अर्जुन ओली

स्वतन्त्र न्यायपालिकामाथि आँच पु-याउने कार्य सैह्य हुँदैन : राष्ट्रपति

शुक्रबार, ०९ चैत २०७४

राष्ट्रपति विद्यादेवी भण्डारीले स्वतन्त्र न्यायपालिकामाथि कतैबाट आँच पुर्याउने कार्य सह्य नहुने भन्दै अहिलेसम्म आएका र आउन सक्ने बिकृति, बिसंगतीलाई न्यायपालिका स्वयंले सुधार गर्ने विश्वास व्यक्त गरेकी छन्।

कोइराला परिवारमा एकपछि अर्को शोक

बिहिबार, ०८ चैत २०७४

कोइराला परिवारको काइलो छोरा अरुणको २०७१ मंसिर २ गते निधन भयो। त्यसको पीडा सेलाउन नपाउँदै २०७२ माघ २६ गते साइलो छोरा सुशील कोइरालाको निधन भयो। दुई दाजुभाईको निधनले शोकमा डुबेका कोइराला परिवारलाई त्यसपछि पनि एकपछि अर्को पीडा थपिदै आएको छ।

ठेकेदारको ढिलासुस्ती र बजेट अभावले दर्जन बढी पुल निर्माण अलपत्र

बिहिबार, २४ फागुन २०७४

बाँके, राप्तीसोनारी–४, बैजापुरस्थित मोरङ्गा खोलामा निर्माणाधीन पुलको काम आठ महिनादेखि ठप्प छ । तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी काम सुरु गरेको ‘सपना मित्र संजिवनी गाल्वा जेभी’ नामक ठेकेदार कम्पनीले चालु आर्थिक वर्षको सुरुदेखि काम रोकेको हो।

बजेट अभावले पुल निर्माण अलपत्र

मङ्गलबार, २२ फागुन २०७४

बाँकेको राप्तीसोनारी–४ बैजापुरस्थित मोरङ्गा खोलाको निर्माणाधिन पुल विगत ८ महिनादेखी ठप्प छ। ३ वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी काम सुरू गरेको सपना मित्र संजिवनी गाल्वा जोभी नामक ठेकेदार कम्पनीले चालु आर्थिक वर्षको सुरूवातदेखी काम रोकेको हो।

पुस्तकालय प्रयोगले बिद्यार्थीमा पढ्ने सिपको विकास

शनिबार, १९ फागुन २०७४

बाँकेको बैजनाथ गाउँपालिका–२ कलरामपुरस्थित नेपाल राष्ट्रिय प्राथमिक बिद्यालयको कक्षा ४ मा पढ्ने छात्रा नम्रता राना हरेक बुधबार पुस्तकालय कोठामा अनिवार्य रुपले पुग्छिन्।

प्रदेश ५, ७ र कर्णालीका २२ स्थानीय तहको नाम र केन्द्र परिवर्तन

बुधबार, १६ फागुन २०७४

संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले प्रदेश नम्बर ५, ७ र कर्णाली प्रदेशका २२ वटा नगरपालिका र गाउँपालिकाको केन्द्र, नाम तथा नाम र केन्द्र दुवै हेरफेर गरेको छ।

कर्मचारीको स्वार्थले करोडौंको काठ नोक्सान हुने अवस्थामा

सोमबार, १४ फागुन २०७४

राष्ट्रिय वन र सरकारद्वारा व्यवस्थित वन क्षेत्रबाट संकलित काठ तथा दाउरा समयमै व्यवस्थित नगर्दा करोडौं नोक्सानी हुने अवस्थामा पुगेको छ । आर्थिक वर्ष ०७२-७३ मा कटान–मुछान गरी घाटगद्दी गरिएको काठ तथा दाउरा समयमा बिक्री, वितरण नगर्दा नोक्सानी हुने अवस्थामा पुगेको हो।

‘एकीकृत कम्युनिष्ट पार्टीको आकारबारे छलफल भएको छैन्’

आइतबार, १३ फागुन २०७४

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले एकीकृत कम्युनिष्ट पार्टीको आकारको विषयमा कुनै छलफल नै नभएको दाबी गरेका छन्। नेपालगन्जमा आइतबार प्रेस चौतारी नेपाल र प्रेस सेन्टरले आयोजना गरेको संयुक्त पत्रकार भेटघाटमा बोल्दै पूर्वप्रधानमन्त्री समेत रहेका नेता नेपालले धेरै नेतालाई व्यवस्थापन र मुल्यांकन गर्नुपर्ने भएका कारण आकार ठुलो हुन सक्ने बताए।

सरकारको कामले द्वन्द्व निम्त्याउने खतरा : खाँड

आइतबार, १३ फागुन २०७४

नेपाली कांग्रेसका प्रभावशाली नेता बालकृष्ण खाँडले सरकारका प्रारम्भिक कामले द्वन्द्व निम्त्याउने खतरा बढेको बताएका छन्। सरकारले नै मुलुकलाई द्वन्द्वको दिशातर्फ लैजान खोजेकाले कांग्रेस चुप लागेर नबस्ने उनको भनाई छ।

खुल्ला ठाउँमा दिसा गर्दा प्रहरीको फन्दामा

शुक्रबार, ११ फागुन २०७४

खुल्ला ठाउँमा दिसा गरेकै कारण प्रहरीको फन्दामा परेको कुरा झट्ट सुन्दा धेरैलाई अचम्म लाग्न सक्छ। तर नेपालगन्जमा सोही अभियोगमा ११ जना व्यक्ति करिव ३ घण्टासम्म प्रहरीको फन्दामा परेका छन्।

मासु प्रशोधनको सीप सिक्दै व्यवसायी र किसान

बुधबार, ०९ फागुन २०७४

बजारमा अव्यवस्थित रुपले मासु बध गर्ने प्रवृत्ति बढिरहेका बेला व्यवसायी तथा किसानलाई प्रशोधित मासु उत्पादनबारे प्रशिक्षण दिइएको छ।

भारततर्फ पेट्रोलियम पदार्थको व्यापक ‘तस्करी’

बुधबार, ०९ फागुन २०७४

नेपालगन्जको सुर्खेतरोडस्थित ‘कुसुम फिलिङ’ पम्पमा मंगलबार बिहान युपी २७ टी ३५९४ नम्बरको भारतीय ट्रकले चार सय लिटर डिजल हालेर ट्यांकी फुल गरी सीमा पार गर्यो ।

‘भन्सार कर्मचारी र प्रहरीकै सहयोगमा’ तस्करी

शुक्रबार, ०४ फागुन २०७४

नेपालगन्ज भन्सारबाट सामान ‘कर्मचारी र सुरक्षाकर्मीकै सहयोगमा’ तस्करी हुने गरेको तथ्य खुलेको छ। कर्मचारी र सुरक्षाकर्मीको सहयोगमा तस्करहरुले खुलेआम भारतबाट सामान तस्करी गर्ने गरेको पाइएको हो। भारतबाट चामलको बोरामा हालेर चिनी तस्करी गरी ल्याउँदै गरेको अवस्थामा दुई महिला पक्राउ परेपछि उनीहरूको बयानबाट यस्तो तथ्य बाहिर आएको हो।

राजधानी माग्दै प्रधानमन्त्रीलाई हस्ताक्षर

बुधबार, ०२ फागुन २०७४

सरकारले प्रदेशको अस्थायी राजधानी तोकेर आवश्यक पूर्वाधारको जोहो गरिरहेका बेला बाँकेमा भने राजधानी तोक्नुपर्ने माग यथावत रहेको छ। बन्द, हड्तालभन्दा शान्तिपूर्ण आन्दोलनको बाटो रोजेका बाँकेबासीले दवाव स्वरूप चरणवद्ध रूपमा कार्यक्रम गर्दै आएका छन्।

संघर्षले बनेको अन्तर्धार्मिक जोडी

बुधबार, ०२ फागुन २०७४

नेपालगन्ज सल्यानी बाग निवासी पिंकी शाह र घोसिटोलका मोहम्मद सफिक बेहनाबीच २१ वर्षअघि मंगल प्रसाद माध्यामिक विद्यालयको चउरमा सामान्य चिनजान भयो।

एकीकृत जाँच चौकी निर्माण अधुरै

मङ्गलबार, ०१ फागुन २०७४

पश्चिम तराईको प्रमुख नाका नेपालगन्जमा एकीकृत भन्सार जाँच चौकी (इन्ट्रिग्रेटेट चेक प्वाइन्ट) निर्माण लामो समयदेखि अधुरै रहेको छ । जग्गा अधिग्रहण गरेको नौ वर्ष पुगिसक्दा पनि अहिलेसम्म निर्माण कार्यले पूर्णता पाउन सकेको छैन । भारत सरकारले बनाइदिने राष्ट्रिय स्तरको ठूलो आयोजना निर्माण कार्य अधुरो हुँदा भन्सारसँग सम्बन्धित काममा कठिनाइ भएको सरोकारवालाको गुनासो छ।

खाजा खान’गएकी बालिका बलात्कृत

शुक्रबार, २६ माघ २०७४

नेपालगन्जको पुष्पलाल चोक नजिक रहेको होटल दरबार ‘खाजा खान’ पुगेकी एक बालिका बलात्कृत भएकी छन् । बिहीबार राती करिव सवा १० बजेतिर होटलको २१० नम्बर कोठामा १४ बर्षिया बालिका बलात्कृत भएकी हुन् ।

राष्ट्रिय सभा निर्वाचन : भोट हाल्न जनप्रतिनिधी आतुर

मङ्गलबार, २३ माघ २०७४

नेपालगन्ज उपमहानगरपालिका उपप्रमुख उमा थापामगर दुई दिनदेखि दाङमा छिन्। पाँच नम्बर प्रदेशको राष्ट्रिय सभा निर्वाचनमा सहभागी हुन उनी सोमबार दाङ पुगेकी हुन्।

‘भावी मुख्यमन्त्री’ पोखरेलसँग विकास र समृद्धिको अपेक्षा

सोमबार, २२ माघ २०७४

प्रदेश नम्बर पाँचको संसदीय दलको नेता सर्वसम्मत रुपमा बनाएर नेकपा एमालेले पार्टीका नेता शंकर पोखरेललाई ‘भावी मुख्यमन्त्री’ का रुपमा प्रस्तुत ग-यो।

प्रादेशिक महोत्सवमा दुई करोड बढीको कारोबार

सोमबार, २२ माघ २०७४

नेपालगन्जमा सञ्चालित प्रादेशिक महोत्सव–२०७४ सोमबार समापन भएको छ। समापन समारोहमा बोल्ने बक्ताले संघियता कार्यान्वयनमा आएपछि देशमै पहिलो पटक नेपालगन्जमा आयोजित प्रादेशिक महोत्सव सफल भएको दाबी गरे।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।