रितेश त्रिपाठी

सुक्खा बन्दरगाह र ‘आइसिपी’ ठप्प

आइतबार, २२ मङि्सर २०७६

वीरगन्ज सिर्सियास्थित सुक्खा बन्दरगाह र अलौंस्थित एकीकृत जाँच चौकी (आइसिपी) एकसाथ ठप्प भएको छ

आक्रमण मुद्दा दर्ता नभएको आरोप

शुक्रबार, २० मङि्सर २०७६

अहिले मात्र ७ लाख रुपैयाँ वार्षिक शुल्कमा २२ वर्षका लागि व्यक्तिको स्वामित्वमा दिइएको छ। सहरको एक मात्र रंगमञ्चसहितको सो सभागृह अहिले ‘होटेल तथा पार्टी प्यालेस’भनेर सञ्चालन गरिएको छ।

इसिटिएस शुल्क ८० प्रतिशत घटाउने तयारी

बुधबार, १८ मङि्सर २०७६

नेपाली कार्गोमा ‘इलेक्ट्रोनिक कार्गो ट्र्याकिङ सिस्टम’ (इसिटिएस) अर्थात विद्युतीय निगरानी प्रणाली कार्यान्ययनमा अनियमितताको आरोप व्यापारीले लगाएका बेला उक्त शुल्क घटाउन औपचारिक पहल सुरु भएको छ ।

सिपिङ कम्पनीको कब्जामा नेपाली व्यापार

मङ्गलबार, १७ मङि्सर २०७६

‘डाइरेक्ट ट्रान्ससिपमेन्ट’ प्रणाली लागू भएपछि अनपेक्षित रुपमा नेपालको समुद्रपार व्यापारमा ‘सिपिङ कम्पनी’को कब्जा कायम हुन पुगेको भनि सरोकारवालाले चिन्ता जनाएका छन्। ‘डाइरेक्ट सिपमेन्ट’ प्रणालीले एकातिर ‘डिटेन्सन’, ‘डेमरेज’, सुस्त व्यापार, ‘कार्गो ह्यान्डलिङ’ तथा ढुवानीमा विभिन्न तहका बिचौलियाको समस्या समाधान भएको छ भने अर्कोतिर ‘सिपिङ कम्पनी’को मनोमानी समस्याका रुपमा देखा परेको छ।

‘निकास वा पुनर्बास’ माग्दै आन्दोलन

सोमबार, १६ मङि्सर २०७६

वीरगन्ज सुक्खा बन्दरगाह विस्तारको प्रस्तावित योजनाका लागि हटाउन लागिएको सिर्सिया गाउँका बासिन्दाले यथाशीघ्र निकास माग्दै आन्दोलन गरेका छन्। सिंगै गाउँको जग्गा–जमिन करिब तीन वर्षदेखि रोक्का छ।

यसरी भयो वीरगञ्ज कलाकारमय

शुक्रबार, १३ मङि्सर २०७६

कात्तिक २१ देखि २३ सम्म वीरगञ्जमा नेपाली चलचित्र स्वर्णिम महोत्सवको आर्थिक नगरी कलाकारमय भयो । महोत्सवको प्रारम्भमा गरिएको प्रभातफेरीमा भारतीय चर्चित अभिनेता गोविन्दा, नेपाली चलचित्रका अभिनेता शिव श्रेष्ठ, भुवन केसी, राजेश हमाल, अनमोल केसी, प्रदीप खड्का, वरिष्ठ कलाकार नीर शाह, नायिका साम्राज्ञी राज्यलक्ष्मीशाह, करिश्मा मानन्धर, गौरी मल्ल, निरुता सिंह, नायिका पल शाह, केकी अधिकारीका साथै नेपालका दर्जनौं चलचित्रकर्मी सहभागी भए ।

नेसनल मेडिकल कलेजमा तनाव

आइतबार, ०८ मङि्सर २०७६

शुल्कसम्बन्धी विवादलाई लिएर वीरगन्जस्थित नेसनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा तनाव बढेको छ। सरकारले तोकेभन्दा बढी लिएको शुल्क फिर्ता हुनुपर्ने माग गर्दै आन्दोलनमा उत्रिएका विद्यार्थीमाथि कलेज प्रशासनको इसारामा हातपात भएपछि तनाव बढेको हो।

पर्सामा भ्रमण वर्षकाको तयारी

बिहिबार, ०५ मङि्सर २०७६

नेपाल भ्रमण वर्ष २०२० मा पर्सा राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढाउन जिल्लास्थित सरोकारवालाले छलफल चलाएका छन्। निकुञ्ज कार्यालय र यस भेगका सरोकारवालाले भ्रमण वर्षमा पर्यटक आगमन बढाउने तयारी स्वरुप आफ्नो भूमिका प्रभावकारी बनाउने सरोकारवालाले जनाएका छन्।

प्रदेश सांसद र नगर सभापतिबीच कुटाकुट

बिहिबार, ०५ मङि्सर २०७६

नेपाली कांग्रेसका प्रदेशसभा सदस्य ओमप्रकाश शर्मा र कांग्रेसकै वीरगन्ज महानगरपालिका समितिका सभापति भोला कलवारबीच बुधबार बिहान कुटाकुट भएको छ।

कांग्रेसका प्रदेश सांसद र नगर अध्यक्षबीच कुटाकुट

बुधबार, ०४ मङि्सर २०७६

नेपाली कांग्रेसका प्रदेशसभा सदस्य ओमप्रकाश शर्मा र कांग्रेसकै वीरगन्ज महानगरपालिका समितिका सभापति भोला कलवारबीच बुधवार बिहान कुटाकुट भएको छ।

फागुनपछि वीरगन्ज भन्सार ‘आइसिपी’मा

बुधबार, ०४ मङि्सर २०७६

वीरगन्ज भन्सार साबिकको इनर्वा नाकाबाट सरेर आगामी फागुनपछि नवनिर्मित एकीकृत जाँच चौकी (आइसिपी)बाट सञ्चालन हुने भएको छ।

नेसनल मेडिकल कलेजमा ९ घण्टा छापा

मङ्गलबार, ०३ मङि्सर २०७६

वीरगन्ज–१५ भेंडियाहीस्थित नेसनल मेडिकल कलेजमा सम्पत्ति शुद्धीकरण विभागले छापा मारेको छ। मेडिकल कलेजको आय तथा सम्पत्तिसँगै त्यसका सञ्चालकको सम्पत्ति छानबिन गर्न विभागको ३ सदस्यीय टोली आइतबार सो कलेजमा छापा मार्न आइपुगेको पर्साका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले जानकारी दिएका हुन्।

वीरगन्जमा चलचित्र महोत्सव होइन गोबिन्दाको क्रेज

बिहिबार, २१ कार्तिक २०७६

बलिउड अभिनेता अर्थात भारतीय सिने कलाकार गोबिन्दा वीरगन्ज आइपुगेको चर्चा जति देखियो त्यति ‘नेपाल प्रथम चलचित्र महोत्सव’मा स्थानीयको चासो भेटिएन।

श्रीमती हत्या आरोपमा श्रीमान पक्राउ

मङ्गलबार, १९ कार्तिक २०७६

पर्साको जीराभवानी गाउँपालिका–३ परसवाकी नितु देवी पासवानको हत्याको आरोपमा प्रहरीले उनका श्रीमान रामबाबु पासवानलाई पक्राउ गरेको छ।

छठमा बजार ‘चहलपहल’

शनिबार, १६ कार्तिक २०७६

दसैंतिहारमा समेत खास कारोबार नभएको भनी व्यवसायीहरूले बताइरहेका बेला छठले भने बजारलाई ‘गुल्जार’ बनाएको छ। रेडिमेड कपडादखि घिउचिनीसम्मका पसललाई ग्राहक सम्हाल्न भ्याइनभ्याइ छ। फलफूल, बाँस र माटोबाट बनेका भाँडाकुँडासँगै अरूबेला बजारमा खासै नदेखिने सामानहरूको बिक्री बढेको छ।

अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्ध्य दिइने

शुक्रबार, १५ कार्तिक २०७६

मधेस–तराईको प्रमुख पर्व छठको ‘नहाय खाय के’ विधिसँगै बिहीबार सुरु भएको छ। कात्तिक शुक्ल पक्षको चतुर्थी तिथिका दिन महिलाहरू व्रतअघि शुद्ध भएर आहार ग्रहण गर्छन्, जसलाई ‘नहाय खाय के’ भनिन्छ।

किन घट्यो वीरगन्ज नाकाको राजश्व

बिहिबार, १४ कार्तिक २०७६

मुलुकको प्रमुख भन्सार नाका भएर हुने ब्यपार सरकारी आँकलन अनुसार हुन सकेको छैन। आयातबाट असुलहुने राजश्व पनि लक्ष्य भन्दा निकै पछाडि परेको छ।

छठ अगाडि प्रदुषण रोक्न निर्देशन

मङ्गलबार, १२ कार्तिक २०७६

तराई मधेशको प्रमुख पर्व र सामुहिक महोत्सको रुपमा रहेको छठ पर्वलाई मध्यनजर गर्दै, सिर्सिया नदीमा भइरहेको प्रदुषण रोक्नका लागि पर्सा क्षेत्र नम्बर १ का साँसद प्रदीप यादवको नेतृत्वमा सोमवार अनुगमन गरिएको छ।

बारुणयन्त्रका कर्मचारीको निर्मम हत्या, शरीरमा भेटियो ५ गोली, एक दम्पती पक्राउ

शनिबार, ०९ कार्तिक २०७६

वीरगन्जमा एक जना युवाको हत्या भएको छ। वीरगन्ज महानगरपालिका कार्यालयको बारुण यन्त्रका कर्मचारी रहेका बुनिलाल चौरसियाको गोली हानी हत्या भएको हो।

जनप्रतिनिधिकै मिलोमतोमा बहुमूल्य ऐलानी जग्गा कब्जा

शनिबार, ०९ कार्तिक २०७६

वीरगन्ज महानगरपालिका वडा नम्बर ३० लालपर्सामा रहेको ४५ कट्ठा ऐलानी जग्गामा कब्जा गरी माटो पुर्न थालिएपछि स्थानीयले बिरोध जनाएका छन्।

Ncell Footer Ad