जनक केसी

विप्लव समूहले लगाएको ताला प्रहरीले फोड्यो

सोमबार, २३ असार २०७६

नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका कार्यकर्ताले जाजरकोटका स्थानीय तहका कार्यालयमा लगाएको ताला प्रहरीले फोडेको छ। विप्लव समूहले पाँच स्थानीय तह र तिनका वडा कार्यालयमा ताला लगाएको थियो।

जाजरकोटमा झाडापखाला प्रकोप

बिहिबार, १९ असार २०७६

जाजरकोट सदरमुकाम खलंगाका स्थानीयमा झाडापखालाको प्रकोप देखिएको छ।

स्वर्गजस्तै साइक्वारी (फोटो फिचर)

बुधबार, १८ असार २०७६

दुर्गम र विकट जिल्लाका रुपमा परिचित जाजरकोट अब पर्यटकीय क्षेत्रका रुपमा चिनिन थालेको छ। यहाँस्थित वारेकोटको साइक्वारी क्षेत्रले जिल्लाको पर्यटन सम्भावनालाई साकार पारेको हो।

गाउँपालिका अध्यक्षको कार्यकक्षमै बम, २० घन्टापछि सेनाद्वारा डिस्पोज

मङ्गलबार, १० असार २०७६

अज्ञात समूहले वारेकोट गाउँपालिकाका अध्यक्ष महेन्द्रबहादुर शाहको कार्यकक्षमा राखेको सकेट बम नेपाली सेनाले २० घन्टापछि डिस्पोज गरेको छ।

बालविबाह विरोधी अभियानमा गाउँपालिका उपाध्यक्ष

बिहिबार, ३० जेठ २०७६

यहाँको एक गाउँपालिकाकी उपाध्यक्ष स्कुले वालवालिकालाई वालविवाह नगर्न सुझाउदै गाउँ अभियानमा लागेकी छिन्।

अज्ञात समूहद्वारा आगो लगाएर वडा कार्यालयका सामाग्री नष्ट

बुधबार, २९ जेठ २०७६

अज्ञात समूहले आगो लगाएर यहाँको एक नगरपालिकाको वडा कार्यालयका सवै सामाग्रीहरु नष्ट गरिदिएको छ।

कर्णालीमा लगातार विद्युत अवरुद्धः स्थानीय आक्रोशित, विकल्प खोज्दै कुलमान

बुधबार, २२ जेठ २०७६

नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङले सडक छेउका रुखहरुका कारण कर्णालीका केही जिल्लाहरुमा विद्युत अवरोध हुने गरेको बताएका छन्। देशमा लोडसेडिङ हटाएर चर्चा कमाएका घिसिङले सडक छेउमा भएका रुखहरुमा बिजुलीका तारहरु ठोकिएर विद्युत प्रवाह रोकिने गरेको बताए।

गाउँपालिकाको सहयोगमा दृष्टिविहीनले देखे संसार

आइतबार, १९ जेठ २०७६

कुसे गाउँपालिका वडा नम्वर ७ समाकोटका बिजुले तिरुवाले जीवनमा फेरि उज्यालो आँखाले संसार देख्छु भन्ने कल्पनासम्म गरेका थिएनन्।  १२ वर्षको उमेरमा घाँस ल्याउन जंगल गएको बेला रुखको हांगाले देब्रे आँखामा चोट लागेर ज्योति गुमाएका बिजुलेलको एक वर्षअघि दाहिने आँखाको पनि मोतिया विन्दुका कारण  ज्योति गुमेपछि उनको जीवन पुरै अन्धकारमा चलिरहेको थियो।

यार्सा टिप्न गएका दुई युवाको मृत्यु

आइतबार, १९ जेठ २०७६

यार्सागुम्बा खोज्न डोल्पा पुगेका जाजरकोटका दुई युवाको लेक लागेर मृत्यु भएको छ। प्रतिकुल मौसमका कारण जिल्लाको वारेकोट गाउँपालिका वडा नम्बर १ आगरका १९ वर्षीय कृष्ण नेपाली र सोही गाउँपालिका ६ धुमका २२ वर्षीय रमेश चलाउनेको ज्यान गएको गाउँपालिका अध्यक्ष महेन्द्रबहादुर शाहले बताए।

पढाई छोडेर यार्सा खोज्न हिँडे विद्यार्थी, गाउँहरू रित्तिए

बुधबार, १५ जेठ २०७६

वारेकोट गाउँपालिका १ तलीआगरकी शारदा बुढा दुई तीन वर्षयता यार्सा खोज्न स्कुलको पढाइ छोडेर डोल्पा जाने गरेकी छिन्। स्कुलको पढाइभन्दा उनी यार्सा गुम्बा खोजेर मोटो रकम कमाउने दौडमा छिन्। परिवारको गरिबीका कारण वैशाख लाग्ने वित्तिकै उनको ध्यान डोल्पाको यार्सा गुम्बातिर जान्छ। वीरेन्द्र ऐश्वर्य मावि लिम्साको कक्षा ८ मा पढ्ने बुढा गाउँका अन्य व्यक्तिसँग यो पटक पनि  डोल्पाको पाटनमा पुगेकी छिन्।

फोन गर्न ३ घन्टा पैदल!

शुक्रबार, १० जेठ २०७६

गत वर्षको असार महिनामा जुनीचाँदे गाउँपालिका २ मजकोटमा रहेको नेपाल टेलिकमको टेलिफोन टावर बिग्रिएपछि गाउँपालिकाको ९ वटा वडाका अधिकांश बस्तीका सर्वसाधारण सञ्चारबाट बञ्चित छन्।

तीन वर्षसम्म डिपिआर अधुरै

शुक्रबार, १० जेठ २०७६

सरकारले उच्च प्राथमिकता दिएको भनेर चर्चा गरिएको जलाशययुक्त नलसिंहगाड जलविद्युत् आयोजनाको विस्तृत कार्ययोजना प्रतिवेदन (डिपिआर) तीन वर्षसम्म पनि बन्न सकेको छैन।

मिडिया काउन्सिल विधेयक प्रेस स्वतन्त्रता विरोधी हर्कत : थापा

शुक्रबार, ०३ जेठ २०७६

नेपाली कांग्रेसका नेता गगन थापाले सरकारले संसद्मा दर्ता गरेको मिडिया काउन्सिल विधेयक वर्तमान सरकारको प्रेस स्वतन्त्रता विरोधी हर्कत भएको बताएका छन्। प्रेसको स्वतन्त्रताबिना लोकतन्त्र र गणतन्त्रको रक्षा असम्भव भएकाले यसकाविरुद्ध सारा पत्रकार, जनता र लोकतन्त्रका पक्षधर जाग्नुपर्ने नेता उनले बताए।

प्रधानमन्त्रीले दुनियालाई जिस्काउन मिल्दैन : गगन थापा

बिहिबार, ०२ जेठ २०७६

नेपाली काँग्रेसका युवा नेता गगन थापाले संसदमा दर्ता गरेको मिडिया काउन्सील विधेयक वर्तमान सरकारको प्रेस स्वतन्त्रता विरोधी हर्कत भएको आरोप लगाएका छन्

अझै तुइनकै भर

शनिबार, २८ बैशाख २०७६

नलगाड नगरपालिका–१, ठूलाबगरका पठवीर पुनले तुइनमा झुन्डिएर यात्रा गर्न थालेको वर्षाैं भयो। वर्षात्का बेला मात्र होइन, अरूबेला पनि भेरी तर्न तुइनकै भर पर्नु उनको बाध्यता हो। २०७२ असोजमा पहिलोपटक प्रधानमन्त्री हुँदा प्रधानमन्त्री केपी शर्मा ओलीले देशभरका तुइन विस्थापन गर्ने घोषणा गरेका थिए। त्यो खबर सुनेर पुन निकै खुसी भएका थिए। तर तीन वर्षसम्म पनि त्यो वाचा पूरा हुन सकेको छैन। तुइनकै सहाराले बजार, मेलापात र सदरमुकामसम्म जानुपर्ने भएपछि उनी थप निरास बनेका छन्। ‘कहिले होला यो तुइनबाट छुटकारा पाउने ?’ उनले दुखेसो पोख्दै प्रश्न गरे, ‘कुन नेता र सरकारले तुइन चल्ने ठाउँमा गतिलो पुल बनाइदेलान् ?’

प्रधानमन्त्रीलाई गिज्याउने तुइन यात्रा

मङ्गलबार, २४ बैशाख २०७६

प्रधानमन्त्री केपी शर्मा ओली पहिलो पटक प्रधानमन्त्रीको पद समाल्दा ०७२ असोजमा देशमा भएका सबै तुइनहरु विस्थापन गर्ने घोषणा गरेको खबर सुनेर पठवीर निकै खुसी भएका थिए, अब पुल र गतिलो सडकमा यात्रा गर्न पाइने भयो भनेर। प्रधानमन्त्रीले वाचा गरेको तीन वर्षसम्म पनि तुइनकै सहाराले बजार, मेलापात र सदरमुकामसम्म जानुपर्ने भएपछि भने उनी निरास बनेका छन्। त्यसो त मंगलबार संसदमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मुलुकभरको तुइन विस्थापन गरेर झोलुङ्गे पुल निर्माण गर्ने कार्यक्रमलाई तीव्रता दिइएको बताएका छन्।

हावाहुरीले विद्यालयको छानो उडाउँदा पढाइमा असर

आइतबार, १५ बैशाख २०७६

हावाहुरीले विद्यालय भवनको छानो उडाउँदा यहाँको एक गाउँका स्कुले बालबालिकाहरुको पढाइमा असर परेको छ। दुइ दिनअघिको हावाहुरीले जिल्लाको वारेकोट गाउँपालिका वडा नम्वर ६ कार्कीजिउलास्थित सीता माध्यमिक विद्यालय भवनको छानो उडेपछि ५ सय बढी विद्यार्थीको पढाइमा असर परेको हो।

सरकारको भण्डाफोर गर्न थलहमा कांग्रेसको आमसभा, गगन थापाले सम्बोधन गर्ने

शनिबार, ०७ बैशाख २०७६

नेपाली काँग्रेसको गाउँ जागरण कार्यक्रम अन्तर्गत वैशाख ११ गते जाजरकोटको थलह बजारमा आयोजना हुने आमसभालाई कांग्रेसका प्रभावशाली नेता गगनकुमार थापाले सम्बोधन गर्ने भएका छन्।

जाजरकोटमा जिप दुर्घटना हुँदा ७ जना घाइते

मङ्गलबार, २६ चैत २०७५

मंगलवार दिउँसो जाजरकोटमा यात्रुबाहक जिप दुर्घटना हुँदा ७ जना घाइते भएका छन्। जिल्लाको नलगाड नगरपालिका वडा नम्वर ९ र १० को सीमानामा पर्ने दारिमपाटा भन्ने स्थानमा रग्दाबाट दल्ली तर्फ आउदै गरेको ग१ ज ५८१२ नम्बरको यात्रुबाहक जीप दुर्घटना भएको हो।

पूरा भएनन् मन्त्रीका बाचा, सडक अझै उस्तै

सोमबार, २५ चैत २०७५

गत वर्षको मंसिर २० गते  संघीय संसद्को निर्वाचनमा विजयी भइसकेपछि मुख्य निर्वाचन अधिकृतको कार्यालय अर्थात् जिल्ला अदालत जाजरकोटको प्रांगणमा पत्रकारसँग फेरि त्यही कुरा दोहो-याएका थिए बस्नेतले।

Ncell Footer Ad