नरहरि सापकोटा

उत्तरी गोरखामा हिउँपहिरो, मनास्लु पदमार्ग बन्द

शुक्रबार, ०३ माघ २०७६

उत्तरी गोरखामा शुक्रवार दिनभर भारी हिमपात भएको छ। तिब्बतसँग सिमाना जोडिएको चुमनुब्री गाउँपालिको सामागाउँ, छेकम्पार लगायत धार्चे गाउँपालिकाको लाप्राकमा बाक्लो हिउँ परेको हो। हिउँ अत्याधिक परेसँगै मनास्लु पदमार्गको बिभिन्न ठाउँमा पहिरो बगेको छ। हिउँ पहिरोका कारण मनास्लु पदमार्ग बन्द रहेको वडा नम्बर ४ का अध्यक्ष पेम्बाडुण्डुप लामाले बताए।

पाईपमा चिप्लिएर एक महिलाको मृत्यु

शुक्रबार, ०३ माघ २०७६

खानेपानी पाईमा चिप्लिएर एक महिलाकाे मृत्यु भएकाे छ। गोरखाको भिमसेन थापा गाउँपालिका-६ कि ४५ वर्षिया सिता सिम्खडाको मृत्यु भएको हाे।

गोरखाका प्रवलिकरण लाभग्राहीले अनुदान नै लिएनन

शुक्रबार, ०३ माघ २०७६

भूकम्पमा आशिंक घर भत्किएका पीडितलाई प्रवलिकरण गर्न सरकारले पुनर्निर्माण प्राधिकरण मार्फत एक लाख रुपैयाँ अनुदान दिने निणर्य ग¥यो। समान्य मर्मत गरेर बस्न मिल्ने अर्थात ‘रेट्रोफिटिङ’ गर्न मिल्ने घरलाई प्राविधिक नाप जाँचपछि प्रवलिकरण लाभग्राही कायम गरिएको हो। गोरखामा पाँच हजार तीन सय ५० घरधुरी प्रवलिकरण लाभग्राहीमा कायम भएपनि पूर्ण क्षतिमा तीन लाख लिने आसले धेरैले दोस्रो किस्ता लिएका छैनन्।

‘सुँगा रटाईले' शिक्षामा गुणस्तर आउँदैन : पूर्वराष्ट्रपति यादव

बिहिबार, ०२ माघ २०७६

कक्षामा सुगा रटाई जस्तो पढाएर अहिलेको ‘टेक्नोलोजी’ र ‘साईन्स’को युगमा त्यो प्रभावकारी नहुने पूर्व राष्ट्रपति रामवरण यादवले बताएका छन्। बिहिवार गोरखाको भिमसेन थापा गाउँपालिका १ को स्वर्णजयन्ती समारोहको उद्घाटन गर्दै उनले भने ‘नयाँ युग अनुसारको बालवालिकालाई शिक्षा दिन सक्नुपर्छ, त्यो पहिले घर, विद्यालय र समाजबाट बालबालिकाले सिक्नेछन्।’

कुटपिटमा एकको ज्यान गयो

बुधबार, ०१ माघ २०७६

गोरखा नगरपालिका-८ थालकडाँडामा एकआपसमा कुटपिट गर्दा बुधबार एक वृद्धको ज्यान गएको छ। गोरखा नगरपालिका-८ का ५९ वर्षिय गोपाल उपरकोटी ज्यान गएको हो।

व्यक्तिगत चाहनालाई केन्द्रमा राखेर उम्मेदवार बनेको होइन : नारायणकाजी श्रेष्ठ

बुधबार, ०१ माघ २०७६

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले आफ्नो चाहनालाई केन्द्रबिन्दु बनाएर राष्ट्रिय सभामा उमेद्धवार नभएको बताएका छन्। आज गोरखा सदरमुकाममा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले भने ‘मलाई कुनै अध्यक्षले भनेर उमेद्ववारी दिएको हैन, पार्टीको निर्णय अनुसार अघि बढ्छु।’

आठ करोडमा नयाँ बन्दै जिल्ला प्रहरी कार्यालय

सोमबार, २८ पुष २०७६

जिल्ला प्रहरी कार्यालय गोरखाको नयाँ भवन निर्माण सुरु भएको छ। भूकम्पमा भत्किएको भवन साढे चार वर्षपछि पुनर्निर्माण सुरु भएको हो। अहिलेसम्म पुरानै तथा जीर्ण भवनमा प्रहरी कार्यालय सञ्चालन भइरहेको थियो। अन्य सरकारी कार्यालय पुनर्निर्माण सकिएका छन् भने केही अन्तिम चरणमा छन्।

पूर्व विद्यार्थीद्वारा विद्यालयमा अक्षयकोष स्थापना

सोमबार, २८ पुष २०७६

दुई पूर्व विद्यार्थीले गोरखाको बारपाक सुलिकोट गाउँपालिका ७ को शैलपुत्री माध्यमिक विद्यालयमा अक्षयकोष स्थापना गरेका छन्। आइतबार विद्यालयको ६० औँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा हाल अष्ट्रेलिया रहेका संजिप अम्गाई र सजिता श्रेष्ठले एक लाख ११ हजार एक सय ११ रुपैयाँको कोष स्थापना गरेका हुन्।

गोरखामा पृथ्वीजयन्ती मनाउन उर्लिए नगरबासी (फोटो फिचर)

आइतबार, २७ पुष २०७६

गोरखामा २९८औं पृथ्वीजयन्ती धुमधासँग मनाइएको छ। पृथ्वीनारायण शाहले नेपाल एकिकरणको सुरुवात गरेको गोरखा जिल्लामा उनको सम्झना धुमधामले गरिएको हो। गोरखा नगरपालिकाको आयोजनामा पृथ्वीनारायण शाहको पूर्णकदको शालिक रहेको गोरखा संग्राहलय परिसरमा भब्य कार्यक्रम गरी पृथ्वीजयन्ती मनाइएको हो।

गोरखाका छ स्थानीय तहमा पृथ्वीजयन्तीमा बिदा

शनिबार, २६ पुष २०७६

यहाँका दुई नगरपालिका र चारवटा गाउँपालिकाले पुस २७ गते (आईतवार) पृथ्वीजयन्तीको अवसरमा सार्वजनिक बिदा दिएका छन्।

एनसेल टावरमा आगजनी

शनिबार, २६ पुष २०७६

गोरखाको शहिद लखन गाउँपालिका १ बक्राङस्थित एनसेल टावरमा आगजनी भएको छ। गएराति अज्ञात समूहले टावरमा प्रयोग भएको तारमा आगो लगाएपछि उक्त टावर अवरुद्ध भएको हो।

कैदीबन्दीका लागि पुस्तक जुटाउँदै प्रहरी

शुक्रबार, २५ पुष २०७६

कारागारमा रहेका कैदीबन्दीले समय सहजै बिताउन सकुन् र सुधार केन्द्रको रुपमा लिइएको कारागारमा बस्दा ज्ञानगुनका कुरा जान्न पाउन् भन्ने उद्देश्यले गोरखा प्रहरीले पुस्तक संकलन थालेको छ। केही दिनअघि प्रहरी कार्यालयमा भएको पुस्तक आलोपालो पढ्ने गरी दिएको प्रहरीले शुक्रबारदेखि सर्वसाधारणसँग पढिसकेको पुस्तक दिन अनुरोध गरेको हो।

बुढीगण्डकी राष्ट्रिय सरोकार समितिद्वारा प्रजिअको ध्यानाकर्षण

शुक्रबार, २५ पुष २०७६

बुढीगण्डकी राष्ट्रिय सरोकार समितिले पहिलो चरणमा मुआब्जा निर्धारण भएको तल्लो भेगमा वितरणमा एकरुपता नभएको, एकैखाले जग्गाधनीलाई फरक मुआब्जा दिएको भन्दै तत्काल सच्याउन प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएको छ। राष्ट्रिय सरोकार समितिका अध्यक्ष हरेराम ढकालले प्रजिअ देवेन्द्र लामिछानेलाई शुक्रवार बिभिन्न सात बुँदे ज्ञापन पत्र बुझाएका हुन्।

'मेयरसाब, विकासे काममा किन ढिलाइ'

मङ्गलबार, २२ पुष २०७६

‘योजना छनोट साउन/भदौभित्रै गरिन्छ, उपभोक्ता समिति पनि बनिसक्यो,’ गोरखा नगरपालिका–१० की सदस्य जुनमाया श्रेष्ठले भनिन्, ‘मेयरसाब् विकासनिर्माणको कामचाहिँ किन अहिलेसम्म सुरु नभएको ?’

पृथ्वीनारायण शाहको स्मरणमा सेनाको पदयात्रा

शनिबार, १९ पुष २०७६

राष्ट्रिय झन्डा, सैनिक झन्डा र टर्च बोकेर, फूलको माला लगाएको नेपाली सेनाको एक टोली गोरखा दरबारस्थित हनुमान भञ्ज्याङबाट काठमाडौं हिँडेको छ।

पृथ्वीनारायण शाहको स्मरणमा सेनाको पदयात्रा

शुक्रबार, १८ पुष २०७६

राष्ट्रिय झण्डा, सेनाको आफ्नै झण्डा, टर्च बोकेर फूलमाला लगाएर नेपाली सेनाको एक टोली गोरखा दरवारस्थित हनुमान भञ्ज्याङबाट हिँडेको छ। पृथ्वीनारायण शाहले नेपाली एकीकरण गर्दा गोरखादेखि काठमाडौँसम्म हिँडेको बाटो भएर यात्रा गर्दै सेनाको टोली पुस २७ गते पृथ्वी जयन्तीको दिन काठमाडौँमा आयोजित कार्यक्रममा सहभागी हुने गरी एकीकरण पदमार्गमा पदयात्रा थालेको हो।

कश्मीर भिडन्तको चोट गोरखालाई, घरमा सन्नाटा, शोकाकुल गाउँ

बिहिबार, १७ पुष २०७६

गोरखा सदरमुकामबाट करिब दुई किलोमिटर पर वडा नम्बर ५ को सानोरिप ढाँडगाउँ शोकमा डुबेको छ। बिहीबार दिउँसोसम्म त्यस गाउँका मानिसको अनुहारमा चमक छैन। जम्मुकश्मीर भएको भारत–पाकिस्तान भिडन्तमा गोरखा नगरपालिका ५ ढाँडगाउँका २६ वर्षिय अर्जुन थापा मगरले ज्यान गुमाएपछि परिवारमा भावबिह्वल भएको छ।

'बैंक गाउँसम्म पुगे, जनतासम्म पुग्न सकेन'

शनिबार, १२ पुष २०७६

राष्ट्रबैंकले हरेक स्थानीय तहमा एउटा बैंक अनिवार्य रहनुपर्ने नीति लिएपछि छ महिना यता गोरखाका सबै स्थानीय तहको केन्द्रमा बैंक पुगेको छ।

उद्योग व्यवसाय बैँकको इन्जिन हो : गभर्नर नेपाल

शुक्रबार, ११ पुष २०७६

नेपाल राष्ट्र बैँकका गर्भनर चिरञ्जिवी नेपालले उद्योग व्यवसाय बैँकको इन्जिन भएको बताएका छन्।

अव्यवस्थित सडक ट्र्याकले झोलुंगेपुल जोखिममा

शुक्रबार, ११ पुष २०७६

गण्डकी गाउँपालिका–६ र बेनीघाट रोराङ गाउँपालिका–१० जोड्ने त्रिशूली नदीको झोलुंगे पुल अव्यवस्थित रूपमा खनिएको सडक ट्र्याकले जोखिममा परेको छ। पुलको गोरखातर्फ खनिएको कच्ची सडकले पुल अड्याइएको जिप र स्ल्याबमा समेत क्षति पुगेको हो।

Ncell Footer Ad