मदन ठाकुर

अफताबमाथि थप अनुसन्धान गर्न सात दिनकाे म्याद थप

मङ्गलबार, २८ असोज २०७६

केन्द्रीय सत्ता र स्थानीय वर्चस्वको भरमा अपराधको सञ्जाल सञ्चालन गर्दै आएका रौतहट क्षेत्र नम्बर २ का निलम्बित सांसद महम्मद आफताब आलमसम्म अन्ततः कानुनको हात पुगेको छ। कानुनको हात लामो हुन्छ भन्ने भनाइ यति बेला चरितार्थ भएको छ। पटकपटक मन्त्री भएका, दुई कार्यकाल नेपाली कांग्रेस रौतहटको सभापति भएका तथा कोइराला परिवारसँग घनिष्ट सम्बन्ध भएका आलम कानुनी कठघरामा पुगेका हुन्।

यसरी परे आफताब कानुनको फन्दामा

मङ्गलबार, २८ असोज २०७६

बम विस्फोटमा घटनास्थलमै दुईजनाको मृत्यु भएको र अन्य थुप्रै मानिस घाइते भएकोमा घाइतेमध्ये ६ जनालाई जिउँदै जलाएको आरोप आफताबमाथि लागेको छ।

सांसद आलम पक्राउ

आइतबार, २६ असोज २०७६

प्रतिनिधिसभाका सांसद अफताव आलम पक्राउ परेका छन्। रौतहटको निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित आलमलाई आइतबार प्रहरीले पक्राउ गरेको हो।

एसपी खत्रीलाई 'प्रदेश २ को उत्कृष्ट प्रहरी अवार्ड'

शुक्रबार, २४ असोज २०७६

रौतहटको प्रहरी प्रमुखको जिम्मेवारी एसपी खत्रीले सम्हालेपछि जिल्लाको शान्ति सुरक्षामा व्यापक सुधार आएकाे जील्लामा चर्चा हुने गरेको छ।

मतदाता रिझाउँदै प्रभावशाली नेता

शुक्रबार, २४ असोज २०७६

दशैँको अवधिलाई रौतहटका प्रमुख राजनीतिकर्मीले मतदाता रिझाउनका लागि उपयोग गरेका छन्। संघीय संसद तथा प्रादेशिक सभा सबै बन्द रहेको अवस्थामा रौतहटका चर्चित नेताहरुले दशैँको अवधिलाई आफ्नो पक्षमा जनमत बटुल्न तथा आफ्नो प्रभाव विस्तार गर्न उपयोग गरेको देखिएको छ।

रौतहट प्रहरीको विशेष सुरक्षा योजना, सीमा नाकाहरुमा कुकुरसहितको गस्ती

शनिबार, १८ असोज २०७६

प्रहरीले व्यापक सुरक्षा योजना बनाएर काम गर्न थालेपछि सर्वसाधारणमा शान्ति र सुरक्षाको अनुभूति गर्न पाएको प्रहरीको दाबी छ।

परिवार नै उच्च जोखिममा

शनिबार, १८ असोज २०७६

रौतहटको गढीमाई नगरपालिकाको एउटा विपन्न परिवारको स्वास्थ उच्च जोखिममा देखिएको छ। गढीमाई–२ समनपुरको मुस्लिम टोलका सफी महम्मद मन्सुरीको परिवार नै उच्च स्वास्थ्य जोखिममा रहेको देखिएको छ। घरमा एकजनालाई प्यारालाइसिस र दुई जनालाई मुटुरोगको गम्भीर समस्या देखिएकाले परिवारको स्वास्थ्य नै उच्च जोखिममा रहेको देखिएको हो।

शताब्दी वर्ष पूजामा हेलिकप्टरबाट पुष्प वर्षा

शुक्रबार, १७ असोज २०७६

रौतहटको दुर्गा भगवती गाउँपालिकाको मत्सरीमा रहेको प्रसिद्ध शक्तिपीठ दुर्गा मन्दिरमा पूजा आरम्भ गरिएको शत वार्षिकीको अवसरमा हेलिकप्टरबाट पुष्प वर्षा गराइएको छ।

अझै बाेल्न सकेका छैनन शाह परिवारका सदस्य

बुधबार, १५ असोज २०७६

दुई वर्षअघि अचानक दुवै किड्नी खराब भएपछि मृतक साहको उपचार काठमाडौँमा हुँदै आएको थियो। प्रदेशको राजधानी रहेको जनकपुरस्थित जानकी अस्पताल र काठमाडौँस्थित सुमेरु अस्पतालमा नियमित उपचार हुँदै आइरहेको रुपलाललाई जनकपुरले काठमाडौँ रिफर गरेपछि अस्पताल पुग्नै नपाई बाटोमै मृत्यु भएको थियो। समयमै अस्पताल पुगेको भए साह उपचार गराएर फर्किने विश्वास आफन्तहरुको रहेको छ।

बस्तीले चुरे क्षेत्र दोहन

मङ्गलबार, ०७ असोज २०७६

रौतहटको उत्तरी क्षेत्रस्थित चुरेको फेंदीमा रहेका बस्तीहरूले वन क्षेत्र तथा चुरे क्षेत्रको दोहन गर्ने गरेको र अन्य क्षेत्रबाट पनि चुरेको दोहनले चुरे क्षेत्रकै बस्तीलाई समस्या भइरहेको पाइएको छ

यसरी हुँदैछ दिनानुदिन चुरे दोहन

आइतबार, ०५ असोज २०७६

चुरेको फेदीमा रहेका बस्तीहरुले वन क्षेत्र तथा चुरे क्षेत्रको दोहन गर्ने गरेको तथा अन्य क्षेत्रबाट पनि चुरेको दोहनले चुरे क्षेत्रकै बस्तीलाई समस्या भइरहेको देखिएको छ। जुन बस्तीको कारण चुरेको दोहन बढेको हो र जुन क्षेत्रले आफ्नै अगाडि चुरेको दोहन हुँदा पनि संगठितरुपमा दोहन हुनबाट रोक्न कुनै प्रयास नगरेको हो तिनै क्षेत्र उच्च जोखिमा रहेको देखिएको छ।

पशु उपचार शिविर आयोजित

शुक्रबार, ०३ असोज २०७६

पशुको स्वास्थ्यसँग कृषकको समृद्धि जोडिएको गढीमाई नगरपालिकाका मेयर श्यामप्रसाद यादवले बताएका छन्।

रौतहटमा भब्यताका साथ संविधान दिवस मनाइयाे(फाेटाेफिचर)

शुक्रबार, ०३ असोज २०७६

रौतहटमा भब्यताका साथ संविधान दिवस मनाइएको छ। प्रभात फेरि निकालेर सदरमुकाम गौर भरी परिक्रमा गरेर संविधान दिवस मनाइएको हो।

छोरालाई घर ल्याउन खोज्दा तगारो बन्यो प्रशासन

बिहिबार, २६ भदौ २०७६

बाबु दाबी गर्ने चन्देश्वर र अन्य आफन्तलाई बच्चाले नचिनेको दाबी गर्दै प्रजिअ किरण थापाले दुवैको डिएनए परीक्षण गराएर मात्रै निष्कर्षमा पुग्दा उपयुक्त हुने स्पष्ट पारे।

रौतहटमा झडप हुँदा गोली चल्यो

बुधबार, २५ भदौ २०७६

मुस्लिम समुदायको उत्साहको पर्वको रुपमा रहेको मोहर्रम मनाउने क्रममा केही मुस्लिम युवाले छठ घाटमा बनाएको मूर्ति भत्काएपछि दुई पक्षबीच झडप भएको थियो।

पानीको माग गर्दै धानखेतमै किसानको नाराबाजी

सोमबार, २३ भदौ २०७६

नहरको छेउमै सुकेको धानखेतमा सिंचाइ डिभिजन कार्यालय बागमतीविरुद्ध रौतहटका किसानले विभिन्न नाराबाजी गर्दै प्रदर्शन गरेका छन्।

भारतले ‘बाँध’ मर्मत गर्न थालेसँगै नेपालमा त्रास

आइतबार, २२ भदौ २०७६

दसगजा क्षेत्र मिची बनाइएको बाँधजस्तोे स्थायी संरचनाका कारण नेपाली भूभाग झन् डुबानमा पर्ने खतरा बढेकाले यसलाई तत्काल समाधान गर्न रौतहट प्रशासनले लिखित रूपमै निर्णय गरेर सरकारको ध्यानाकर्षण गराएको छ।

अवैध मालसमानसहित तीनजना पक्राउ

सोमबार, १६ भदौ २०७६

सीमावर्ती भारतीय बजारबाट अवैध रुपमा तस्करीको मालसमान नेपालतर्फ भित्र्याउँदै गरेको अवस्थामा रौतहट प्रहरीले लाखौं मूल्य बराबरको अवैध मालसमानसहित तीनजना तस्करलाई नियन्त्रणमा लिएको छ।

अवैध मालसमान तस्करी गर्ने तीन जना पक्राउ

आइतबार, १५ भदौ २०७६

सिमावर्ती भारतीय बजारबाट अवैध रुपमा तस्करीको मालसमान नेपालतर्फ भित्र्याउँदै गरेको अवस्थामा रौतहट प्रहरीले लाखौं मूल्य बराबरको अवैध मालसमान सहित तीन जनालाई नियन्त्रणमा लिएको छ।

पूर्वाधार विकासमा इँटा उद्योगको योगदान महत्वपूर्णः मन्त्री यादव

आइतबार, १५ भदौ २०७६

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले पूर्वाधार निर्माण तथा घरको निर्माणमा इँटा उद्योगको महत्वपूर्ण योगदान रहेको बताएका छन्। नेपाल इँटा उद्योग महासंघको ११ औँ वार्षिक साधारणसभालाई रौतहटको चन्द्रपुरमा सम्बोधन गर्दै मन्त्री यादवले इँटा उद्योगलाई नयाँ प्रविधियुक्त र  वातावरणमैत्री बनाएर लैजान उद्योगीहरु तयार भए मन्त्रालय समन्वय गर्न र उद्योगीका अन्य समस्या समाधानका लागि तयार रहेको स्पष्ट पारे।

Ncell Footer Ad