ध्रुव दंगाल

ध्रुव दंगाल

रंगिन घर सिन्धुपाल्चोकेका

मङ्गलबार, १० साउन २०७४

मध्याह्नको सूर्य गाउँमाथि आइपुग्दा जुगल गाउँपालिकास्थित हगामको बिसिङगर टोल चमक्क चम्कियो । सेता, राता, निला र हरिया रंगका जस्तापाताले छाइएका छानो टलक्क टल्कँदा घरहरुको स्वरुप खुल्यो । रातारात रंगिन बस्ती ठडिँदा ७४ वर्षीय बुद्धसिंह तामाङ फुरुङ्ग छन् ।

क्षणभरमै बग्यो चीनले बनाइदिएको लार्चा पुल (फोटो फिचर)

सोमबार, ०९ साउन २०७४

चट्टाने ढिस्को खसेर लार्चा पुल भाँचिएपछि उत्तरी सीमा नाका तातोपानी नाकाबन्दीमा परेको छ। तातोपानीबासीको सवारी र पैदल यात्रा गर्ने एक मात्र बिकल्प त्यही पुल थियो। पुलै नरहेपछि तातोपानीबासी गाउँमै थुनिएका हुन्।

ढिस्को खस्दा भोटेकोशीको लार्चा पुल दुई टुक्रा, तातोपानीसँग सम्पर्कविच्छेद

आइतबार, ०८ साउन २०७४

चीनको तिब्बत जोड्ने तातोपानीस्थित भोटेकोशीको लार्चा पुल अविरल वर्षासँगै खसेको पहिराेले दुई टुक्रा भएको छ। पुल भत्किएसँगै तत्कालीन तातोपानी गाविसपट्टिका बासिन्दासँग जिल्लासँग एक्लिएका छन्। उनीहरु बाह्रबिसे ओर्लिन सो पुल तर्ने गर्थे।

सिन्धुपाल्चोकमा यस्तो छ दलीय हैसियत

आइतबार, ०१ साउन २०७४

दलहरूले उम्मेदवार नपाउँदा तीन दलित महिला सदस्य पद खाली भएको छ। दलित महिला सदस्य खाली हुँदा स्थानीय तह निर्वाचनबाट सिन्धुपाल्चोकमा पाँच सय ६६ जनप्रतिनिधि चयन हुनुपर्नेमा पाँच सय ६३ मात्र निर्वाचित भएका छन्।

सिन्धुपाल्चोकमा तीन दलित महिला सदस्य खाली

शनिबार, ३१ असार २०७४

दलहरुले उम्मेदवार नपाउँदा तीन दलित महिला सदस्य पद खाली हुन पुगेको छ। दलित महिला सदस्य खाली हुन पुग्दा स्थानीय तह निर्वाचनबाट सिन्धुपाल्चोकमा ५ सय ६६ जनप्रतिनिधि चयन हुनुपर्नेमा ५ सय ६३ मात्र निर्वाचित भएका छन्।

यसरी गरियो म्यादी प्रहरीको बिदाई

सोमबार, २६ असार २०७४

स्थानीय तहको चुनाव सफलतापूर्वक सम्पन्न गराएका म्यादी प्रहरीको भव्य बिदाई गरिएको छ। चुनाव सम्पन्न गराउने क्रममा झण्डै तीन महिना खटिएका उनीहरुको बिदाईमा जिल्ला प्रहरी कार्यालयले सोमबार बिशेष कार्यक्रम नै राखेको थियो।

करेन्ट लागेर दुईको मृत्यु, तीन घाइते

शनिबार, २४ असार २०७४

बाह्रविसे नगरपालिका–७ घुम्थाङ गाउँमा करेन्ट लागेर दुई महिलाको मृत्यु भएको छ।

नयाँ हिमताल फुट्दा क्षति :  विज्ञ

बिहिबार, २२ असार २०७४

ठूला हिमताल मात्र होइन स–साना नयाँ ताल फुटेरसमेत ठूलो क्षति पुर्‍याउन थालेकाले यसतर्फ पनि सचेत रहन विज्ञहरूको सुझाव छ।

तेस्रो बर्खा पनि टहरोमै

मङ्गलबार, १३ असार २०७४

एक वर्षमा १ सय ३० घर बनेको सरकारी तथ्यांक। पहिलो किस्ता बुझ्ने ६३ हजारले पुनर्निर्माण थालेनन्। पीडित तेस्रो बर्खा पनि टहरोमा भलबाढी सोहोर्न बाध्य हुँदैछन्।

सिंहदरबारको अधिकार गाउँमा

सोमबार, १२ असार २०७४

नागरिकता प्रमाणपत्र सिफारिस, विवाह, जन्म, मृत्युदर्ता प्रमाणपत्र र अन्य कागजात प्रमाणीकरण गर्न वडाध्यक्षहरू व्यस्त थिए। एकैथलो केन्द्रस्थित कार्यालयबाट कृषि, पशु, स्वास्थ्य, नागरिकता, जेष्ठ नागरिक प्रमाणपत्र र अपांग परिचयपत्र वितरण भइरहेकाले गाउँपालिका अध्यक्ष वंशलाल तामाङलाई चाँजोपाँजो  मिलाउन भ्याइ नभ्याइ थियो।

सिंहदरबारको अधिकार गाउँमै आएको आभास दिलाउन शिविर

बिहिबार, ०८ असार २०७४

इन्द्रावती गाउँपालिका अध्यक्ष वंशलाल तामाङ मंगलबार निकै बेफुर्सदिला देखिन्थे । स्थानीयलाई सरल र सहज ढंगले गाउँपालिकाबाट सेवा दिन बिहानैदेखि खटिएका थिए उनी । प्राथमिकताका आधारमा ‘फास्ट ट्रयाक’ बाट काम गर्न उनी बारम्बार वडाध्यक्ष र सचिवलाई सुझाउँदैनथे मात्र सेवाग्राहीको भीड व्यवस्थापन गर्न आफैँ अग्रसर थिए ।

‘राज्यबाट सुको लिन्न, तातोपानी नाका सञ्चालनमा ल्याउँछु’

सोमबार, १५ जेठ २०७४

सीमा नाका तातोपानी रहेको भोटेकोसी गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष राजकुमार पौडेलले राज्यद्वारा प्रदान गरिने तलब लगायत सेवा सुविधा गाउँको विकासमा खर्चिने घोषणा छन् ।

पूर्वग्रिनकार्डधारी, जसले एमाले अध्यक्ष हराए

शुक्रबार, १२ जेठ २०७४

सिन्धुपाल्चोकको स्थानीय तह निर्वाचनपछि इन्द्रावती गाउँपालिकाको सर्वत्र चर्चा छ। एमालेको किल्ला मानिएको गाउँपालिकामा एमाले जिल्ला अध्यक्ष झम्क नेपाल वंशलाल तामाङसँग पराजित भएपछि यहाँको चर्चा चुलिएको हो।

भत्किए किल्ला, पछारिए हस्ती

बिहिबार, ११ जेठ २०७४

आआफ्नो पकड क्षेत्र ठहर गरेका क्षेत्रमा अरुले नै झन्डा गाड्दा सिन्धुपाल्चोकका दलका नेता स्तब्ध छन्।

निर्वाचित–प्रतिद्वन्द्वीबीच राजनीतिक सद्‍भाव

बुधबार, १० जेठ २०७४

चौतारा–साँगाचोकगढी नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिसहित प्रमुख अमानसिंह तामाङ र उपप्रमुख जानुका पराजुली पदभार सम्हाल्न बुधबार नगर कार्यालय जाँदै थिए।

२३ वर्षकी उपप्रमुख :  ‘आशा र विश्वास जगाउनेछु’

बुधबार, १० जेठ २०७४

गाउँमा बिजुली पुगेको छैन । फोनमा कुराकानीसम्म गर्न पाइँदैन । सञ्चारका कुनै साधनले काम गर्दैनन् । वारि गाउँको खबर पारि पुर्याउन सहज छैन । कुनै गाउँमा केन्द्रसम्म धुले सडक पुगेका छन् तर गाडी चल्दैनन् । एक गाउँबाट अर्कोमा पुग्न एक दिन हिँड्नु पर्छ । बाटा गतिला छैनन् । हिउँदमा हालेको काठे पुल बर्खामा खहरेले बगाउँछ । पुल बगेपछि धेरै बस्ती नाकाबन्दीमा पर्छन् । गाउँले आफ्नै गाउँमा थुनिन्छन् । यस्तै छ, जुगल गाउँपालिकाको हाल ।

चुनावमा दल परिवर्तन : कसैलाई फलिफाप, कसैलाई घर न घाट

बुधबार, १० जेठ २०७४

पुरानो घर छोडेर नयाँ घरबाट समेत विश्वास जित्न नसकेका ‘अभागी’ ‘न रह्यो बाँस, न बज्यो बाँसुरी’ को अवस्थामा छन्

जुगल गाउँपालिकाको पहिलो बैठक, मृगौला पीडितलाई १ लाख आर्थिक सहायता

मङ्गलबार, ०९ जेठ २०७४

नवनिर्वाचित जुगल गाउँपालिकाका जनप्रतिनिधिको पहिलो बैठकले मृगौला पीडितलाई आर्थिक सहायता प्रदान गर्ने निर्णय गरेको छ।

पिछडिएका वर्ग नेतृत्वमा

मङ्गलबार, ०९ जेठ २०७४

१२ स्थानीय तह रहेको सिन्धुपाल्चोकका गाउँपालिका र नगरपालिका प्रमुख र उपप्रमुखको नेतृत्वमा ५४ प्रतिशत जनजाति पुगेका छन्।

सिन्धुपाल्चोकको इन्द्रावतीमा काँग्रेसका वंशलाल विजयी

सोमबार, ०८ जेठ २०७४

सिन्धुपाल्चोकको इन्द्रवती गाउँपालिकामा काँग्रेस उम्मेद्वार वंशलाल तामाङ निर्वाचित भएका छन् । एमाले जिल्ला अध्यक्ष समेत रहेका एमालेका उम्मेद्वार झम्क नेपाललाई  २०० मतान्तरले हराउँदै उनी निर्वाचित भएका हुन् । तामाङले ५३६५ र नेपालले ५१६५ मत प्राप्त गरे ।

Ncell Footer Ad