ध्रुव दंगाल

ध्रुव दंगाल

चौतारा साँगाचोकगढी नगरपालिकामा माओवादीका अमानसिंह तामाङ विजयी

बिहिबार, ०४ जेठ २०७४

सिन्धुपाल्चोकको सदरमुकाम रहेको चौतारा साँगाचोकगढी नगरपालिकाको मेयरमा माओवादी केन्द्रका उम्मेद्वार अमानसिंह तामाङ निर्वाचित भएका छन् ।

सिन्धुपाल्चोकको भोटेकोशीमा माओवादी विजयी

बिहिबार, ०४ जेठ २०७४

सिन्धुपाल्चोकको भोटेकोशी गाउँपलिकामा माओवादी केन्द्रका राजकुमार पौडेल विजयी भएका छन् । उनले २५७३ मत प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका साङ्बु शोर्पाले २४५० मत प्राप्त गरे ।

सिन्धुपाल्चोकको जुगल गाउँपालिकामा एमाले विजयी

बुधबार, ०३ जेठ २०७४

सिन्धुपाल्चोकको जुगल गाउँपालिकामा एमाले उम्मेदवार होमनारायण श्रेष्ठ २८१८ मतका साथ विजयी भएका छन्।

सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकामा काँग्रेस विजयी

बुधबार, ०३ जेठ २०७४

सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिको मेयरमा नेपाली काँग्रेसका उम्मेदवार निमा ग्ल्याजेन शेर्पा विजयी भएका छन्। उनले ४९४५ मत प्राप्त गरेका छन् । एमाले जिल्ला पूर्व अध्यक्ष रहेका हस्त पण्डितलाई हराउदै उनी विजयी भएका हुन्। एमालेका हस्त पण्डितले ३२१३ मत प्राप्त गरेका छन् ।

सिन्धुपाल्चोकको बलेफीमा एमाले विजयी

बुधबार, ०३ जेठ २०७४

नेकपा एमालेले सिन्धुपाल्चोकको स्थानीय तहमा दोस्रो जित निकालेको छ। बलेफी गाउँपालिका अध्यक्षमा एमालेका केदार क्षेत्री विजयी भएका छन्।

सिन्धुपाल्चोकमा एमालेले खाता खोल्यो

बुधबार, ०३ जेठ २०७४

सिन्धुपाल्चोकको लिसंखुपाखर गाउँपालिकामा एमाले विजयी भएको छ ।

‘कमाउनु छैन, जनताको सेवा गर्छु’

बुधबार, ०३ जेठ २०७४

छोरा, नाति र पनाति उमेरका तीन पुस्ताका प्रतिस्पर्धीलाई हराउँदै ८० वर्षीय कर्णबहादुर खड्का त्रिपुरासुन्दरी गाउँपालिका–१ को वडाध्यक्ष निर्वाचित भएका छन् । उनी नेपाली कांग्रेसबाट चुनावी मैदानमा उत्रिएका थिए ।

सिन्धुपाल्चोकमा मतगणना सुरु, भोटेकोशी १ मा काँग्रेसको अग्रता

सोमबार, ०१ जेठ २०७४

सिन्धुपाल्चोकका १२ स्थानीय तह मध्ये ५ वटामा मतगणना सुरु भएको छ । मेलम्ची नगरपालिका, बाह्रबिसे नगरपालिका, हेलम्बु, भोटेकोशी र बलेफी गाउँपालिकामा मतगणना सुरु गरिएको हो ।

सिन्धुपाल्चोकका दुई मतदान केन्द्रमा ४ राउण्ड हवाइ फायर

आइतबार, ३१ बैशाख २०७४

सिन्धुपाल्चोकको दुई मतदान केन्द्रमा प्रहरीले ४ राउण्ड हवाइ फायर गरेको छ ।

भोट हाल्न आतुर भूकम्पपीडित

शनिबार, ३० बैशाख २०७४

चौतारा–साँगाचोकगढी नगरपालिका–५ का ६२ वर्षीय चोपनाथ ढुंगाना लठ्ठीमा बुढ्यौली शरीर अड्याउँदै मतदान केन्द्र पुगे । घन्टौं लाइनमा बसेर मतदाता परिचयपत्र लिए । ‘लेमिनेसन’ गरिएको आकर्षक परिचयपत्र स्मसुम्याउँदै उनले भूकम्पपीडितलाई नै ध्यान दिएर बनाएको जस्तो लागेको बताए । ‘जस्ताको टहरोमा शीत र पानीले नभिज्ने, धुवाँधुलोले नछुने,’ कोटको भित्री खल्तीमा परिचयपत्र राख्दै उनले भने, ‘कार्ड पनि राम्रो लाग्यो ।’

उम्मेदवार जत्तिकै धपेडीमा केन्द्रीय नेता

बिहिबार, २८ बैशाख २०७४

आफ्नो क्षेत्र र गृहनगरको चुनावलाई प्राण र प्रतिष्ठाको विषय बनाउँदै विभिन्न दलका केन्द्रीय नेता उम्मेदवारसँगै घरदैलो गरेर भोट माग्न व्यस्त छन्।

एकै गाउँबाट उपमेयरका पाँच उम्मेदवार

बुधबार, २७ बैशाख २०७४

दलहरुले महत्वका साथ हेरिरहेको सदरमुकाम रहेको चौतारा–साँगाचोकगढी नगरपालिका उपमेयरमा एकै गाउँका पाँच उम्मेदवार चुनावी मैदानमा होमिएका छन्। साँगाचोक गाउँका उनीहरुमध्ये विभिन्न दलबाट चार महिला र स्वतन्त्रबाट एक पुरुष उम्मेदवार छन्।

चुनाव गराउन मतदान केन्द्रमा खटिए कर्मचारी (फोटो फिचर)

मङ्गलबार, २६ बैशाख २०७४

स्थानीय तहको निर्वाचन गराउन मतदान कर्मचारी मंगलबार गाउँमा खटिएका छन्। मतपत्र, मतपेटिका लगायत निर्वाचनमा प्रयोग हुने ६४ प्रकारका सामग्री बोकेर उनीहरु तोकिएको केन्द्रमा खटिएका हुन् ।

टहरोमा फहराउँदै दलीय झन्डा

मङ्गलबार, २६ बैशाख २०७४

भूकम्पबाट सर्वाधिक क्षतिग्रस्त सिन्धुपाल्चोकका उम्मेदवारले पुनर्निर्माणलाई मुख्य चुनावी नारा बनाएका छन्। खण्डहरबाट अझै उठिनसकेको गाउँ, बस्ती ठड्याउने आश्वासन बाँडेर उनीहरू भूकम्पपीडित मतदाता आकर्षित गरिरहेका छन्।

पार्टी फेर्दै, उम्मेदवार बन्दै

मङ्गलबार, २६ बैशाख २०७४

चुनावको मुखमा पदका लागि राजनीतिक परिचय बदलेका उम्मेदवारहरु निकटस्थहरूसँग भन्ने गर्छन्, 'राजनीतिमा सबै कुरा जायज हुन्छन्।'

चुनावी सुरक्षामा प्रहरी-खेलाडी

शनिबार, २३ बैशाख २०७४

राष्ट्रिय भलिबल टोलीका पूर्वकप्तान भरतबहादुर थापा, फुलबलका स्ट्राइकर जुमानु राईलगायत १ सय ९० प्रहरी संगठनका खेलाडी सिन्धुपाल्चोकमा सुरक्षा दिन तल्लिन छन्।

लिसंखुपाखर गाउँपालिकाको सदस्यमा बिक निर्विरोध निर्वाचित

शुक्रबार, २२ बैशाख २०७४

माओवादी केन्द्रबाट लिसंखुपाखर गाउँपालिका वडा नं. ३ मा महिला दलित सदस्यमा उम्मेदवारी दिएकी धनकुमारी बिक निर्विरोध निर्वाचित भएकी छिन् ।

सिन्धुपाल्चोकमा तीन दलित महिला निर्विरोध

बुधबार, २० बैशाख २०७४

सिन्धुपाल्चोकमा तीन दलित महिला निर्विरोध निर्वाचित भएका छन्। अरु दलित महिलाको मनोनयन नपरेपछि विभिन्न तीन गाउँपालिकाबाट उनीहरु वडा सदस्यमा निर्विरोध चुनिएका हुन्।

उम्मेदवारीको रौनक

बुधबार, २० बैशाख २०७४

स्थानीय निर्वाचनको मनोनयनपत्र दर्ताको क्रममा सिन्धुपाल्चोकमा राजनीतिक दलहरुले उत्साहपूर्वक उम्मेदवारी दिएका छन्।  कांग्रेस, एमाले, माओवादी केन्द्र र राप्रपाले सयौं कार्यकर्ता सहित उम्मेदवारी दर्ता गराए । गाउँ नै रित्याएर दलका नेता, कार्यकर्ता गाउँ, नगरको केन्द्रस्थित निर्वाचन अधिकृतको कार्यालय झरेका थिए।

सिन्धुपाल्चोकमा एमालेले टुंग्यायो उम्मेदवार

आइतबार, १७ बैशाख २०७४

स्थानीय तह निर्वाचनका लागि नेकपा एमालेले सिन्धुपाल्चोकमा आफ्ना उम्मेदवारहरूको नाम टुंगो लगाएको छ ।

Ncell Footer Ad