रितेश त्रिपाठी

जनप्रतिनिधिकै मिलोमतोमा बहुमूल्य ऐलानी जग्गा कब्जा

शनिबार, ०९ कार्तिक २०७६

वीरगन्ज महानगरपालिका वडा नम्बर ३० लालपर्सामा रहेको ४५ कट्ठा ऐलानी जग्गामा कब्जा गरी माटो पुर्न थालिएपछि स्थानीयले बिरोध जनाएका छन्।

नौ ठेकेदार कम्पनीलाई कारवाही सिफारिस

सोमबार, ०४ कार्तिक २०७६

प्रदेश सरकारले पर्साका सामुदायिक स्वास्थ्य संस्थाको नयाँ भवन निर्माणको ठेक्का लिएर अलपत्र पार्ने निर्माण कम्पनीलाई कारवाही सुरु गरेको छ।

मेनरोडमा डोजर चल्ला ?

सोमबार, ०४ कार्तिक २०७६

छठ पर्व सकिनासाथ त्रिभुवन राजपथको एउटा खण्ड रहेको वीरगन्जको मेनरोडको मध्यबाट २५÷२५ मिटर दायाँबायाँ फराकिलो पार्ने कामका लागि घर संरचना भत्काउने भनेर हेटौंडास्थित सडक डिभिजन कार्यालयले सूचना जारी गरिसकेको छ।

सीमामा डुबानको समाधान खोजिने

आइतबार, ०३ कार्तिक २०७६

नेपाल–भारत सीमावर्ती क्षेत्रमा बर्सेनि हुने डुबान समाधानका लागि निष्कर्षमुखी बैठकको तयारी भइरहेको भारतीय सांसद अजयकुमार निषादले बताएका छन्।

सीमामा डुबानको समाधानका लागि बैठकको तयारी

शनिबार, ०२ कार्तिक २०७६

भारत र नेपालको सिमावर्ती क्षेत्रमा बर्षेनी भीषण रुपमा देखा पर्ने डुबानको समस्या समाधानका लागि निश्कर्षमुखी बैठकको तयारी भइरहेको भारतीय साँसद अजयकुमार निषादले बताएका छन्।

'एसिड आक्रमणको दोषी जोगाउन चलखेल नहोस्'

मङ्गलबार, २८ असोज २०७६

विद्यालय जाने क्रममा वीरगन्ज छपकैया–२ की १५ वर्षीया मुस्कानमाथि गत भदौ २० गते दुई युवाले बाटो छेकेर एसिड प्रहार गरेको घटनाको ३७ दिन बितेको छ।

‘एसिड अक्रमणको दोषी जोगाउन चलखेल नहोस’

सोमबार, २७ असोज २०७६

वीरगन्ज छपकैया–२ कि १५ वर्षीय मुस्कानमाथि भदौ २० गते विद्यालय जाने क्रममा दुई युवाले बाटो छेकेर एसिड प्रहार गरेको घट्नाको ३७ दिन बितेको छ।

सावा महिनाको ‘पर्वमाला’

बिहिबार, १६ असोज २०७६

असोज आउदा आउदै ‘भदैया’ (वर्षे) धान घरमा भित्रिसकेको हुन्छ । अगहनी (मंसिरमा हुने) मुख्य बाली धानको रोपाइँदेखि ‘सोहनी’ (गोडलेम) सम्म सकिसकेको हुन्छ । सावादेखि डेढ महिनापछि मात्र फेरि कटाइको चटारो आउने वाला हुन्छ । यस बीचको समय जीवनमा उत्सव र उमंगका लागि, रमाइलो र खुसियाली साटासाटका लागि सदुपयोग गर्ने परम्परागत सामाजिक व्यवस्था छ, मधेस तराईमा ।

सन्तानकाे दीर्घायुका लागि ‘जिउतिया’

सोमबार, ०६ असोज २०७६

कुल खन्दानभित्र परलोक भएका महिला पुर्वजहरुको सम्झनामा मनाइने ‘जिउतिया’ अर्थात ‘जीवितपुत्रिका व्रतु आइतबार आस्थापूर्वक मनाइएको छ। सन्तुख, समृद्धि र रक्षाको कामनासाथ परलोकका मातृहरुलाई स्मरण गर्दै मनाइने जिउतीय मातृहरुको आत्माको शान्ति र सम्मानमा मनाइने जिउतीया पितृपक्षभित्र महिलाहरुद्वारा मनाइने एउटा पर्व हो।

अलमल हटाउन ‘बल्क’बाट सुरुवात

सोमबार, ०६ असोज २०७६

ठूलो आकार र क्षमताको यो समुद्री बन्दरगाह भौगोलिक अवस्थिति र पूर्वाधारका हिसाबले तेस्रो मुलुकबाट आउने कार्गो ढुवानीमा तुलनात्मक रूपमा लाभदायी हुनसक्ने मानिएको छ।

बस टर्मिनलको ठेक्कामा अनियमिताको आरोप

आइतबार, ०५ असोज २०७६

वीरगन्ज महानगरपालिकाले नवनिर्मित नयाँ बस टर्मिनल सञ्चालन तथा व्यवस्थापनको ठेक्का खरिद ऐन २०६३ विपरीत गरेको आरोप लागेको छ ।

नेपाली कार्गोलाई बिमा शुल्कमा भारी सहुलियत

बुधबार, ०१ असोज २०७६

कोलकाता बन्दरगाहस्थित भारतीय भन्सार कार्यालयले नेपाली कार्गोको राजस्व बिमामा ८४.३३ प्रतिशत सहुलियत दिएको छ। भारतको बाटो ल्याइने मालवस्तुको राजस्व जोखिम बराबर ‘ड्युटी इन्स्योरेन्स’ (राजस्व बिमा) त्यहाँ गराउनुपर्ने प्रावधान छ। त्यही बिमा शुल्कमा नेपालले सहुलियत पाएको हो। नेपाली आयातकर्ता र अन्य सरोकारवालाले यसलाई तेस्रो मुलकसँगको व्यापारको हकमा महत्वपूर्ण भनेका छन्।

पर्सा ७० औं खुल्ला दिशामुक्त जिल्ला घोषणा

शनिबार, २८ भदौ २०७६

१४ वटा स्थानीय तह भएको पर्सा जिल्ला नेपालको ७० औं खुल्लादिशामुक्त क्षेत्र जिल्लाको रुपमा घोषणा भएको छ । प्रदेश २ को एक मात्र महानगरपालिका वीरगन्जलाई र पर्सा जिल्लालाई एकसाथ एउटै मञ्चबाट खुल्ला दिशामुक्त क्षेत्रको रुपमा घोषणा गरिएको हो।

वीरगन्जमा रोजगारी पसल : ‘यहाँकाम र कामदार पाइन्छ’

शुक्रबार, २७ भदौ २०७६

रोजगारीको खोजीमा रहेकाहरु र रोजगारदातालाई एक अर्कासंग भेंटाउने कडिको रुपमा काम गर्ने उदेश्यले वीरगन्जमा रोजगारी पसल सुरु भएको हो । यस उदेश्यका लागि काम गरिरहेको कम्पनी रोजगारी सर्भिसले ‘युकेएड’ र ‘सिप’परियोजनाको सहकार्यमा रोजगारी पसल स्थापना गरेको हो । पसलको स्लोगन छ, ‘यहाँकाम र कामदार पाइन्छ ।’

विशाखापट्नमको विकल्प धमरा बन्न सक्ने

बुधबार, २५ भदौ २०७६

नेपालको समुद्रपार व्यापारमा ‘पारवहन असहजता’ समाधानमा भारतको उडिसा प्रान्तस्थित धमरा बन्दरगाह ‘बल्क’ र ‘कन्टेनर’ दुवै किसिमको ‘कार्गो’का लागि भरपर्दो विकल्प बन्ने देखिएको छ।

घट्यो ‘बल्क कार्गो’ आयात

मङ्गलबार, २४ भदौ २०७६

एक पटकमा एकै किसिमको मालसामान डेलिभरी लिएर आउने ‘बल्क कार्गो’का लागि पनि सिर्सियास्थित सुक्खा बन्दरगाह उपयोग हुँदै आइरहेको छ। ‘राजस्व आम्दानीको स्रोत’ र ‘देशमा उत्पादनशीलताको चिनारीका रुपमा कच्चा पदार्थको आयात’ दुवैसँग जोडेर महत्वपूर्ण मानिएको बल्क कार्गोमा कमी आउनुलाई अर्थतन्त्रका लागि प्रतिकूल मानिएको छ।

एसिड प्रहार घटनाबिरुद्ध बेग्लाबेग्लै प्रदर्शन

शनिबार, २१ भदौ २०७६

वीरगज महानगरपालिका रेशमकोठीस्थित त्रिभुवन उच्च माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत छात्रा वीरगन्ज २ छप्कैया घर भएकी १५ बर्षीय मुस्कान खातुनमाथि शुक्रवार एकाबिहानै भएको एसिड प्रहारको घट्नाले वीरगन्जलाई तरंगित बनाएको छ।

एसिड प्रहारबाट घाइते छात्रालाई थप उपचारको लागि काठमाडौं लगियो

शुक्रबार, २० भदौ २०७६

छात्रा सोही बाटो भएर दैनिक विद्यालय जाने गरेको जानकारी राखेका ति युवाले मौका छोपी एसिड आक्रमण गरेका हुन। विद्यालय पोषाकमा नै रहेको अवस्थामा छात्रामाथि एसिड प्रहर भएको हो।

महानगरलाई झकझकाउन सडकमै पत्रकार सम्मेलन

बुधबार, १८ भदौ २०७६

राष्ट्रिय जनता पार्टी (राजपा)को वीरगन्ज महानगरपालिका नगर कार्यसमितिले बुधवार वीरगन्जको आदर्शनगरमा सडकपेटीमैं पत्रकार सम्मेलन गरेको छ।

तेस्रो मुलुकसँगको व्यापार

सोमबार, १६ भदौ २०७६

नेपालसँग तेस्रो मुलुकबाट व्यापारका लागि उपयुक्त समुद्री बन्दरगाह छैन। यही बेला प्रस्तावित भारतको ओडिसा प्रान्तस्थित धमरा बन्दरगाह उत्तम विकल्प बन्न सक्ने देखिएको छ।

Ncell Footer Ad