जग भत्काउनुपर्छ। त्यो मुलुकका आधारभूत मूल्यमान्यतामा आक्रमण गरिसकेपछि त्यसले देखाउने केही बाँकी रहँदैन। चाँडै हाम्रो मुलुकको एक सय ६० वर्षभन्दा पुरानो न्यायिक इतिहास मेटिँदैछ। सन्दर्भ हो– मुलुकी ऐनको।

यस्ता पो प्रधानमन्त्री!

आइतबार, १२ असार २०७३

केही दिनअघि उपराष्ट्रपति नन्दबहादुर पुन चीनबाट फर्कंदै थिए। त्यही समय उनका पुत्र सार्वजनिक सवारी चढेर कतै जाँदैथिए। उपराष्ट्रपतिको सवारीका कारण सडक जाम थियो। त्यसको असर उनका पुत्रमा नपर्ने कुरै भएन। उनी समयमा निर्धारित स्थानमा पुग्न सकेनन्। उनी दिक्क भए।

Ncell Footer Ad