देवेन्द्र बस्नेत

जोगिएला महराको ‘शालीनता’

बुधबार, १५ असोज २०७६

‘भद्र’ र ‘शालीन’ कृष्णबहादुर महराका निमित्त जोडिने विशेषण हुन्। निकै कम बोल्ने र कसैलाई नहोच्याउने नेताका रूपमा उनी चिनिएका छन्। पुरानो निर्वाचन क्षेत्र रोल्पा छाडेर चुनाव लड्न दाङ आएपछि दाङवासीका लागि उनी भरोसाको केन्द्र बने। पार्टी निकटस्थ मात्रै होइन, फरक पार्टीका कार्यकर्ता पनि उनको शालीनताका पारखी थिए। उनको आलोचना बिरलै सुनिएको थियो।

बामदेव गौतमले नेकपा कमजोर भएको सावित गरिसकेः नेता पौडेल

बुधबार, ०८ असोज २०७६

नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले नेकपाका नेता बामदेव गौतमले सत्तारुढ नेकपा कमजोर भैसकेको सावित गरिदिएको बताएका छन्।

सरकारले संवैधानिक आयोगलाई तर्सायोः कांग्रेस नेता पौडेल

सोमबार, ०६ असोज २०७६

नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले वर्तमान सरकारले दुई तिहाईको दम्भ देखाएर संवैधानिक निकायलाई तर्साएको आरोप लगाएका छन्। सरकारको यहीँ दम्भकै कारण मुलुकमा भएका ठूल्ठूला आर्थिक घोटालाका घटनाहरु माथि निष्पक्ष छानविन हुन नसकेको पौडेलको आरोप छ।

राजनीतिको दलदलमा प्राज्ञिक संस्था

शनिबार, ०४ असोज २०७६

नेपाल संस्कृत विश्व विद्यालयका उपकुलपति कुलप्रसाद कोइरालाको सेवाअवधि ७ भदौमा पूरा भयो। रजिष्ट्रार कार्तिकेय झाको कार्यकाल पनि २६ भदौमा सकियो। शिक्षाध्यक्ष रमेशप्रसाद ढकालको कार्यकाल असोज २७ मा सकिँदैछ। खाली भएका पदमा कसलाई नियुक्त गर्ने भन्ने विषयमा अहिले राजनीतिक वृत्तमा छलफल चलिरहेको छ।

पेन्सनधारीलाई पनि तलब

शनिबार, ०४ असोज २०७६

जिल्ला समन्वय समितिका उपप्रमुख श्रीधर शर्मा पूर्वशिक्षक हुन् । निमावि द्वितीय श्रेणीमा कार्यरत उनी २०७२ मा स्वेच्छिक अवकाशपछि ०७४ मा जिल्ला समन्वय समितिको उपप्रमुखमा चुनिए । प्रदेश ५ बाट निर्धारण भएको स्थानीय सरकारका जनप्रतिनिधिको मासिक सुविधाअन्तर्गत जिल्ला समन्वय समितिका उपप्रमुखको मासिक तलब ३६ हजार तोकियो ।

नेपालगन्ज घटनाबारे देउवाको आक्रोशः ‘हामीले पनि हात भाँचिदिए के हुन्छ?’

शुक्रबार, २७ भदौ २०७६

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारको नेतृत्व गरिरहेको नेकपालाई संयमित बन्न चेतावनी दिएका छन्। नेपालगन्ज खजुरामा पार्टीको जागरण अभियानका क्रममा नेकपाका कार्यकर्ताले आफ्ना जिल्ला सभापति किरण कोइरालाको हातै भाँचिने गरि गरेको आक्रमणको निन्दा गर्दै देउवाले भने, ‘तिमीहरु संयतिम बन, नत्र भने हामीहरुको पनि लड्नु बाहेक अरु उपाय हुने छैन।’

सुनसान थारु संग्राहलय

मङ्गलबार, २४ भदौ २०७६

थारुबाहुल क्षेत्र दाङमा यो समुदायको मौलिक संस्कृति संरक्षणका लागि प्रयास थालनी भएको लामो समय वितिसकेको छ। मुलतः आँफूहरुलाई बधुँवा किसानका रुपमा चिनाउँदै आएको थारु समुदायको पुरानो मौलिक पहिचानसंग जोडिएका बस्तुहरुको संरक्षणका लागि संग्राहलयको अवधारणा सुरु गरिएको छ।

दाङमा डुबेर तीन जनाको मृत्यु

शनिबार, २१ भदौ २०७६

दाङमा पानीमा डुबेर तीन जनाको मृत्यु भएको छ। शुुक्रवार राती दुईजना र शनिवार एकजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

डाक्टरलाई निजी क्लिनिक नै प्यारो

शनिबार, २१ भदौ २०७६

त्यहाँसम्म पुग्ने नक्सा पनि कोरिदिए। यसअघि पनि तिनै चिकित्सकले बिरामीलाई ल्याब परीक्षणका लागि ठाउँको नामै किटेर बाहिर पठाउँदै आएको सुइँको पाएपछि प्रतिष्ठानले उनलाई पटकपटक सचेतसमेत गराउँदै आएको थियो।

डेंगीको उच्च जोखिममा प्रदेश पाँच

शुक्रबार, २० भदौ २०७६

डेंगी रोगको उच्च जोखिममा रहेको दाङमा २०७२ मा डेंगी संक्रमणका कारण एकजना महिलाको मृत्यु भयो। २०७३ मा नौजना डेंगी रोगबाट संक्रमति भए। उनीहरू उपचारपछि निको भए।

नक्कली ऋणी बनाएर १८ करोड हिनामिना

मङ्गलबार, १७ भदौ २०७६

देवः विकास बैंक नारायणपुर शाखाका म्यानेजर समिर बुढाथोकीले नक्कली ऋणी बनाएर १८ करोड रकम हिनामिना गरेको प्रहरी अनुसन्धानले देखाएको छ।

विवादको भुमरीमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान

मङ्गलबार, १७ भदौ २०७६

चिकित्सक र पदाधिकारीबीच देखिएको विवादको मूल जरो भनेकै प्रतिष्ठानबाहिर चिकित्सकहरूले उपचार गर्न नपाउने नियम हो।

चिकित्सकले सामूहिक राजीनामा दिएपछि सेवा प्रभावित

सोमबार, ०९ भदौ २०७६

प्रतिष्ठानका उपकुलपति डा. संगिता भण्डारीको ज्यादती सहन नसकेको उल्लेख गर्दै २१ जना चिकित्सकले सामूहिक राजीनामा दिएका कारण उपचार सेवा प्रभावित भएको हो।

बलिया ‘सिंहदरबार’, कच्चा विकास

आइतबार, ०८ भदौ २०७६

तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १२ हरिपौरीस्थित ग्वारखोलाले खानै थालेको बस्ती जोगाउन अघिल्लो आर्थिक वर्ष २०७४/०७५ मा तटबन्धको योजना बन्यो। उपभोक्ता समितिमार्फत बनेको उक्त तटबन्ध योजना बनेको केही समयमै भताभुंग भयो।

२५ डाक्टरले दिए सामूहिक राजीनामा

शुक्रबार, ०६ भदौ २०७६

जिल्ला स्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका २५ जना डाक्टरहरुले सामूहिक राजीनामा दिएका छन्। प्रतिष्ठानका पदाधिकारीहरुको ज्यादतीका कारण आँफूहरुले काम गर्न नसकेको जनाउँदै विहिवार बेलुका उनिहरुले सामुहिक राजीनामा दिएका हुन्। प्रतिष्ठानका उपकुलपति डा. संगिता भण्डारीले बारम्बार डाक्टरहरुलाई स्पष्टिकरण सोध्ने, जागिर खाईदिने धम्कीसम्म दिने गरेको भन्दै उनिहरुले आँफूहरु शारिरिक तथा मानसिक रुपमा विक्षिप्त भएको उल्लेख गरेका छन्।

१८ करोड हिनामिना गरेको आरोपमा बैंक म्यानेजर पक्राउ

बुधबार, ०४ भदौ २०७६

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजन गौतमका अनुसार बैंक म्यानेजर बुढाथोकीले १७ करोड ९९ लाख ९० हजार रुपैयाँ हिनामिना गरेको देखिएको छ।

सर्पदंशको उच्च जोखिममा ग्रामीण क्षेत्र

सोमबार, ०२ भदौ २०७६

नेपाल–भारत सीमामा पर्ने देउखुरी राजपुर गाउँपालिका–६ भौवा निवासी शेरबहादुर सार्कीका दुई छोरी ११ वर्षीया करिश्मा र आठ वर्षीया सुजु सँगै सुतेका थिए। फुसले छाएको छानो भएको ओतमा सुतिरहेका उनीहरूको ओछ्यानमै सर्प खसेछ। बिहानपख उठ्ने बेला उनीहरूलाई सर्पले डस्यो। भौवामा उपचार गर्ने थलो नभएकाले उनीहरूलाई भारतको सिर्सियास्थित एक सामुदायिक अस्पतालमा पु¥याइयो।

गौचरनबाट फेरिएको क्रिकेट मैदान

बिहिबार, ३० साउन २०७६

अन्तर्राष्ट्रिय क्रिकेट मैदानको नाम दिएर देउखुरी, लमहीमा निर्माण थालिएको खेलमैदान लामो समयसम्म गौचरन बन्दै आयो। खेल निर्माणमा आएको सुस्तताका कारण अन्तर्राष्ट्रिय स्तरको भनिएको उक्त खेलमैदान गौरचन मात्रै हैन, मोटर ड्राइभिङ सेन्टरसमेत बन्यो। यही खेल मैदानलाई गाडी सिकाउनका लागि उपयुक्त थलो बनाइयो। यति मात्रै हैन, मेलामहोत्सव लाग्ने थलो पनि यही मैदान बन्यो। यसले खेलमैदानलाई थप कुरूप बनाउँदै लग्यो।

बलात्कार मुद्दा चल्दाचल्दै फेरिन्छ बयान

मङ्गलबार, २८ साउन २०७६

सुरुमा मुद्दा हाल्ने तर पछि आर्थिक लेनदेनमा केस टुंग्याउनुपर्छ भन्ने मानसिकताले काम गर्दै जान्छ। रकम बार्गेनिङमा सहमति भयो भने अदालतमा बयान फेरिन्छ अनि दोषीले सफाइ पाउँछन्।

घुुससहित शिक्षक पक्राउ

सोमबार, २७ साउन २०७६

दाङका एक शिक्षक घुससहित रंगेहात पक्राउ परेका छन्। अख्तियारको टोलीले सोमबार घोराहीस्थित माध्यामिक बिद्यालय रझेनाका शिक्षक गणेश केसीलाई नियन्त्रणमा लिएको हो।

Ncell Footer Ad