जितेन्द्रकुमार झा

भारतीय मिचाइले बिचल्ली

मङ्गलबार, ३१ असार २०७६

भारतीय पक्षको एकलौटीपन र हेपाहा व्यवहारका कारण सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–५, ७ र १२ का पाँच सयभन्दा बढी परिवार तीन दिनदेखि घरबारविहीन अवस्थामा छन्। निरन्तर वर्षाबीच कोही पाल टाँगेर त कोही खुला आकाशमुनि नै लालाबाला तथा वृद्धवृद्धासहित कोसी पश्चिमी तटबन्धमाथि दिन काट्न बाध्य छन्।

कानुन लत्याउँदै स्थानीय तहः बजेट ल्याउनै विफल

शुक्रबार, २७ असार २०७६

असार १० गतेभित्र गाउँ/नगरसभा सम्पन्न गर्नुपर्ने कानुनी प्रावधान लत्याउँदै सप्तरीका १३ वटा स्थानीय तहले बजेट नीति तथा कार्यक्रम तय गर्ने सभा नै आयोजना गर्न सकेका छैनन्। असारे विकासको चटारोका कारण १८ मध्ये यहाँका १३ स्थानीय तहले आफ्नो बजेट नीति तथा कार्यक्रम ल्याउन नसकेका हुन्।

विकासका काम अपारदर्शी

शुक्रबार, २० असार २०७६

चालू आर्थिक वर्ष सकिन लागेपछि सप्तरीमा तिनै तहका सरकारबाट भइरहेको विकासका योजनाहरूको काम अपरादर्शी ढंगले भइरहेको छ।

सहिद र घाइतेलाई प्रदेश सरकारको भैंसी

सोमबार, ०९ असार २०७६

मधेस आन्दोलनका सहिद तथा घाइते परिवारलाई प्रदेश २ का सरकारले जीविकोपार्जनका लागि उन्नत जातको भैंसी प्रदान गर्ने भएको छ।

‘बर्सेनि पीडा, खोइ समाधान ?’

शनिबार, ०७ असार २०७६

प्रत्येक वर्ष मनसुनका बेला सप्तरीको तिलाठीलगायत दक्षिणी भेगका दर्जन बढी गाउँ बस्ती खाँडो नदीको बाढीका कारण डुबानमा पर्ने गर्दछन्।

सामान्य हुँदै गोबरगाढा, डुबानको त्रास कायमै

सोमबार, १३ जेठ २०७६

भारत नियन्त्रीत कोसी योजनाका कर्मचारीहरुले पूर्व जानकारी वगैर कोसीको पाइलट च्यानलमा पानी छोड्दा सम्पर्क विच्छेद भएको सप्तरीको गोबरगाढाको जनजिवन आईतवार समान्य वन्दै गएको हनुमाननगर कंकालिनी नगरपालिकाले जनाएको छ । उक्त नगरपालिका वडा नम्बर १३ अन्तर्गत रहेका गोबरगाढा वस्तीका झण्डै ९० परिवारको पछिल्लो ३० घण्टा देखि सम्पर्क विच्छेद हुन पुगेपछि स्थानिय वासिन्दा र नगरपालिका र अन्य सरोकारवालाहरु चिन्तीत भएका थिए ।

खाँडोमा बाढी पूर्वसूचना प्रणाली

आइतबार, १२ जेठ २०७६

भारतीय पक्षको उदासिनता र नेपाली पक्षको मौनताका कारण पछिल्लो आठ वर्षदेखि अन्तर्राष्ट्रिय सीमाक्षेत्र दसगजामा थुनिएर रहेको खाँडो नदीको बहाव यस वर्ष पनि खोल्न सकिएको छैन। वर्षाअगावै बहाव खोलिने सम्भावना पनि सकिएको छ। यस वर्ष पनि बहाव नखोलिने भएपछि तिलाठीलगायत सप्तरीको दक्षिणी भेगका गाउँलेमा डुबानको त्रास र चिन्ता बढेको छ।

भारतीय पक्षले जानकारी बिना काेशीमा पानी फर्काउँदा ९० नेपाली परिवार सम्पर्कविहीन

शनिबार, ११ जेठ २०७६

कोशी नदीको बहाव पश्चिमी तटबन्धतर्फ फर्काउने क्रममा भारतीय पक्षले कोसी नदीमा वनाएको प्यालट च्यानलमा शुक्रवार अबेर साँझ एक्कासी पानी छोडदा नेपाल तर्फका झण्डै ९० परिवारका करिब ३ सय सर्वसाधारण पछिल्लो २४ घण्टा देखि सम्पर्कविहीन भएका छन्।

पुरानो साख फर्काउने रणनीति

शुक्रबार, १० जेठ २०७६

कांग्रेसले राष्ट्रव्यापी रूपमा गरेको जागरण अभियानले कार्यकर्तामा उत्साह देखिएको छ। सप्तरीलगायत प्रदेश–२ अन्तर्गतका ८ जिल्लामा यस अभियानलाई अझ सशक्त रूपमा सञ्चालन गर्न स्थानीय नेतृत्वलगायत नेता कार्यकर्ता निकै उत्साहित देखिएको प्रदेशसभामा कांग्रेस संसदीय दलका नेता रामसरोज यादव बताउँछन्।

यसपालिकाे बर्खामा पनि खाँडोकै त्रास

शुक्रबार, ०३ जेठ २०७६

नेपाल–भारत अन्तर्राष्ट्रिय सीमाक्षेत्रमा झन्डै आठ वर्षयता थुनिएको खाँडो नदीको बहाव तत्काल यो वर्षअगाडि नखुल्ने पक्का भएको छ। सो नदीमा सर्भे गरिरहेको भारतीय पक्षले यसपालिको वर्षाअघि नदीको बहाव खुलाउन नसकिने बताएको हो। भारतको बिहार राज्य सरकारमातहत रहेको जल संसाधन विभागले एसडिओ विद्याशंकर बर्माको नेतृत्वमा बुधबारदेखि पुनः नदीमा सर्भे थालेको हो।

नामसँगै सकियो फोरमको अजेन्डा

आइतबार, २९ बैशाख २०७६

०५४ सालतिर गैर सरकारी संस्थाको रूपमा स्थपित मधेसी जनअधिकार फोरम ०६२ सालदेखि राजनीतिक दलका रूपमा स्थापित भएको थियो। राजनीतिक दल बनेपछि छोटो समयमै मधेस र मधेसवादको पर्यायका रूपमा ‘फोरम’शब्दले राजनीतिक उचाइ र लोकप्रियता पायो। ०६३ को अन्तरिम संविधानका प्रतिलिपी जलाएर आन्दोलनमा होमिएको फोरम पहिलो संविधानसभामा तराईको महत्वपूर्ण शक्तिका रूपमा उदायो। राजनीतिक पहिचान र सफलता हासिल गरे पनि टुट र फुटको मधेसवादी दलको पुरानो इतिहासबाट भने फोरम अछुतो रहन सकेन।

संघीयता र गणतन्त्रमाथिको संकट अझै कायमै : उपप्रधानमन्त्री यादव

आइतबार, १५ बैशाख २०७६

उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले संघीयता र गणतन्त्रमाथिको संकट अझै कायमै रहेको बताएका छन्। सघीय समाजवादी फोरम नेपालका अध्यक्षसमेत रहेका यादवले आइतबार एक कार्यक्रममा बोल्दै संघीय गणतन्त्रात्मक व्यवस्थालाई असफल बनाउन अहिले पनि विभिन्न शक्ति केन्द्रहरु सक्रिय रहेको खुलासा गरे।

छुवाछूतविरुद्ध जागरण

बुधबार, ११ बैशाख २०७६

मुलुकभर करिब १३–१४ हजार हाराहारी जनसंख्या रहेको डोम समुदाय मुलुककै अल्पसंख्यक मात्रै हैन, कथित सबैभन्दा तल्लो जाति हो।

प्रहरी संलग्नतामै बाहिरीयो प्रश्न पत्र, सिरहावाट आउट, सप्तरीवाट वितरित

शुक्रबार, २२ चैत २०७५

परीक्षा अगावै प्रश्न पत्र वाहिरिए पछि स्थगित भएको प्रदेश–२ को एसइई परीक्षा शुक्रवारवाट पुनः सुचारु हुँदै छन्। यता परीक्षा पुनः सुचारु हुनु अगावै प्रहरीले प्रश्न पत्र प्रकरणका अभियुक्तहरुलाई पक्राउ गरी विहिवार सार्वजनिक गरेका छन्। प्रश्न पत्रको गोपनियता र सुरक्षाको पुर्ण जिम्मेवारी प्रहरी माथि नै रहेका कारण प्रश्न पत्र वाहिरिए पछि प्रहरी माथि ठुलो प्रश्न तेर्सिएको थियो भने अर्को तिर प्रदेश–२का झण्डै ७० हजार बढी बालबालिका समेत आन्दोलित रहेको अवस्था थियो।

आफू पास हुने चक्करमा प्रहरी जवानले यसरी लिक गरे एसइई प्रश्नपत्र, ६ जना पक्राउ

बिहिबार, २१ चैत २०७५

प्रश्नपत्रको गोपनियता तथा सुरक्षाको जिम्मा रहेको प्रहरीवाटै एसइई परीक्षाको प्रश्न पत्र लिक भएको अन्ततः प्रहरी अनुसन्धानले नै पुष्टि गरेको छ। परीक्षा अगावै प्रश्नपत्र बाहिरिएपछि प्रदेश–२को एसइई परीक्षा स्थगित छ। परीक्षा स्थगित भएपछि प्रदेशका झण्डै ७० हजार बालबालिका आन्दोलनमा होमिएका थिए।

सिकेको ‘सेफ ल्यान्डिङ’

शनिबार, २५ फागुन २०७५

मधेसका राजनीतिक विश्लेषकले सिके राउत नेतृत्वको स्वतन्त्र मधेस गठबन्धनले सरकारसँग शुक्रबार गरेको राजनीतिक सहमतिलाई बाध्यात्मक कदमको संज्ञा दिएका छन्। राजनीतिक वस्तुस्थिति मूल्यांकन गरेर राष्ट्र विखण्डनको मुद्दा छाडी राउतले ‘सेफ ल्यान्डिङ’ को बाटो रोजेको ठम्याइ विश्लेषकहरूको छ।

सप्तरीमा वृद्ध दम्पतिको विभत्स हत्या

बुधबार, १५ फागुन २०७५

सप्तरीमा एकपछि अर्काे हत्याका घटना भइरहेका छन्। यसै क्रममा मंगलबार बिहान जिल्लाको खड्क नगरपालिका–५, खरचुहिया बजारमा एक दम्पति हत्या गरिएको अवस्थामा फेला परेका छन्। स्थानीय ७० वर्षीय सबुरी साह र उनकी पत्नी ६५ वर्षीया बेचनी साह आफ्नै घरमा हत्या गरिएको अवस्थामा भेटिएका हुन्। असोजयता सप्तरीमा भएको यो चौथो हत्या घटना हो।

बलात्कारको आरोपमा तीन पक्राउ

सोमबार, १३ फागुन २०७५

शनिबार राति १० बजे इलाका प्रहरी कार्यालय रुपनीको टोलीले सप्तरीको रुपनी गाउँपालिका–१ का ३० वर्षीय देवेन्द्र यादवलाई बलात्कारको आरोपमा पक्राउ गरेको छ। स्थानीय एक ३० वर्षीय महिलालाई उनकै घरमा थुनेर जबर्जस्ती करणी गरेको आरोपमा उनलाई घटनास्थलबाटै पक्राउ गरिएको प्रहरीको भनाइ छ। पीडित महिलाले अभियुक्तको नाम किटानीलगायतको व्यहोरासहित आइतबार बिहान जिल्ला प्रहरी कार्यालय सप्तरीमा जाहेरीसमेत दर्ता गराएका छन्।

तस्कर र प्रहरीबीच गोली हानाहान, तीन जना पक्राउ

शनिबार, १९ माघ २०७५

सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१३ स्थित गोबरगाढा टापु क्षेत्रमा शुक्रवार राति गाँजा तस्कर र सशस्त्र प्रहरीबीच गोली हानाहान भएको छ। उक्त दोहोर गोली हानाहानमा कुनै मानविय क्षति भने भनएको प्रहरीले जनाएको छ।

भूमिगत सशस्त्र समूहका प्रमुख थिए दीपेन्द्र : प्रहरी

शुक्रबार, ११ माघ २०७५

सप्तरीको रुपनीमा बुधबार मुठभेडमा मारिएको भनिएका ३५ वर्षीय दीपेन्द्र चौधरी भूमिगत सशस्त्र संगठन प्रगतिशील तराई मुक्ति मोर्चा (सिजन) समूहका प्रमुख रहेको प्रहरीले बताएको छ। सप्तरीका प्रहरी प्रमुख एसपी राजेन्द्र बिष्टका अनुसार चौधरीले नै ‘सिजन’ उपनाम राखेर संगठनमार्फत विभिन्न आपराधिक गतिविधिको नेतृत्व गर्दै आएका थिए।

Ncell Footer Ad