रितेश त्रिपाठी

नक्कली भनिएका चिकित्सकलाई सफाइ

बिहिबार, ०६ असोज २०७३

शैक्षिक प्रमाणपत्र नक्कली भएको आरोपसहित पक्राउ परी पर्सा जिल्ला अदालतमा ठगी मुद्दा चलाइएका पर्साका आठजना चिकित्सकले सफाइ पाएका छन्।

'सम्बन्ध नवीकरण गरौं'

आइतबार, ०२ असोज २०७३

प्रधानमन्त्री पुष्पकमल दाहाल छिमेकी राष्ट्र भारतको औपचारिक भ्रमणमा रहेका बेला नेपाल र भारतका सांसद तथा नागरिक प्रतिनिधिले पछिल्लो समय दुई देशबीच देखिएको असहजता हटाउनेबारे शनिबार राजधानीमा छलफल गरेका छन्।

विष सेवनले महिलाको मृत्यु

मङ्गलबार, २८ भदौ २०७३

पर्सा बहुअरी पिडरीमा बिष सेवनबाट एक महिलाको मृत्यु भएको छ। स्थानीय सुरेश प्रसाद यादव की श्रीमति २८ वर्षे जटही देवीले बिहान झिसमिसेमैं बिष सेवन गरेकी थिइन्।

छुरा प्रहार गरी महिलाको हत्या, शव गोप्य रुपमा जलाइयो

मङ्गलबार, २८ भदौ २०७३

१९ दिनअगाडी आफ्नै जेठाजुले छुरा प्रहार गरी घाइते बनाइएकी महिलाको मृत्यु भएपछि घर परिवारका सदस्यले प्रहरीलाई खबरै नगरी गोप्य रुपमा शव जलाएका छन्। पर्सा जिल्लाको बस्डिल्वा गाविस –६ बस्ने ४० वर्षकी चुनिया भनिने मुनिया देवीलाई आफ्नै जेठाजुले जग्गासम्बन्धी बिवादका क्रममा आँगनमै छुरा प्रहार गरेका थिए।

लुटेरा गिरोह पक्राउ

सोमबार, २७ भदौ २०७३

–बाटोमा गाडी रोकेर लुटपाट गर्ने गिरोहलाई प्रहरीले घटनाको ८ घण्टाभित्र पक्राउ गरेको छ। सात जना लुटेरामध्ये तीन जनालाई प्रहरीले पक्राउ गरेको छ भने बाँकी चार फरार छन्। सोमबार प्रहरीले पक्राउ परेकालाई सार्वजनिक गरेको छ।

वीरगंज उपमहानगरपालिकाका प्रमुख कार्यकारी अधिकृतमाथि हातपात

शुक्रबार, २४ भदौ २०७३

वीरगंज उपमहानगरपालिकाका प्रमुख कार्यकारी अधिकृत विष्णुप्रसाद कोइरालामाथि हातपात भएको छ। उपनगरपालिकाका कर्मचारीले कार्यलयमा कार्यरत अधिकृत रामदयाल यादवले कोइरालाको कार्यकक्षमा प्रवेश गरी हातपात गरेको बताए।

नौ करोडको लागतमा कानको अस्पताल बन्दै

बिहिबार, २३ भदौ २०७३

नका बिरामीलाई लक्षित गरी वीगन्जमा आधुनिक अस्पताल बनाउन सुरु गरिएको छ। करिव नौ करोड रुपैयाँको लागतमा वीरगन्ज –१७ बहुअरीमा ‘रुङ्टा वेलफेयर कान उपचार केन्द्र’को निर्माण सुरु गरिएको इम्पेक्ट नेपालका महासचिव डाक्टर बिमल सिन्हाले बताए।

‘संशोधन’ प्रस्ताव नल्याए सरकारबिरुद्ध उत्रने मोर्चाका नेताहरुको चेतावनी

शनिबार, १८ भदौ २०७३

आन्दोलन स्थगित गरी संविधान संसोधनमार्फत मधेशको माग सम्बोधन गराउन नेकपा माओवादी केन्द्र र नेपाली काँग्रेस नेतृत्वको सरकारलाई समर्थन गरेको संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका नेताहरुले माग पूरा नभए सरकारविरुद्ध उत्रने चेतावनी दिएका छन्।

‘नक्कली मुचुल्का’ बनाएर ३७ लाखको गुट्खा गायब

शुक्रबार, १७ भदौ २०७३

वीरगन्ज-वीरगन्ज उपमहानगरपालिकाको बजार क्षेत्रमा रहेका विभिन्न फर्म तथा पसलबाट जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले साउन ३० गते बरामद गरेको गुट्खा जिल्ला प्रशासन कार्यालयबाट गायब भएको छ। जिप्रकामा तयार एउटा मुचुल्कामा भने गुट्खा नष्ट गरिएको उल्लेख छ।

आठ करोडको ऐलानी जग्गा माओवादी केन्द्रलाई !

बुधबार, ०८ भदौ २०७३

वीरगन्ज चिनी कारखानाले भोग चलन गरिरहेको सरकारी स्वामित्वको ऐलानी जग्गा सरकारको नेतृत्व गरेको दल माओवादी केन्द्रलाई दिने गरी प्रमुख जिल्ला अधिकारीको अध्यक्षतमा रहेको सिफारिस समितिले निर्णय गरेपछि शान्त रहेको वीरगन्ज तातेको छ।

पर्सामा प्रहरीले चरेश कारखाना फेला पार्‍यो

बुधबार, ०१ भदौ २०७३

वीरगन्ज- पर्सामा गोप्यरुपमा चलाइएको चरेश उद्योग प्रहरीले फेला पारेको छ। सो स्थानबाट १ जनालाई प्रहरीले पक्राउ गरेको छ भने चरेश बनाउन प्रयोग हुने सामान समेत बरामद गरेको छ।

३७ लाख मूल्य बराबरका १०६ बोरा अवैध गुट्खा बरामद

मङ्गलबार, ३२ साउन २०७३

वीरगन्जका विभिन्न फर्म तथा पसलहरुबाट प्रहरीले ठुलो परिमाणमा अवैध गुट्खा बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले जिल्ला प्रशासन कार्यालय पर्साको प्रतिनिधि राखेर ४ वटा गोदाममा गरिएको छापामारीमा एक सय ६ बोरा गुट्खा बरामद गरेको पर्साका प्रहरी उपरिक्षक राजुबाबु श्रेष्ठले बताए।

वन्यजन्तु आरक्षभित्र शिव धाम, दर्शनार्थीकाे भीड

सोमबार, ३१ साउन २०७३

वीरगंज– साउन महिनाको अन्तिम सोमबार पर्सा वन्यजन्तु आरक्षको बीच भागमा पर्ने भाठा धाम भनिने दुग्धेश्वरनाथ महादेवको दर्शनका लागि लाखौं दर्शनार्थीहरुको भीड लागेको छ। साउनभरी अनावरत चल्ने भाठा मेलामा अरु दिनहरुको तुलनामा दर्शनार्थीहरुको भिड अन्तिम सोमबार अत्याधिक रहेको मेला समितिका विगा महतोले बताए।

पेट्रोलियम पाइपलाइनकाे विस्तृत सर्वेक्षण सुरु

शनिबार, २९ साउन २०७३

वीरगन्ज– नेपाल र भारत दुई देशका विशेषज्ञसहतिको उच्चअधिकारीहरुको टोलीले रक्सौल–अमलेखगन्ज पेट्रोलियम पाइपलाइन निर्माण पूरा गर्न विस्तृत इन्जिनियरिङ सर्वे सुरु गरेको छ। परियोजनाको द्रूत कार्यन्यवनमा तत्परता देखाउँदै भारतीय पक्ष आफ्नो टोली खटाएको हो।

वीरगन्ज उपमाहानगरपालिको निर्णयबिरुद्ध व्यवसायी सडकमा

बिहिबार, २७ साउन २०७३

वीरगन्ज– वीरगन्जको पुरानो मिना बजारमा निर्मित नयाँ व्यवसाययिक भवनको ठेक्का लगाउन उपमहानगरपालिकाले बोलपत्र आह्वान गरेपछि त्यसक्षेत्रमा व्यवसाय गर्दै आएका व्यवसायीहरु आन्दोलनमा उत्रिएका छन्। मिना बजारमा हाल व्यवसाय गर्दै आएका व्यवसायीहरुलाई उक्त नवनिर्मित भवनको स्टल दिन प्राथमिकता दिने पुरानो सहमतिविपरीत उपमहानगरपालिकाले ठेक्का प्रक्रिया अघि बढाएको भन्दै उनीहरुले विरोध जनाएका हुन्।

मधेश आन्दोलनमा देश छोडेकालाई फर्काउन पहल

सोमबार, २४ साउन २०७३

मधेस आन्दोलनका क्रममा विभिन्न मुद्दा परेपछि विस्थापित भएकालाई घर फर्काउने वातावरण बनाउन मधेसी मोर्चाले सरकारसँग आग्रह गरेको छ। मधेसी मोर्चाका नेताहरुले पर्साका प्रमुख जिल्ला अधिकारीमार्फत गृहमन्त्रालयमा तीन बुँदे ज्ञापनपत्र पठाएका छन्।

पाइपलाइन छिटो निर्माणमा भारतीय चासो

आइतबार, २३ साउन २०७३

इन्धन आपूर्तिको दृष्टिले महत्वपूर्ण मानिएको योजना सीमावर्ती रक्सोलदेखि बाराको अमलेखजन्गसम्म ४१ किलोमिटर लामो पेट्रोलियम पाइपलाइन निर्माण कार्य द्रुत कार्यन्यवनमा भारतीय पक्षले तत्परता देखाएको छ।

पाइपलाइन निर्माण चाँढै अघि बढाउन बिहारका अधिकारीलार्इ भारतीय मन्त्रीकाे निर्देशन

शुक्रबार, २१ साउन २०७३

वीरगन्ज– रक्सौल–अमलेखगन्ज नेपाल–भारत पेट्रोलियम पाइपलाइन निर्माण सम्बन्धी सम्भाैतामा हस्ताक्षर गर्ने भारतीय मन्त्रीले नै उक्त अायाेजना निर्माणमा चासाे देखाएका छन्। भारत विहारको रक्सौलदेखि नेपालको बारा जिल्लाको अमलेखजन्गसम्म पेट्रोलियम पाइपलाइन निर्माण कार्य द्रूत गतिमा कार्यान्वयनमा लान बिहारका अधिकारीलार्इ उक्त याेजनाकाे सम्झाैत पत्रमा हस्ताक्षर गरेका भारतकाे पेट्रोलियम तथा प्राकृतिक ग्यास राज्यमन्त्री धर्मेन्द्र प्रधानले निर्देशन दिएका हुन्।

टाढा भए पनि विशाखापट्नम बन्दरगाह उपयुक्त

शुक्रबार, २१ साउन २०७३

भारतको विशाखापट्नम बन्दरगाहलाई नेपाली व्यापारमा प्रयोगमा ल्याउन अन्तिम चरण अन्तर्गतको तयारीस्वरुप बिहीबार वीरगन्जमा छलफल गरिएको छ। नेपालको तेस्रो मुलुकसँगको व्यापारका लागि करिब डेढ दशकदेखि कोलकाता बन्दरगाहको विकल्पमा चर्चामा रहेको अर्को समुद्री व्यापार मार्गको विषयमा वीरगन्ज उद्योग वाणिज्य संघ र विशाखा टर्मिनलका प्रतिनिधिबीच छलफल भएको हो।

लगातारको वर्षापछि वीरगन्ज जलमग्न, लाखौंको क्षति

सोमबार, १० साउन २०७३

वीरगन्ज– पछिल्लो समय लगातार भएको वर्षाका कारण वीरगन्जका अघिकांश भूभाग जलमग्न बनेका छन्। करिब ३ दर्जनका हाराहारीमा ट्रान्सपोर्ट कम्पनीहरु सञ्चालनमा रहेको आर्दशनगरका धेरै भूभाग डुबानमा परेका छन् भने शहरका अन्य भूभाग पनि डुबानमा परेका हुन्।

Ncell Footer Ad