खगेन्द्र अधिकारी

उल्लेख्य नतिजा दिँदै ताप्लेजुङ अदालत

बिहिबार, २६ असार २०७६

पछिल्ला चार वर्षमध्ये जिल्ला अदालत ताप्लेजुङका लागि चालु आर्थिक वर्ष २०७५/२०७६ मुद्दा फछ्र्यौटका हिसाबले सबैभन्दा लाभदायक देखिएको छ।

अब विद्यालय समयमा विद्यार्थीलाई तपाईँ भनिने

शुक्रबार, २० असार २०७६

ताप्लेजुङका ३ वटा संस्थागत विद्यालयले अब विद्यालय अवधिभर विद्यार्थीलाई ‘तपाईं’ भनेर सम्बोधन गर्ने भएका छन्।

रित्तिँदै स्थानीय तह

बिहिबार, १९ असार २०७६

नियमित रूपमा कर्मचारी बिदा गर्नुपर्ने तर त्यसको ठाउँमा अरु कर्मचारीको पदस्थापन नहुने समस्याले ताप्लेजुङका स्थानीय तहमा सेवा प्रवाह प्रभावित भएको छ।

सुकेटार विमानस्थलको स्तरवृद्धि गरिँदै

शनिबार, ०७ असार २०७६

करिब १६ करोड रुपैयाँ खर्च गरेर ताप्लेजुङस्थित सुकेटार विमानस्थलको स्तरवृद्धि तथा नयाँ संरचना थप गरिने भएको छ।

व्यावसायिक फेरो समाउँदै मैवाखोलाका होमस्टे

बुधबार, ०४ असार २०७६

होमस्टेको परिकल्पना त के, यसको सम्भावनालाई समेत ज्यादै कम आँक्ने स्थानीय परिवेश उल्टाउँदै ताप्लेजुङको मैवाखोला गाउँपालिकाको साँघुमा खोलिएका होमस्टे अहिले व्यावसायिक र व्यस्त बन्दै गएका छन्।

श्रीमानको खुकुरी प्रहारबाट श्रीमती गम्भीर घाइते

मङ्गलबार, २८ जेठ २०७६

मैवाखोला गाउँपालिका–५ फाकुम्बामा श्रीमान्ले श्रीमतीलाई धारिलो हतियार प्रहार गरी सख्त घाइते बनाएका छन्।

अलैंची सुकाउने सुधारिएको भट्टी वितरण

बिहिबार, २३ जेठ २०७६

ताप्लेजुङ उद्योग वाणिज्य संघले यहाँको पश्चिमी क्षेत्रका तीन गाउँपालिकाका १–१ वटा कृषक समूहलाई १–१ थान अलैंची सुकाउने सुधारिएको भट्टी वितरण गरेको छ।

दुर्गम गाउँ घुन्सामा पनि पुग्यो मोवाईल सेवा

सोमबार, २० जेठ २०७६

समुन्द्र सतहबाट ३ हजार ४५० मिटर उचाईको पूर्वोत्तर नेपालको दुर्गम तर पर्यटकीय गाउँ घुन्सामा मोवाइल सेवा पुगेको छ।

प्राणघातक अकुलर ट्युमरले सताउँदै बालबच्चा

सोमबार, २० जेठ २०७६

जन्मँदै आँखामा अकुलर ट्युमरको समस्या देखा पर्न थालेपछि आँखा प्राविधिकले गर्भावस्थामा अनावश्यक औषधि सेवन नगर्न सुझाएका छन्।

कञ्चनजंघामा वार्षिक १० हजार पर्यटक भित्र्याउने लक्ष्य

शुक्रबार, १७ जेठ २०७६

विश्वको तेस्रो अग्लो शिखर कञ्चनजंघाको पदमार्ग आधाले छोटिने गरी नयाँ पर्यटकीय रुटको प्रस्ताव अघि सारिएको छ। यो प्रस्तावअनुसार यसअघि २२ दिन लाग्ने पदमार्ग ११ दिनमा झर्ने छ।

माेबाइल र टीभीकाे लत बालबच्चालाई घातक

बुधबार, १५ जेठ २०७६

बालबच्चा रुन र कराउन थालेर तपाईंलाई झ्याउँ–झ्याउँ गर्न लागे भने तपाईं मोबाइल दिएर वा टिभी हेर्न लगाएर उनीहरूको रोइ–कराइ बन्द गराउने प्रयास गर्नुहोला।

ताप्लेजुङ कारागारबाट छुटे ४ जना कैदी

बुधबार, १५ जेठ २०७६

गणतन्त्र दिवसको अवसरमा ताप्लेजुङ कारागारमा रहेका ४ जना कैदी कारागारमुक्त भएका छन्।

कञ्चनजंघाप्रति आरोहीको आकर्षण बढ्दो

शुक्रबार, १० जेठ २०७६

आठ हजार ५ सय ८६ मिटर अग्लो कञ्चनजंघा हिमालप्रति आरोहीको आकर्षण बढ्दै गएको देखिएको छ। २ जना भारतीय आरोहीको ज्यान गएको दुःखद् खबरमा केही राहत मिल्नेगरी यस वर्षको वसन्त ऋतुमा कञ्चनजंघा हिमालको चुचुरोमा इतिहासकै सर्वाधिक आरोही पुगेका छन्।

खरिद ऐन संशोधनको माग

बिहिबार, ०९ जेठ २०७६

ताप्लेजुङका जनप्रतिनिधि र निर्माण व्यवसायमा संलग्न सरोकारवालाले क्षेत्रगत आधारमा विशेष व्यवस्थासहित सार्वजनिक खरिद ऐनमा सापेक्ष संशोधनको माग गरेका छन्।

११५ वर्ष पुरानो कारागारको कथा

बिहिबार, ०९ जेठ २०७६

वि.सं.१९५२ सालमा ताप्लेजुङ कारागार निर्माण गर्दा उतिबेलाको प्रशासनलाई यो कारागारमा २५ जनाभन्दा बढी कैदीबन्दी नहुने अनुमान थियो।

झुण्डिएको अवस्थामा भेटिएको शव ज्वाँई मानबहादुरको रहेको आशंका

मङ्गलबार, ०७ जेठ २०७६

पाँचथरको मिक्लाजुङ गाँउपालिका–३ आरुबोटेमा गए राति ९ जनाको ज्यान जानेगरी भएको घटनापछि बिकसित अर्को घटनाले थप आशंका बढाएको छ । घटना भएको स्थलबाट केहि टाढा धनकुटाको लिम्बा भन्ने स्थानमा जंगलको झुण्डिएको अवस्थामा एक पुरुषको शव फेला परेको छ । झुण्डिएको यो शव कसको हो भन्ने यकिन छैन ।

पाँचथर हत्या प्रकरणः ससुरा र ज्वाँई दुबैको वंश नास गर्ने सुनियोजित योजना

मङ्गलबार, ०७ जेठ २०७६

दुइघरमा गरी १० जनाको संख्यामा रहेको ससुरा बमबहादुर फियाक र उनका जेठा ज्वाँई धनराज शेर्मा सहित ९ जनाको मृत्यु हुँदा १२ वर्षीया सीता खजुम भने भागेर बाँच्न सफल भएकी छन्।

सर्पले डसेर ताप्लेजुङमा एक बालकको मृत्यु

शनिबार, ०४ जेठ २०७६

सर्पले डसेर ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका वडा नं ५ तापेथोकका एक बालकको मृत्यु भएको छ।

फुङ्लिङ नगरपालिका क्षेत्रमै भेटियो चरीबाघ

शनिबार, ०४ जेठ २०७६

ताप्लेजुङको फुङ्लिङ नगरपालिका वडा नं ९ हाङ्देवा बुङ्कुलुङको भोटेगाउँ क्षेत्रमा चरी बाघ(लेपर्ड क्याट) फेला परेको छ।

नेकपाको ताप्लेजुङ कमिटीमा असन्तुष्टि

बिहिबार, ०२ जेठ २०७६

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को ताप्लेजुङ जिल्ला कमिटी गठन भएसंगै सांगठनिक असन्तुष्टि देखा पर्न थालेको छ।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad