एलबी थापा

टाढिएका बाम प्यूठानमा नजिकिँदै

बिहिबार, ०९ कार्तिक २०७४

केन्द्रमा पार्टी एकिकरणको चर्चासँगै चुनावी तालमेलमा होमिएका दलहरु एक आपसमा पुराना कुरा बिर्सिएर नजिक हुन थालेका छन्। एक अर्कालाई सत्तोसराप गर्ने नेकपा एमाले, राष्ट्रिय जनमोर्चा र माओवादी केन्द्रका नेता तथा कार्यकर्ता यतिबेला सम्बन्ध सुधारमा जुटेका हुन्।

प्यूठान नगरपालिकामा माओवादी विजयी

मङ्गलबार, २० असार २०७४

प्यूठान नगरपालिमाका जारी मतगणनामा माओवादी केन्द्रले जितेको छ। नगरपालिकामा मेयर पद जितेर माओवादी केन्द्रले जिल्लामा खाता खोलेको हो। माओवादीले राजमोसँगको तालमेलमा जिल्लाको केन्द्र मानिने प्यूठान नगरपालिमा जित हात पारेको हो।

प्यूठानमा पहिरोले १ बेपत्ता २ को उद्वार

आइतबार, १८ असार २०७४

प्यूठानमा गएराति गएको पहिरोले १ जना बेपत्ता भएका छन भने २ जनाको उद्वार गरीएको छ। गौमुखी गाउँपालीका ३ मा पहिरोले पुरीएर १६ बर्षिय तुलसा घर्ति बेपत्ता भएकी छन्। शुक्रबार राती आएको आएको अविरल वर्षा सहितको पहिरोले स्थानीय शेर बहादुर घर्तिको घर पुरीएर उनको छोरी बेपत्ता भएकी हुन्।

प्यूठानमा एमाले कांग्रेस बराबर

आइतबार, १८ असार २०७४

दोस्रो चरणमा सम्पन्न स्थानीय तह निर्वाचन २०७४ को नतिजा आइरहेका छन्। नौं स्थानीय तह भएको प्यूठानमा ८ वटा तहको नतिजा सार्वजनिक भइसेकेको छ। सार्वजनिक मतगणनाको नतिजा अनुसार एमाले प्रमुख ३ र उपप्रमुख २ स्थानमा बिजयी भएको छ।

मल्लरानी गाउँपालिकामा जनमोर्चा बिजयी

शुक्रबार, १६ असार २०७४

स्थानीय तह निर्वाचन २०७४ को मतगणना जारी रहँदा प्यूठानमा राष्ट्रिय जनमोर्चाले पकड जमाएको छ। यो गाउँपालिकामा जनमोर्चाका तर्फबाट अध्यक्ष पदमा अमरध्वज राना र उपाध्यक्ष पदमा सरीता जिसी बिजयी भएकी छिन्।

प्यूठानमा प्रहरी र स्थानीयबीच झडप

शुक्रबार, २९ बैशाख २०७४

प्रहरी हिरासतमा रहस्यमय रुपमा एक ब्यक्तिको मृत्यु भएको विषयलाई लिएर भिंगृमा स्थानीयवासी र प्रहरीबीच झडप भएको छ। बिहीवार राती स्वर्गद्वारी नगरपालिका वडा नं. ५ सारी निवासी भुपेन्द्र गिरी इलाका प्रहरी कार्यालय भिंगृको शौचालयमा मृत अवस्थामा भेटिएका थिए।

म्यादी प्रहरीले गाउँलेलाई कुटे

सोमबार, २५ बैशाख २०७४

मदिरा सेवन गरी लठ्ठिएका म्यादी प्रहरीले गाउँलेहरुलाई कुटपिट गरेका छन्। गौमुखी गाउँपालिकास्थित खुङमा रातीको समयमा सुतीरहेका स्थानीयलाई उनीहरुले कुटपिट गरेका हुन्। शनिबार राति भएको घटना भने प्रहरीले बाहिर ल्याएको छैन।

जीप दुर्घटनामा ६ जनाको मृत्यु

शुक्रबार, ११ चैत २०७३

प्यूठानमा स्वर्गद्वारी दर्शनका लागि आएको जिप दुर्घटना हुँदा ६ जनाको ज्यान गएको छ। स्वर्गद्वारी नगरपालिका-४, रुमालेमा शुक्रबार बिहान जिप दुर्घटना हुँदा अन्य ३ जना घाइते भएका छन्।

निर्वाचन तत्काल गर्नुपर्छः नेता गौतम

शुक्रबार, २८ माघ २०७३

वर्तमान सरकार निर्वाचन नगर्ने पक्षमा रहेको नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमले आरोप लगाएका छन्। विद्यालयस्तरीय आठौं राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताको शुक्रबार प्यूठानको बिजुवारमा उद्घाटन गर्दै नेता गौतमले तत्काल निर्वाचन गर्नुपर्ने धारणा राखेका हुन्।

प्युठानमा नयाँ आन्दोलनका कार्यक्रम घोषणा

शनिबार, २५ मङि्सर २०७३

संविधान संशोधनमार्फत सीमांकन हेरफेर गर्न गरिएको प्रस्तावको विरोधमा आन्दोलित जिल्लावासीले थप संघर्षका कार्यक्रम तय गरेका छन्। संघर्ष समिति गठन गरेर अखण्ड पाँच नं. प्रदेशको माग गर्दै आएका जिल्लावासीले नयाँ कार्यक्रमको घोषणा गरेका हुन्।

आश्रम चल्छ भेटीले

शनिबार, २५ मङि्सर २०७३

पश्चिम नेपालको ऐतिहासिक तथा पर्यटकीय धार्मिक तीर्थस्थल प्युठानको स्वर्गद्वारी आश्रम भेटीकै भरमा चलिरहेको छ। आश्रमको स्वामित्वमा विभिन्न ठाउँमा रहेका गुठी जग्गा उपभोग गर्न नपाउँदा नियमित आश्रम सञ्चालनमा समस्या छ।

संविधान संशाेधन विधेयक विरूद्ध कांग्रेस-माअाेवादी नै सडकमा

बिहिबार, १६ मङि्सर २०७३

सरकारले मंगलबार संसदमा दर्ता गरेको संविधान संशोधन विधेयक प्रस्तावको विरोधमा बुधवार जिल्ला बन्द गरिएपछि बिहीबार प्युठान र रोल्पाले संयुक्त बिरोध कार्यक्रम गर्ने भएका छन्। संविधान संशोधनमा पाँच नम्बर प्रदेश टुक्र्याउने प्रस्ताव गरेसँगै यी दुई जिल्लाका बासिन्दा सडकमा उत्रिएका हुन्।

संशोधन विधेयकविरुद्ध प्युठान र रोल्पाको संयुक्त आन्दोलन

बुधबार, १५ मङि्सर २०७३

सरकारले मंगलबार संसदमा दर्ता गरेको संविधान संशोधन विधेयक प्रस्तावको विरोधमा बुधवार जिल्ला बन्द गरीएपछि बिहिवार प्युठान र रोल्पाले संयुक्त बिरोध कार्यक्रम गर्ने भएका छन्। संविधान संशोधन सिमा प्रस्ताव दर्ता गर्दागरेसँगै यी दुई जिल्लाका बासिन्दा सडकमा उत्रिएका हुन्।

सीमाकंन हेरफेरको बिरोधमा प्युठान बन्द, बिरोध प्रदर्शन

बुधबार, १५ मङि्सर २०७३

पाँच नम्बर प्रदेशबाट पहाडी जिल्ला हटाउने गरी सरकारले संसदमा दर्ता गराएको संविधान संशोधन प्रस्तावको विरोधमा प्युठानबासी आन्दोलित भएका छन्। हालको पाँच नम्बर प्रदेशबाट पहाडी जिल्ला प्रदेश नम्बर ४ र ६ मा गाभ्ने गरी सरकारले संसदमा दर्ता गराएको संविधान संशोधनको निर्णय बिरुद्ध जिल्ला बन्दको आह्वान गरिएको छ। बुधवार बिहानैदेखि जिल्लाका चोक चोकमा टायर बालेर बिरोध सभा र सरकारको संशोधन विधेयक बिरुद्ध प्रदर्शन भइरहेको छ।

पाँच नम्बर प्रदेश टुक्र्याउने प्रस्ताव अमान्य

बिहिबार, ०९ मङि्सर २०७३

सरकारबाट पूर्वघोषित संघीय प्रदेशअनुसार सिमांकन कायम हुनुपर्ने माग गर्दै प्युठानवासी आन्दोलित भएका छन्। पाँच नम्बर प्रदेशबाट पहाडी जिल्लाहरू छुट्टयाउने सरकारी प्रस्तावविरुद्ध बुधबार जिल्लामा दलहरूले संयुक्त रुपमा विरोध प्रदर्शन गरेका हुन्।

ट्रम्पको सभामा बन्दुकधारी !

सोमबार, २२ कार्तिक २०७३

अमेरिकाको नेभादा राज्यमा अवस्थित रेनोमा शनिबार राति आयोजित डोनाल्ड ट्रम्पको आमसभा झन्डै बिथोलिएको थियो । ट्रम्पले सम्बोधन गरिरहेका बखत एकजना श्रोताले ‘बन्दुक बन्दुक’ भनी कराउँदा मञ्च वरपर तीव्र होहल्ला र भागदौड मच्चिएपछि आमसभा केहीबेर बिथोलिएको थियो । बन्दुकको हल्ला फैलिएपछि ट्रम्पपनि सुरक्षाकर्मीको सहायता लिई केहीबेर मन्च पछाडि गएका थिए । तर एक मिनेट पछाडि नै ट्रम्प मन्चमा फर्केका थिए ।

प्युठानमा २ नगरपालिका सहित ९ स्थानीय तह तयार

शनिबार, १३ कार्तिक २०७३

प्युठानमा दुई नगरपालिकासहित ९ स्थानीय तह तयार गरिएको छ। राज्य पुर्नः संरचना आयोगले तोकेको मापदण्ड भित्र रही सो संख्या नबढ्ने गरी संरचना बनाइएको हो। आयोगले प्युठान जिल्लाको लागि पुनः ७ देखि ९ स्थानीय तह बनाउन तोकेको थियो। दुई नगरपालिकामा १८ वडा र गाउँपालिकामा ४६ वडा गरी ६४ वडा भएका छन्। सदरमुकाम खलंगामा २ दिन लगाएर प्राविधिक समिति र राजनीतिक दलहरुको संयुक्त बैठकले यस्तो खाका तयार गरेका हुन्।

‘नशामा हिलारी’

सोमबार, ०१ कार्तिक २०७३

अमेरिकी राष्ट्रपतिका लागि रिपब्लिकन उम्मेदवार डोनल्ड ट्रम्पले आफ्नी प्रतिद्वन्द्वी डेमोक्रेटिक पार्टीकी हिलारी क्लिन्टनको अर्को प्रत्यक्ष टेलिभिजन बहस पूर्व नशालु औषधि सेवन गरे नगरेको जाँच गर्न माग गरेका छन् । उनले आफू पनि यस्तो जाँचका लागि तयार रहने बताएका छन् । ले पछिल्लो प्रत्यक्ष टेलिभिजन बहस पूर्व कुनै प्रकारको औषधि प्रयोग गरेको आरोप लगाएका छन् ।

सहमतिको आधारमा संविधान संशोधन हुन्छः प्रधानमन्त्री दाहाल

शनिबार, १५ असोज २०७३

प्रधानमन्त्री पुष्पकमल दाहालले अहिले मुलुक सकरात्मक गतिबाट अँघि बढेको बताउँदै सहमतिकै आधारमा संविधान संशोधन गर्न सकिने बताएका छन् । भारत र चीनसँग सन्तुलित सम्बन्ध कायम रही रहेको जनाउँदै उनले संविधान कायान्वनको लागि कुनै कसर बाँकी नराख्ने जनाए।

पहिरोमा आफन्त गुमाउँदा...

शुक्रबार, १४ साउन २०७३

फोप्ली–६, की गोमा पोखरेल केसी लुङमा पहिरो गएको खबर फेसबुकमा अपलोड गरिरहेकी थिइन्। त्यतिखेर आफ्नै घर पनि पहिरोमा पर्ला भन्ने उनले सोचेकै थिइनन्। 'सुरुमा त पत्याइनँ,' उनले भनिन्, 'आखिर, पहिरोले घर बगाउँदा आफन्त र छिमेकी परेे।' उनले पहिरोमा सासू–ससुरा गुमाउन पुगिन्।

Ncell Footer Ad