उपेन्द्र यादव

विकास बजेटमा मनोमानी, कमिसन असुल्न चलखेल

शुक्रबार, ०६ असार २०७६

देवताल, सुवर्ण, बारागढी, करैयामाई, कोल्वीलगायत अधिकांश स्थानीय तहका प्रमुख÷अध्यक्षहरूले कर्मचारीलाई बाध्य पारेर कार्यकर्ता पोस्ने वा कमिसनको भरमा मात्रै करोडौं रकम खर्च गर्ने गरेका छन्।

कार्यकर्ता पोस्न साढे १० करोड बजेट

बिहिबार, ०५ असार २०७६

पूर्वाधार विकास कार्यालय वीरगन्जका प्रमुख सञ्जय साहले विद्यालय, मस्जिद, कब्रस्तान, खेल मैदानलगायतनिर्मण र मर्मतका योजनाहरूलाई प्राथमिकता दिएर आर्थिक वर्ष सकिनै लाग्दा सो बजेट रकम आएको र यतिखेर काम सुरु गर्दा २० प्रतिशतभन्दा बढी काम हुन नसक्ने स्पष्ट पारे।

हुरीपीडिद्वारा गाउँपालिका घेराउ

बुधबार, ०४ असार २०७६

हुरीपीडितले घर निर्माणको सूचीमा नाम छुटेपछि सोमबार फेटा गाउँपालिका कार्यालय घेराउ गरेका छन्।

बल प्रयोग गरि खाली गराइयो व्यपारिक मार्गको भौतिक संरचना

सोमबार, ०२ असार २०७६

निर्माणधीन वीरगन्ज–पथलैया ६ लेन व्यापारिक मार्गमा पर्ने स्थानीयहरुको घर, टहराहरुलाई बल प्रयोग गरि खाली गराइएको छ।

हुरीपीडितद्वारा जिल्ला प्रशासन घेराउ

शुक्रबार, ३१ जेठ २०७६

सुवर्ण गाउँपालिकामा धर्ना दिनुका साथै वडा कार्यालयमा तालाबन्दी गरे पनि कुनै सुनुवाइ नभएपछि उनीहरूले प्रमुख जिल्ला अधिकारीको विरोधमा प्रदर्शनसमेत गरेका छन्।

गुनासो गर्न गएका उपभोक्ता कुटिए

मङ्गलबार, २८ जेठ २०७६

नेपाल विद्युत् प्राधिकरण कलैया वितरण केन्द्रमा सोमबार गुनासो गर्न गएका उपभोक्ता कुटिएका छन्।

नाबालिकामाथि जबरजस्तीकरणी तथा हत्या प्रयासको आरोपमा महिला पक्राउ

शनिबार, २५ जेठ २०७६

दुई बर्षीया बालिकाको जबरजस्ती करणी पछि हत्या प्रयास गरेको आरोपमा एक महिलालाई प्रहरीले पक्राउ गरेको छ।

ग्यास सिलिण्डर पडकिँदा सात घाइते, पाँच जनाको अवस्था गम्भीर

शुक्रबार, २४ जेठ २०७६

ग्यास लिक भएर आगलागी हुँदा एकै परिवारका चार जनासहित सात घाइते भएका छन्। घाइते मध्ये पाँच जनाको अवस्था गम्भीर घाइते भएका छन्।

हुलाकी राजमार्गको गति निकै सुस्त

बिहिबार, २३ जेठ २०७६

हुलाकी राजमार्गअन्तर्गत वीरगन्ज–कलैया–बरियारपुर खण्डको निर्माणमा हेलचेक्रयाइँ गरिएकोे पाइएको छ।

हुरीपीडितको बिचल्ली

बिहिबार, २३ जेठ २०७६

सरकारले घर निर्माण गरिदिने खबर सार्वजनिक भएसँगै हौसिएर घर भत्काएका हुरीपीडित निर्माण गर्ने भनिएको घर संख्या कटौती भएपछि बिचल्लीमा परेका छन्। सरकारबाट घर निर्माण हुने विवरणमा नाम आएपछि धेरै पीडितले अांशिक क्षति भएका घर पनि भत्काएका थिए। तर अहिले आएर घर निर्माण कार्य रोकिएपछि हुरीपीडित समस्यामा परेका हुन्।

गढीमाई परिसरमा भूमिगत सिसमहल

मङ्गलबार, २१ जेठ २०७६

गढीमाई मन्दिरको विकास गर्न र श्रद्धालु तथा धार्मिक पर्यटकहरूको गुनासो व्यवस्थापन गर्न बहुवर्षीय योजना बनाएर पोखरीमुनि सिसमहल र माथि सूर्य मन्दिर निर्माण कार्य अघि बढाइएको हाे।

हुरीपीडितका लागि नमुना घर, चार सय १० घरको जग खनियो

सोमबार, २० जेठ २०७६

क्षति भएका घरहरूमध्ये सेनाले एक हजार ६२ घरमात्रै निर्माण गर्ने भएपछि एक हजार एक सय ३१ घरहरू त्यसै रहने अवस्था छ।

निर्माण सकिनुपर्ने बेला आधामात्र

आइतबार, १९ जेठ २०७६

दुई वर्षमा सक्नुपर्ने वीरगन्ज–पथलैया ६ लेन व्यापारिक मार्गको निर्माण तीन वर्षमा आधामात्र सकिएको छ।

खुला आकासमुनि हुरीपीडित विद्यार्थी

आइतबार, १९ जेठ २०७६

फेटा गाउँपालिकाको पुरैनियास्थित नेपाल राष्ट्रिय प्राथमिक विद्यालयका विद्यार्थी खुला अकासमुनि पढ्न बाध्य छन्। चैत १७ गते विनाशकारी हुरीले विद्यालयको भवनमा क्षति पु¥याएकाले बालविकासदेखि कक्षा ३ सम्मका विद्यार्थी बािहिर पढ्न बाध्य भएका हुन्।

फिरौती नदिएपछि बालकको हत्या, गोली हानेर लिइयो अपराहणकारीलाई नियन्त्रणमा

बुधबार, १५ जेठ २०७६

फिरौती नपाएपछि पर्साका एक बालकको अपहरणकारीहरुले हत्या गरेका छन्। गत शुक्रबार अपहरणमा परेका वीरगञ्ज उपमहानगरपालिका–३ प्रगति नगरका शम्भु साहका ८ वर्षीय छोरा करण साहको अपहरणकारीहरुले हत्या गरेका हुन्। अपहरणमा परेका पर्साका बालकको शव कलैया उपमहानगरपालिका–८ को पाेखरीमा फेला परेको बाराका डिएसपी रन्जित सिंह राठोरले बताए।

हुरी पीडितको लागि सेनाले बनायो नमूना घर

सोमबार, १३ जेठ २०७६

सेनाले हुरी पीडितको लागि  नमून घर निर्माण गर्न सफल भएको छ। पुनर्निर्माण गरिने घरहरुको बारेमा हुरी पीडित परिवार र निर्माण कार्यमा खटेका सेनाका टोलीलाई जानकारी दिनको लागि पहिला तीन स्थानमा तीन वटा नमूना घर निर्माण गरिएको सेनाले जनाएको छ।

हुरीपीडित विद्यार्थीलाई शैक्षिक सामग्री

सोमबार, ०६ जेठ २०७६

गएको चैत १७ गतेको विनाशकारी हुरीबाट पीडित विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको छ। देवताल गाउँपालिकामा रहेका दुई सामुदायिक विद्यालयमा अध्ययनरत आठ सय ७७ विद्यार्थीलाई विश्व शान्ति महिला संघले शैक्षिक सामग्री वितरण गरेको हो। नेपाल राष्ट्रिय निम्नमाध्यमिक विद्यालय रौवाहीमा अध्ययनरत ६ सय ५० विद्यार्थी र नेपाल राष्ट्रिय प्राथमिक विद्यालय रमपुर्वामा अध्ययनरत दुई सय २७ विद्यार्थीलाइ कापी, कलम, शब्दकोशलगायतका सामग्री वितरण गरेको संघले जनाएको छ।

हुरी पीडित ८ सय विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

आइतबार, ०५ जेठ २०७६

बाराका हावाहुरी पीडित विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको छ। गएको चैत १७ गते आएको बिनाशकारी हुरीबाट पीडित देवताल गाउँपालिकाका दुई सामुदायिक विद्यालयका ८ सय ७७ विद्यार्थीलाई विश्व शान्ति महिला संघले शैक्षिक सामग्री बितरण गरेको हो।

गढिमाईमा विवाहमण्डप र धर्मशाला बनाइँदै

आइतबार, ०५ जेठ २०७६

महागढिमाई नगरपालिका–१ को बरियारपुरस्थित गढिमाई मन्दिरपरिसरमा विवाह मण्डप र धर्मशालाको शिलान्यास गरिएको छ। प्रदेश सरकारको सहयोगमा निर्माण गरिने विवाह मण्डप र धर्मशालाको प्रदेश २ का भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनलले शनिबार एक कार्यक्रमबीच शिलान्यास गरेका हुन्।

गढिमाईमा विवाह मण्डप र धर्मशाला निर्माण हुने

शनिबार, ०४ जेठ २०७६

महागढिमाई नगरपालिका –१ को बरियारपुर स्थित विश्व प्रसिद्ध गढिमाई मन्दिर परिसरमा विवाह मण्डप र धर्मशाला निर्माण हुने भएको छ।