मनोज घर्तीमगर

गण्डकी प्रदेशमा बर पीपल जोगाउन कानुन

आइतबार, २७ माघ २०७५

गण्डकी प्रदेशमा वर, पीपल र चौतारो संरक्षण पहिलो पटक कानुन बनेको छ। यस क्षेत्रमा परा पूर्वकालदेखिका चौतारीहरु मासिन लागेको भन्दै आवाज उठिरहेका बेला कानुनी रुपमै बर, पीपल र चौतारो संरक्षण गरिने भएको हो। ‘बर, पिपल, समि र चौतारो संरक्षण तथा व्यवस्थापन गर्न बनेको विधेयक’ लाई गण्डकी प्रदेश प्रमुख बाबुराम कुँवरले आइतबार प्रमाणिकरण गरेका छन्। प्रमुख कुँवरले ‘सहकारी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ पनि प्रमाणिकरण गरेका हुन्। गण्डकी प्रदेश सभाले यी दुई विधेयक माघ ८ गते पारित गरेको थियो।

दर्शक तान्दै ‘घेरो’

बुधबार, २६ मङि्सर २०७५

पोखराको गैह्रापाटनस्थित गन्धर्व नाटक घरमा मञ्चन भइरहेको लोक नाटक ‘घेरो’ ले दर्शकको ध्यान तानिरहेको छ। नाटक हेर्ने दर्शकको चाप बढ्दो छ।

मौलिकता हराएको देउसी

बुधबार, २१ कार्तिक २०७५

देउसीको यो लोकभाका खुब मिठो छ। यस्तै मिठासपूर्ण स्वर घन्काउँदै तपाईं हाम्रो दैलोमा देउस्याहरू आइसकेका छन्। वास्तवमै देउसीमा यति धेरै तमासा, मनोरञ्जन छ कि, जोकोही देउसी खेल्न रौसिन्छन्। देउसीको सुरुवातबारे अहिलेसम्म पनि इतिहासमा फरकफरक लेख छन्। इतिहासमा जे लेखिए पनि उहिलेदेखि नै चलेको देउसी–भैलो आजसम्म खेलिदैछ।

नेतृत्व लिँदै आमाहरू

बुधबार, ३० जेठ २०७५

लागू पदार्थ नियन्त्रण तथा समाज सुधार आमा समूह कास्कीले तीन सयभन्दा बढी लागू पदार्थ प्रयोगकर्तालाई पक्राउ गरेर प्रहरीलाई बुझाइसकेको छ । तीमध्ये २५/३० जना जेलमै छन् ।

एक विदेशीको नेपाली बन्ने संघर्ष

मङ्गलबार, २९ जेठ २०७५

बेलायती सेनाका सेवाविवृत्त लेफ्टिनेन्ट जेपी (जोन फिलिप) क्रस को मामलामा रगतको नाता सम्बन्धले काम गर्दैन । बेलायती भूमिमा जन्मेका उनको रगतको नाता नभए पनि उनका सन्तान दर सन्तान छन् ।

त्रिचन्द्रको त्यो पढाइ

मङ्गलबार, २७ चैत २०७४

आनन्दराज मुल्मी पोखराका नामी व्यापारी प्रेमराज मुल्मीका एक्ला छोरा हुन् । पढाइलेखाइमा असाध्यै रुचि राख्ने तिनै प्रेमराजले धित मरुञ्जेल पढ्न पाएनन् । आफूले पढ्न नपाएको धोको उनले छोरो आनन्दराजलाई पढाएर पूरा गरे ।

४० वर्षपछि गुरु–चेला भेट

शुक्रबार, २५ फागुन २०७४

प्रदेश नं. ४ का प्रमुख बाबुराम कुँवरले पोखरामा कहलिएका आफ्ना गुरु जोर्ज जोनसँग बिहीबार भेटघाट गरेका छन् । पृथ्वीनारायण क्याम्पसमा आफूलाई अंग्रेजी विषय पढाएका जोर्ज जोनलाई ४० वर्षपछि पोखरा लेखनाथ महानगरपालिका वडा नं. १० स्थित उनकै निवास पुगेर प्रमुख कुवँरले भेटघाट गरी करिब ४५ मिनेट भलाकुसारी गरे ।

प्रदेश प्रमुखले भेटे गुरु

बिहिबार, २४ फागुन २०७४

प्रदेश नम्बर ४ का प्रमुख बाबुराम कुँवरले पोखरामा कहलिएका आफ्ना गुरु जोर्ज जोनसँग बिहीबार भेटघाट गरेका छन्।पृथ्वीनारायण क्याम्पसमा आफूलाई अंग्रेजी विषय पढाएका जोर्ज जोनलाई ४० वर्षपछि पोखरा लेखनाथ महानगरपालिका वडा नं. १० स्थित उनकै निवास पुगेर प्रमुख कुवँरले भेटघाट गरी करिब ४५ मिनेट भलाकुसारी गरे।

सुन्दर हेम्जाकोट

मङ्गलबार, १६ माघ २०७४

ढुंगै ढुुंगाले बनेका घर । बाटोमा पनि ढुंगै छापिएको । घरधुरी जम्मा ८५ । कास्कीको उत्तरी भेग साविकको धिताल गाविस वडा नं. ७ हाल अन्नपूर्ण गाउँपालिकामा रहेको हेम्जाकोट गाउँको चिनारी हो यो । जम्मा घरधुरीमध्ये ३५ घर गुरुङका छन् भने बाँकी कामी, दमाई, ब्राह्मणका छन् । पोखरादेखि नजिकै रहेको यो गाउँमा पाँच वर्षअघिदेखि होम स्टे सुरु भएको छ । पर्यटनको निकै सम्भावना बोकेको यो गाउँलाई थकाई मार्ने स्थान बनाउन गाउँलेहरू कस्सिएर लागेका छन् ।

सुरक्षाबाट सोखतिर

बिहिबार, ०४ माघ २०७४

आफ्नो र पराइ छुट्याउने खुबी । मालिकप्रतिको बफादारीले केही दशकअघिसम्म मानिसले कुकुर पाल्थे । कुकुर पाल्नेहरू आफ्नो घर सुरक्षित भएको पनि महसुस गर्थे । धेरैले घरको रखबारी गर्ने जिम्मा कुकुरलाई नै छाडिदिन्थे । अझ यसो भनौं, मान्छे आफ्नो आवश्यकताले कुकुर पाल्थे । अहिले जमाना पूरै बदलिएको छ । कुनै समय घरको सुरक्षा गर्न पालिने कुकुर अहिले भने धेरैले सोख पूरा गर्न पाल्न थालेका छन् ।

कल्लाबारीका चार पुस्ते लाहुरे

मङ्गलबार, १८ पुष २०७४

पहिलो र दोस्रो विश्वयुद्धमा पाल्पाका धेरै मगर इस्ट इन्डिया कम्पनी सरकारको सेनामा भर्ती भए । विश्वयुद्धमा मर्नेहरूमा पनि सबैभन्दा बढी पाल्पाली मगर नै थिए । त्यतिबेला सुरु भएको भर्ती परम्परा अहिलेसम्म पाल्पाका मगरहरूमा कायमै छ । अचेल मगर समुदायमा लाहुरे हुनु पुख्र्यौली पेसा र संस्कार बनिसकेको छ । पाल्पा अर्थात् मगरात भूमि । पाल्पाको सदरमुकाम टाङसिङ अर्थात् तानसेन । इतिहास खोतल्दा मगर भाषामा ‘टाङसिङ’ ‘टाङ’ भन्नाले ‘कर्घा’ (लुम) र ‘सिङ’ भन्नाले ‘काठ’ (रूख) बुझिन्छ ।

‘मधुमास स्पट’ पोखरा

शुक्रबार, १५ मङि्सर २०७४

हालै विवाह गर्नुभएको छ र जोडी बनेर ‘हनिमुन’ मनाउन कतै जाने सोचमा हुनुहुन्छ भने तपाईंका लागि पोखरा सही गन्तव्य बन्न सक्छ । यहाँका तालतलैया, आकर्षक हिमाल, रहस्यमय गुफा अनि सफा र शान्त वातावरणले तपाईँको ‘हनिमुन ट्रिप’ रमाइलो, सुखद् र स्मरणीय बनाउन सक्छ । फेवातालमा घण्टौंसम्म बोटिङ गर्दाको आनन्द, सराङकोटबाट देखिने माछापुच्छे र अन्नपूर्ण हिमश्रृंखलाको मनोरम दृश्य, रहस्य लुकेका महेन्द्र, चमेरे र गुप्तेश्वर गुफाभित्रका आकृति, अनौठो डेभिज फल्स यहाँका लोभलाग्दा भ्रमणस्थल हुन् । बन्जी जम्प, प्याराग्लाइडिङ, पावर ग्लाइडर गर्न चाहनेका लागि पोखरा पहिलो रोजाइ हो ।

म्युजिक भिडियोबाट ग्रामीण पर्यटन

मङ्गलबार, १२ मङि्सर २०७४

तपाईं आफ्नो गाउँ चिनाउन के गर्नुहुन्छ ? पर्चा पम्पलेट बनाउने । ठाउँठाउँमा होर्डिङबोर्ड राख्ने वा अरू केही । कास्की पोखरा र आसपासका जिल्लामा भने आफ्नो गाउँलाई चिनाउन गीत र म्युजिक भिडियोको भरमार प्रयोग हुन थालेको छ । संगीतको आनन्दसँगै सुन्दर भिडियोमा गाउँको प्रचार प्रसार गर्न सहज हुने भएपछि अहिले गाउँका भिडियो र गीत बनाउन होडबाजी जस्तै छ ।

‘हल’ व्यापारमा तीन पुस्ता

आइतबार, १९ कार्तिक २०७४

पाँच दशकअघि जितप्रसाद द्वा, हरिप्रसाद द्वाले बुटवलको कालिकाचोकमा ‘कालिका चलचित्र मन्दिर’ खोले । अहिलेजस्तो मनोरञ्जनका साधन थिएनन् उसबेला । नेपाल टेलिभिजनसमेत स्थापना भएको थिएन । मनोरञ्जनको साधन भनेकै रेडियो थियो । त्यो जमानामा द्वा परिवारमा आइडिया पुर्यो– मनोरञ्जन उद्योगमा हात हाल्ने । त्यसकै परिणाम थियो कालिका चलचित्र मन्दिर । २०३४ सालमा सुरु गरिएको चलचित्र मन्दिर २०३६ मा निर्माण सकियो । चलचित्र मन्दिरमा फिल्म हेर्न आउनेको ताँति लाग्न थाल्यो । कुनै कुनै फिल्म त तीन महिनासम्म चल्न थाले । गाउँ गाउँबाट बस रिजर्भ गरेर फिल्म हेर्न आउँथे । टिकट काट्न मारामार हुन्थ्यो ।

ब्राह्मण गाउँमा होमस्टे

मङ्गलबार, ०७ कार्तिक २०७४

उत्तरतिर हिमालहरु नाकैमा ठोक्किएलान् झैँ गरी लहरै सेताम्य ठडिएका छन् । दक्षिणतिर नागबेगी हुँदै बगेको घट्टेखोला । धानको बाला लहलह गर्दै गरेको हेम्जा बस्ती । अलि टाढा पोखरा सहरको दृश्य निकै रमाइलो देखिन्छ । चारैतिर हराभरा जंगल । हावा पनि सिरिरिरी चल्छ । हेम्जा नजिकैको मेलबोटबाट साढे एक घण्टाको उकालो नापेपछि पुगिन्छ सुन्दर बस्ती मानिने कास्की धितालको अस्ताम गाउँ । उकालोमा चिट्चिट् पसिना काड्दै चराहरुको चिरबिरसँगै हिँड्दा मनै हलुङ्गो हुन्छ । हिमाल दृश्यावलोकनदेखि जंगली जनावर, अनेक थरिका सुनगाभा अनि लोप हुँदै गएका गिद्धहरु हेर्न अस्ताम गाउँ उपयुक्त गन्तव्य बन्न थालेको छ ।

ब्रिटिस आर्मीको भर्ती दलालको दलदलमा

सोमबार, २६ भदौ २०७४

ब्रिटिस आर्मी र सिंगापुर पुलिस भर्ती हुने प्रक्रिया दलालको दलदलमा पर्न थालेको छ। अन्य कारोबारमा जस्तै भर्ती प्रक्रियामा पनि दलालहरूको सहभागिता हुन थालेपछि योग्य व्यक्तिभन्दा कम योग्यहरु भर्ती हुन थालेका छन्।

परिवार नै क्यानभासमा

सोमबार, १६ साउन २०७४

सुरुमा सोखले चित्रकलामा तानिएका पोखराका बुद्धि गुरुङलाई चित्र कोरेरै नाम र दाम कमाउन सकिन्छ भन्ने लागेको थिएन । अहिले उनले चित्रकलाबाटै सम्पूर्ण जीवनवृत्ति चलाएका मात्रै छैनन्, दामसँगै नाम कमाउँदा सन्तुष्ट पनि छन् । त्यति मात्र होइन अहिले उनको परिवार नै क्यानभासमा रमाएको छ ।

समृद्धिका सारथि पोखरा

शनिबार, ०७ साउन २०७४

५० वर्षअघि पोखराको समथर जमिनमा कि खेत थियो कि बयरघारी र काँसको खरबारी। त्यति बेला लायकको घर हेर्न काहुँडाँडा उक्लनुपर्थ्यो।

एउटी ब्युटिसियनको कथा

आइतबार, २८ जेठ २०७४

ब्युटिसियन मीना गुरुङले ३१ वर्षअघि पोखरामा ब्युटिपार्लर खोलिन् । पोखराको रानीपौवास्थित आफ्नै घरमा उनले ‘हङकङ हर्बल ब्युटिपार्लर’ सञ्चालनमा ल्याएकी थिइन् । आफूले ब्युटिपार्लर खोल्दा अहिलेजस्तो जमाना नभएको उनी बताउँछिन् ।

सहरमा 'हे गोरी'

मङ्गलबार, ११ असोज २०७३

पोखरा- नवोदित गायक एल्बिन थापाको पहिलो गीत “हे गोरी” को म्यूजिक भिडियो बिमोचन गरीएको छ। अडियोमा लोकप्रिय बनिसकेको यस गीतको भिडियोलाई गायक बिबेक श्रेष्ठ, कर्णदास, मनोज गुरुङ तथा गायीका पालले सोमबार सार्वजनिक गरे।

  • 1 (current)

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad