रितेश त्रिपाठी

बर्सेनि अर्बभन्दा बढी अनावश्यक दोहन

बुधबार, ०१ माघ २०७६

अनावश्यक रकम तिर्नुपरेको थाहा भए पनि खुलेर विरोध गर्न सक्ने अवस्थामा व्यवसायी छैनन् । वर्षमा एउटा मात्र कन्साइनमेन्ट अड्काइदिए भने भारी नोक्सानी हुने डर उनीहरुलाई छ । तसर्थ आम रुपमा रहेको समस्यामा आयातकर्ता तैं चुप, मै चुपको अवस्थामा छन् ।

वीरगन्ज - पथलैया ६ लेन सडक असारभित्र

मङ्गलबार, २९ पुष २०७६

पारवानी–गण्डक चार ‘लेन’ सडकखण्डमा पनि ठाउँ खाली गराउने काम लगभग सकिएकाले त्यहाँ पनि भौतिक प्रगतिमा अब सुधार हुने उनले विश्वास व्यक्त गरे। यस चार लेन सडकको निर्माण भने २०७४ पुसदेखि सुरु भएको थियो।

निजी क्षेत्रलाई अर्थमन्त्रीको सान्त्वना

आइतबार, २७ पुष २०७६

कार्यक्रममा आर्थिक पत्रकार नीरज पिठाकोटे, सागमा पर्साबाट स्वर्ण, कास्य र रजत पदक विजेता १० खेलाडी, निर्यातकर्ता उद्योगी तथा सामाजिक क्षेत्रमा योगदान पु-याएका व्यक्तित्वलाई सम्मानित गरिएको थियो ।

पाँच सय परिवारलाई जस्ताकाे छानो

शुक्रबार, २५ पुष २०७६

पर्सामा फुसको छानो भएको घरमा बस्दै आएका पाँच सय गरिब परिवारले अब स्तरीय छानो पाउने भएका छन्।

भोजपुरी पत्रकारिताका अग्रज बिनप्रति श्रद्धाञ्जली ब्यक्त

बिहिबार, २४ पुष २०७६

वीरगञ्जमा बिहीबार भोजपुरी पत्रकारिताका अग्रजको रुपमा चिनिने भोजपुरीका साहित्यकार स्व.विजय प्रकाश बिनको श्रद्धाञ्जली सभाको आयोजना गरिएको छ। वीरगञ्जको कुम्हाल टोलमा आर्थिक रुपमा सम्पन्न परिवारमा जन्मेका बिन आफ्नो ४ दशकको पत्रकारिताको यात्राका अन्तिम दिन निकै अभावमा बिताएका थिए।

पाँच सय बिपन्न परिवारले पाउने भए स्तरीय आवस

बुधबार, २३ पुष २०७६

पर्सा जिल्लामा ‘फुस’(खरपाता)को छानो भएको घरमा बस्दै आएका पाँच सय बिपन्न परिवारले अब स्तरीय छानो भएको घर पाउने भएका छन्। सघन शहरी तथा भवन निर्माण योजना अन्तर्गत सहरी विकास मन्त्रालयमार्फत सञ्चालित सुरक्षित नागरिक आवास कार्यक्रमको बुधबार बसेको बैठकबाट यस्तो निर्णय भएको हो।

किशोरी हत्याको आरोपमा आमा र काकासहित चार पक्राउ, बुवा फरार

बुधबार, २३ पुष २०७६

पर्सामा आफ्नै परिवारजनले एक जना किशोरीको हत्या गरेको घटना प्रहरीले सार्वजनिक गरेको छ। १५ वर्षीया किशोरी पुनिता कुमारीको हत्या गरी शव जलाएर गाडेको आरोपमा पोखरिया नगरपालिका वाड नम्बर ९ सेमरवारीबाट आमासहित ४ जना पक्राउ परेका हुन्। गत पुस १ गते राति किशोरी पुनिताको हत्या भएको बताइएको छ।

७५ हजार घुससहित नापी सर्वेक्षक पक्राउ

सोमबार, २१ पुष २०७६

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको एउटा टोलीले वीरगन्जको नापी शाखा कार्यालयबाट ७५ हजार रुपैयाँ घुस सहित नापी सर्वेक्षक पक्राउ गरेको छ।

अफताब आलमको मुद्दामा सुनुवाई लम्बिदै

शुक्रबार, १८ पुष २०७६

२०६४ चैत २७ राति रौतहटको राजपुर फरदवामा भएको बम विस्फोटको घटनापछि मानिसहरुलाई इटा भट्टामा जिउँदै जलाएर नरसंहार गरेको भनिएको नेपाली काँग्रेसका नेता मोहम्मद अफताब आलमविरुद्धको मुद्दामा सुनुवाईको तिथी सरेको छ। बिहीबार जनकपुर उच्च अदालतको वीरगन्ज पिपरास्थित अस्थायी इजलासमा मुद्दाको पेशी राखिएको थियो।

अफताब आलमको मुद्दामा सुनुवाई लम्बिदै

शुक्रबार, १८ पुष २०७६

२०६४ चैत २७ राति रौतहटको राजपुर फरदवामा भएको बम विस्फोटको घटनापछि मानिसहरुलाई इटा भट्टामा जिउँदै जलाएर नरसंहार गरेको भनिएको नेपाली काँग्रेसका नेता मोहम्मद अफताब आलमविरुद्धको मुद्दामा सुनुवाईको तिथी सरेको छ। बिहीबार जनकपुर उच्च अदालतको वीरगन्ज पिपरास्थित अस्थायी इजलासमा मुद्दाको पेशी राखिएको थियो।

विशाखापटनमबाट ६५% कन्टेनटर कार्गो

बुधबार, १६ पुष २०७६

तेस्रो मुलुकसँगको व्यापारका लागि लामो समयदेखि एकमात्र विकल्प रहेको कोलकाता बन्दरगाह अब नेपालका लागि मुख्य ‘ट्रान्जिट पोर्ट’ रहेन।

फौजी कीरा नियन्त्रणमा जैविक विधि सफल

बुधबार, १६ पुष २०७६

त्रिभुवन विश्वविद्यालयअन्तर्गत जैविक प्रविधि केन्द्रीय विभागका अनुसन्धानकर्ताहरूले फौजी कीरा नियन्त्रण गर्ने ‘जैविक विधि’को सफल परीक्षण भएको दाबी गरेका छन्।

तीन हजार ५८ थान नक्कली बेरिङ बरामद

मङ्गलबार, ०८ पुष २०७६

वीरगन्जमा प्रहरीले एउटा पसलबाट भारी परिमाणमा नक्कली बेरिङ बरामद गरेको छ। वीरगन्ज महानगरपालिका वडा नं.८ घण्टाघरस्थित ‘श्रीश्याम मेसिनरी टुल्स’ भन्ने पसलबाट प्रहरीले विभिन्न नम्बरका साइजमा (सानो ठूलो गरी) जम्म तीन हजार ५८ थान बेरिङ बरामद गरेको हो।

अर्बभन्दा बढीको अनावश्यक असुली

मङ्गलबार, ०८ पुष २०७६

नेपालको समुद्रपार व्यापारमा ‘डाइरेक्ट ट्रान्ससिपमेन्ट’ प्रणाली लागू भएयता अनुचित लाभ उठाउँदै नेपाललाई सेवा प्रदान गरिरहेका ‘सिपिङ कम्पनी’ले अनावश्यक आर्थिक दोहन गरिरहेको आयातकर्ताको गुनासो छ।

वीरगन्जमा नक्कली घ्यू बनाउने कारखाना फेला, संचालक सहित ३ पक्राउ

सोमबार, ०७ पुष २०७६

वीरगन्जमा प्रहरीले नक्कली घ्यू बनाउने कारखाना फेला पारेको छ। जिल्ला प्रहरी कार्यालय पर्साको एउटा टोलीले बीरगंज महानगरपालिका वडा नं.१५ लक्ष्मणवाब्रह्म चोक नजिक संचालन गरिएको नक्कली घ्यू बनाउने कारखाना फेला पारे पछि त्यसका संचालक सहित तीन जनालाई नियन्त्रणमा लिएको प्रहरी नायब परीक्षक वीरेन्द्र बहादुर शाहीले बताए।

चामल, तेल, दाल उद्योग संघद्वारा सरकारको ध्यानाकर्षण

शुक्रबार, ०४ पुष २०७६

नेपाल चामल, तेल, दाल उद्योग संघले उद्योग र व्यवसायमा देखा परेका नीतिगत तथा व्यवहारिक समस्याका सम्बन्धमा सरकारको ध्यानाकर्षण गराएको छ। संघका केन्द्रीय अध्यक्ष सुबोधकुमार गुप्ताको नेतृत्वमा रहेको टोलीले अर्थमन्त्री युवराज खतिवडा र कृषिमन्त्री घनश्याम भुषाललाई बेग्लाबेग्लै ज्ञापनपत्र बुझाउँदै ध्यानाकर्षण गराएको हो।

'संस्थागत रुपमा उद्योगमाथि अनुचित दोहन'

शुक्रबार, ०४ पुष २०७६

नेपाल विद्युत् प्राधिकरणले २०७५ जेठपछि औद्योगिक प्रतिष्ठानमा ‘लोडसेडिङ’ अन्त्य गरिसके पनि ठूला उद्योगबाट ‘प्रिमियम’ दरको महशुल असुल गरिएको भनी वीरगन्ज उद्योग वाणिज्य संघले विरोध जनाएको छ। प्राधिकरणले उद्योगसँग संस्थागत रुपमा अनुचित दोहन गरिरहेको संघका पदाधिकारीको आरोप छ।

पर्साको पोखरियामा एकसाथ विभिन्न ठाउँमा आगलागी

मङ्गलबार, ०१ पुष २०७६

पर्साको पोखरीया नगरपालिकाको वडा नम्बर ४ र ५ मा सोमबार राति करिब साढे नौ बजेदेखि सुरु भएको आगलागी अनौठो किसिमले फैलिएको देखिएको छ। करिब साढे ४ घण्टाको लागातार प्रयासपछि नियन्त्रणमा आएको आगोले घर, पान पसल, गोठ, छाप्रो र किसानले गाईबस्तुका लागि राखेका परालको कुन्यूहरु जलेका छन्।

सुक्खा बन्दरगाह सञ्चालनका लागि टेन्डर

मङ्गलबार, ०१ पुष २०७६

वीरगन्ज सिर्सियास्थित सुक्खा बन्दरगाह सञ्चालनका लागि भएको ठेक्काको म्याद सकिनै लाग्दा अर्को पाँच वर्षका लागि टेन्डर अह्वान गरिएको छ। सुक्खा बन्दरगाहको स्वामित्व ग्रहण गरेको नेपाल सरकार वाणिज्य मन्त्रालयमातहतको नेपाल इन्टरमोडेल यातायात विकास समितिले कम्तीमा तीन महिनाअगावै गर्नुपर्ने टेन्डर गत मंगलबार आह्वान गरेको छ।

पश्चिमी हावाको प्रभाव, दिउँसै अध्यारो

शुक्रबार, २७ मङि्सर २०७६

बिहीबार साँझसम्म घाम लागे पनि शुक्रबार बिहान उठ्दा मानिसहरुले सामान्य अवस्थामा जस्तो उज्यालो हेर्न भने पाएनन्। बिहानदेखि एक मिनेटको लागि घाम झुल्किन नपाउदा दिउँसो भरी अध्यरो मात्र भएन बिचबिचमा पानीको मसिनो झरीले मौसम एक्कासी चिस्याएको समेत छ। यसरी यस पटक तराईमा अचानक सितलहरको आगमन भएको छ।

Ncell Footer Ad