अर्जुन ओली

‘डन’ रिगलसहित १४ जनालाई दोषी ठहर

मङ्गलबार, ११ बैशाख २०७५

नेपालगन्ज स्थित गगनगन्जनिवासी चेतन मानन्धरको हत्या मुद्दामा १४ जनालाई बाँके जिल्ला अदालतले दोषी ठहर गरेको छ। उक्त मुद्दामा मुख्य दोषी ठहर गर्दै नेपालगन्ज देवाफुलबारी निवासी रिगल ढकाललाई अदालतले ‘सर्वश्वसहित जन्मकैद’को फैसला सुनाएको छ। सोही घटनामा संलग्न रहेको ठहर गर्दै अदालतले प्रशान्त गौतम भनिने प्रेमध्वज खत्री, बिशाल भन्ने छबिलाल बस्नेत, नवराज खत्री र मोहनलाल खड्कालाई जन्मकैद सजाय सुनाएको छ।

सुन पसलबाट ठूलो परिमाणको ‘अवैध’ सुनचाँदी बरामद

सोमबार, १० बैशाख २०७५

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ३ त्रिवेणीमोड स्थित सोनु राई ज्वैलर्सबाट प्रहरीले ठूलो परिमाणको ‘अवैध’ सुनचाँदी बरामद गरेको छ । कुनैपनि सरकारी निकायमा दर्ता नै नभएर सञ्चालनमा रहेको उक्त पसलबाट २४ किलो चाँदी र पथ्थरसहित ४ सय २३ ग्राम सुन बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख(एसपी) टेकबहादुर तामाङले नागरिकलाई जानकारी दिए ।

दिल्लीको कोठीबाट नाबालिकासहित तीन जनाको उद्दार

आइतबार, ०९ बैशाख २०७५

भारतको दिल्लीस्थित चर्चित जिबी रोडमा रहेको ६४ नम्बर कोठीबाट एक नाबालिका र दुई नेपाली युवतीको उद्दार गरिएको छ। भारतको आग्रास्थित कास्मिरी बजारमा रहेको एक कोठीबाट ५ नेपाली युवतीलाई उद्दार गरेको एक महिना नपुग्दै माईती नेपालको अगुवाईमा पुनः उद्दार गरिएको हो।

आयोजनाको काममा वडाप्रतिनिधीको निगरानी

शुक्रबार, ०७ बैशाख २०७५

नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमा सञ्चालित जुनसुकै आयोजनाको सम्बन्धित वडाका जनप्रतिनिधिले निगरानी बढाउने भएका छन्। नेपालगन्जमा एशियाली विकास बैंकको ऋण÷अनुदान सहयोगमा सञ्चालित (आरयुडिपी) आयोजनाको कामको गुणस्तरप्रति स्थानीय स्तरबाट व्यापक रुपले जनगुनासो बढ्न थालेपछि वडाका जनप्रतिनिधिले निगरानी बढाउने भएका हुन् ।

एक अर्ब बढीको सम्पत्ति दान गर्ने शाहलाई अभिनन्दन

बुधबार, ०५ बैशाख २०७५

नेपालगन्जको फुलटेक्रास्थित फत्तेबाल आँखा अस्पताललाई एक अर्ब बढीको सम्पत्ति दान गर्ने श्रीजंग शाहलाई नागरिक अभिनन्दन गरिएको छ।

झुठो विवरण पेश गरी नागरिकता लिने भारतीय नागरिक पक्राउ

शुक्रबार, ३० चैत २०७४

झुठो विवरण पेश गरी नेपाली नागरिकता लिने एक भारतीय नागरिक पक्राउ परेका छन्। भारत, उत्तर प्रदेश बहराईच कोतवाली नानपारा, थाना नवावगन्ज निवासी २५ वर्षीया मोहम्मद सलमान हल्वाईलाई प्रहरीले पक्राउ गरेको हो।

प्रजातन्त्रमा जित र हार स्वभाविक : देउवा

बुधबार, २८ चैत २०७४

पूर्वप्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले जनताको मन जितेर काम गर्न नेता, कार्यकर्तालाई निर्देशन दिएका छन्।

भारतमा बेचिएका पाँच नेपाली युवतीको कोठीबाट उद्धार

मङ्गलबार, २७ चैत २०७४

भारतको आग्रास्थित कास्मिरी बजारमा रहेको एक ‘कोठी’ मा यौन शोषणका लागि राखिएका ९ जना युवतीलाई भारतीय प्रहरीको सहयोगमा माईती नेपालले अघिल्लो बुधबार (अप्रिल ४) मा उद्धार गरेको छ। उद्धार गरिएका युवतीहरु ५ नेपाली र ४ जना भारतीय रहेका छन्। उनीहरु सबै १७ देखी २४ बर्ष उमेर सम्मका छन्।

पूर्वपश्चिम राजमार्गमा ‘ज्यानमारा’ खाल्डा

मङ्गलबार, २७ चैत २०७४

पूर्वपश्चिम राजमार्गको राप्तीसोनारी गाउँपालिका– १ मा रहेको गाभर खोला पुलको खाल्डोमा मोटरसाइकल पल्टिँदा फागुन दोस्रो साता दाङ गढवा निवासी शिक्षक नारायणप्रसाद शर्माको मृत्यु भयो।

बाह्र वर्षपछि फर्कियो शहिद परिवारमा खुसी

सोमबार, २६ चैत २०७४

जनआन्दोलन २०६२/०६३ का सहिद हरिराज अधिकारीको सालिक १२ वर्षपछि अनावरण गरिएको छ । प्राध्यापक संघ महेन्द्र बहुमुखी क्याम्पस नेपालगञ्जका तत्कालिन सभापति अधिकारीको २०६२ चैत २६ गते आन्दोलनका क्रममा स्थानीय धम्बोझी चोक नजिक निधन भएको थियो । सरकार र राजनीतिक दलको चरम बेवास्ताका कारण शहिद पत्नी अञ्जु शर्मा(अधिकारी)आफैँले खरिद गरेर ल्याएको उक्त सालिक सोमबार अनावरण गरिएको हो।

पाँच सयको निहुँमा ५५ लाख ब्ल्याकमेल

आइतबार, २५ चैत २०७४

सुन्दै अचम्म लाग्ने यो घटना भएको विद्यालय हो, नेपालगन्जको ‘ब्राइटल्यान्ड इंगलिस मिडियम बोर्डिङ स्कुल’ । जहाँका शिक्षक, विद्यार्थी र विद्यार्थीका अभिभावक ५५ लाख ठगीको घटनामा तानिएका छन् ।

भारतीय संरचनाका समस्याबारे ध्यानाकर्षण

बुधबार, २१ चैत २०७४

प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमणको तयारीमा रहेका बेला अन्तर्राष्ट्रिय नियमविपरीत निर्मित भारतीय संरचनाले नेपाली भूमिमा निम्त्याएको समस्याबारे गम्भीर रूपले कुरा उठाउन पीडितले माग गरेका छन्।

गोली हानेर आफ्नै पत्नीको हत्या

शुक्रबार, १६ चैत २०७४

गोली प्रहार गरेर बाँकेमा एक व्यक्तिले आफ्नै पत्नीको हत्या गरेका छन्। बाँकेको डुडुवा गाउँपालिका वडा नम्बर ३ बनकट्टीका ३० वर्षीय सन्जयकुमार बर्माले आफ्नी २८ वर्षीया पत्नी शान्तिदेबीको गोली प्रहार गरी हत्या गरेका हुन्।

सभापति देउवाकै कार्यशैलीका कारण पार्टी कमजोरः प्रकाशमान सिंह

बुधबार, १४ चैत २०७४

नेपाली कांग्रेसका प्रभावशाली नेता प्रकाशमान सिंहले ‘काम चलाउ शैली’ अन्त्य नगर्दासम्म पार्टीलाई जोगाउन नसकिने बताएका छन्।

घोषणा पत्रलाई कार्यान्वयनमा ल्याउन सके न्यायक्षेत्रमा सुधार आउने विश्वास

मङ्गलबार, १३ चैत २०७४

नेपाल बार एशोसियशनको नेपालगन्जमा सम्पन्न १४ औं राष्ट्रिय सम्मेलनले पारित गरेको घोषणा पत्रमा रहेका बुँदालाई चाडो कार्यान्वयन गर्न कानुन ब्यवसायीले जोड दिएका छन्।

संघ र प्रदेश सरकारले लगानीको वातावरण बनाउने विश्वास

मङ्गलबार, १३ चैत २०७४

नेपाल उद्योग वाणिज्य महासंघले आर्थिक समृद्धिको प्रमुख एजेण्डालाई सरकारले पुरा गर्नुपर्ने बताएको छ। आर्थिक समृद्धिको एजेण्डालाई कार्यान्वयन गराउन महासंघले सरकारको ध्यानाकर्षण गराइसकेको पदाधिकारीको भनाई छ।

‘भुरभुरा रहर’ मा थारु युवतीको पीडा

सोमबार, १२ चैत २०७४

आदिवासी जनजाति थारु समुदायको संस्कृतिलाई समेटेर निर्माण गर्न लागिएको फिल्म ‘भुरभुरा रहर’को टोली छायांकनका लागि पश्चिम क्षेत्रमा आइपुगेको छ । फिल्मको छायांकन सोमबारबाट पाँच नम्बर प्रदेशको बर्दियास्थित ठाकुरबाबा नगरपालिकाको पत्थरबोझी गाउँमा हुदैछ।

घोषणापत्रमा कुरा नमिलेपछि बारको सम्मेलनमा विवाद

आइतबार, ११ चैत २०७४

नेपाल बार एशोसियशनको नेपालगन्जमा जारी १४ औं राष्ट्रिय सम्मेलनको समापन समारोहमा विवाद उत्पन्न भएको छ। सम्मेलन समापनका क्रममा जारी गरिएको नेपालगन्ज घोषणा पत्रमा आपति जनाउँदै कानुन ब्यवसायीको एक समूहले बिरोध जनाएपछि विवाद उत्पन्न भएको हो।

डिएलएको केन्द्रीय नेतृत्व छान्न गर्न गृहकार्य

आइतबार, ११ चैत २०७४

डेमोक्रेटिक लयर्स एसोसिएसन(डिएलए)को केन्द्रीय नेतृत्व चयन गर्न गृहकार्य सुरु गरिएको छ । आगामी जेठ १३ र १४ गते डिएलएको १० औं महाधिवेशन गर्ने समय तय भइसकेको छ। महाधिवेशनको स्थान तय नभए पनि सक्षम नेतृत्व ल्याउन डिएलएआवद्ध कानुन व्यवसायीहरु सक्रिय भएर लागेका छन्।

न्यायलयमा हस्तक्षेप सह्य हुँदैन

शनिबार, १० चैत २०७४

राष्ट्रपति विद्यादेवी भण्डारीले स्वतन्त्र न्यायपालिकामाथि कतैबाट आँच पु¥याउने कार्य सह्य नहुने बताएकी छिन् । उनले न्यायालयका विकृति र विसंगतिलाई स्वयं न्यायपालिकाले हटाउने विश्वास पनि व्यक्त गरिन्।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।